Feeds:
Posts
Comments

Archive for April, 2009

हरियाली काखमा

निक्लँदो बैशाखमा

पर्छ हिऊँ भने त

अवाक्, म के भनूँ ?

**

बसन्ती साँझमा

धुपको यो माझमा

चर्छ हिउँद भने त

अलमल्ल, म के गरुँ ?

** (more…)

Read Full Post »

समय

 

उनको सर्वोच्चता

नलेखोस् कसैले,

बचपन देखि

चाउरिएको गाला बीच

लुकेका व्यथाहरु

नकोट्याओस् कसैले,

पिठ्युँभरी नून बोक्दाका

भैंसे र ठोरीका कथाहरु

नसुनुन् कसैले,

ढुङ्ग्री, माड्बरी र बुलाँकीका

विशुध्द मौलिकताहरु

उजागर नगरुन् कसैले, (more…)

Read Full Post »

स्रोत: नेपाल साप्ताहिक

 

-ब्रजेश

 

भर्खर एउटा अर्को नयाँ वर्ष सुरु भएको   अनि, सँगै सुरु भएको , नयाँ उत्साह, नयाँ उमंग नयाँ संकल्प  तर, यो उमंग कति समयसम्मका लागि भन्नेचाहिँ आफ्नै ठाउँमा   एउटा मान्छेको उत्साहलाई कायम राख्न अथवा लामो समयसम्म टिकाउनका लागि अर्को मान्छेको व्यवहार, उसको वरीपरीको परिवे समग्र देशको अवस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ  साधारणतया प्रत्येक मान्छेले नयाँ वर्षका लागि भनेर केही केही संकल्प गरेको हुन्छ  ती संकल्पलाई उसले अघिल्लो वर्ष भोगेको नियतिले निर्देशित निर्धारित गरेको हुन्छ  मानिसका यी संकल्पहरू अधुरा इच्छा अपूरा सपनाहरू पनि हुने गर्छन्  राम्रो वर्ष भोगेकाहरूले अझै राम्रो नराम्रो वर्ष भोगेकाहरूले कम नराम्रो नयाँ वर्षको अपेक्षा गर्नु मानवीय स्वभाव नै हो  (more…)

Read Full Post »

ग ज ल

सप्रेला केही गम्दागम्दै, यो वर्ष नि घर्केर गो

सालभरी सम्भावना, फुल्नै नपाई फर्केर गो

**

अभागीमै दर्ता भाको, छ कि क्या हो मेरो देश त

खुल्ला, फुल्ला भन्दाभन्दै, लाउने दिन लर्केर गो

** (more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

 

इतिहासमै पहिलो पटक नेपाली नयाँ वर्षमा अमेरिकी शुभकामना

 

नेपाली नयाँ वर्षका अवसरमा अमेरिकी विदेशमन्त्री हिलारी रोधम क्लिन्टनले शुभकामना दिएकी छिन् दौत्य सम्बन्ध स्थापना भएको ६३ वर्षको इतिहासमा अमेरिकी अधिकारीले नेपाली नयाँ वर्षमा शुभकामना दिएको यो पहिलोपटक हो

 

विदेशमन्त्री क्लिन्टनले मंगलबार शुभकामना वक्तव्य जारी गरी नेपालीप्रति आत्मीयता प्रकट गरेकी छिन् उनले नेपाली वाक्यांशमै लेखेकी छिन्— ‘नयाँ वर्षको शुभकामना ! (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

 

कृष्ण आचार्य

 

गोरखा संरक्षण अभावमा भिमसेन थापाको बगैँचा अलपत्र परेको संरक्षणविहीन बगैँचामा रहेका आँपका रूख गाउँलेले दाउराको रूपमा प्रयोग गर्दै आएका छन्

 

सात सय बढी आँपको रूख रहेको बगैंचामा अहिले करिब चार सय वटामात्र बाँकी रहेको स्थानीय सामुदायिक वनका अध्यक्ष भरत श्रेष्ठले बताए उनका अनुसार संरक्षण अभावमा बगैँचाका बर्सेनि करिब ५० रूख ढल्दै आएका छन् पुराना रूखको हाँगा नकाट्दा हावाहुरीले ढाल्ने गरेको ,’ उनले भने (more…)

Read Full Post »

