Feeds:
Posts
Comments

Archive for November, 2011

गजल

आफ्नो व्याथा आफै लेख्छु, संझी कस्ले केर्दिन्छ र

फूलैफूल् ले मेरो घर, सित्तै कस्ले घेर्दिन्छ र

**

तागत् हुञ्जेल तपाईं भएँ, रागले सँधै रोजाई भएँ

निभ्दै गा’छ ऐले आगो, मेरो कस्ले हेर्दिन्छ र

**

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

डा. प्रदीपकृष्ण श्रेष्ठ

विश्वभरि नै जीवनशैलीमा आएको परिवर्तन, विशेषगरी खानपान, निस्क्रिय जीवनशैली, मोटोपन र तनावग्रस्त वातावरणको कारण मधुमेहले भीषण रूप लिइरहेको छ । विश्व स्वास्थ्य संगठनको सन् १९९७ मा प्रकाशित प्रतिवेदनअनुसार १९९५ मा विश्वमा जम्मा १२ करोड ४७ लाख मधुमेह भएका मानिसहरू थिए । समयमै  मधुमेह रोकथामका चेतनामूलक उपायहरू अवलम्बन नगर्ने हो भने २०२५ सम्ममा यो संख्या दोब्बरभन्दा बढी भई महामारीको रूप लिने अनुमान गरिएको छ । तर आज उक्त प्रतिवेदनको १४ वर्षपछिको स्थिति अनुमान गरिएको भन्दा भयावह भएको देखिन्छ । दुर्भाग्यवश, उक्त वृद्धिको भार विकसित राष्ट्रहरूमा भन्दा जीवनशैलीमा व्यापक परिवर्तन भइरहेको नेपालजस्तो विकासशील राष्ट्रहरूले बहन गर्नु पर्नेछ ।

रगतमा चिनीको मात्रा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ । मधुमेह चार प्रकारका छन् । संसारमा दोस्रो प्रकारको मधुमेह महामारीको रूपमा बढिराखेको छ । तीव्र रूपमा आर्थिक तथा सामाजिक परिवर्तन भइरहेका विशाल भारत तथा चीनमा मधुमेही जनसंख्याको वृद्धिदर संसारमा सबैभन्दा उच्च रहेको छ । यी दुई ठूला राष्ट्रबीच चेपिएको र समान रहनसहन तथा तीव्र रूपान्तरित भइरहेको नेपालमा पनि मधुमेहको वृद्धि केही कम छैन । यस जटिल समस्याबारे जनचेतना अभिवृद्धि गराउन विश्व स्वास्थ्य संगठनले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवस घोषणा गरेको छ ।

  (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-डा. रबा थापा

समयमै ध्यान दिऊँ।

शरीरमा चिनी, अर्थात् ग्लुकोजको व्यवस्थापन र उपयोग गर्न सहयोग गर्ने इन्सुलिनको कमी भएमा वा कुनै कारणवश यसको काममा अवरोध आएमा रगतमा चिनीको मात्रा बढ्ने अवस्थालाई हामी मधुमेह भन्ने गर्छौं। यो एक दीर्घरोग हो, जसले विस्तारै शरीरका सम्पूर्ण प्रणालीलाई प्रभावित गर्छ । खासगरी यसले शरीरका मुख्य संवेदनशील अंगहरू जस्तै: आँखा, मृगौला, मुटु, स्नायु र खुट्टामा असर गरी विभिन्न समस्या निम्त्याउँछ ।

