Feeds:
Posts
Comments

Archive for April, 2009

हरियाली काखमा

निक्लँदो बैशाखमा

पर्छ हिऊँ भने त

अवाक्, म के भनूँ ?

**

बसन्ती साँझमा

धुपको यो माझमा

चर्छ हिउँद भने त

अलमल्ल, म के गरुँ ?

** (more…)

Read Full Post »

समय

 

उनको सर्वोच्चता

नलेखोस् कसैले,

बचपन देखि

चाउरिएको गाला बीच

लुकेका व्यथाहरु

नकोट्याओस् कसैले,

पिठ्युँभरी नून बोक्दाका

भैंसे र ठोरीका कथाहरु

नसुनुन् कसैले,

ढुङ्ग्री, माड्बरी र बुलाँकीका

विशुध्द मौलिकताहरु

उजागर नगरुन् कसैले, (more…)

Read Full Post »

स्रोत: नेपाल साप्ताहिक

 

-ब्रजेश

 

भर्खर एउटा अर्को नयाँ वर्ष सुरु भएको छ । अनि, सँगै सुरु भएको छ, नयाँ उत्साह, नयाँ उमंग र नयाँ संकल्प । तर, यो उमंग कति समयसम्मका लागि भन्नेचाहिँ आफ्नै ठाउँमा छ । एउटा मान्छेको उत्साहलाई कायम राख्न अथवा लामो समयसम्म टिकाउनका लागि अर्को मान्छेको व्यवहार, उसको वरीपरीको परिवेश र समग्र देशको अवस् थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । साधारणतया प्रत्येक मान्छेले नयाँ वर्षका लागि भनेर केही न केही संकल्प गरेको हुन्छ । ती संकल्पलाई उसले अघिल्लो वर्ष भोगेको नियतिले निर्देशित र निर्धारित गरेको हुन्छ । मानिसका यी संकल्पहरू अधुरा इच्छा र अपूरा सपनाहरू पनि हुने गर्छन् । राम्रो वर्ष भोगेकाहरूले अझै राम्रो र नराम्रो वर्ष भोगेकाहरूले कम नराम्रो नयाँ वर्षको अपेक्षा गर्नु मानवीय स् वभाव नै हो । (more…)

Read Full Post »

ग ज ल

सप्रेला केही गम्दागम्दै, यो वर्ष नि घर्केर गो

सालभरी सम्भावना, फुल्नै नपाई फर्केर गो

**

अभागीमै दर्ता भा’को, छ कि क्या हो मेरो देश त

खुल्ला, फुल्ला भन्दाभन्दै, लाउने दिन लर्केर गो

** (more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

 

इतिहासमै पहिलो पटक नेपाली नयाँ वर्षमा अमेरिकी शुभकामना

 

नेपाली नयाँ वर्षका अवसरमा अमेरिकी विदेशमन्त्री हिलारी रोधम क्लिन्टनले शुभकामना दिएकी छिन् । दौत्य सम्बन्ध स्थापना भएको ६३ वर्षको इतिहासमा अमेरिकी अधिकारीले नेपाली नयाँ वर्षमा शुभकामना दिएको यो पहिलोपटक हो ।

 

विदेशमन्त्री क्लिन्टनले मंगलबार शुभकामना वक्तव्य जारी गरी नेपालीप्रति आत्मीयता प्रकट गरेकी छिन् । उनले नेपाली वाक्यांशमै लेखेकी छिन्— ‘नयाँ वर्षको शुभकामना !‘ (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

 

–कृष्ण आचार्य

 

गोरखा। संरक्षण अभावमा भिमसेन थापाको बगैँचा अलपत्र परेको छ । संरक्षणविहीन बगैँचामा रहेका आँपका रूख गाउँलेले दाउराको रूपमा प्रयोग गर्दै आएका छन् ।

 

सात सय बढी आँपको रूख रहेको बगैंचामा अहिले करिब चार सय वटामात्र बाँकी रहेको स्थानीय सामुदायिक वनका अध्यक्ष भरत श्रेष्ठले बताए । उनका अनुसार संरक्षण अभावमा बगैँचाका बर्सेनि करिब ५० रूख ढल्दै आएका छन् । ‘ पुराना रूखको हाँगा नकाट्दा हावाहुरीले ढाल्ने गरेको छ,’ उनले भने । (more…)

Read Full Post »

