केही भन्नु पर्दा……
व्यस्त संसार, खुल्ला निश्वास, पेवा होइन कसैको यो
आनन्दको सर्वोच्चता, सर्वव्यापी फुल्दैन यो,
सजिव इच्छा छेकिंदो छ, रोचक कथा जिन्दगी यो
विवेकको वशभित्र, झुल्दो छैन नियति यो,
**
समस्याको खडेरीमा, अठोटहरु छिपेपछी
पौरखीको मझेरीमा, जिउँदो वाचा झुकेपछी,
फुलेल हुने झिनो आशा, ओईली झर्छ बलेनीमा
उमंगको भित्री संसार, रुझिदिन्छ परेलीमा,
**
अभिवादन!
पढाईका हिसाबले एउटा पशु-विज्ञानको विद्यार्थी म, नेपाली साहित्यको चेलो होइन। न त साहित्यकार नैं। खाली नेपाली साहित्यानुरागी भन्न रुचाउँछु म आफुलाई। ऐतिहासिक धरोहर, गोरखाको एक छेउमा जन्मेर बूढी गण्डकीको शितल आवाहवा बीच अनेक लुकामारी खेल्दै जिन्दगीको यो क्षणसम्म आइपुग्दा मैले केही कविता एवं गजल सिर्जना यसअघि पनि गरिसकेको छु्। भलै त्यो कुनै प्रकाशित वा मुर्त रुपमा नहोस्।
हुर्कंदो किशोर-वयमा धेरै पटक “मुनामदन” का झ्याउरे पाऊहरु, अनि “पिंजडाको सुगा”भाखा हाल्ने प्रयास नगरेको होइन। “ईच्छा” कविताका मार्मिक हरफहरु, अनि “सत्य-सन्देश” का अमर पाऊहरु त मलाई अझै कण्ठस्थ आउँछन् पनि। गाँउमा स्कूल पढ्दाताक रेडियो नेपालबाट प्रसारण हुने साहित्य-संसार कार्यक्रम सुनेर पनि नेपालीमा केही सिर्जना कोर्ने जमर्को अवश्य गरेको हुँ। यस सन्दर्भमा श्री जन शक्ति मा.वि., नामजुङ्गमा शायद कक्षा ६, ७ मा पढ्दातिरको एक दिन, मेरो संझनामा घुमिरहन्छ। संयोगवश कुनै बसन्तको दिन हुनु पर्छ, कक्षाबाट एउटा सानो बनभोज गएका बेला एउटी बेलायती गुरुआमा (स्वयंसेवक) ले हामीलाई नेपाली सिर्जना (कविता हो वा गीत?) सुनाईन् सकभर भाका हालेर-
“कसले बनायो माछाहरुलाई
कसले बनायो चराहरुलाई?
ईश्वर स्वर्गमा छन्!
कसले बनायो रुखहरुलाई
ईश्वर स्वर्गमा छन्……!”
मैले यत्ति संझिएँ आज। ओहो…..! कस्तो अनौठो; तर कति सुन्दर, कति वास्तविक हगि? कति टाढा, कहाँ-कहाँको मान्छेले हाम्रो भाषामा मीठो सिर्जना लेखेको? मादलको घिन्ताङ्- घिन्ताङ् सँगै बिलायो त्यो क्षण। पछि त्यस क्षणले प्रश्न ब्युँझाइरह्यो- हामी पनि प्रयास किन नगर्ने त हाम्रै लागि? तैपनि, कहिले घरायसी त कहिले पढाईमा व्यस्त भइटोपल्दा नेपाली साहित्य-सिर्जना एवं लेखन प्रतिको मेरो उत्सुकताले मुर्तता पाउन सकेन।
अन्लाईन् खबरहरुमा विचरण गर्ने क्रममा जब एक दिन “मेरो संसार” भन्ने ब्लगको “शनिवार-साहित्य” अन्तर्गत ‘अन्लाईन् कविता प्रतियोगिता’ सँग मेरो जम्काभेट भयो, अनि मेरो ईच्छाले अलिकति मात्र भए पनि फक्रने मौका पायो। आखिर, जब २०६५ साल मंसिर १४ गते (November 29, 2008) मेरो “जिन्दगी” शिर्षकको कविता, मेरो-संसार कविता (अन्लाईन्) प्रतियोगितामा सर्वोत्कृष्ठ ठहरियो, अनि नेपालीमा आफै एउटा ब्लग शुरु गर्ने विचार ममा पलायो। त्यसकै पूर्णता स्वरुप २०६५ साल फागुन १४ गते (February 25, 2009) बुधवार देखि “सिर्जना-सुनगाभा” भन्ने नाम राखेर यो ब्लग यहाँहरु समक्ष पस्केको छु। यसको वेभ-ठेगाना: https://sirjanasungabha.com/ रहेको छ। विशेषत: म बाट सिर्जित कविता, गजल अनि लेख-रचना, र अन्य समसामयिक खबर एवं स्वास्थ्य संवन्धी जानाकारीहरु (इन्टरनेटमा छरिएका समाचारहरु) सकेसम्म यस ब्लगका माध्यमबाट यहाँहरु समक्ष पुर्याउने कोशिस गर्नेछु। मेरा लागि मेरा सिर्जना र प्रयासहरु सुनगाभा जत्तिकै महत्वपूर्ण र महँगा रहनेछन्। यस ब्लग मार्फत आफ्ना योग्य लेख-रचना प्रकाशित गर्ना-निम्ति संपूर्ण श्रष्टा, समालोचक एवं शुभ-चिन्तकहरु माझ यो ब्लगको ढोका सँधै खुल्ला रहनेछ। अनि, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मेरो यो प्रयासमा सहभागिता जनाई समग्रमा नेपाल, नेपाली र नेपाली साहित्यको संवृद्धीका लागि हातेमालो गर्ने कार्य सदैव प्रशंसनीय रहनेछ।
