स्रोत: नयाँ पत्रिका
-डा.गोविन्दबहादुर थापा
विश्वमा सम्भवतः नेपाल मात्रै यस्तो मुलुक देखिएको छ, जहाँका मान्छे आफ्नो देशको माटो अरूलाई सुम्पेर आफ्नो निजी स्वार्थ पूर्ति गर्न हिचकिचाउँदैनन्।
नेपालको पूर्व, पश्चिम तथा दक्षिणतर्फको सीमा सुरक्षित भएन । नेपाल र भारतबीच औपचारिक र आधिकारिक रूपमा सीमा छुट्टयाई दुवै पक्षको सहमतिमा गाडिएका सीमास्तम्भहरूमध्ये सयौँ स्तम्भहरू बेपत्ता भएका छन्, हिजोसम्मको नेपालको भूभागमा आज विदेशीले घर, टहरा बनाएका छन्, हिजोसम्म नेपालभित्रको बस्ती आज भारततिर परेको छ, सीमास्तम्भहरू ग्ााडिएकै अवस्थामा भारतले केही समयअघिदेखि भोगचलन गर्दै आएको जंगल र भूमिमा भेटिएका छन्, भारतीय नागरिकहरू हुलका हुल भएर नेपालभित्र सीमा सारिरहेका छन्, र तिनलाई भारतीय सुरक्षाकर्मीहरूले सुरक्षा दिइरहेका छन् । अस्ति भर्खरै प्याराताल समेत नेपालकै भएको तथ्य उजागर भएको छ । किनभने प्याराताल भन्दा दक्षिणतर्फ गाडिएकै अवस्थामा सीमास्तम्भहरू भेटिएका छन् ।