Feeds:
Posts
Comments

स्रोत: नेपाली पोष्ट

 

मदन गौतम (रासस)

 

आउँदो २०६६ साल ११ महिनाको गर्ने कि १२ महिनाको भन्ने सम्बन्धमा लामो विवाद पछि अन्ततः ज्योतिषीहरू १२ महिनाकै पात्रो कायम गर्ने निष्कर्शमा पुगेका छन्
 
 
यतिखेर बजारमा नयाँ पात्रो क्यालेण्डरले बजार ढाकिसक्ने अवस्थामा पर्व सुधारका नाममा आउँदो वर्षो चैत महिनालाई २०६७ सालको बैशाख महिनामा मिलान गराउन सरकारले गरेको प्रयास र्सार्थक नभएपछि ज्योतिषीहरू १२ महिनाको पञ्चाङ्ग बनाउन व्यस्त छन्

 

संस्कृति तथा राज्य पुनरसंरचना मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई आउँदो वर्ष१२ महिनाको क्यालेण्डर बनाउन सुझाव दिइसकेको
 
 
सूर्यको अयन गति (सूर्यको गति अनुसार निर्णय लिने पद्धति) वर सर्दै आएकाले ज्योतिष धर्मशास्त्रको नियम सन्तुलन राख्ने उद्देश्यले गत पुस महिनामा मन्त्रालयले सो कार्यदललाई ११ महिनाको क्यालेण्डर बनाउन निर्देशन दिएको थियो

 

हरेक हजार १५० वर्षमा अयन गति एक महिना वर र्सर्ने भएकाले सूर्यको गति अनुसार पञ्चाङ्ग मिलाउन परेको हुँदा आउँदो वर्षो चैत महिनालाई २०६७ सालको अधिक मासमा मिलाउन खोजिएको हो भन्नुहुन्छ पर्व सुधार कार्यदलका सदस्यसचिव हरिनारायण मल्ल

 

शास्त्र, धर्म परम्परा विपरित सरकारको यो निर्णयमा असहमत भएका ज्योतिषीहरू भन्छन्एक सेकेण्ड एक मिनेटको फरक निस्कदा पञ्चाङ्गमा ठूलो असर पर्छ भने पूरै एक महिनाको अन्तर कसरी समायोजन गर्ने भन्ने प्रश्न उठेको

 

एक महिना हटाउँदा पञ्चाङ्ग गणनाको क्रम टुटन जाने २०६७ सालको मलमास बैशाखमा विवाह ब्रतबन्धको साइत दिन नमिल्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्वपनि नेपालमा एक महिना अघि मनाउन पर्ने बाध्यता हुन्छ।
 
 
पूरै एक महिनाको अन्तरले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा मनाइदै आएका हाम्रा चार्डपर्व, धर्म संस्कृतिमा पनि असर पर्ने हुँदा शास्त्रसम्मत् नभएको यो निर्णय अस्विकार्य भएकोले बाह्रै महिनाको पञ्चाङ्ग बनाउने तयारीमा रहेको उनीहरूको तर्क

 

अयन गतिलाई मात्र आधार मानेर पञ्चाङ्गमा विवाद ल्याउन खोजेको बताउनुहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. माधव भटृर्राईको तर्क शून्य ड्रि्रीको कोणबाट सुरु भएको र्सूयको गति अहिले २४ ड्रि्रीको कोणमा पुगको भने यो क्रम २७ ड्रि्रीको कोणमा पुगेपछि पुनः शून्य ड्रि्रीकै कोणमा पुग्नेहुनाले पर्व सुधारको नाममा महिना परिवर्तन गर्नु आवश्यक छैन

 

हालसम्म चन्द्रमासका आधारमा मनाइने सबै चाडपर्वहरूलाई अयनांशले असर नपारेको पञ्चाङ्ग बमोजिम तोकिएकै समयमा सूर्य ग्रहण तथा चन्द्र ग्रहण लाग्दै आएको उहाँ बताउनुहुन्छ
 
 
सरकारको निर्णयमा अडिग रहनुभएका उक्त कार्यदलका सदस्यसचिव मल्ल भारत लगायत धेरै राष्ट्रले सम्बत् सुधार गरिसकेका छन् भन्नुहुन्छ

 

उहाँका अनुसार सन् १९५७ मा राष्ट्रिय शक सम्बत्मा सुधार गरेर भारतले २२ मार्चलाई चैत गते बनाएको हाल मद्रासका ३० भन्दा बढी मठ मन्दिरले पनि पर्वको समय सुधार गरिसकेका छन्

 

यसैगरी चारसय वर्षअघि नेपाल सम्बत् (नेवारी) मा पनि छोटो दिन लामो दिनलाई क्रमशः मङ्सीर महिना जेठ महिना उल्लेख गरेको करिब एक महिनाको अन्तरलाई पनि सुधार गरिसकिएको

 

राष्ट्रिय सम्बतमा पनि दिन रात बराबर हुने बैशाख गते अघि सरेर चैत गतेसम्म आइसकेको हुँदा सिङ्गो एक पूणिमाबाट अर्को पूर्णिमासम्मको अन्तर हटाउन ठिक हुने सदस्यसचिव मल्लको तर्क

 

नेपाल पञ्चाङ्ग निर्णायक समिति सहित त्रिभुवन विश्वविद्यालयका सम्बद्ध पदाधिकारी, एघार महिने पर्व विरुद्ध सङ्घर्ष समिति ज्योतिष तथा धर्मसँंग सम्वन्धित अन्य संस्थाका प्रतिनिधि सहभागी एक भेलाले आउँदो वर्षो पञ्चाङ्ग १२ महिनाको बनाउने सायन निरयण(सूर्यको गतिको आधारमा निर्णय गर्न नपर्ने पद्धति) को सम्बन्धमा सही निर्णय लिनको लागि सम्बद्ध विज्ञले अध्ययन अनुशिलन गर्ने बेधशालाको निर्माणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको

 

