Feeds:
Posts
Comments

Archive for April, 2011

स्रोत: कान्तिपुर

– अतुल मिश्र

राजधानीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार यो मौसमको पहिलो प्रयोगशाला प्रमाणित हैजाको रोगी देखिएको छ । अस्पतालका क्लिनिकल रिसर्च युनिटका अनुसार कलंकी बस्दै आएकी ५६ वर्षीया महिलामा हैजाको ‘०१ ओगावा’ प्रजाति देखिएको हो । बनेपा घर भएकी उनको चिकित्सकीय इतिहास अनुसार उनी एक वर्ष देखी उपत्यकाबाहिर गएकी छैनन् । समयमै उपचार गरे मृत्युदर करिब शून्य रहेको हैजा/झाडापखाला, हैजाबाट २०६६ मा जाजरकोट, रुकुम लगायतका पहाडी क्षेत्रमा सरकारी तथ्यांक अनुसार ३ सय ५४ भन्दा बढीको मृत्यु भएको थियो ।

‘एक दशकभन्दा बढी समयदेखि वर्षेनी गर्मी यामताका उपत्यकामा प्रयोगशाला प्रमाणित हैजा देखिँदै आएको छ,’ टेकु अस्पतालका डा. राजेश साह भन्छन्, ‘अब खानपानमा विशेष सतर्कता आवश्यक छ ।’

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

लण्डन। सिंगो विश्वको ध्यान शुक्रबार एउटा मीठो चुम्बनको पर्खाइमा थियो । विश्वभरका टेलिभिजन च्यानलहरू त्यसमै झुम्मिएका थिए । दिउँसो करिब १ बजे जब उनीहरूले सार्वजनिक स्थानमा चुम्बन गरे, सर्वसाधारण खुसीले चिच्याए । बेहुला रातो-पिरो भए, बेहुलीले भने मीठो मुस्कान छाडिन् । सीधा माथि आकाशमा हर्षोल्लासको विमान उड्दै थियो । हेर्दाहेर्दै उनीहरूले दोस्रो चुम्बन गरे, भीड उसैगरी गर्जियो ।

बेलायती राजकुमार विलियमले केट मिडलटनसँग गरेको बिहेतिर संसारकै आँखा एकोहोरिएका थिए । अति भव्य समारोहबीच उनीहरूले लन्डनको वेस्टमिनिस्टर एबीमा विवाह गरेका हुन् । करिब ९० मिनेटको वैवाहिक प्रक्रिया सकिएपछि शाही जोडी बकिङघम दरबारको बरन्डामा देखियो । अनि, दरबारबाहिर सर्वसाधारणको विशाल भीडसँग शुभकामना साटासाट गर्‍यो ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-अतुल मिश्र

सुत्दा घुर्ने बानी छ ? घुर्दाघुर्दै सास रोकिनाले आत्तिएर ब्युँझने गर्नुभएको छ ? राति बारम्बार निद्रा खल्बलिन्छ ? निद्रामा बर्बराउनुहुन्छ ? उत्तर सकारात्मक छ भने एकपटक चिकित्सककहाँ गइहाल्नुस् । बढी घुर्नु आफैंमा एउटा रोग हो ।

‘घुर्दा सास बन्दसमेत हुन्छ, तर सास दस सेकेन्डभन्दा बढी रोकिनु असामान्य हो,’ पल्मोनरी क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन कन्सलटेन्ट डा. रमेश चोखानी भन्छन्- ‘एक घन्टामा पाँचपटक भन्दा बढी समयसम्म सास रोकिने समस्या छ भने चिकित्सकीय सल्लाह आवश्यक छ ।’ उनका अनुसार घुर्दा सास रोकिने समस्या देखिएकाहरूलाई मुटुको रोग, पक्षाघातको सम्भावना धेरै हुन्छ ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-यमबहादुर दुरा

विकास । सबैले रुचाएको शब्द । विकास, विकास र फेरि पनि विकास । सबै जनाको चाहना यही छ । आधुनिकताको दृष्टिले विकास जति प्रिय छ, रैथाने जीवनशैलीका दृष्टिले उति नै अप्रिय र भक्षक पनि छ । विकासले आधुनिक जीवनशैलीका धेरै पाटाहरुलाई हराभरा बनायो होला तर यसबाट रैथाने जीवनपद्धतिका धेरै आयामहरु उजाडिन पुगेका  पनि छन् । विकासलाई भित्र्याउँदा तिर्नुपरेको अनुभूतिगत मूल्य चर्को छ ।

यसको ज्वलन्त दृष्टान्तका रुपमा हरपल उजाडिंदै गरेको गाउँठाउँका चौतारीहरुलाई लिन सकिन्छ । डाँडाकाँडाहरुमा मोटर गुड्न थालेपछि उकाली ओरालीका चौतारीहरु बिरानो बन्दै गएका छन् । यस संगसंगै चौतारी र यसले निर्माण गरेको बृहत सामाजिक र साँस्कृतिक परिवेशसंग गाँसिएका जीवन भोगाइका अनुभूतिहरु विस्मृत बन्दै गएका छन् । बचेखुचेका जिउँदा अनुभूतिहरु पनि घाइते बन्दैछन् र रनाहामा छट्पटिंदैछन् ।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

