Feeds:
Posts
Comments

Archive for December, 2009

गजल

तिम्रै फेरमा फुल्थें सँधै, शत्रु आज ठान्यौ किन

भावनामा भिजी आ’को दिलमा ढुङ्गा हान्यौ किन

**

बुझ्झकीको बहाना त्यो, आँखै अघि अल्झियो कि खै

विश्वासभित्र बल्दो माया, विवादभित्र तान्यौ किन

**

सदाबहार सुनाखरी, भन्ने नाता मक्कियो कि खै

अन्धकारमा एकैचोटी, रीसले स्वार्थ झान्यौ किन

**

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-डा. केदार कर्माचार्य

प्रत्येक वर्ष पुस र माघ महिनामा तराई क्षेत्रमा कुहिरोसँग शीत झरिरहने असामान्य चिसो शीतलहर हो । केही दिन अघि मात्र महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा एक अधबैंसे पुरुषको राति सुतिरहेको अवस्थामा ओछ्यानमै चिसोले कठ्यांगि्रएर मृत्यु भएको खबर आयो । गएका वर्षमा पनि तराईका मोरङ, सुनसरी, सप्तरी, झापा आदि जिल्लाका कतिपय स्थानमा शीतलहरको प्रकोपले घरआँगनमा हिँडिरहेका तथा ओछ्यानमा सुतिरहेका अवस्थामा पनि बालबालिका र वृद्धवृद्धाहरूको चिसोले कठ्यांगि्रएर मरेको खबर सञ्चारमाध्यममा प्रकाशित-प्रसारित भएका थिए ।

शरीरको सामान्य तापक्रम ३७ डि.से. हुनुपर्नेमा ३० डि.से.भन्दा कम भएको अवस्थालाई चिकित्साशास्त्रमा हाइपोथर्मिया भनिन्छ । प्रभावित क्षेत्रमा बिहानैदेखि रातिसम्म हप्तौं वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नुका कारण उघि्रएर घाम नलाग्ने हुँदा चिसो अत्यन्त बढी हुन्छ र विशेषगरी बिहान र राति तापक्रम स्वात्तै तल र्झछ । स्मरणीय छ, शरीरमा अक्सिजनको पूर्तिको गतिमा ह्रास हुने तथा कार्बनडाईअक्साइडको मात्रामा असन्तुलन हुँदा शरीरका समस्त अंगहरूमा नकारात्मक असर पर्छ ।

(more…)

Read Full Post »

स्रोत: ई-कान्तिपुर

-शंकर आचार्य

पर्सा। संविधान सभा अन्तराष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समिति अन्तर्गतको सीमा निरीक्षण उप समितिले पर्साको सिमा विवाद रहेको बिभिन्न स्थानको निरीक्षण भ्रमण सम्पन्न गरेको छ । आइतबार र सोमबार टोलीले जिल्लाको ठोरी र वीरगन्ज उपमहानगरपालिकाको ईनर्वास्थित रामटोलको निरीक्षण गरेको छ ।

उपसमितिका संयोजक सभासद रामप्रित पासवानको नेतृत्वमा सात सदस्यीय सभासद तथा नापी विज्ञहरु र नापी बिभागका कर्मचारीहरु समेतको टोलीले स्थलगत निरीक्षण भ्रमण गरेको हो । नवलपरासीको सुस्ताबाट आफ्नो भ्रमण सुरु गरेको यो टोलीले रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्ला हुदै झापामा पुगेर आफ्नो भ्रमण सम्पन्न गर्ने सोमबार वीरगन्जमा आयोजित अन्तरक्रियामा उपसमितिका संयोजक सभासद पासवानले बताए ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-ध्रुव दंगाल

सिन्धुपाल्चोक। सीमावर्ती उत्तरी तातोपानी नाकामा लामो समयदेखि चिनियाँ पक्षको मनपरी चल्दै आएको छ । नाकावासी, नेपाली व्यापारी- व्यवसायी, मजदुर, आन्तरिक पर्यटक मात्र होइन प्रहरी र सरकारी कर्मचारी नै चिनियाँ पक्षको ज्यादती सहन बाध्य छन् ।

दैनिक दुव्र्यवहार, कुटपिट र कन्टेनर तोडिनु नाकामा नेपालीका लागि नियमित र सामान्य नै बनेको छ । चिनियाँ सादा पोसाकका प्रहरीले नेपाली भूभाग छिरेर नेपालीलाई कुटेका दृष्टान्तसमेत थुप्रै छन् । अध्यागमन कार्यालय तातोपानीका प्रमुख विजय पौडेलले नाकामा चिनियाँ ज्यादती बढ्दै गएको बताए । ‘नेपालीमाथि ज्यादतीका घटना दैनिक भइरहन्छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘चुपचाप सहनुको विकल्प छैन ।’

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-प्रकाश राई

संसारका प्रायः सबै देशको झण्डा त्यहाँको राजनीतिक परिवर्तन सँगै फेरिँदै आएको इतिहास छ । सन् १७७७ देखि १९६० सम्ममा संयुक्त राज्य अमेरिकाको झण्डा मात्रै २७ पटक परिवर्तन भएको छ । त्यहाँ देशका राज्यहरू थपिने क्रमसँगै झन्डा पनि परिवर्तन हुँदै आएको छ । सन् १८६१ मा त्यहाँ ३४ वटा राज्य थिए र झन्डामा तारा पनि त्यति नै थिए । तर, सन् १९०८ मा राज्यहरू थपिएर ४६ भए र तारा पनि त्यति नै पुर्‍याइए । सन् १९५९ अगस्त २१ मा हवाई राज्य पनि थपिएपछि ४ जुलाई १९६० मा त्यहाँको राष्ट्रिय झन्डाको ५०औँ तारा थपिएको थियो ।

