ठाम्-ठामै अचेल बोल्नेको जमाना आ’छ भगवान
जानेरै सम्बन्ध पोल्नेको जमाना आ’छ भगवान।
**
नाफाकै याँ खेलो आ’छ, आफ्ना सब् पराई भा’छ
समय र स्वार्थ घोल्नेको जमाना आ’छ भगवान।
**
छिनमै नाता जोड्ने आ’छ, दिनमै बाचा तोडे भा’छ
टोल्-टोल् मै विश्वास् ढोल्नेको जमाना आ’छ भगवान।
**