नयाँ वर्ष

मौसम चुनेर

आउँछौ भने यसपाली,

जिवनको खण्डहरभित्र

विकासको मरुस्थलभित्र

बसन्त-बैंशमा

ठिम-ठिम

कल्कलाउँदो भएर आउनू

मोफसलमा

सरोकार स्वीकार्ने गरी आउनू।

** (more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

 

ठाकुरसिंह थारू

  

बाँकेनेपालमा यस्ता गाउँ छन् जुन कुनै जिल्लामा पर्दैनन् गाउँमा यस्ता बासिन्दा, छन् जसको पहिचान नै छैन । बासिन्दा आफूलाई नेपाली भन्छन्, तर राज्यले उनीहरूलाई नागरिकता, लालपुर्जा, परिचयपत्र केही पनि दिएको छैन ।

राप्ती पारको विकट पहाडी क्षेत्रका नौवटा गाउँ भौगोलिक रूपले बाँके जिल्लामा पर्छन् । तर, ती गाउँ कुन गाविसमा पर्छन्, न जनतालाई थाहा छ न प्रशासनलाई । बासिन्दालाई नेपाली हौँ भन्ने थाहा छ, प्रशासनलाई त त्यो पनि थाहा छैन । (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-सुरेन्द्र सुवेदी

संखुवासभा। चीन सरकारले पहिलोपटक नेपालको सीमा किमाथांकासँगै आफ्नो देशको लालसेनाको क्याम्प स्थापना गरेको करिब सयको संख्यामा रहेका चीनका सेनाले नेपालको भूभाग समेत प्रयोग गर्दै कडा निगरानी गरिरहेका छन् चीनको डेन्दाङमा मुख्य क्याम्प राखेर नेपालचीन सीमाको कामुखोला, चाँगा, अरुणनदी, सादाङसमेत १२ बढी स्थानमा लालसेनाले २४ घन्टे निगरानी गरिरहेको संखुवासभा प्रशासनले जनाएको निमित्त प्रजिअ राजेन्द्र सिग्देल भन्छन्, ‘नेपालमा दलाई लामापक्षधरले चीनविरोधी क्रियाकलाप बढाएपछि त्यसलाई नियन्त्रण गर्न लालसेनाको क्याम्प राखेको जानकारीमा आएको (more…)

Read Full Post »

स्रोत: अनलाईन खबर

-श्याम श्रेष्ठ

 

युगान्तकारी परिवर्तनको वर्ष

हामी यतिबेला २०६५ सालको अन्तिम हप्तामा छौँ वर्ष २०६५ धेरै हिसाबले नेपाली इतिहासमा अविस्मरणीय ऐतिहासिक वर्ष ठहरिनेछ

 

हामीले यही साल नेपालमा ६० वर्षदेखि प्रतिक्षित सार्वभौम जनताले चुनेका मानिसहरुबाट नयाँ संविधान लेखन गर्ने काम थाल्यौँ हामीले यही वर्ष संविधानसभाको पहिलो बैठकबाट दुई हजार वर्षभन्दा पनि पुरानो नेपालको सामन्ती राजतन्त्रलाई शान्तिपूर्वक बिदाइ गर्यौँ, नेपालको इतिहासमा पहिलोपटक लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौँ २४० वर्ष पुरानो केन्द्रीकृत एकात्मक राज्यलाई अन्त्य गर्दै संघीयतालाई नयाँ संविधानको अभिन्न अङ्ग बनाउने ऐतिहासिक निर्णय पनि यही वर्ष भयो ३५ प्रतिशत जनजाति, ३३ प्रतिशत महिला, ३२ प्रतिशत मधेसी, प्रतिशत दलित, प्रतिशत मुसलमान, मुसहर, चेपाङ राउटेका प्रतिनिधि सहित नेपालको सम्पूर्ण जनसंख्याको सामाजिक बनोटको प्रतिविम्ब भएको अत्यन्त समावेशी संविधानसभा पनि यसै वर्ष अस्तित्वमा आयो देशको राष्ट्रपति, उपराष्ट्रपति परराष्ट्र मन्त्री जस्तो गरिमामय पदमा मधेसी समुदायको व्यक्ति चुनिने घटना पनि नेपालमा यसै वर्ष घट्यो संविधानसभा जस्तो ऐतिहासिक निकायमा जनजातिका व्यक्ति अध्यक्ष महिला उपाध्यक्ष हुने स्थिति पनि यसै साल बन्यो (more…)

Read Full Post »

Older Posts »