स्रोत: नागरिक दैनिक
-अभय श्रेष्ठ
अन्धविश्वास बलियो भएको समाजमा अधिकांश व्यक्ति विवेकका अन्धा हुन्छन्। तिनले छोराछोरीलाई पनि अन्धा बनाउँछन्। बाबुआमाबाट बचेका बालबालिकालाई छिमेक र समाजले अन्धा बनाउँछन्। तिनीहरूबाट पनि बचेकालाई शिक्षकले अन्धा बनाउँछन्। शिक्षकबाट पनि
बचेकालाई मिडियाले अन्धा बनाउँछन्। यसरी अज्ञान र अन्धविश्वासको सत्ता अजर, अमर हुन्छ।
झाँक्रीहरूको सत्ता
सिंहदरबार र प्रशासनिक केन्द्रहरूलाई हेर्ने हो भने देश नेताहरूले चलाएका छन्। तर, असली देश जनजीवन शैली, संस्कृति, मानसिकता र सामाजिक चालचालन हो। त्यहाँ जताततै नेताको होइन, वनझाँक्रीहरूको स्वच्छन्द सत्ता छ। यसरी हेर्ने हो भने पूरै देश वनझाँक्रीहरूले चलाएका छन्। नत्र बोक्सी प्रथाका नाममा मान्छेको ज्यानै लिने, गाउँ निकाला गर्ने, दिशा खुवाउने र अंगभंग गर्ने गतिविधि यतिविधि हुने थिएनन्। मान्छेका यी अमानवीय कृत्य देख्दा लाज स्वयं लजाउन थालेको धेरै भइसक्यो।
(more…)
Read Full Post »