सो भेलाले अयनाशंले चन्द्रमासका आधारमा मनाइने सबै पर्वहरूलाई असर नपारेकाले विश्वभर मनाइने चार्डपर्व नेपालमा एक महिना अघि सार्न सम्भव नहुने, एक महिना हटाउँदा पञ्चाङ्ग गणनाको क्रम टुटने, मलमासका कारण अशुद्ध मानिएको २०६७ सालको बैशाख महिनामा विवाह ब्रतबन्धका साइत दिन नसकिने भएकाले पर्व सार्दा धर्मशास्त्र ज्योतिषका ग्रन्थमा व्यवस्था भए बमोजिम परिमार्जन संशोधन गर्नुपर्नेमा जोड दिइएको

  

http://www.nepalipost.com/site/?a=read&catid=1&id=8229

गजल

सोझो हुनु अभिसाप भो, कपट कै रजाईं भो

मान्छेभित्र मान्छे भेट्ने, मेरो आशा थकाई भो

**

सप्रियो कि मान्छे भन्थें, दिलको छुरा ताजै रैछ

साँचो नाता पलाउला कि, व्यर्थै मेरो सोधाई भो

**

अजातशत्रु मान्छे भन्थे, निष्ठुरीको बीऊ पो रे

विडम्बना भोग्दै-झेल्दै, बाँच्नु मेरो कमाई भो

**

सत्यता को विश्वासी म, खानु दु:ख खेप्नु रे

अप्ठ्यारो र असन्तोष यो, ज्यानकै मेरो भोगाई भो

** **

स्रोत: कान्तिपुर

अम्बर गुरुङ

निकै वर्षअगाडि सुनेको यो गजलको अर्थभन्दा पनि मर्म आजको यो निस्सासिँदो अन्धकारमा बुझ्दा मनमा आत्मग्लानि सोच आउँछ र छटपटी हुन्छ । र, सोच्न थाल्छु-किन हामी आवश्यक परेको बेला मात्र अनावश्यक भनेर फालेका कुराहरूको सम्झना गर्दै पछुतो गर्छौं ? किन हामीले भोगिसकेका भइपरि आउने त्यस्ता संकटहरूका समाधान अघिबाटै गर्ने पहल गर्दैनौं ? आज हामी असह्य भएर भोगिरहेको यो अन्धकार यसै वर्षबाट सुरु भएको समस्या होइन । हामीले यो संकेत अघिबाट पाइसकेका थियौं । तर के गर्ने ?

एउटा स्विच थिचेर उज्यालो र अँध्यारो पार्नु हाम्रो हातमा भए पनि उज्यालोको स्रोत फेला पार्नु हाम्रो हातमा हुँदैन रहेछ । त्यसैले मलाई अँध्यारो र अन्धकारमा फरक लाग्छ । अँधेरो क्षणिक र सीमित हुन्छ भने अन्धकार व्यापक हुन्छ । अब फेरि के गर्ने ? हामी सबैलाई थाहा भएकै कुरा हो कि बीसौं शताब्दीको मध्यअवधिसम्म पनि अपि|mकालाई डार्क कन्टिनेन्टअर्थात् अँध्यारो महादेश भनिने गरिन्थ्यो । हिजोआज त्यसो भनिंदैन । किनभने धेरैजसो अपि|mकी मुलुकहरू आज अन्धकारबाट उज्यालोतर्फ उन्मुख हुँदै छन् अर्थात् भइसकेका छन् । हामी भने उज्यालोदेखि अन्धकारतर्फ जाने तत्परताको उल्टो परिधिमा छौं । डर लाग्छ, कतै यो शताब्दीको अँध्यारो मुलुकको उपाधि हामीलाई मिल्ने त होइन !

यतिखेर मलाई एउटा सान्दर्भिक भएकै घटना सुनाउन मन लागेको छ । त्यसबेलाको कोलकोतामा एउटा साह्रै संगीत अनुरागी दाइ थिए जसले मलाई औधि नै माया गर्थे । उनी अत्यन्तै मिलनसार र सहयोगी भावनाको व्यक्ति भएर होला, त्यो थलोमा उत्तिकै लोकपि्रय पनि थिए । तर उनको एउटै अवगुण के थियो भने उनी औधि नै रक्सी खान्थे । कुन घटना-उपघटना, कारण-अकारणले हो, बुझ्नै नपाई दाइले एक्कासि रक्सी खान छाडेकाले हामी झन्डै आश्चर्यचकित भएका थियौं । तर पनि किन उनले रक्सीलाई परित्याग गरे भनेर सोध्ने साहस हामीले गर्न सकेनौं । सम्भवतः हामीलाई डर थियो कि हाम्रो सोधाइले बिच्किएर उनले फेरि रक्सी खान सुरु नगरून् !

एक साँझ रेकर्डिङ् सिध्याएर म घर र्फकने तरखरमा थिएँ । त्यही बेला एक साँझ मलाई दाइले एउटा यस्तो क्लबमा लगेर गए जुन क्लब हरेक आइतबार रक्सी खान छाडेका भूतपूर्व पियक्कडहरूले सञ्चालन गर्दा रहेछन् । उनीहरूको मूल उद्देश्य के रहेछ भने रक्सी नखानेहरूले रक्सी छुँदै नछोउन् र खानेहरूले रक्सीलाई तत्कालै परत्याग गरून् । हरेक आइतबार त्यहाँ त्यस्ता पात्रको उपस्थिति हुने गर्दो रहेछ जसले भर्खरै रक्सी खान छाडेका छन् र उसले डायसमा उभिएर आफूले रक्सीको बेहोसीमा गरेका गल्ती तथा कुकृत्यहरूको आत्मस्वीकृति -कन्फेसन) मात्र होइन, अबदेखि कहिले पनि रक्सी नखाने प्रतिज्ञासमेत गर्नुपर्दो रहेछ ।

