Feeds:
Posts
Comments

Archive for October, 2010

स्रोत: कान्तिपुर

-अलका आत्रेय चुडाल

‘इन्टरनेट छाडेर लुगा धुन जा भन्ने आमाको ढाडमा छुरी प्रहार गरी हत्या’ -यो अष्ट्रियाको भियनामा घटेको एउटा घटनाबारे त्यहाँका पत्रिकामा प्रकाशित खबरको शीर्ष हो । सन् २०१० अपि्रल महिनामा एउटी १४ वर्षे छोरीले आफ्नी आमालाई ढाडमा सातपटक छुरी रोपेर मारिन् । दिउसो स्कुलबाट घर फर्किनासाथ ल्यापटपमा इन्टरनेटको सञ्जाल खोलेर बसेकी छोरीसँग उनकी आमाको भनाभन भयो । आमाले छोरीलाई इन्टरनेट बन्द गर्न भनेपछि तातेको यो बहस केही बेरमा शान्त भयो र छोरीलाई लुगा धुन जा भनेर आमा आफू नुहाउने कोठामा गइन् । यो लुगा धुनु पनि हाम्रो नेपाली गाउँ-सहरमा जस्तो बाटामा साबुन धसेर घन्टौं लगाएर धुने धुवाइ थिएन, मात्र लुगा धुने यन्त्रमा लुगा हालिदिने र समय भएपछि झिकेर ल्याउने थियो । रिसको झोँकमा आँखा नदेखेकी छोरीले आमा कोठाबाट निस्केपछि भान्साबाट तरकारी काट्ने धारिलो चक्कु लगेर नुहाउने कोठामा रहेकी आमाको ढाडमा सातपटक रोपिन् । हुन त यो उनीहरूको पहिलो भनाभन थिएन । आमा-छोरीबीच योभन्दा अघि पनि धेरैपटक कम्प्युटर, इन्टरनेट र फेसबुक लगायतका कुरामा गलफत्ती भइरहन्थ्यो ।ती किशोरीले फेसबुकमा र आफ्नो दैनिकीमा आमासँग रिस उठेको र भनाभन भएको कुराहरू लेखेकी पनि रहिछन् । कुनै बेला उनले ‘आज मसँग चक्कु थिएन, नत्र म त्यसको घाँटी रेटिदिन्थेँ र यो झगडा सधैंका लागि सकिन्थ्यो’ भनेर  पनि लेखेकी रहिछन् ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

सरकारले महिलालाई रोजगारीका लागि जान प्रतिबन्ध लगाए पनि दलालले गैरकानुनी बाटोबाट उनीहरूलाई तिनै प्रतिबन्धित देशतिर उडाइरहेका छन्।

वैदेशिक रोजगारीको आकर्षण बढ्दै गएपछि सिन्धुपाल्चोकका अधिकांश गाउँ महिलाविहीन हुन थालेको समाचार प्रकाशमा आएको छ । यस समाचारले नेपाली महिलालाई वैदेशिक रोजगारीको आकर्षणले कति तानेको रहेछ, प्रस्ट पारेको छ । देशमा बढ्दो बेरोजगारी, असुरक्षा, कमजोर आर्थिक स्थिति आदिका कारण घरखेत बन्धकी राखेरै पनि लाखौँ युवा बिदेसिन बाध्य बनिरहेको पछिल्लो समयमा नेपाली महिला पनि रोजगारीका लागि छिमेकी मुलुक भारतमात्र नभई खाडी मुलुकहरू कतार, कुवेत, साउदी अरब, इजरायललगायतका देशसम्म पुगिरहेका छन् । कोही छिटै धनी बन्ने सपना पालेर, कोही अरूको देखासिकी गरेर त कोही घरको गरिबीबाट उन्मुक्ति खोज्दै विदेश जाने क्रम बढिरहेको छ । सरकारले कतिपय देशमा महिलालाई रोजगारीका लागि जान प्रतिबन्ध लगाएको छ । तैपनि, दलालहरूले गैरकानुनी बाटोबाटै भए पनि उनीहरूलाई तिनै प्रतिबन्धित देशतिर उडाइरहेकै छन् । नेपाली महिला हरेक दिन कानुनी वा गैरकानुनी बाटो जताबाट भए पनि बिदेसिइरहेका छन् । यसमा न सरकारले नै केही गर्न सकिरहेको छ, न त यस क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाले नै केही गर्नै सकेका छन् ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-श्याम श्रेष्ठ

देश भयावह राजनीतिक संकटमा जेलिएको बेला आमजनताको अपेक्षापूर्ण आँखा अब फेरि पहिलेकै जस्तो सशक्त नागरिक खबरदारीको खाँचो तर्फ केन्द्रित देखिएको छ । दस वर्षे सशस्त्र द्वन्द्वको समयमा र ०६२/६३ सालको राजाको प्रत्यक्ष शासनबाट सिर्जित राजनीतिक संकटको बेला जब दलहरू ज्यादै कमजोर र अलोकप्रिय थिए, त्यतिबेला समस्या समाधानका लागि नागरिक आन्दोलनले खेलेको ऐतिहासिक भूमिकाका कारणले पनि जनताको नागरिक आन्दोलनप्रति ज्यादा आशा र अपेक्षा रहेको हो ।

(more…)

Read Full Post »

आउला भन्दाभन्दै

यसपाली त

अघाउञ्जेल

मनाउँला भन्दाभन्दै

परदेशमा

पुरानै पस्केर

उही

परार झैं

सन्नाटा चिरेर एकदिन

सुटुक्क

आएर गयो दशैं।

**

(more…)

Read Full Post »