Feeds:
Posts
Comments

Archive for May, 2011

स्रोत: कान्तिपुर

-कान्तिपुर संवाददाता

काठमाडौ। वरिष्ठ गीतकार राममान तृषितको मंगलबार निधन भएको छ । लामो समय देखि मृगौला रोगले पीडित ७१ वर्षीय गीतकार चाबहिल स्थित मेडिकेयर अस्पतालमा उपचाररत थिए ।

सयौं गीत लेखेका तृषितका ‘मान्छेको माया यहाँ खोलाको पानी जस्तो…,’ ‘मैले पुण्य मन पराएँ, या पाप मन पराएँ…,’ ‘तिमीले सोध्यौ सन्चै छौ भनी म सन्चो भइहालें…,’ ‘कोहीले चाँदी राम्रो भन्छन्…’ जस्ता सिर्जना सदाबहार छन् ।

तृषितले २०१० सालमै नवकला परिवार स्थापना गरी शिवशंकर, नारायणगोपाल, तारादेवी, प्रेमध्वजलगायतलाई लिएर उपत्यकाका चोकचोकमा सांगीतिक कार्यक्रमको थालनी गराएका थिए । २०१३ मा रेडियो नेपालबाट तारादेवीको स्वरमा उनको पहिलो गीत बजेको थियो ।

(more…)

Read Full Post »

स्रोत: हिमाल खबरपत्रिका

-ऋषिराम कट्टेल

समाजसेवाको गफ मात्र हैन, कामै गरेर देखाउने नेपाली कलाकार पनि कम छैनन्।

नेपाली मनोरञ्जन उद्योग आकारबाटै सानो छ। सानो थैलीमा चल्ने उद्योगका कलाकारहरूको गोजीमा लाखौं, करोडौं हुँदैन। तर, सिको ठूलैको गर्नुपर्छ। जस्तो, एन्जेलिना जोली, सुस्मिता सेन आदिको। हास्यकलाकार दीपकराज गिरी हाँसो गर्छन्, “अझ् ठूलो समस्या त्यतिबेला हुन्छ जब पाँच हजार सहयोग गर्न २५ पत्रकार बोलाइन्छ।”

तर, कमाइ जतिसुकै होस्, त्यसको निश्चित अंश नियमित रूपमा समाजसेवामा खर्चने कलाकारहरू ठाउँ हेरी धेरै छन् भन्नुपर्छ, नेपालमा। यो पङ्क्तिमा मह जोडी र आनी छोइङ डोल्मादेखि निरु खड्कासम्म पर्छन्। विजय लामा, निर्णय श्रेष्ठ, मिलन लामा, सविना कार्की, पुजना स्त्री, दीपकराज गिरी, पुष्पराज पुरुष, खुश्वु ओली आदिले पनि समाजसेवालाई निरन्तरता दिएका छन्। उनीहरूको सेवालाई अब प्रचारबाजी मात्र भनेर हुँदैन।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

जीवनलाई चेप्टो होइन आयामिक रूपमा बुझ्नुपर्छ भन्दै आयामेली अभियानबाट नेपाली साहित्यको दिशा परिवर्तन गरिदिने एक लेखक इन्द्रबहादुर राई राजनीतिको चेप्टोपनले ग्रसित काठमाडौंमा भेटिए। सांग्रिला बुक्सले निकालेको आफ्नो कथासंग्रहको प्रवर्द्धन गर्न र एक साहित्यिक सम्मान थाप्न दार्जिलिङदेखि आएका इन्द्रबहादुर ८० वर्षको उमेरमा पनि स्पष्ट वक्ता देखिए। आयामेली साहित्यकै अर्का अभियन्ता वैरागी काइँलाको निवासमा नागरिकका दीपेन्द्र लामाका जिज्ञासाहरू मेटाउँदै उनी सिधै छाप्न मिल्ने वाक्यमा बोल्दैगए, ठाउँठाउँमा अल्पविराम र पूर्णविराम समेत सम्झाउँदै।

दार्जिलिङभित्रै तपाई बसाइँ सर्न बाध्य हुनुभएको थियो नि, किन?
मेरो बुबाले १९५० मा तुङसुङ बस्तीमा एउटा घर बनाउनुभयो, जहाँ मैले बस्न पाएँ। तर, सन् १९७० को दशकमा सुभाष घिसिङको आन्दोलनले हामी कतिपयलाई शत्रु देख्यो। हामी भाषाको नाम नेपाली हो, घिसिङले भनेको जस्तो ‘गोर्खा’ होइन भन्थ्यौं। त्यही निहुँमा घिसिङको पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले मेरो घरमा एकपटक बम हान्यो भने अर्कोपटक आगो लगाउने प्रयास गर्‍यो। त्यसपछि मैले सन् १९७५ तिर तुङसुङ छाडी बजारबीचको लोचनगर क्षेत्रमा घर बनाएर बस्नुपर्‍यो। तर, तुङसुङको घर अझै छ, भाइहरू बस्छन्। त्यहाँ ठूलो जमिन छ, पाँच एकड जति। त्यसमै छ मेरो भाग।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-कृष्ण आचार्य

गोरखा। मनकामना दर्शनका लागि आउँदै हुनुहुन्छ ? परेवा लिएर चाहिँ नआउनुहोला । परेवा सहित आउनुभयो भने तपाईंलाई केबलकारबाट ओर्लने बित्तिकै प्रहरी र मनकामना क्षेत्र विकास समितिका कर्मचारीले फर्काइदिने छन् । र्फकन नमाने तपाइर्ंले परेवा केबलकारको माथिल्लो स्टेसनमा राखेपछि मात्र मन्दिर दर्शन गर्न पाउनुहुने छ ।

लामो समयदेखि भक्तजनले उडाएका परेवा मर्ने गरेको र तिनको सुलीले मन्दिर वरपर दुर्गन्ध फैलेपछि उडाउन नपाइने पुरानो नियममा कडाइ गरिएको हो । मनकामना क्षेत्र विकास समिति, प्रशासन कार्यालय र मनकामना गाविसले परेवा उडाउन रोक्दै २०६५ सालमा गरेको निर्णयमा कडाइ गरेको समितिकी कार्यकारी अधिकृत खिलमाया थापाले बताइन् ।

(more…)

Read Full Post »