अन्तमा, ब्लग साइट भनेको आफूलाई मनपर्ने कुरा, आफूले देखेको, भोगेको र आफूलाई प्रभाव पर्ने कुरा लेख्ने ठाउँ हो। त्यसैले स्वत: स्फुर्त रुपमा ब्लग लेख्नेको धारणा यसमा प्रवाहित हुन्छ। यसमा ब्लगरका नितान्त व्यक्तिगत धारणा, मनोभावना, विचार एवं संवेदना प्रकाशित हुने भएकाले निष्पक्ष समाचार खोज्न तपाईँले समाचार साइटहरुमा प्रवेश गर्दा उत्तम हुनेछ। स्वभावैले कुनै विषयको पक्ष-विपक्ष बारेको वकालत, अनि कुनै राजनैतिक विचारधारा वा समूहको पक्षपोषण, यस ब्लगको दायराभित्र पर्ने छैन।
विशाल नापेर
नशा झैं म टेक्छु
रहस्य जाँचेर
रसिलो म लेख्छु
सत्य म के देख्छु
जे देख्छु, त्यही लेख्छु।
**
यथार्थ छोप्दिन
गाम्भिर्य रोक्दिन
यी हात फैलाउँछु
बन्धुत्व बोलाउँछु
साँचो म के देख्छु
जे देख्छु, त्यही लेख्छु।
** **
नेपाललाई माया गर्नेहरु प्रति समर्पित।
संपर्क:
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
E-mail:
भीषण परिचय दिनु भयो नि भिम जी!
तपाईंको ब्लग निकै रोचक छ। म यसको नियमित पाठक हुँ।
ब्लगलाई तपाईंका सिर्जना (कविता) र बिबिध बिषय बस्तु समेटेर बनाउनु भएको छ । यसलाई सुचारुरुपले अगाडि बढाउनु होला । मेरो शुभकामना छ।
धन्यवाद, रामजी दाइ। मेरो ब्लग बारेको प्रतिक्रिया एवं शुभकामनाका लागि धेरै आभारी छु। ब्लगलाई नियमित गर्ने कोशिस गर्नेछु।
भिम जी,
अती उत्तम प्रयास। तपाए को ब्लग निकै रोचक लाग्यो। निरन्तरता दिदै जानु होला.
दिपक शर्मा
शर्मा ज्यु,
मेरो ब्लग-साइट घुमेर पठाउनुभएको उत्साहजनक टिप्पणीका लागि हार्दिक आभार व्यक्त गर्दछु।
उही,
फलानो।
Needar rahos satya ma mutu, sada swasthya gaatha
Pragatee pathama lamkandai janos samjhera Sagarmatha!!
Congratulations and wishing you a grand success.
Hey Damodar bhai,
Thanks a lot for your great wishes.
I’m really grateful to you, gentleman.
Bhim dai
Saahithya-anuraagi mitra,
Keep following your dreams & believing in them.
Bhums
Thanks a lot, Bhums 🙂
How’re everythings going on ?
Bhim
WISH YOU ALL THE BEST FOR YOUR NEW JOB OF OPENING BLOG.
Hey,
Thanks man 🙂
Keep on visiting this if it is convenient.
Hey mama,
It is great to see ur such outstanding publish that is absolutely inspirational n enthusiasm 4 me.
ALL THE BEST……….
Bhanja,
Thanks for visiting this Site.
I’m so happy to get your comment 🙂
Hi!
It is nice to see this site .
Thanks bhim ji, keep it up.
Thanks, Krishna Jee.
I m verey happy for your progress..all the best…
Thanks! 🙂
Take care.
Really beautiful indroduction! You have a great poetic heart. I salute you thousand times.
Very happy to get your comment, Yam Jee 🙂
Dai,
Glad to see your blog. After having a short glance on it; you are not only a veterinary doctor but also a great poet and writer.
Proud to be from Namjung.
Really happy to get an encouraging comment 🙂
Thanks a lot, Kiran bhai.
Bhim
Bhim dai,
Namaste.
Dherai ramro kam garnu bhay k rahe6. La dai nirantarata apos hai……….. Congradulation………
Thanks a lot, Arjun Jee.
Very happy to get your comment 🙂
Dai Namaskar,
dhilo nai bhaye pani dai ko blog padhe. Hunata padhne bani nabhayera nai ho..tyo pani online ma… sabai post haru dherai nai ramra chhan. teshaile yeti ramro shreejana dherai bhanda dherai shahitya premi harule padhun bhanera tapiko blog lai http://www.hamrocircle.blogspot.com http://bloggers.com.np ma just submits gareko chhu baki process hotmail ma hernu hola
भाइ,
मेरो ब्लग घुमेर यसलाई अरु साहित्यप्रेमीहरु सम्म पुर्याउने जमर्को गरिदिएकोमा आभार ब्यक्त नगरिरहन सकिन। 🙂 सिर्जना सम्बन्धी उत्साहजनक टिप्पणीका लागि हार्दिक धन्यवाद! आगामी दिनमा पनि यस्तै सहयोग एवं समर्थनको आशामा रहनेछु।
उही दाजु,
Good to read ur creations! Keep it on!
Happy to get an encouraging comment, Pramod 🙂 Thanks for visiting my Blog.