त्यस्ता पात्रहरूले रक्सी खाँदा गरेका गल्तीहरू, झैझगडा, असामाजिक तथा अमर्यादित वृत्तान्तहरू, कोही अनौठो अथवा कोही घीनलाग्दो, कोही अमानुसिक र कोहीकोही मार्मिक पनि हुने गर्दोरहेछ । ती सबै त्यहाँ त्यतिबेला देख्न नपाइए पनि पछिबाट केही घटनाहरूबारे भने सुन्न पाइयो । त्यहाँ रमाइलो कुरा के रहेछ भने त्यस्ता पात्रहरूलाई त्यहाँ ल्याउने अभिभावकहरू धेरैजसो आफ्नै परिवारमध्येका हुँदा रहेछन् । कसैको मातापिता, दाइदिदी, कसैका अन्तरंग मित्र, धेरैजसोका पत्नी र कसै-कसैका त प्रेमिकासमेत हुने गर्दा रहेछन् । अझ रमाइलो कुरा त के रहेछ भने कसैकसैले आत्मस्वीकृति गर्दै प्रतिज्ञा गरेर पनि फेरि रक्सी खान सुरु गर्दा रहेछन् ।

त्यही क्लबमा भएको र पछिबाट मात्र मैले सुनेको एउटा पात्र वृत्तान्तको कुरा मैले आजसम्म बिर्सन सकेको छैन । उक्त घटनाको पात्र एक नम्बरका रक्स्याहा मात्र नभएर जुवाडे पनि रहेछ र, आफ्नी स्वास्नीलाई अत्यन्त निर्ममतापूर्वक व्यवहार गर्दो रहेछ । त्यस्तै झोंकमा एकरात उसले स्वास्नीलाई घरबाट निकालिदिएछ । त्यसको केही दिनपछाडि ऊ मरणासन्न हुनेगरी बिरामी भएछ । र, त्यही क्रममा उसको रक्सी खाने लत छुटेछ । त्यसपछाडि उसलाई आफूले रक्सी खाएकोमा भन्दा बढ्ता पश्चात्ताप स्वास्नीलाई घरबाट निकालेकोमा भएछ । धेरै समयसम्म घरबाट निकालिएकी स्वास्नी खोज्दा पनि नभेट्टाएपछि अन्तमा ऊ त्यो क्लबमा आत्मस्वीकृति र पश्चात्ताप गर्न आएको रहेछ । पश्चात्ताप गर्दै उसले भनेको रहेछ, ‘हो, मलाई रक्सी खाएकोमा एकदमै ठूलो पश्चात्ताप छ तर त्योभन्दा पनि धेरै ठूलो पश्चात्ताप मैले आफ्नी निर्दोष पत्नीलाई घरबाट निकालिदिएकोमा छ र, यहाँ पश्चात्ताप मात्रै होइन, माफी माग्नलाई पनि आएको हुँ । उनले त मलाई माफी दिन्छिन् कि दिन्नन्, त्यो त थाहा छैन…।

यो घटना दुःखान्तमा नभएर सुखान्तमा टुङ्गएिछ । कुनै दुर्लभ संयोगले होला, त्यस दिन त्यही क्लबमा उसकी प्यारी पत्नी उसको बिलाप सुनेर सारीको फेरले आँसु पुछ्दै एक कुनामा उभिएर मर्माहत भइरहेकी रहिछ । कुरा टुङ्गनिेबित्तिकै त्यो अबला दौडिएर आफ्नो पतिको चरणमा परिछ । हाम्रो जीवनमा जस्तै त्यस क्लबाट पनि कोही हाँस्दै र कोही रुँदै बाहिरिँदा रहेछन् । यहाँनेर यो कथाको नाटकीय अन्त्य भए पनि कुराको अन्त्य भएको छैन

त्यहाँ आत्मविवेचना गर्नेहरूका कथा र घटना आ-आफ्नै भए पनि आत्मस्वीकृतिको पश्चात्ताप एउटै खाले थियो- हामीले रक्सी खाने गल्ती अज्ञानताबस गरेका थियौं । यहाँनेर मलाई के आभास हुन्छ भने अज्ञानता नै अन्धकार र अन्धकार नै अज्ञानताको समस्या हो । सुरुमा हामी अज्ञान नै थियौं, अन्धकारमै थियौं । त्यसबेला टुकीको उज्यालो हामीलाई पर्याप्त थियो । बिजुली भनेको धेरै पछिको आविस्कार हो, यो आविस्कार ज्ञानबाट भएको हो । हो, यो संसारभरका सारा विज्ञ विद्वान्हरू भन्छन् कि यो संसारमा कुनै पनि त्यस्तो समस्या छैन जसको समाधान हुँदैन । अहिलेको लोडसेडिङ हाम्रा लागि समस्या होइन, अज्ञानता हो । तपाईहरू सहमत हुनुहुन्छ ?

हुनुहुन्छ भने लौ त अब कुरा मात्र होइन, काम पनि गरौं । र, अहिलेको काम भनेको यही हो-चिराग तो जलाओ, बडा अन्धेरा है…!

[संगीतज्ञ गुरुङ कहाँ गए ती दिनहरूपुस्तकका लेखक हुन् । ]

http://www.ekantipur.com/kolnepalinews.php?&nid=184463

स्रोत: कान्तिपुर

फूलमान वल

जमाना प्रविधिकै भयो । आइपोड, एमपी थ्री या पेनड्राइभ- मध्ये केही छ भने पुस्तक पढिरहनुपर्दैन । आनन्दले एयरफोन लाउनुस् र काम गर्दै पुस्तक

सुन्नुस् । बीपी कोइरालाको आत्मवृत्तान्तअडियो संस्करणपछि डायमन्ड शमशेर राणाको चर्चित कृति सेतो बाघको सुन्ने रूप बजारमा आएको छ ।

अबका मानिसलाई ठूल्ठूला ठेली पढिरहने फुर्सद नहुन सक्छ,’ सुन्ने पुस्तक सार्वजनिक गर्न लन्डनदेखि आइपुगेका रेडियोकर्मी खगेन्द्र नेपालीले भने, ‘यस्तोमा आइपोड र पेनड्राइभमा भरेको पुस्तक सुन्दै काम गर्दाको आनन्द बेग्लै हुन सक्छ ।जगिङ जाँदा, परिवारसँगै होलिडे मनाउँदादेखि भान्साको काम गर्दासमेत सुन्ने पुस्तक उपयोगी हुने बताउँदै उनले पश्चिमको अनुभव सुनाए, ‘जिम जाँदासमेत आइपोडमा पुस्तक सुन्ने जमात देखेको छु ।

