स्रोत: अनलाईन खबर
-कृष्ण अविरल
यतिखेर तपाईं सायद तिहार बिदाका कारण फुर्सदमा हुनुहुन्छ । तास वा कौडा खेलेर मनोरन्जन लिने बानी छैन । पिउने बानी हुनेहरुले पनि बढी पिउँदा हुने हानीका बारेमा थाहा पाइसक्नु भएको छ । तिहारका शुभकामना विज्ञापन मात्रै प्रशारण गर्ने टिभी पनि कति हेर्नु ! सबै आ-आफ्नै धुनमा छन्, घुम्न पनि कहाँ जानु ?
यस्तो बेला पुस्तक पढ्ने उपयुक्त अवसर हुन सक्छ । आफ्नो रुचि अनुसार सही पुस्तकको छनोट गर्न सक्नुभयो भने तपाईंलाई ज्ञान त प्राप्त हुन्छ नै भरपूर मनोरञ्जन पनि हुनेछ । भनाई पनि छ, एउटा राम्रो पुस्तक पढ्नु भनेको एउटा असल मान्छेसँग संगत गरेर उसका जीवनभरिका अनुभव थाहा पाउनु बराबर हो ।

