Feeds:
Posts
Comments

Archive for June, 2011

स्रोत: कान्तिपुर

-झमक घिमिरे

मान्छे स्वतन्त्रता चाहन्छ, समानता चाहन्छ, हरेक कुरामा आफ्नो फरक अस्तित्व, फरक पहिचान चाहन्छ । खुल्ला आकाश र धरती आफ्नै हो भन्न चाहन्छ । तर सबैले स्वतन्त्रता, समानताको कुरा त परै जाओस्, आफू जन्मेको भूमिलाई आफ्नो भन्न पाएका छैनन्, आफ्नो पसिना-रगत बगेको धरतीलाई पनि आफ्नो हो भनेर सुमसुम्याउन पाएका छैनन् । त्यही पीडाले छट्पटाएका छन्, उमेर पाकेका भुटानी शरणार्थीहरू, उनीहरूलाई नेपालीभाषी भएको अपराधमा आफ्नो देशबाटै निकालिनुपर्‍यो । आफ्नो जन्मभूमिबाटै लखेटिनुपर्‍यो ।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

-कृष्ण धरावासी

मधेसी, आदिवासी तथा जनजातिले आ-आफ्ना जातीय समस्या र मुद्दालाई उठाएर सरकारसँग अनेकौँ माग राख्दै चरणबद्ध आन्दोलन गरेपछि ती आन्दोलनको मनोवैज्ञानिक निशानामा क्षत्री, बाहुन पर्न थाले। ढिलो गरी क्षत्रीहरुले खस क्षेत्री समाज र जैसी, कुमाई र उपाध्यायहरुले ब्राह्मण समाज गठन गरी अरुले जस्तै जातीय तथा क्षेत्रीय मागहरु राख्न थाले। अरु जातजातिले जस्तै बन्द र हडतालमा उत्रिएर यी उपल्लो जात मानिएकाहरु पनि संगठित हुन थाले। सबै जातले आ-आफ्ना माग राखेर आन्दोलन गरिरहँदा यिनीहरुले चाहिँ किन नगर्नु भन्ने प्रश्न स्वाभाविक छ। हावा जता बग्छ, पात त्यतै उड्छ। तर, प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै दिगो पारेर लैजान यस्ता जातीय संकीर्ण चेतना लाभकारी हुँदैनन्।

(more…)

Read Full Post »

स्रोत: ई-कान्तिपुर

अतुल मिश्र

मुलुकका विभिन्न भागका फलफूल पसलमा अचेल एकनासले पहेंलिएका आँप सहजै देख्न सकिन्छ । सामान्यतः आँप वा कुनै पनि फल पाक्दा एकैनासले रंगीन देखिँदैन । रसायनले पकाउँदा मात्र त्यस्तो हुन्छ । कृत्रिम तरिकाले पकाइएर आकर्षक देखिने भएका आँप खाएर धेरै व्यक्ति स्वास्थ्य बिगारिरहेका छन् । पहेंलो केरा, मेवा, अम्बा, भुइँकटहरबाट सावधान हुनुपर्छ ।

एकैनासले पाकेका वा आकर्षक देखिने फलफूलले हाम्रो शरीरलाई फाइदाभन्दा बढी बेफाइदा गर्न सक्छ । प्राकृतिक रूपमा पाकेका फलफूलले मात्रै शरीरलाई फाइदा पुर्‍याउँछन् । चाँडो बेचेर छिटो धनी हुन चाहने व्यापारीले फलफूललाई कार्बाइडले हालेर पकाउँछन् । ‘कार्सिनोजेनिक’ कार्बाइड, क्यान्सर उत्पन्न गर्ने कारक मानिन्छ । यो धातुको वेल्डिङ गर्न उपयोग गरिन्छ ।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

-रवीन्द्र मिश्र

प्रिय सुशील कोइरालाजी,
अन्ततः संविधानसभाको म्याद थपियो। यो पालि शान्ति प्रक्रिया र संविधान लेखनमा प्रगति हुने झिनो आशा पलाएको छ। किनभने, हालैको फैसलामा सर्वोच्च अदालतले संविधानसभाको छ महिनाभन्दा बढी म्याद थप्न नपाउने निर्णय दिएको धेरैको बुझाइ छ। सोही कारणले माओवादी यो पटक लडाकु र हतियार व्यवस्थापनमा बढी गम्भीर हुने अपेक्षा गर्न सकिन्छ। तपाईँलगायत अधिकांश नेताले अत्यन्त महत्वपूर्ण एउटा पक्षलाई सधैँ बुझेर पनि बुझ पचाइरहनु भएको छ। कुन्नि किन हो, देशका कैयन् गम्भीर ठानिएका विषयमा अग्रगामी भूमिका निर्वाह गर्न खोज्ने नागरिक समाजका अधिकांश वरिष्ठ सदस्यहरू पनि त्यस विषयबारे ‘तैँ चुप, मैँ चुप’ बस्न रुचाउँछन्।

(more…)

Read Full Post »