लन्डनस्थित श्रव्यदृश्य उत्पादक कम्पनी वेभ्स ईटीसीले दोस्रो अडियो बुकका रूपमा ऐतिहासिक उपन्यास सेतो बाघचुनेको हो । कुनै समय म यो उपन्यास लुकीछिपी बोक्थें, प्रतिबन्धित भएकाले सेतो बाघभन्नेबित्तिकै सबै तर्सिन्थे,’ उनले यो सेतो बाघलाई अडियो बुकका रूपमा छान्नुको कारण खुलाए, ‘यस्तो ऐतिहासिक किताब नयाँ पुस्ताले प्रविधिको स्वादसँगै ग्रहण गरून् भन्ने ध्येय हो ।

सोल्टी क्राउन प्लाजाको मेघ मल्हार हलमा ९१ वर्षे उपन्यासकारकै हातबाट पुस्तक मंगलबार सार्वजनिक गरियो । अडियो अन गरिरहँदा राणाका हात छिटोछिटो चलिरहेका थिए र अनुहार उज्यालो । जेलमा लेखिएको पुस्तकको नयाँ अवतारले निकै खुसी छु,’ उनले भने, ‘जीवनभरकै उपलब्धि पाएजस्तो ।

सेनामा मेजर रहँदा २००५ मै विद्रोह गरी प्रजातन्त्रका पक्षमा लागेका राणालाई पञ्चायती व्यवस्थाले २०१७ मा जेल हाल्यो । ६ वर्ष लामो जेलबसाइमा राणाकालीन ऐतिहासिक तथ्य समातेर लेखिएको कृति साझा प्रकाशनले २०२५ मा छापेको थियो ।

यो किताबले गर्दा म पनि झन्डै जेल परेको,’ साहित्यकार कमलमणि दीक्ष्ाितले उक्त उपन्यास छापिँदाको घटना सुनाए, ‘त्यतिबेला साझाको अध्यक्ष म थिएँ । पछि निकै समस्या भयो ।

साझाका तत्कालीन महाप्रबन्धक नरेन्द्रविक्रम पन्त सेतो बाघको पहिलो पाठक भएको उल्लेख गर्दै दीक्षितले सम्झे, ‘पन्तजीले पुस्तकको भूमिका पनि मैले नै लेख्नुपर्छ भन्नुभयो । पछि भूमिकाका शब्दशब्दमाथि अनुसन्धान भएछ । धन्य, संयोगले वकिल शब्द  लेखिएकाले मात्रै बचेछु ।

उपन्यासमा राणाकालीन राजनीतिक चालबाजी, पारिवारिक षड्यन्त्र, शक्तिको छिनाझपटी देखि दरबारभित्रका रहस्य छन् ।

मेरै बाउबाजेका कथा भएकाले मलाई जेलमा लेख्न सजिलो भो,’ राणाले सम्झे, ‘अहिले यसको नयाँ अवतार आयो । जस र आर्थिक लाभ दुवै मिल्ने भयो ।

यस्तो भएपछि उपन्यास किनेर पढ्लान त पाठकले ? अटोग्राफ लिन धुइरिएका फ्यानले घेरिएका राणालाई सोधियो । घाम ताप्दा शरीरलाई फाइदा गरे पनि अनुहारलाई त कालो बनाउँछ नि,’ उनले गम्भीर ठट्टा गरे, ‘यसको पनि सकारात्मक र नकारात्मक फाइदा दुवै छ, प्रविधिलाई रोक्न सकिन्न ।

यहीबेला अटोग्राफ लिने पंक्तिमा थिइन् गृहिणी कविता राणा । पेन्टिङ समेत गर्ने उनी धेरै अघिदेखि सेतो बाघपढ्न चाहिरहेकी रहिछन् । अब गज्ज्ाब भो,’ उनले भनिन्, ‘सजिलो र इन्ट्रेस्टिङ पनि ।

अडियो संस्करणमा स्वर तीन दशकजति बीबीसी नेपाली सेवामा संलग्न नेपालीकै छ ।

यसको म अर्को ठूलो उपलब्धि पनि देखिरहेको छु,’ लेखक खगेन्द्र संग्रौलाले भने, ‘धेरै नेपाली निरक्षर छन् । त्यो विशाल समूहमा अब इतिहासको साँचो कथा पुग्ने छ । सीडीको अडियो संस्करण बेलायतस्थित नेपाली साहित्य परिषद्, भण्डारी बुक्स र सूर्य नेपाल प्रालिको सहयोगमा ल्याइएको हो ।

http://www.ekantipur.com/kolnepalinews.php?&nid=184005

स्रोत: कान्तिपुर

गंगा बीसी/योगेश खतिवडा

नागरिकता बनाउँदै हुनुहुन्छ भने नयाँ खबर । केही महिनापछि तपाइर्ंले नेपाली कागजले बनेको नागरिकता पाउनु हुनेछ । करिब २० वर्षभन्दाअघि पनि नेपाली कागजको नागरिकता प्रचलनमा थियो । सरकारले त्यसयता भने विदेशी कागजमा नागरिकता वितरण गर्दै आएको छ ।

लोक्ता व्यवसायी हुनुहुन्छ भने पनि खुसीको खबर । तपाईंले उत्पादन गरेको कागजले आम्दानी मात्रै होइन सम्मान पनि पाउँदैछ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न पहिलो चरणमा नागरिकताका लागि नेपाली कागजको प्रयोग गर्ने निर्णय सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको हो । स्वदेशी उद्योगलाई प्रोत्साहित गर्न यो निर्णय गरिएको हो,’ उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले कान्तिपुरसँग भनिन्, ‘यसले उद्योग फस्टाउने विश्वास सरकारको छ ।उनले सरकारी कार्यालयमा नेपाली कागज प्रयोग गर्ने विषयमा एक महिना सम्भाव्यता अध्ययन गरेको जानकारी पनि दिइन् । यसअघि नेपाल हाते कागज संघले उद्योग र गृहमन्त्रीलाई भेटी नागरिकताका लागि नेपाली कागज प्रयोग गर्न माग गरेका थिए ।

