Feeds:
Posts
Comments

Archive for August, 2010

स्रोत: नयाँ पत्रिका

-यमबहादुर दुरा

मेरा जीवनका आयामहरुसंग मितेरी गाँस्ने थुप्रै अनुभूतिहरुका महासागरमा एउटा पक्ष संधैजसो छाल बनेर मनको अन्तरकुन्तरलाई छुन आउँछ । त्यो हो, मेरो बाल्यकाल र हाम्रो सामाजिक परिवेशसंग नाता गास्ने तुर्लुङकोटको लाँकुरी बोट । कुरा यहीनेरबाट शुरु गरौं । लमजुङ दुराडाँडाको सिरानतिर ऐतिहासिक महत्व बोकेको एउटा लाँकुरीको बोट छ । परैबाट सजिलै देखिने फिरिक्क परेको । शाहवंशीय राज्य स्थापनाको सुदूर इतिहासदेखि हलो क्रान्ति र शैक्षिक क्रान्तिको निकटतम् इतिहासलाई काखीमा च्यापेर र्सलक्क बसेको दुराडाँडामा त्यो लाँकुरीको बोट स्थानीय जीवनशैलीको विम्ब बनेको छ । त्यो लाँकुरीको बोट वनपात गर्ने र बाटोघाटो हिंड्नेहरुको मन मनको भारी बिसाउने मनको चौतारी हो, भारी बोक्नेहरु सुस्ताउने र भारी बिसाउने थलो हो ।

(more…)

Read Full Post »

गजल

चारै दिशा न्यानो रापले, दिलैभरी कपी आएँ

विपनीकै सपनीमा, तिम्रै नाम जपी आएँ

**

अड्को-पड्को थाँती राखी, मोहनीले माया कस्दा

के थ्यो कुन्नी तिमीभित्र, यत्रो हण्डर् खपी आएँ

**

(more…)

Read Full Post »

स्रोत: नेपाल साप्ताहिक

-डा अरूणा उप्रेती

किंवदन्ती नै छ, अमृतका लागि देवता र दानवबीचमा युद्ध चलेको। दानवले अमृतको घडा लगेपछि देवताहरूलाई आपत् पर्‍यो, अमृतबिनाको स्वर्ग के स्वर्ग ? त्यसैले उनीहरूले कागलाई त्यो अमृतको घडा चोरेर ल्याए उसैलाई उपहार दिने वचन दिए। बाठो कागले दानवहरू मस्तसँग सुतेको बेला घडा चुच्चोले टिपेर ल्यायो । दानवकहाँबाट अमृतको घडा देवताकहाँ ल्याउँदा पृथ्वीको माथिबाट उड्नुपथ्र्यो। पूरा उज्यालो नभएकाले कागले कतैकतै राम्रोसँग आँखा देखेन र घैँटोबाट अलिकता अमृत छचल्किएर पृथ्वीमा नीमको रूखमा झर्‍यो रे ! यसैबेलादेखि नीममा अमृतका गुणहरू आएको मानिन्छ। पुराण कथा हो यो।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

नेपाल राज्यभित्रका जनताले सुरक्षाका लागि भारतीय एसएसबीलाई गुहार्नुपर्ने अवस्था आउनु राज्यभित्रै राज्यविहीनताको विडम्बनापूर्ण स्थितिको संकेत हो।

सप्तरी जिल्लाको गोबरगाढा गाविसका जनता आफ्नै देशभित्र पनि वर्षौंदेखि राज्यविहीन नागरिक भएर बाँचिरहेका छन । तर, राज्य भने त्यहाँका स्थानीयवासीको पीडाबाट पूरै बेखबर छ । प्रत्येक वर्षको बर्खामा कोसी नदीमा आउने बाढीले पूरै गाविस जलमग्न हुँदा पनि आफ्नो थातथलो छाडेर सुरक्षित स्थलमा सर्नसमेत नसक्नु त्यहाँका बासिन्दाको गहिरो पीडा हो । भारतीय बिहार राज्यसित सीमा जोडिएको गोबरगाढाका जनताले दैनिक उपभोग्य सामान खरिद गर्न जानुपर्दा पनि ज्यान हत्केलामा राखेर कोसीको बाढीमा हेलिनुपर्छ । नेपाली बजारसम्म पुग्नमात्र पनि त्यहाँका जनताले बर्खामा उर्लिएको कोसीका साना-ठूला गरी ६ वटा भंगाला पार गर्नुपर्ने बाध्यता छ भने छिमेकी भारतीय बजारसम्म पुग्न कोसीको विशाल धारमाथि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गोबरगाढावासीको यो समस्या यस वर्षको मात्र होइन, त्यहाँ हरेक वर्ष एउटै समस्या दोहोरिइरहेको छ । तैपनि, आफूलाई राज्यका वास्तविक ठेकेदार मान्ने स्थानीय प्रशासन, चुनावमा त्यस गाविसका जनताको समेत भोटबाट विजयी बनेका सभासद्, राजनीतिक दल र तिनका स्थानीय नेता, गाविस सचिव, कसैका आँखा पनि ती पीडित स्थानीयवासीको पीडामाथि पर्न नसक्नु उदेकलाग्दो कुरा हो ।

(more…)

Read Full Post »