Feeds:
Posts
Comments

Archive for October, 2009

गजल

संझनाको डिलमा खुनी, तिम्रै छायाँ लुकेर गो

रञ्जनाको राग थुनी, थुप्रै आँसु सुकेर गो

**

अचाक्ली यो पीरको पिरो, रसादीले मेट्ला के र

प्रतिक्षाको पाल मुनि, थुप्रै वाचा झुकेर गो

**

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-जितेन्द्र साह

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले सात वर्षको अवधिमा एक महिलासहित २९ नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार तीमध्ये १५ जनाविरुद्ध यो दुई वर्षको अवधिमा विभिन्न मुलुकका सुरक्षा निकायले यो नोटिस जारी गरेको हो । सन् १९६७ मा नेपाल ‘इन्टरपोल’ को सदस्य भएको हो ।

‘यसले अन्य मुलुकमा गम्भीर प्रकृतिका अपराधमा नेपाली सहभागिता बढ्दै गएको देखिएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहले कान्तिपुरसँग भने । उनका  अनुसार सबभन्दा बढी भारतीय सुरक्षा निकायले २० जना नेपालीलाई ‘मोस्ट वान्टेड’ को सूचीमा राखेर खोजी दिन आग्रह गरेका छन् ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-बच्चु विक

नेपालको राष्ट्रिय सम्प्रभुता अपमानित हुने गरी भारतले दार्चुलाको सदरमुकाम खलंगामा दिउँसै युद्धविमान उडाएको छ

महेन्द्रनगर। भारतीय वायुसेनाले लगातार दुई दिन नेपाली आकाशमा सुपरसोनिक जहाज उडाएपछि सर्वसाधारण त्रसित भएका छन् । सुपरसोनिक जहाज मंगलबार र बुधबार पटक-पटक नेपाली आकाशमा प्रवेश गरे पनि नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।

मंगलबार पहिलोपटक बिहान १० बजे ठूलो आवाज र धुवाँको मुस्लोसहित सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाशमा देखिएको थियो । केही क्षणमै विमान भारतीय सीमाक्षेत्र धार्चुलातिर हान्निएर दृश्यबाट हराएको थियो ।

स्रोतका अनुसार वायुसेनाको जहाजले भारतको पिथौरागढबाट उडान भरेको थियो । जहाज महाकाली नदीको किनारैकिनार कहिले नेपाली आकाशमा त कहिले भारतीय आकाश हुँदै उडिरहेको थियो ।

(more…)

Read Full Post »

स्रोत: अनलाइन खबर

-हरिबहादुर सारुमगर

पाल्पा । प्राकृतिक स्रोत र साधनको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने स्तनधारी पंक्षी चमेराको नेपालमै पहिलो पटक पाल्पाका एक युवक शोधकर्ताले अध्ययन थालेका छन् ।

वन विज्ञानमा स्नातक अध्यायनरत तानसेन नगरपालिका काजीपौवाका २८ बर्षीय हरि अधिकारीले बिगत एक बर्ष देखि पाल्पाको विभिन्न स्थानमा चमेराको बारेमा अध्यायन गर्दै आएका छन् । अधिकारीले पाल्पाको अर्गली, मदनपोखरा, तानसेन नगरपालिका, बौघागुम्बा, राम्दी, सिलुवा लगायतका स्थानमा अध्ययन गर्दा सात थरि प्रजातीका चमेराहरु फेला परेको बताएका छन् ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-कास

सगरमाथाको सीमावर्ती क्षेत्रमा चीनले पहिलोपटक भूकम्प मनिटरिङ स्टेसन स्थापना गरेको छ । हिमालय क्षेत्रको भूकम्पीय जोखिम अध्ययन गर्न चीनले आफ्नो भूभागतर्फ स्टेसन बनाएको हो ।

स्टेसनले उक्त क्षेत्रको जलवायुको समेत अनुगमन गर्नेछ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिउँ पग्लिने क्रम बढिरहेका बेला चीनका वैज्ञानिकले सगरमाथा क्षेत्रमा स्टेसन बनाएका हुन् ।

जलवायु परिवर्तनका कारण सगरमाथासँगैको उत्तरमा फैलिएको ‘तिब्बतीयन प्लेटो’ मा नकारात्मक असर परेका बेला भूकम्पीय जोखिमको सम्भावना अध्ययन गर्न स्टेसन खडा गरिएको चीनका वैज्ञानिकहरूले बताए । जलवायु परिवर्तनका कारण हिउँ पग्लिने क्रम बढा हिमालय क्षेत्रमा हिउँको मात्रामा व्यापक परिवर्तन आएको विशेषज्ञहरूले बताए ।

(more…)

Read Full Post »

स्रोत: अनलाइन खबर

नेपालीहरूको महान् पर्व तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । यसपालिको यमपञ्चक अक्टोबर १६ देखि १९ सम्म चारदिनमात्रै परेको छ । अक्टोबर १६ मा कागतिहार, १७ मा एकै दिन ककुर तिहार र दीपावली (लक्ष्मीपूजा), १८ तारेखमा गाईतिहार र १९ तारेखमा गोवर्धन पूजाका साथै भाइटीका परेको छ । यसपालिको तिहारमा एकादशी तिथि लोप भएकाले यमपञ्चक चार दिनमै समाप्त हुन्छ । प्रतिपदाकै दिन द्वीतिया तिथि लाग्ने भएकाले २० तारेखमा पर्नुपर्ने भाइटीका १९ तारेखमै परेको हो ।