हामीले उत्पादन गरेको कागजले सम्मान पाएकामा खुसी बनाएको छ,’ नेपाल हाते कागज संघका सचिव किरण डंगोलले भने, ‘यसले उद्योग फस्टाउन सघाउ पुग्ने छ ।हाल वाषिर्क १० हजार मेटि्रक टन उत्पादन हुने नेपाली कागज ९० प्रतिशत अन्य मुलुकमा निर्यात हुने गर्छ । नागरिकताका लागि प्रयोग भएपछि २५ प्रतिशत स्वदेशमै खपत हुने डंगोलले कान्तिपुरलाई बताए । नागरिकताका लागि प्रतिवर्ष एक लाख सिट कागज प्रयोग हुनेछ ।

http://www.ekantipur.com/kolnepalinews.php?&nid=183815

स्रोत: कान्तिपुर

अतुल मिश्र

अन्तरिक्षमा पृथ्वीजस्तै अर्को ग्रह पनि छ ? वैज्ञनिकहरूको अनुमान छ, पक्कै पनि हुनुपर्छ । यथार्थ पत्ता लगाउन अमेरिकी अन्तरिक्ष संस्था -नासा) ले शुक्रबार राति मानवरहित एक यानलाई ग्रह खोज्न अन्तरिक्षमा पठाएको छ ।

क्यालिफोर्निया, पासाडेनास्थित जेट प्रोपल्सन ल्यावोरेट्री -जेपीएल) द्वारा शुक्रबारै जारी विज्ञप्तिअनुसार केप्लरनाम दिइएको यो अन्तरिक्षयान अर्को आकाश गंगाका पृथ्वीहरूको खोजीमा निस्केको हो । यानले हामी बसेको पृथ्वीजस्तै ग्रह अन्त पनि छ कि भन्ने जिज्ञासाको जवाफ पत्ता लगाउन पहल गर्ने विज्ञप्तिमा जनाइएको छ । पृथ्वीबाहिर जीवनको अस्तित्व पत्ता लगाउनु यो यानको उद्देश्य हो ।

नेपाली समयअनुसार शनिबार बिहान केप्लर सवा आठ बजे अन्तरिक्षमा पसेको छ । यो यान अब तीन वर्षसम्म पृथ्वी बाहिरै रहने छ । अरू पृथ्वी खोज्नेयो अभियानमा साठी करोड अमेरिकी डलर खर्च हुनेछ । केप्लरले सूर्यलाई चक्कर लगाउने छ । त्यस क्रममा दूरबिनलाई अन्तरिक्षको यस्तो ठाउँमा केन्दि्रत गराइनेछ जहाँ एक लाखभन्दा बढी पृथ्वीजस्तै ग्रह भएको अनुमान छ । 

नासाका संयुक्त प्रबन्धक डा. एडवर्ड विलरलाई उद्धृत गर्दै जेपीएलले विज्ञप्तिमा भनेको छ, ‘यो वैज्ञानिक मात्र नभई ऐतिहासिक अभियान हो । अभियान सफल भए मानिसजस्ता जीवनहरू हामी बसेको पृथ्वीमा मात्रै हो वा अन्त पनि भन्ने प्रश्नको जवाफ जुट्नेछ ।अन्तरिक्षमा दूरबिनसहितको शक्तिशाली क्यामेरा जडान गरी मानवरहित यान पठाइएको यो पहिलो हो । बृहस्पतिजस्तो ठूलो आकारको ग्रहलाई पनि सूर्यको अघिल्तिरबाट जाँदा पहिचान गर्न निकै मुस्किल छ । किनभने कारको हेडलाइट अघिल्तिर लामखुट्टे जत्रा कीरा जाँदाजस्तै त्यतिबेला यो निकै सानो आकारको देखिन्छ,’ यो अभियान जटिलताबारे उल्लेख गर्दै जेम्सले भनेका छन् ।

http://www.ekantipur.com/kolnepalinews.php?&nid=183525

हिउँद यो सारेर सर्दैन

चिसो यो टारेर टर्दैन

नजाती उही छाउँदो पो छ

श्वेत-शैतान यो हिउँको जाडो।

**

चिनीसरी बर्षा झर्छ

जादू-दृष्य जस्तै लाग्छ

बिर्सुं भन्दा झनै गाढा

बेचैनीको विशाल यो हिउँको जाडो।

**

थोरै पर्दा खुशी छर्छ

धेरै हुँदा तनाव भर्छ

हट्ला भन्दा बढ्दो पो छ

अभिशाप यो हिउँको जाडो।

**

कुईरीमण्डल क्षणमै गर्छ

ईञ्चको नाप त्यो फुटमा सर्छ

चिसोको त साम्राज्य हो

हैरानी यो हिउँको जाडो।

**

एक दिन पर्यो साता बस्छ

मुटु छेंड्दै जाडो पस्छ

उपमा नि के दिउँ म खै

बैगुनी यो हिउँको जाडो।

**

बरफ जम्दा बाटोघाटो

यसले काढ्छ सबको सातो

आउँदैन कि बसन्त झैं

न्यास्रो पाल्ने यो हिउँको जाडो।

**

धेरै ठूलो छाडौं कुरा

के खालान् ती कीरा-भुरा

चहलपहल ठप्प पो छ

नचाहेरै स्वीकार्य यो हिउँको जाडो।

**

लर्तरो यो लुगाले धान्दैन

कमसल त्यो जुत्ताले मान्दैन

शक्तिशाली जिउँदो पो छ

निष्ठुरी यो हिउँको जाडो।

**  **

चार हजारभन्दा बढी गाउँ छन् नेपालमा। तर यो ‘कविता गाउँ’ भनेको तपाईँले कहिले सुन्नुभएको छैन होला। कविता नामकी केटी बस्ने भएर कविता गाउँ भनिएको हैन नि फेरि। कविले सिर्जना गर्ने कविता कै नाममा कविता गाउँ भन्न लागिएको हो। अनि गाउँ छानिएको छ- लुम्ले। विश्व प्रसिद्ध ट्रेकिङ रुट अन्नपूर्ण बेसक्याम्पको ट्रेकिङ सुरु हुने कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ हो लुम्ले। जानुभएको छैन भने पनि गीत त सुन्नुभएकै होला- मुटु छुने लुम्लेको हावाले…


Lumle, Nepal by wilhelmus.