नयाँ वर्ष

मौसम चुनेर

आउँछौ भने यसपाली,

जिवनको खण्डहरभित्र

विकासको मरुस्थलभित्र

बसन्त-बैंशमा

ठिम-ठिम

कल्कलाउँदो भएर आउनू

मोफसलमा

सरोकार स्वीकार्ने गरी आउनू।

** (more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

 

–ठाकुरसिंह थारू

  

बाँके। नेपालमा यस्ता गाउँ छन् जुन कुनै जिल्लामा पर्दैनन्। गाउँमा यस्ता बासिन्दा, छन् जसको पहिचान नै छैन । बासिन्दा आफूलाई नेपाली भन्छन्, तर राज्यले उनीहरूलाई नागरिकता, लालपुर्जा, परिचयपत्र केही पनि दिएको छैन ।

राप्ती पारीको विकट पहाडी क्षेत्रका नौवटा गाउँ भौगोलिक रूपले बाँके जिल्लामा पर्छन् । तर, ती गाउँ कुन गाविसमा पर्छन्, न जनतालाई थाहा छ न प्रशासनलाई । बासिन्दालाई नेपाली हौँ भन्ने थाहा छ, प्रशासनलाई त त्यो पनि थाहा छैन । (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-सुरेन्द्र सुवेदी

संखुवासभा। चीन सरकारले पहिलोपटक नेपालको सीमा किमाथांकासँगै आफ्नो देशको लालसेनाको क्याम्प स्थापना गरेको छ । करिब ६ सयको संख्यामा रहेका चीनका सेनाले नेपालको भूभाग समेत प्रयोग गर्दै कडा निगरानी गरिरहेका छन् । चीनको डेन्दाङमा मुख्य क्याम्प राखेर नेपाल–चीन सीमाको कामुखोला, चाँगा, अरुणनदी, सादाङसमेत १२ बढी स्थानमा लालसेनाले २४ घन्टे निगरानी गरिरहेको संखुवासभा प्रशासनले जनाएको छ । निमित्त प्रजिअ राजेन्द्र सिग्देल भन्छन्, ‘नेपालमा दलाई लामापक्षधरले चीनविरोधी क्रियाकलाप बढाएपछि त्यसलाई नियन्त्रण गर्न लालसेनाको क्याम्प राखेको जानकारीमा आएको छ ।‘ (more…)

Read Full Post »

स्रोत: अनलाईन खबर

-श्याम श्रेष्ठ

 

युगान्तकारी परिवर्तनको वर्ष

हामी यतिबेला २०६५ सालको अन्तिम हप्तामा छौँ । वर्ष २०६५ धेरै हिसाबले नेपाली इतिहासमा अविस्मरणीय र ऐतिहासिक वर्ष ठहरिनेछ ।

 

हामीले यही साल नेपालमा ६० वर्षदेखि प्रतिक्षित सार्वभौम जनताले चुनेका मानिसहरुबाट नयाँ संविधान लेखन गर्ने काम थाल्यौँ । हामीले यही वर्ष संविधानसभाको पहिलो बैठकबाट दुई हजार वर्षभन्दा पनि पुरानो नेपालको सामन्ती राजतन्त्रलाई शान्तिपूर्वक बिदाइ गर्‍यौँ, र नेपालको इतिहासमा पहिलोपटक लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यौँ । २४० वर्ष पुरानो केन्द्रीकृत र एकात्मक राज्यलाई अन्त्य गर्दै संघीयतालाई नयाँ संविधानको अभिन्न अङ्ग बनाउने ऐतिहासिक निर्णय पनि यही वर्ष भयो । ३५ प्रतिशत जनजाति, ३३ प्रतिशत महिला, ३२ प्रतिशत मधेसी, ८ प्रतिशत दलित, ३ प्रतिशत मुसलमान, मुसहर, चेपाङ र राउटेका प्रतिनिधि सहित नेपालको सम्पूर्ण जनसंख्याको सामाजिक बनोटको प्रतिविम्ब भएको अत्यन्त समावेशी संविधानसभा पनि यसै वर्ष अस्तित्वमा आयो । देशको राष्ट्रपति, उपराष्ट्रपति र परराष्ट्र मन्त्री जस्तो गरिमामय पदमा मधेसी समुदायको व्यक्ति चुनिने घटना पनि नेपालमा यसै वर्ष घट्यो । संविधानसभा जस्तो ऐतिहासिक निकायमा जनजातिका व्यक्ति अध्यक्ष र महिला उपाध्यक्ष हुने स्थिति पनि यसै साल बन्यो । (more…)

Read Full Post »

Older Posts »