काग तिहार

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वीतीयासम्म पाँच दिन मनाइने यो पर्वको आरम्भ कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजाबाट गरिन्छ । काग अत्यन्त चलाख पक्षी हो । काग सर्वक्षी प्राणी हो । यसको पूजा गर्नका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त पि्रय भक्त भएकाले यमपञ्चकमा यसको पूजा गरिएको हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काक गवेषण, काक न्याय, काकबली आदि विविध शब्द पनि कागसँगै सम्बन्धित छन् ।

(more…)

Read Full Post »

स्रोत: नागरिक

-दुर्गादेवी रसाइली

मुस्ताङ। नेपालबाट मात्रै होइन विश्वको कुनाकुनामा समेत चर्चा पाउन सफल मुक्तिनाथ मन्दिर मर्मत सम्भार र संरक्षणको अभावमा भत्कने अवस्थामा पुगेको छ।

यस मन्दिरको निर्माण वि.सं. १८७१ अर्थात् करिब दुई सय वर्ष अगाडि भएको हो। मन्दिर जीर्ण हुँदै जानु साथै मन्दिरमुनि बगिरहने भूमिगत जलप्रवाहलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न नसकेको कारण यो खतरा दिनानुदिन बढ्दैगएको हो।

जिविस मुस्ताङले मन्दिरको अगाडि रहेको दुईवटा पानीको कुण्ड केही वर्षअगाडि २२ लाख रुपैया खर्च गरी बनाएको भए पनि हाल आएर कुण्ड अगाडिको पर्खाल अवस्थित जमिनको भाग अपत्यारिलो तवरबाट भास्सिएको छ।

(more…)

Read Full Post »

स्रोत: नागरिक

हेटौँडा। कुनै समय मकै र भटमासको खेती हुने बारीमा अहिले व्यावसायिक रूपमा लगाइएका तुलसीका बोटहरू देख्न सकिन्छ। मकै भटमासको उब्जनी राम्रो नभएपछि यहाँका किसानले तुलसी खेतीलाई व्यावसायिक रूपमा खेती गर्न थालेका हुन्।

मकै भटमासका लागि आकासे पानीमा निर्भर रहेका मकवानपुरको सदरमुकाम हेटौँडा नगरपालिका वडा नं ११ गोल्पिङटारका बासिन्दा तुलसी खेतीतर्फ आकर्षित भएका हुन्।

गाउँका ६० परिवारले करिब ६ कट्ठा जमिनमा तुलसी खेती सुरु गरेका छन्। तुलसी साबुन, चियापत्ती, मञ्जन र स्याम्पुलगायत आयुर्वेदिक औषधिको समेत कच्चा पदार्थ हो।

(more…)

Read Full Post »

स्रोत: हिमाल

-प्रकाश साय्मि

दक्षिण एसियाली मुलुकहरूको तेस्रो सार्क सम्मेलन नेपालमा आयोजना हुँदा कार्यक्रमको थालनीमा दीप प्रज्ज्वलनलगत्तै गजल वाचन भएको थियो। त्यतिवेला गजल सुन्नेहरूमा सार्क मुलुकका तत्कालीन राष्ट्रप्रमुखहरू बेनजीर भुट्टो, वीरेन्द्र शाह, रणसिंघे प्रेमदासा,जिग्मेसिंगे वाङचुक, मोहम्मद अब्दुल गच्चयुम आदि थिए र, गजल वाचक कुनै गायक वा कवि नभएर भारतका प्रधानमन्त्री राजीव गान्धी थिए। उनले पाकिस्तानका शायर इकवालको गजलसँगै आफ्नो मन्तव्य दिएका थिए।

गान्धीले गजल वाचन गरेको आठ दशकअघि नै नेपालमा गजलको जन्म भइसकेको थियो भने करिब एक दशकअघि कविज्ञानुवाकर पौडेलको सक्रियतामा गजलको पुनर्जागरण भएको थियो। आज नेपालमा गजल लेख्न र गाउन थालिएको एक शताब्दीभन्दा बढी भइसकेको छ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

सानो मुलुक भए पनि नेपालमा जन्मिएका नागरिक विश्वभर पुगेका छन् । विश्वका धेरैजसो मुलुकमा नेपाली पुगेका भएपनि गैरआवासीय नेपाली संघको औपचारिक तथ्यांकअनुसार विश्वका ५५ मुलुकमा नेपाली संघले संगठन विस्तार गरेको छ ।

सरकारले भारतलगायत सार्क क्षेत्रमा गएका नेपालीलाई एनआरएनको मान्यता नदिने बताएकाले एनआरएन विश्व संघले पनि भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटानमा रहेका नेपालीको तथ्यांक संकलन गरेको छैन । भारतमा मात्रै लगभग २० लाख नेपाली रहेको अनुमान गरिएको छ ।

(more…)

Read Full Post »

Older Posts »