हाल विश्वभर नै मधुमेह रोग एक विकराल स्वास्थ्य समस्याको रूपमा देखापरेको छ र दिनानुदिन यो संख्या बढ्ने क्रममा देखिन्छ । विश्व स्वास्थ्य संगठनको एक तत्थ्यांक अनुसार सन् २००० मा २.८५ प्रतिशत जनसंख्यालाई मधुमेह भएको र सन् २०३० सम्ममा यो संख्या झन्डै दोब्बर अर्थात् ४.४५ प्रतिशत हुने अनुमान गरिएको छ । यी मध्ये करिब ७० प्रतिशत बिरामी विकासोन्मुख देशमा र त्यसमा पनि करिब आधाभन्दा बढी मधुमेहका बिरामीको हिस्सा एसियाली मुलुकहरूमा हुने आँकडा छ । हाल विश्वमा करिब २८४ मिलियन मधुमेहका रोगी भएको र प्रत्येक दस सेकेन्डमा दुई जना नयाँ मधुमेहका बिरामी थपिने, एकजना भन्दा बढी व्यक्तिको मधुमेहजन्य समस्याबाट मृत्यु हुने गरेको छ । जसमध्ये ८० प्रतिशत मृत्यु विकासोन्मुख देशमा हुने गरेको तत्थ्यांकमा देखाइएको छ ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-अतुल मिश्र

नियमित आँखा परीक्षण आवश्यक।

दुई दशकदेखि मधुमेहले ग्रस्त जीवन श्रेष्ठलाई अन्ततः झन्डै आँखाको दृष्टि गुमाउनुपर्ने स्थिति आयो । नियमित रूपमा आँखाको परीक्षण नगराउने श्रेष्ठलाई एक्कासि देख्न समस्या भएपछि आँखा परीक्षण गराउँदा मधुमेहले दृष्टिमा असर परेको जानकारी पाए ।

आँखा पछाडिको भागमा रक्तनली फुटेर जमेको द्रव्य (तरल पदार्थ) झिक्ने शल्यक्रिया भिट्रेक्टोमी गरेपछि उनको स्थितिमा सुधार आएको छ । विश्व स्वास्थ्य संगठनको अनुसार डाइबिटिक रेटिनोप्याथी अन्धोपनको एउटा प्रमुख कारण हो ।

‘मुलुकमा अन्धोपनको प्रमुख कारकमध्ये एउटा मधुमेह रोगले समेत स्थान लिएको छ,’ तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक प्रा.डा. सन्दुक रुइत भन्छन्, ‘बदलिँदो जीवशैली र सहरीकरणले निम्तिएको मधुमेहले अन्य अंगसँगै आँखामा समेत प्रभाव पार्दैछ ।’

(more…)

Read Full Post »

स्रोत: ई-कान्तिपुर

-धीरेन्द्र प्रेमर्षि

नेपालमा दसैं र तिहारपछि सामान्यतया मानिसहरू चाडपर्वबाट फुर्सद लिने मनस्थितिमा हुन्छन् । तर नेपालकै सांस्कृतिक प्रदेश मिथिलामा भने तिहारको लगत्तै छठी पर्वको चटारो सुरु हुन्छ । यद्यपि केही दसक अघिसम्म मिथिला क्षेत्रमा मात्र सीमित छठी पर्व आजको दिनमा समस्त हिन्दु धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण पर्वको रूपमा स्थापित भइसकेको छ । यतिमात्र नभई मिथिलालाई आ-आफ्नो भूभागमा बाँडेका दुई स्वतन्त्र देश भारत र नेपालको यो राष्ट्रिय पर्वसमेत बनिसकेको छ । खासगरी नेपालको कुरा गर्ने हो भने आजको दिनमा छठी पर्वको नामबाट कुनै पनि नेपाली अनभिज्ञ छैनन् । सरकारले यस दिनमा सार्वजनिक विदा दिनथालेबाट मात्र नभई राजधानी काठमाडौंमा मिथिलावासीहरूले यो पर्व मनाउन सुरु गर्नुले विशेष भूमिका निर्वाह गरेको छ । विगतमा तराई विकास समाज, तराई सांस्कृतिक प्रतिष्ठान लगायतका संस्थाहरूले गएको दुई दसकदेखि काठमाडौं उपत्यकामा छठी पर्वका लागि सहज वातावरण बनाई आयोजना गर्ने विभिन्न कार्यक्रमले पनि मद्दत पुर्‍यायो । जनयुद्धताका आवागमन कष्टकर हुँदै गएपछि काठमाडौं उपत्यकामा बस्ने मिथिलावासीहरूले राजधानीमै छठी मनाउन थाल्नुले पनि यसको विस्तृतिलाई मलजल गर्‍यो ।

(more…)

Read Full Post »