-तीर्थबहादुर श्रेष्ठ

आफ्नै दुई आँखाले पृथ्वीलाई भकुण्डोजस्तै गोलो देख्ने पहिलो व्यक्ति सोभियत रुसका युरी गागारिन थिए। त्यो मात्र ५० वर्ष पहिलेको कुरा हो अप्रिल १२, १९६१ (२०१७ चैत्र ३०)। त्यसभन्दा पहिले मानिसको आफ्नै चर्मचक्षुले भकुण्डो स्वरुपा पृथ्वीलाई देखेको थिएन। जल, स्थल, आकाशको यात्रा गरे पनि अन्तरिक्षमा पुगेर पृथ्वीको सम्पूर्ण स्वरुप देखेका थिएनन्। सिंगो पृथ्वी, सँग्लो पृथ्वी र यसको सौन्दर्यसँग मोहित हुने पहिलो अवसर उनले पाए। युरी गागारिनभन्दा ४ सय ६१ वर्षपहिले जन्मेका कपरनिकसले भने आफ्नो दिव्यदृष्टि लगाएर पृथ्वीलाई गोलो देखे, गोलो भने। यो धर्ती चेप्टो होइन गोलो छ, सूर्यले पृथ्वीलाई होइन पृथ्वीले सूर्यलाई घुम्छ भन्दाभन्दै जीवन त्यागे। विश्वास थिएन मानिसलाई, यो पृथ्वी गोलो छ। यो आफैँ घुम्छ र यसले सूर्यको परिक्रमा गर्छ। यसको भूमण्डल वरिपरि वायुमण्डल छ।

(more…)

Read Full Post »

स्रोत: ई-कान्तिपुर

-घनश्याम खडका

म्याग्दी।बेलायती सेनाको सर्वोच्च बहादुरी पदक भिक्टोरिया क्रस (भिसी) विजेता तुलबहादुर पुनको ८९ बर्षको उमेरमा आपनै घरमा देहवसान भएको छ ।

पुनको पार्थिव शरिरलाई बेलायतमा रहेका छोरा, छोरीहरु तथा आफन्त आएपछि भोली बैशाख ९ गते शुक्रवार कालिगण्डकी नदी किनारामा हिन्दु धार्मिक विधी अनुसार सद्गत गरिने भएको छ । भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको मृत्यु पछि अव भिसी विजेता कोही पनि रहेनन् ।

पुनको बुधवार राती ११ बजे जन्मस्थान बेगखोला गाविस-९ तिप्ल्याङमा मृत्यु भएको हो । तुलबहादुर पुनको जन्म विसं २१ फागुन १९६९ -२३ मार्च १९२३) मा म्याग्दी जिल्लाको बेगखोला गाविस-८ बान्दुकमा भएको थियो ।

छोरा विकास पुनका अनुसार जन्म थलो मै मर्ने इच्छा अनुसार बेलायतमा बस्दै आएका पुन गत फागुन अन्तिमसाता जन्मथलो फर्केका थिए । पुनका एक श्रीमति, ३ छोरा र ८ छोरी छन् । घर फर्केपछि चैत महिनाभरी घार गाविस स्थित तातोपानीमा डुबेर बाथको उपचार गराएका पुन नयाँ बर्षसंगै घर फर्केका थिए ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-झलक सुवेदी

नेपालका हरेक बस्तीका छेउछाउमा, वनपाखा या भीरखोलाका डिलहरूमा अलिकति अलगथलग, हेर्दैमा सीमान्तकृतजस्ता लाग्ने, सुविधाका दृष्टिले, सडक, खानेपानी या विद्यालयको पहुँचका दृष्टिले समेत किनारामा पर्ने बस्तीहरू देखिन्छन् । विकासोन्मुख देशका सहरप्रवेशका छेउछाउमा देखिने काँठजस्ता यी नेपाली बस्तीहरू नेपाली समाजको बनोटका, सामाजिक बहिष्करण र पुस्तैनी थिचोमिचोका जीवित प्रमाणहरू हुन् । यी बस्तीहरू मुख्यतः दलितहरूका बस्ती हुन् । त्यहाँ गएर हेर्नुस् पहाड भए पनि तराई भए पनि, सहर भए पनि गाउँ भए पनि, पूर्व भए पनि पश्चिम भए पनि नेपालमा दोस्रो दर्जामा राखिएका मान्छेहरू अर्थात् कामी, दमाई या सार्कीहरू, नेवार दलितहरू या मुसहर डोम र चमारहरू भेटिनेछन् ।

(more…)

Read Full Post »