त्यस्तै चीनमा पनि सन् १९४९ मा क्रान्ति सम्पन्न भएपछि झन्डा परिवर्तन गरिएको थियो । त्यहाँ त अझ झन्डा डिजाइन गर्ने प्रतियोगिता नै गरिएको थियो । र, अन्त्यमा उत्कृष्ट झन्डा राष्ट्रिय झन्डाका रूपमा छानिएको थियो । रसिया, कोरिया, कम्बोडियालगायतका देशको झन्डा पनि पटकपटक परिवर्तन भएका छन् ।

(more…)

Read Full Post »

गजल

ढाँट्नु, छल्नु, इलम भैगो पारे दिउँसै यीनले राती

देश थोत्र्याउने बेइमान नेता बाँच्नु भन्दा मर्नै जाती

**

लाजको लर्को पचेपछि, ईज्जत भए पो बेईज्जत हुन्थ्यो

खोली शाखा, छली आँखा, लुच्छन् यीनले देशको छाती

**

(more…)

Read Full Post »

स्रोत: नागरिक

न्यूजविक इण्टरनेशनल का सम्पादक फरिद जकरियाद्वारा लिखित पुस्तक ‘द पोस्ट अमेरिकन वर्ल्ड’ मा बुद्ध भारतमा जन्मिएको भन्ने व्यहोरा उल्लेख गरिएको प्रति औपचारिक रूपमा आपत्ति जनाउन गृहमन्त्री मार्फत सरकारको ध्यानाकर्षण गरिएको छ।

एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले संसद्को राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गृहमन्त्री भीमबहादुर रावललाई पुस्तकको पृष्ठ १५४ पढेर सुनाउँदै यसबारे ध्यानाकर्षण गरेका हुन्। ‘बुद्ध भारतीय थिए, बुद्ध दर्शन पनि भारतमै पत्ता लागेको थियो तर बौद्धमार्गीहरू भारतमा छैनन्’, अंग्रेजीमा लेखिएको उक्त पुस्तकको यो व्यहोरा प्रति सरकारले संस्कृति मन्त्रालय मार्फत औपचारिक रूपमा आपत्ति जनाउनु पर्ने शर्माले माग गरे।

पुस्तकको सो पृष्ठ पढ्दै गृहमन्त्री रावलले यसलाई आफूले गम्भीर रुपमा लिएको बताउँदै संस्कृति मन्त्रालयलाई जानकारी दिने बताएका थिए।

Read Full Post »

स्रोत: नागरिक

सशस्त्र प्रहरी बलले तीन जिल्लामा सीमा सुरक्षा बल कार्यालय थप गर्ने तयारी गरेको छ। प्रहरी बलका प्रहरी महानिरिक्षक सनतकुमार बस्नेतका अनुसार भारतीय सीमामा २ वटा र चीनको सीमामा एउटा सीमा सुरक्षा बल कार्यालय स्थापना गर्ने तयारी गरेको हो।

शसस्त्र बलद्धारा आयोजित सीमा सुरक्षा कार्यशाला गोष्ठीमा बोल्दै उनले तराईसंग सीमा जोडिएका १८ वटा जिल्लामा सीमा सुरक्षा बल कार्यालय स्थापना भइसकेको बताए। उनले भने- १८ जिल्लामा बलको सीमा सुरक्षा कार्यालय स्थापना भइसकेको तथा अन्य तीन जिल्लामा स्थापना हुने क्रममा छ।’ २०६३ सालबाट दक्षिणी सीमाको सुरक्षामा शसस्त्र प्रहरी बल खटाउदै आएको छ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

मानवअधिकार घोषणापत्र जारी गरिएको सम्झनामा मानवअधिकार दिवस मनाउने क्रममा हिजो पनि सरकारका मन्त्रीदेखि नेपाली सेनाका सेनापतिसम्मले शुभकामना जारी गरे । दिवस मनाउने र लोकप्रिय सन्देश छर्ने औपचारिक कार्यक्रमले तिनलाई मानवअधिकारवादी देखाउन मद्दत नै गर्‍यो होला । मानवअधिकार उल्लंघनका यावत् कटु यथार्थलाई औपचारिक सन्देशमार्फत छोपछाप गर्न र आफूलाई मानवअधिकारवादीको छवि प्रस्तुत गर्न तिनीहरू सफल भएकै होलान् । तर, यी सबै काम-कारबाही जनतालाई देखाउने ‘भच्र्युअल रियालिटी’ -आभासी यथार्थ) हो, जसमा हेर्दा यथार्थजस्तो महसुस मात्रै हुन्छ, यथार्थचाहिँ हुँदैन ।

(more…)

Read Full Post »

स्रोत: ई-कान्तिपुर

-अतुल मिश्र

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नेपालमा पहिलो पटक मात्र नभई विश्वमै दुर्लभ मानिने प्रकृतिको गर्भवती महिलाको मुटुको शल्यक्रिया गरिएको छ ।

गंगालालका कन्सल्टेन्ट शल्यचिकित्सक एवं त्रि.वि.का प्राध्यापक डा. भगवान कोइरालाको नेतृत्वमा दस दिन अघि गरिएको उक्त शल्यक्रियापछि हाल आमा र छोरी दुवै स्वस्थ छन् ।

(more…)

Read Full Post »

Older Posts »