Feeds:
Posts
Comments

Archive for November, 2012

स्रोत: कान्तिपुर

-डा.वासुदेवकृष्ण कोइराला

शरद् ऋतुको कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाको दिन सम्मका पाँच दिनलाई यमपञ्चक भनिन्छ । न्यायका देवता यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरी दीपावली उत्सव मनाएको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यमपञ्चकको पहिलो दिन बिहान घरलाई शुद्ध र पवित्र रंगीचंगी बनाई वैदिक विधिविधान अनुसार यमदूतका रूपमा कागको पूजा गरी भोजन इत्यादि दिइन्छ । सन्ध्याकालीन समयमा आँगन या तुलसाको मठमा सातवटा दीयो बाल्नुपर्छ । आरोग्यका देवता धन्वन्तरीको पूजा गरेर सदासर्वदा सबैको निरोगिताको कामना गर्नुपर्ने शास्त्रीय मान्यता छ । यमपञ्चकको पाँचै दिन घर-घरमा दीपावली गर्नुपर्छ । वैदिककालीन सभ्यतामा विश्व पन्छी दिवस काग तिहार, विश्व गाई दिवस गाई तिहारका रूपमा निरन्तर चलिरहेको छ । तमसो मा ज्योतिर्गमयको भाव सनातन हिन्दु वैदिक परम्पराको मूलमन्त्र हो । अन्धकारबाट उज्यालोतर्फ जाने पर्व दीपावली हो ।

(more…)

Read Full Post »

स्रोत: अनलाईन खबर

कृष्ण अविरल

नेपाली समाजमा प्रचलित लोकभाकाहरुमध्ये अति लोकप्रिय भाका हुन् देउसी-भैली । विशेषतः तिहारको लक्ष्मी पूजाको दिन कुमारी केटीहरुले सामुहिक रुपमा भैली गाउने र त्यसको भोलिपल्टदेखि केटाहरुले देउसी खेल्ने परम्परा भए पनि अहिले सामुहिक रुपमा देउसी-भैली गाउन थालिएको छ । खेल्ने दिन पनि काग तिहारदेखि भाइटीकाको भोलिपल्टसम्म जारी रहन्छ । राजनीतिक दलका सांस्कृतिक भातृ संगठन र कतिपय संघसंस्थाहरुले त देउसी भैलीलाई संस्थागत आयआर्जनको माध्यम पनि बनाएका छन् । यसका नाममा कतिपय घरधनीलाई सताउने र चर्को आवाजमा गानबजान गरेर ध्वनि प्रदूषण समेत गर्न थालिएको छ । विकृति बढेकाले सरकारले समेत नियम बनाएर कडाइ गर्नु पर्ने बाध्यता बन्दै गएको छ ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-डा. अंशुमाली जोशी

यदि तपाईंलाई मधुमेह छ भने जीवनयापनको शैली परिवर्तन गर्न आवश्यक हुन्छ । सधैं स्वस्थ खानाका साथै नियमित व्यायाम गर्नु जरुरी हुन्छ । रोग नियन्त्रणका लागि औषधी पनि खानुपर्ने हुनसक्छ र कसैलाई इन्सुलिनको इन्जेक्सन लगाउनुपर्ने हुन सक्छ । साथै नियमित रगतमा सुगरको मात्रा जाँच्नुपर्छ ।

खानपिन: मधुमेहका बिरामीका लागि कुनै विशेष खानाको जरुरत पर्दैन । हामीले हरेक दिन खाने खानाबाट नै स्वस्थ खानाको व्यवस्था गर्न सक्छौं । तर निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ –

(more…)

Read Full Post »

स्रोत: अनलाईन खबर

-कृष्ण अविरल

यतिखेर तपाईं सायद तिहार बिदाका कारण फुर्सदमा हुनुहुन्छ । तास वा कौडा खेलेर मनोरन्जन लिने बानी छैन । पिउने बानी हुनेहरुले पनि बढी पिउँदा हुने हानीका बारेमा थाहा पाइसक्नु भएको छ । तिहारका शुभकामना विज्ञापन मात्रै प्रशारण गर्ने टिभी पनि कति हेर्नु ! सबै आ-आफ्नै धुनमा छन्, घुम्न पनि कहाँ जानु ?

यस्तो बेला पुस्तक पढ्ने उपयुक्त अवसर हुन सक्छ । आफ्नो रुचि अनुसार सही पुस्तकको छनोट गर्न सक्नुभयो भने तपाईंलाई ज्ञान त प्राप्त हुन्छ नै भरपूर मनोरञ्जन पनि हुनेछ । भनाई पनि छ, एउटा राम्रो पुस्तक पढ्नु भनेको एउटा असल मान्छेसँग संगत गरेर उसका जीवनभरिका अनुभव थाहा पाउनु बराबर हो ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-डा.वासुदेवकृष्ण कोइराला

चन्द्रमास अनुसार आश्विन शुक्लपक्षको प्रतिपदादेखि दशमी सम्म शक्ति उपासना गर्ने पद्धतिलाई दशैं भनिन्छ । संगठित शक्तिविना कुनै पनि काम गर्न सकिँदैन । ‘नवदुर्गा भवानी’को शक्ति संगठित शक्तिको प्रतीक हो । दुर्गा भवानीको कृपा, आशिर्वाद, शक्ति प्राप्त गर्नका लागि दशैंपर्व मनाउने शास्त्रीय विधान छ । घटस्थापनाको दिन शुद्ध माटो, गोबरले घर लिपी विधिसहित घटस्थापना गरी भगवती नवदुर्गाको आह्वान, स्थापना र पूजाआराधना गर्नुपर्छ ।

आद्यशक्ति जगज्जननी अनेकौं रूपमा अवतरति भईर् मानवजगत् र सन्त, साधकको कल्याण गर्नुभएको देवीभागवतमा वर्णन गरिएको छ । वर्षमा चारवटा नवरात्रहरू पर्छन् । तीमध्ये शरद र वसन्त ऋतुमा पर्ने नवरात्रमा देवीको विशेष पूजा गरिन्छ । घटस्थापनाको दिन देवीको पूजा गरी गहुँ र जौं मिसाएर जमरा राख्ने विधान छ । प्रत्येक दिन नवदुर्गाका भिन्न-भिन्न रूपको पूजा गर्ने विधान रहेको छ ।

(more…)

Read Full Post »