Feeds:
Posts
Comments

Archive for March, 2009

स्रोत: कान्तिपुर               

-फूलमान वल

पोखरा। अन्नपूर्ण पदयात्रामा जाँदै हुनुहुन्छ भने अब तपाईंले लुम्ले गाउँलाई फरक पाउनुहुनेछ । ढुंगाले छाएका सुन्दर घर, दलानको भित्तामा चर्चित देशीविदेशी स्रष्टाहरूको तस्बिर अनि स्थानीय संस्कृतिसहितको प्रेमिल स्वागत ।

आन्तरिक र बाह्य पर्यटक लोभ्याउन शनिबार (चैत १५, २०६५ ?) गाउँलेले नयाँ घोषणा गरेका छन्- कविता गाउँ । नौमती बाजा, भजन, चुड्का, रत्यौली, गुरुङ समुदायको ट्हो त्हे नृत्यसाथ गाउँ परिक्रमा गर्दै स्थानीयले लुम्लेलाई ‘कविता गाउँ‘ मा बदलेका हुन् ।

लुम्ले         (स्रोत:canr.msu.edu)

लुम्ले (स्रोत:canr.msu.edu)

(more…)

Read Full Post »

स्रोत: अनलाईन खबर

-विष्णु शर्मा

मुस्ताङ । ‘निजी भ्रमण’ भन्दै पश्चिमा मुलुकका राजदूतहरु धमाधम उपल्लो मुस्ताङतिर लागेका छन्, जसको सूचिमा छ पूर्व राजालाई भेटनु ।

नेपालका लागि अमेरिकी राजदुत न्यान्सी जे पावेल मंगलबार जोमसोम आइपुग्नुभएको छ जसले केही दिनमै पूर्व मुस्ताङी राजा जिग्मे परवल विष्टलाई समेत भेटदै हुनुहुन्छ । (more…)

Read Full Post »

स्रोत: अनलाईन खबर

पूर्व युवराज पारसले हतियार कमिसनमा कुरा नमिल्दा दीपेन्द्रलेनै पूर्व राजा बीरेन्द्रको हत्या गरेको दावी गरेका छन् ।

सिंगापुरको ‘द न्यू पेपर अन सन्डे‘लाई दिएको अन्तर्वार्तामा पारस साहले हतियारको कमिसन, असफल प्रेम र प्रत्यक्ष सासन त्याग्ने निर्णयको बिरोधमा दीपेन्द्रले बाबुको हत्या गरेको दावी गरेका छन् । (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

 

कहिलेकाहीँ केही खाँदा वा त्यतिकै पनि पेट दुखेर हैरान पार्छ, झाडापखालाले सताउँछ वा रिँगटा लागेजस्तो हुन्छ । यस्तो भए काम छाडी डाक्टरकहाँ दौडिइहाल्नु पर्दैन । अदुवा भान्सामा सजिलै पाइने त्यस्तो औषधि हो जसको प्रयोगले यी पीडाबाट तत्काललाई आराम पाइन्छ । (more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

 

लन्डन/ धेरै तातो चिया पिउँदा घाँटीको क्यान्सर हुन सक्ने इरानी अनुसन्धानकर्ताले बताएका छन् । चियालाई केही सेलाउन दिएर मात्र पिउन पनि उनीहरूले सल्लाह दिएका छन् । पहिलेका अध्ययनले सुर्ती तथा रक्सीजन्य पदार्थ खानाले घाँटीको क्यान्सरको सम्भावना बढ्ने बताएको थियो । अनुसन्धानमा तातो पेयपर्दाथले पनि घाँटीको क्यान्सरको सम्भावना बढाउने उल्लेख छ । अनुसन्धान बि्रटिस मेडिकल जनरलमा प्रकाशित गरिएको छ । (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-विमल निभा

कुनै आफन्तको बिहेको हार्दिक निमन्त्रणामा छिमेकी मुलुक हिन्दुस्तान पुगेका ज्ञानेन्द्र शाह त्यहाँका राजनेताहरूसँग द्रुतगतिले भेट गर्नथाले । -हेर्नोस्, ६ चैत ०६५ को कान्तिपुर)

यस आशयको समाचार पढेर मेरो जिज्ञासु मनमा प्रश्न उत्पन्न भएको छ, के नइदिल्लीको भूमिमा पाइला टेक्नासाथ पूर्वराजाको नातागोता परिवर्तन भएको हो ? (more…)

Read Full Post »

म सबै जान्दिन

निपूर्ण ठान्दिन

आफ्नो पनले तिखार्छु

मनले निखार्छु

साँचो म के देख्छु

जे देख्छु, त्यही लेख्छु।

**

संसार यो बुझ्दैछु

भिडमा खुल्दैछु

दुखेको ओकल्छु

लुकेको खोतल्छु

सत्य म के देख्छु

जे देख्छु, त्यही लेख्छु।

**

अँगेनोको छेउमा….         (Sajha)

अँगेनोको छेउमा…. (Sajha)

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

अतुल मिश्र

झन्डै आधा नेपालीमा क्षयरोगको किटाणु भएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दिनहुँ १९ नेपालीले क्षयरोगको कारण ज्यान गुमाउने गरेका छन् ।

शरीरमा रोग विरुद्घको प्रतिरक्षा क्षमता कमजोर भएमा क्षयरोग लाग्ने जोखिम बढी हुन्छ । उपचार नगराएका एक रोगीले बर्सेनि १० देखि १५ लाई संक्रमित गर्ने चिकित्सकहरू बताउँछन् । (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

दिनेश वाग्ले/योगेश खतिवडा

संसारकै सस्तो भनी भारतमा बनाइएको फुच्चे कारको बिक्री प्रक्रिया दुई सातापछि सुरु हुने भएको छ । टाटा मोटर्सका प्रमुख रतन टाटाले सोमबार मुम्बईमा गरेको घोषणाअनुसार चैत २६ देखि ‘नानो‘ को बुकिङ खुला हुनेछ । (more…)

Read Full Post »

बसन्त आगमनको अवसरमा:

Spring (msn)

Spring (msn)

नचिने नि

आज चिनेर तिमीलाई

नबुझे नि

आज बुझे झैं तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

बिर्सिए नि

आज संझेर तिमीलाई

ओइलिए नि

आज सजल तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

हिंजै भेटे नि

बिगत संझाउन तिमीलाई

पराई देखे नि

मैत्री गाँसेर तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

नजाँचे नि

शालिन देखेर तिमीलाई

नजाने नि

माया साँचेर तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

कौटिल्य लुके नि

मानवी देखेर तिमीलाई

यथार्थ छिपे नि

पौरखी बुझेर तिमीलाई

शुभ-कामना’को

यो एक शब्द फूल।

**

भावुक भए नि

रसिक ठानेर तिमीलाई

सामान्य देखे नि

विशाल जानेर तिमीलाई

शुभ-कामना’को

यो एक शब्द फूल।

**

साईत नैं छुटे नि

शुभ, यो सोचेर तिमीलाई

बोली यो दुखे नि

कामना साँधेर तिमीलाई

शुभेच्छा’को

यो एक शब्द फूल।

**  **

Read Full Post »

Older Posts »