लुम्ले यस्तो देखिन्छ। फोटो सौजन्यः विल्हेल्मस


यही लुम्लेलाई नेपाल कै पहिलो कविता गाउँ (poetry village) को रुपमा विकास गर्ने अवधारणासहित गाउँलेहरु कै पहलमा यो अभियान केही महिनाअघिदेखि सुरु भएको हो। अब यो अभियानलाई साकार रुप दिन आउने चैत महिनाभित्रै लुम्लेलाई कविता गाउँको रुपमा औपचारिक घोषणा गर्ने कार्यक्रम रहेछ।

कविता गाउँका परिकल्पनाकारले यो अवधारणाका उद्देश्यहरु यस्तो रहेको बताएका छन्-

• समग्र लुम्लेलाई कविता गाउँको रुपमा विकास गर्ने।
• साहित्य, संगीत र कलामा अभिरुचि राख्‍ने तथा सिर्जना गर्ने स्थानीय वासिन्दाहरुलाई तत्सम्वन्धी विषयहरुमा सक्रिय तुल्याउने।
• साहित्य, संगीत र कला सम्वन्धी अन्तर्क्रिया गर्ने।
• त्यससम्वन्धी कार्यक्रमहरु सञ्चालन गर्ने।
• साहित्य, संगीत र कलाको माध्यमबाट जनचेतना विस्तार गर्ने।
• देश विदेशका स्रष्टाहरुको सिर्जना-गन्तव्यको रुपमा लुम्लेलाई विकास गराउने।
• कविता गाउँको माध्यमबाट समग्र लुम्लेलाई परिचित गराई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने।

भनिन्छ, सबैले जीवनमा एक पटक जानेर वा नजानेर कविता लेखेकै हुन्छ रे। त्यसै पनि नेपालमा कविता र मुक्तक लेख्‍नेहरुको संख्या सबैभन्दा बढी छँदैछ। कविताका पुस्तक सबैभन्दा बढी छापिन्छन्, कसैले पढोस् कि नपढोस्। यी कवि ह्रदयहरुलाई पक्कै पनि ‘कविता गाउँ’ ले तान्छ नै होला। बाँकी कुरा चैत महिनाभित्र यसको घोषणा भएपछि हेर्न पाइनेछ- आखिर के के हुने रहेछ त यो नेपालमा कतै नभएको कविता गाउँमा।

स्रोत: मेरो संसार

http://www.mysansar.com/2009/03/4719.html#more-4719

अनिश भट्टराई, धरान

के तपाईँले कहिल्यै याहु/गुगलले आफ्नो सेवा अपडेट गर्न लागेकोले आफ्नो इमेल आईडी डिलिट हुनबाट जोगाउन आफ्नो युजरनेम र पासवर्ड पठाई अपडेट गरिहाल्नुस् भन्ने व्यहोराको इमेल पाउनुभएको छ ? वा कतै आफ्नो नजिकको साथी/आफन्त काम विशेषले नाइजेरिया आइपुगेको र भएको पैसा सबै चोरी भएकोले स्थानीय कुनै होटलमा अलपत्र परेको खबर आफ्नो इनबक्समा प्राप्त गर्नुभएको छ ? दुवै घटनाले सकंट निम्त्याउन सक्छ। यदि तपाईँले ध्यान नदिई इमेलमा भने जसैगरी रिप्लाई गर्नुभयो भने सम्झनुस् तपाईँ फँस्नुभयो।

मैले त्यस्ता कतिपय मान्छेको बारेमा सुनेको/भेटेको छु, जो आफ्नो गोरु बेचेको पनि साइनो नभएको ब्यक्तिको अपुताली दावी गर्नको लागी प्रोसेसिङ्ग फी वापतको पैसा विदेश पठाएर ठगिएका छन्। हुन पनि गाँस,बास,कपासको लागि संघर्ष गरिरहेको व्यक्तिलाई विदेशको कुनै शहरमा वरपर हरियो बगैँचाले घेरिएको घरको फोटोमा फलानो (इमेल पाउने ब्यक्तिको नाम) भिलाभनेर फोटो पठाउँदा मन लोभिनु स्वाभाविकै हो। तर त्यसपछिका घटनाक्रम कहिल्यै सुखद हुँदैनन्।

आफूले कहिल्यै खरिद नगरेको चिठ्ठाको पुरस्कारवापतको पैसा लिने बहानामा होस् वा तपाईँको याहूको इमेल एड्रेसमा माइक्रोसफ्टले आफ्ना इमेल प्रयोगकर्ताहरुको इमेल ठेगानालाई र्‍याण्डमाइज गरी चिठ्ठा गर्दा लाखौँ रकमको पुरस्कार परेको ईमेल हामीलाई दिनहुँ प्राप्त भइरहन्छ। अझ तपाईँको आई.क्यु.लाई च्यालेञ्ज गर्ने गरी प्रश्न सोधेर पठाएको इमेल रिप्लाई गर्ने बित्तिकै तपाईँले सबै पुस्कार जित्‍नुभएकोले कल्पनै नगरेको पुरस्कार राशी जित्‍नुभएको ईमेल आँउछ।

विचार गर्ने हो भने सबभन्दा नराम्रो हविगत त ती ब्यक्तिहरुको हुन्छ, जो अरुको इमेलको पासवर्ड ह्याक गर्नको लागि आफ्नो इमेलबाट आफूले इमेल पठाउँदै गरेको इमेल एड्रेसको युजर नेम र पासवर्ड (यसो गर्नको लागि एक हप्ताभन्दा बढी समयसम्म प्रयोगमा रहेको इमेल एड्रेस हुनुपर्छ भनिन्छ) अपरिचित ब्यक्तिलाई पठाउँछन्। अनि अर्काको ईमेलमा भएका गोप्य कुरा चोरेर हेर्ने सपना देख्छन्।

