Feeds:
Posts
Comments

Archive for May, 2012

स्रोत: नागरिक दैनिक

-डा. भारत रावत, डा. अभिनव वैद्य

नेपालमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ। दुई दशकमा यो समस्या तीन गुणा बढेको हालैको एक अध्ययनले देखाएको छ। नेपालमा प्रत्येक पाँचजना प्रौढमध्ये एकजनामा उच्च रक्तचापको समस्या रहेको पटक-पटक गरिएको अध्ययनले देखाएको छ। नेपालका करिब ४० लाख प्रौढहरूमा उच्च रक्तचापको समस्या छ।

दुर्भाग्य भनूँ, उच्च रक्तचापका अधिकांश बिरामी आफ्नो अवस्थाबारे सचेत छैनन्। सचेत हुनेमध्ये पनि थोरैले मात्र उचित रूपमा रक्तचाप नियन्त्रण गरेको पाइन्छ। विकसित मुलुकमा पनि करिब ४० प्रतिशत जतिले मात्र यसको उपचार गराउँछन्। १४ वर्षदेखि नर्भिक हस्पिटलले मुलुकका विभिन्न भागमा यससम्बन्धी शिविर आयोजना गर्दै आएको छ। नेपालका सहरी क्षेत्रका मानिसहरू मध्ये १८ देखि २० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ।

(more…)

Read Full Post »

स्रोत: ई-कान्तिपुर

-डा. खगेन्द्रप्रसाद लुइटेल

अन्तर्राष्ट्रियकरण भइसकेको र लगभग मानक रूप धारण गरिसकेको अवस्थामा नेपाली भाषामाथि चलखेल सुरु गरिएको छ र यसले विशेषतः शिक्षक-विद्यार्थीलाई अन्योलग्रस्त तुल्याएको छ । पठनपाठनमा भइरहेको एकरूपता पनि भङ्ग भएको छ । नेपाली भाषा नेपाली जातिको अस्तित्वसँग गाँसिएको हुँदा व्यक्तिगत स्वार्थभन्दा निकै माथि उठेर यसको विकासतर्फ अग्रसर हुनु आवश्यक छ ।

यसबेला भाषासम्बन्धी दुई खाले दृष्टिकोण बढी चर्चामा छन् । तिनमा एउटा पश्चगमनतर्फ उन्मुख छ भने अर्को अग्रगमनका नाममा अराजकता निम्त्याउनेतर्फ उन्मुख छ । यी दुवै अतिवादी दृष्टिकोण भएकाले यिनले अन्ततः भाषालाई खति नै पुर्‍याउँछन् । नेपाली भाषामा अहिले उठाइएको मुख्य समस्या वर्णविन्याससँग सम्बद्घ छ । वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठीक रखाइ वा नियमबमोजिमको लेखन हो । ठीक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हुँदा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ । नेपाली भाषाको विशेषता नै वर्णविन्यासमा केन्दि्रत छ । ह्रस्व, दीर्घ, श, ष, स, चन्द्रबिन्दु, सिरबिन्दु, पदयोग, पदवियोग आदिलाई नेपाली वर्णविन्यासअन्तर्गत समेटिन्छ । नेपाली वर्णविन्याससम्बन्धी प्रयोगबाटै स्थापित विभिन्न नियमहरू छन् र धेरजसोले मानक रूपधारण गरिसकेको स्थिति छ भने कतिपय नियम विज्ञहरूको बौद्धिक बहसबाट संशोधन, परिमार्जन गर्न सकिन्छ र बेलाबखत भइरहेका पनि छन् । भाषा परिवर्तनशील भएकाले यससम्बन्धी नियम पनि समय, परिस्थिति, प्रयोग र आवश्यकताअनुरूप बेलाबेला परिवर्तन भइरहन्छन् । यो भाषाको नैसर्गिक गुण हो तर परिवर्तनका नाममा स्थापित मूल्यमान्यतालाई पूरै भत्काउने काम उपयुक्त हुँदैन । यतिखेर कतिपय गतिविधि त्यस्तै देखिन थालेका छन् ।

  (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

प्रा. कुमारबहादुर जोशी

नेपाली साहित्याकाशका तीन तारा (-लेखनाथ, सम र देवकोटा) मध्येका एक नाट्यसम्राट् बालकृष्ण समले भन्नुभएको छ:

भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति

जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी ।

‘शब्द’ नामको ज्योति अर्थात् भाषा-भास्कर नहुने हो भने यो सारा संसार प्रगाढ अन्धकारमा विलीन बन्ने थियो भन्ने उक्ति संस्कृतमा पनि पाइन्छ:

इदमन्धतमः कृत्स्नं जायेत भुवनत्रयम्

यति शब्दाऽवयं ज्योतिरासंसारं न दीप्यते ।

हुन पनि हेर्ने आँखा छन्, दृश्य पदार्थ वा प्राणीहरू पनि आँखा सामु नै छन् अनि उज्यालो अर्थात् सूर्य वा बत्तीको प्रकाश पनि प्राप्त नै छ भने पनि यदि ती दृश्य पदार्थ वा प्राणीलाई अथवा तिनका रूपाकृति वा गतिविधि आदिलाई बुझाउने शब्द वा भाषा हामीसँग छैन भने ती सबै गाढा अन्धकारमा विलीन भएसरह नै हुन्छन् । यस्ता उक्ति-उदाहरणबाट हामी भाषाको अपरिमित महिमाको आकलन सहजै गर्न सक्तछौं ।

(more…)

Read Full Post »