स्रोत: नेपाल साप्ताहिक
-विकल्प अधिकारी
नेपालमा हेलाँ गरिने गुन्द्रुकमा तौल अनुसार ४५ प्रतिशतसम्म आइरन पाइन्छ भन्दा अचम्म लाग्न सक्छ। तयारी खानेकुराका बट्टामा क्लोरिन, आइरन, कार्बाहाइड्रेट र प्रोटिनको मात्रा लेखेको हेर्ने हामीलाई गुन्द्रुकमा पाइने आइरनको मात्रा बारे थाहा हुँदैन। सन् २००३ मा इन्डियन जर्नल अफ माइक्रोबायोलोजीमा प्रकाशित जेपी तामाङको अनुसन्धानले प्रतिसय ग्राम सुक्खा गुन्द्रुकमा ४ सय ४३ दशमलव १ मिलिग्राम आइरन, १ सय २० दशमलव ५ मिलिग्राम क्याल्सियम, १४ दशमलव ६ मिलिग्राम प्रोटिन र २ दशमलव ५ ग्राम धूलो जस्ता पदार्थ हुने देखाएको छ। उच्च मात्रामा अर्गानिक एसिड र कम पीएच हुनाले यसले अत्यधिक भोक जगाउँछ र यसलाई धेरै समय सम्म सुरक्षित राखेर उपयोग गर्न पनि सकिन्छ।