हाम्रो देशमा अटोमेटेड अनलाइन ट्रान्जेक्सन सुविधा नरहेको हुनाले हुनसक्छ हाम्रो ब्याङ्क स्टेटमेन्ट होस उड्ने गरीको (थाहा नपाई अरुको अकाउण्टमा आफ्नो पैसा ट्रान्सफर भएर) भएको सुनिन पाइँदैन। तर विदेशतिर धेरै बाठो हुने र धेरै सोझो पल्टिनेहरुको कथा, ब्यथा इन्टरनेट सर्च गर्ने हो भने मनग्य पढ्न पाइन्छ। इन्टरनेटको बढ्दो लोकप्रियताको कारणले हामी कहाँ चाहीँ झुक्किने डोमेनको कारणले धेरै व्यक्तिले दुःख पाएको भेटिन्छ।

मेरो अनुभवमा यस प्रकारका स्पाम मेलबाट पूर्ण रुपमा सुरक्षित अलि गार्‍हो छ। किनभने मेल स्पाम गर्नेहरु विकल्पहरु सुझाइरहेका हुन्छन्। उदाहरणको लागि लोकप्रिय इमेल सेवा प्रदायकहरुले (मैले भन्न खोजेको याहु, हटमेल र जीमेल) प्रयोगकर्ताहरुको सुझाव अनुसार कुनै पनि इमेलको सब्जेक्ट लाइन वा वडिलाइनमा भायग्रा भन्ने शब्द छ भने त्यसलाई शंकास्पद सूचिमा राख्‍ने वा सीधै स्पाम घोषणा गर्ने नीति लिए। तर स्पामरहरुले त्यति सजिलै कहाँ छोड्थे र ! उनीहरुले पनि भायग्रा वा त्यससम्बन्धी विज्ञापन गर्नको लागि भायग्रा भन्ने शब्दलाई मात्र फोटोको रुपमा तयार गरे, जसलाई कम्प्युटर प्रोग्रामले पत्तै पाउन सकेन।

हाम्रो तर्फबाट सुरक्षाका केही उपाय अपनाउन सक्छौँ, जसबाट माथि उल्लेख गरिएका र भविष्यमा देखापर्ने विभिन्न साइबर क्राइमबाट सुरक्षित रहन सहयोग पुग्छ। जस्तै:

 

तपाईँलाई अरु कसैले आफ्नो पासवर्डको अनधिकृत प्रयोग गरेको शंका लाग्ने बित्तिकै पासवर्ड परिवर्तन गर्न सक्ने अवस्थामा रहनु होस्। याहु, हटमेल, जीमेलको पासवर्ड परिवर्तन गर्ने प्रक्रिया अलग-अलग हुन सक्छ। गुगलमा सर्च गरेर वा जान्ने मानिसलाई सोधेर कम्तिमा आफ्नो पासवर्ड आफैँ परिवर्तन गर्न सक्ने अवस्थामा रहनुहोस्।

तपाईको पासवर्ड अंक र अक्षर दुबै मिलेर बनेको भए राम्रो हुन्छ। डिक्सनरीको कुनै शब्दलाई पासवर्डको रुपमा प्रयोग नगर्नु राम्रो। त्यसो भए कुनै पनि ह्याकिङ्ग सफ्टवेयरबाट पासवर्ड क्र्याक हुन सार्‍हो पर्छ। अझ तपाईँलाई नेपाली टाइप गर्न आउँछ भने सम्झिन सजिलो हुने शब्दलाई पासवर्डको रुपमा प्रयोग गरे राम्रो हुन्छ। (भन्नाले यदि तपाईँ बकमानलाई पासवर्ड बनाउन चाहनु हुन्छ भने asdfg लेख्‍नुहोस्)

निश्चित समयावधिमा आफ्नो इमेल पासवर्ड परिवर्तन गरिरहनुहोस्।

यदि तपाईँको कम्प्युटर अरुले पनि चलाउँछन् भने लगइन पेजमा पासवर्ड कहिल्यै सेभ नगर्नुहोस्। प्रायजसो इमेल लगइन गर्दा चेक बक्समा पासवर्ड सेभ गर्ने अप्सन हुन्छ। हामीले जानेर वा अन्जानमा त्यसलाई सेभ गरिरहेका हुनसक्छौँ।

ब्यक्ति आफ्नो हुनसक्छ तर उसको बानी ब्यवहार आफ्नो नहुन सक्छ। त्यसैले भरसक आफ्नो पासवर्ड आफैसँग राख्‍नुहोस्।

पहिलो प्रेमी/प्रेमिका पछि गएर पासवर्ड हुन्छन् भन्ने चलनचल्तीको जोक जस्तो तपाईँको कमजोरी वा तपाईँको स्वाभावको आधारमा अनुमान गर्न सकिने वा छोराछोरीको नाम वा जन्ममितिलाई पासवर्ड नबनाउनु भए राम्रो हुन्छ। यसो गर्नु हुँदा तपाईँका आफ्ना भनिएका कुनै नजिकका ब्यक्तिबाट अप्ठ्यारोमा पर्न सक्नु हुन्छ।

पासवर्ड बिर्सिएमा प्रयोग हुने प्रश्नलाई पनि सामान्य नबनाउनुस्। नत्र कुनै पनि जानकार व्यक्तिले तपाईँको इमेल ह्याक गरी हेर्न सक्छन्। उदाहरणका लागि तपाईँको स्कूलको नाम के हो ? तपाईँको जन्म शहर कुन हो ? जस्ता प्रश्नका उत्तर सजिलै अनुमान गर्न सकिने हुन्छन्। यस्तो जवाफ दिएर तपाईँको ईमेलमा कसैले अनधिकृत प्रवेश गर्न सक्छन्। तपाईँको फेभरेट मुभी कुन हो ? भन्ने प्रश्नको जवाफ पनि त्यसरी नै अनुमान गर्न सकिने खालको नराख्‍नु राम्रो हुन्छ। बरु त्यस्ता प्रश्न सकभर आफैले राखे राम्रो हुन्छ र त्यसको जवाफ पनि अरुले अनुमान गर्न नसक्ने राख्‍नुस्। उदाहरणका लागि नेपालको राजधानी कुन हो भनेर प्रश्न राख्‍ने र त्यसको जवाफ काठमाडौँ नराख्‍ने बरु टोकियो भनेर राख्‍ने। यसो भएमा कसैले पनि अनुमान गर्न सक्दैनन्। बरु त्यो जवाफ तपाईँलाई याद हुनुपर्छ नि। नत्र कहिलेकाहीँ पासवर्ड बिर्सँदा तपाईँ आफैलाई रिकभर गर्न गार्‍हो हुनसक्छ।

पासवर्ड चोरीबाट बच्ने यी त केही उदाहरण भए। तपाईँसँग पनि यसो केही जानकारी भए बाँडौँ न !

