Feeds:
Posts
Comments

Archive for March, 2009

स्रोत: कान्तिपुर               

-फूलमान वल

पोखराअन्नपूर्ण पदयात्रामा जाँदै हुनुहुन्छ भने अब तपाईंले लुम्ले गाउँलाई फरक पाउनुहुनेछ । ढुंगाले छाएका सुन्दर घर, दलानको भित्तामा चर्चित देशीविदेशी स्रष्टाहरूको तस्बिर अनि स्थानीय संस्कृतिसहितको प्रेमिल स्वागत ।

आन्तरिक र बाह्य पर्यटक लोभ्याउन शनिबार (चैत १५, २०६५ ?) गाउँलेले नयाँ घोषणा गरेका छन्- कविता गाउँ । नौमती बाजा, भजन, चुड्का, रत्यौली, गुरुङ समुदायको ट्हो त्हे नृत्यसाथ गाउँ परिक्रमा गर्दै स्थानीयले लुम्लेलाई कविता गाउँमा बदलेका हुन् ।

लुम्ले         (स्रोत:canr.msu.edu)

लुम्ले (स्रोत:canr.msu.edu)

(more…)

Read Full Post »

स्रोत: अनलाईन खबर

-विष्णु शर्मा

मुस्ताङ । निजी भ्रमणभन्दै पश्चिमा मुलुकका राजदूतहरु धमाधम उपल्लो मुस्ताङतिर लागेका छन्, जसको सूचिमा छ पूर्व राजालाई भेटनु ।

नेपालका लागि अमेरिकी राजदुत न्यान्सी जे पावेल मंगलबार जोमसोम आइपुग्नुभएको छ जसले केही दिनमै पूर्व मुस्ताङी राजा जिग्मे परवल विष्टलाई समेत भेटदै हुनुहुन्छ । (more…)

Read Full Post »

स्रोत: अनलाईन खबर

पूर्व युवराज पारसले हतियार कमिसनमा कुरा नमिल्दा दीपेन्द्रलेनै पूर्व राजा बीरेन्द्रको हत्या गरेको दावी गरेका छन् ।

सिंगापुरको द न्यू पेपर अन सन्डेलाई दिएको अन्तर्वार्तामा पारस साहले हतियारको कमिसन, असफल प्रेम र प्रत्यक्ष सासन त्याग्ने निर्णयको बिरोधमा दीपेन्द्रले बाबुको हत्या गरेको दावी गरेका छन् । (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

 

कहिलेकाहीँ केही खाँदा वा त्यतिकै पनि पेट दुखेर हैरान पार्छ, झाडापखालाले सताउँछ वा रिँगटा लागेजस्तो हुन्छ । यस्तो भए काम छाडी डाक्टरकहाँ दौडिइहाल्नु पर्दैन । अदुवा भान्सामा सजिलै पाइने त्यस्तो औषधि हो जसको प्रयोगले यी पीडाबाट तत्काललाई आराम पाइन्छ । (more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

 

लन्डन/ धेरै तातो चिया पिउँदा घाँटीको क्यान्सर हुन सक्ने इरानी अनुसन्धानकर्ताले बताएका छन् । चियालाई केही सेलाउन दिएर मात्र पिउन पनि उनीहरूले सल्लाह दिएका छन् । पहिलेका अध्ययनले सुर्ती तथा रक्सीजन्य पदार्थ खानाले घाँटीको क्यान्सरको सम्भावना बढ्ने बताएको थियो । अनुसन्धानमा तातो पेयपर्दाथले पनि घाँटीको क्यान्सरको सम्भावना बढाउने उल्लेख छ । अनुसन्धान बि्रटिस मेडिकल जनरलमा प्रकाशित गरिएको छ । (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-विमल निभा

कुनै आफन्तको बिहेको हार्दिक निमन्त्रणामा छिमेकी मुलुक हिन्दुस्तान पुगेका ज्ञानेन्द्र शाह त्यहाँका राजनेताहरूसँग द्रुतगतिले भेट गर्नथाले । -हेर्नस्, ६ चैत ०६५ को कान्तिपुर)

यस आशयको समाचार पढेर मेरो जिज्ञासु मनमा प्रश्न उत्पन्न भएको छ, के नइदिल्लीको भूमिमा पाइला टेक्नासाथ पूर्वराजाको नातागोता परिवर्तन भएको हो ? (more…)

Read Full Post »

म सबै जान्दिन

निपूर्ण ठान्दिन

आफ्नो पनले तिखार्छु

मनले निखार्छु

साँचो म के देख्छु

जे देख्छु, त्यही लेख्छु।

**

संसार यो बुझ्दैछु

भिडमा खुल्दैछु

दुखेको ओकल्छु

लुकेको खोतल्छु

सत्य म के देख्छु

जे देख्छु, त्यही लेख्छु।

**

अँगेनोको छेउमा….         (Sajha)

अँगेनोको छेउमा…. (Sajha)

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

अतुल मिश्र

झन्डै आधा नेपालीमा क्षयरोगको किटाणु भएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको केन्द्रका अनुसार दिनहुँ १९ नेपालीले क्षयरोगको कारण ज्यान गुमाउने गरेका छन्

शरीरमा रोग विरुद्घको प्रतिरक्षा क्षमता कमजोर भएमा क्षयरोग लाग्ने जोखिम बढी हुन्छ उपचार नगराएका एक रोगीले बर्सेनि १० देखि १५ लाई संक्रमित गर्ने चिकित्सकहरू बताउँछन् (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

दिनेश वाग्ले/योगेश खतिवडा

संसारकै सस्तो भनी भारतमा बनाइएको फुच्चे कारको बिक्री प्रक्रिया दुई सातापछि सुरु हुने भएको टाटा मोटर्सका प्रमुख रतन टाटाले सोमबार मुम्बईमा गरेको घोषणाअनुसार चैत २६ देखि नानोको बुकिङ खुला हुनेछ (more…)

Read Full Post »

बसन्त आगमनको अवसरमा:

Spring (msn)

Spring (msn)

नचिने नि

आज चिनेर तिमीलाई

नबुझे नि

आज बुझे झैं तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

बिर्सिए नि

आज संझेर तिमीलाई

ओइलिए नि

आज सजल तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

हिंजै भेटे नि

बिगत संझाउन तिमीलाई

पराई देखे नि

मैत्री गाँसेर तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

नजाँचे नि

शालिन देखेर तिमीलाई

नजाने नि

माया साँचेर तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

कौटिल्य लुके नि

मानवी देखेर तिमीलाई

यथार्थ छिपे नि

पौरखी बुझेर तिमीलाई

शुभ-कामनाको

यो एक शब्द फूल।

**

भावुक भए नि

रसिक ठानेर तिमीलाई

सामान्य देखे नि

विशाल जानेर तिमीलाई

शुभ-कामनाको

यो एक शब्द फूल।

**

साईत नैं छुटे नि

शुभ, यो सोचेर तिमीलाई

बोली यो दुखे नि

कामना साँधेर तिमीलाई

शुभेच्छाको

यो एक शब्द फूल।

**  **

Read Full Post »

Older Posts »