 

स्रोत: मेरो संसार

 

http://www.mysansar.com/2009/03/4702.html#more-4702

स्रोत: दौतरी

हुनत नेपाली भाषामा गजल भनेको कुनै नौलो बिधा त रहेको छैन तर राम्ररी हेर्ने हो भने अंग पुर्‍याएर र यसका संरचनाका निश्चित नियम र परिधि भीत्र बसेर लेख्‍नेको संख्या भने निकै कम छ।

गजल पढन र सुन्न जत्ती मनोरन्जक, रोमान्चक र कर्णप्रिय हुन्छ बास्तबमा लेख्‍न त्यत्तीकै जटिल, मुश्किल र दूरुह । दौंतरीमा केहि समय यता यसको बारेमा निक्कै बहस शुरु भएको र म आफू पनि गजल प्रेमी (जानकार हैन भन्ने कुरा पहिलै खुलस्त गरौं) भएको नाताले यो हप्ताको फुर्सदको समयलाई यहि बिधाको सामान्य संरचनाको अध्ययनमा लगाएँ। केहि समय यता दुई-दुई लाईनका तुक मिलाएर लेखिएका भावनाहरुलाई ‘गजल’ भनेर लेखीन र छापिन थालिएका छन । दौंतरी मात्रै हैन, धेरै अनलाईन र सहित्यिक पत्रिकाहरुमा समेत गजलको नाममा कविताहरु धेरै पटक प्रकाशीत भएका छन ।

गजलको उद्गम र परिभाषा बारेमा भिन्न भिन्न मत भएपनि गजल अरबबाट शुरु भएको अनी बिस्तारै काव्यको यो विधा फारसी, उर्दू हुँदै हिन्दी, नेपाली र अन्य भषामा पुगेको कुरामा धेरै शोधकर्ताहरुको एक मत छ ।

यो सानो पोष्टमा गजलसंग सम्बन्धित केहि आधारभूत शब्दावलिको चर्चा गर्ने कोशीस गरिने छ।

साधारणतया गजलका यि शब्दाबलीलाई अर्थ्याउन गालिब वा जफर गोरखपुरी वा त्यस्तै कोहि प्रख्यात गजलकारका गजललाई प्रस्तुत गरिन्छन। तर ति सबै उर्दू वा अन्य कुनै भषामा हुने भएकोले म हाम्रै दौंतरी वाकाजीले भर्खरै पोष्ट गर्नु भएको यौटा सरल गजल यहा राख्दैछु:

Gajal

शेर: गजल शेरहरुको समुह हो र गजलमा प्रयुक्त दुई हरफकको यौटा श्‍लोक लाई शेर भनिन्छ। गजलको बनोटको हिसाबले एउटा गजलमा कममा पाँच र बढिमा एघार ओटा सम्म शेर रहेको पाईएको छ। जहाँ कविताका १०-१२ हरफसम्म यौटै विषयको बारेमा व्याख्या हुनसक्छ, तर गजलमा भने हरेक शेरले भीन्दा भीन्दै कुरा बयान गर्छ। यसैले हरेक शेर आफैमा पूर्ण हुनु पर्छ, यौटा शेरमा पुरा गर्न नसकिएको विषयबस्तुलाई अर्को शेरमा हाल्नु वा तान्नु हुँदैन।

मिसरा: शेरको प्रत्यक लाईनलाई मिसरा भनिन्छ। त्यसमा पनि पहिलो लाईन, जुन पूर्ण स्वतन्त्र हुन्छ लाई मिसरा उला (मिसरा ए उला) भनिन्छ भने दोस्रो लाईन, जसमा तुक मिलाउने मात्रै नभई गजलकारले आफ्नो अधुरो कुरालाई दमदार तरिकाले पुरा गर्छन लाई मिसरा सानि (मिसरा ए सानी) भनिन्छ ।

जस्तै माथिको गजलको पहिलो शेर:

कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ , कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ मा “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ ” भन्ने हरफ मिसरा उला हो भने “कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” भन्ने दोस्रो लाईन मिसरा सानि हो।

काफिया: यो गजलको एकदमै महत्वपूर्ण अंग हो। यदाकदा यसलाई गलको मुटु वा ज्यान पनि भनेर परिभाषित गरिन्छ। काफियाको शाब्दिक अर्थ पछि पछि आउनु भन्ने हुन्छ । माथिको गजल हेर्दा ‘सुरा’, ‘छुरा’, ‘पुरा’ आदि शब्द, जुन हरेक मिसरा सानिमा पछिल्तिर आएका छन र फरक-फरक छन, लाई काफिया भनिन्छ । गजलमा साधारणतया अर्थ फरक आउने शब्द अपबाद हुने बाहेक उहि अर्थ आउने काफियाको प्रयोग गरिदैन। हुनत केहि नाम चलेका गजलकारहरुले पनि काफिया दोहर्‍याएर गजल लेखेका छन, तर हरेक शेरमा भिन्न भिन्न काफियाको प्रयोगले नै कुनै पनि गजलकारको भषीक ज्ञान, प्रखरता, र प्रतिभाको पूर्ण प्रदर्शन गर्छ । अनी दोहोरिएको काफियाले गजलकारको मात्रै हैन, जुन भाषामा गजल लेखिएको छ त्यो भाषाको शब्दकोषको समेत गरिवि पनि झल्कयाउँछ । त्यसैले काफियालाई तुक मिलाउने मेसोको मात्र उपयोगीतामा हेर्नु गल्ति हुनेछ ।

रदीफ: काफिया संगै आउने शब्द वा शब्द समुहलाई रदिफ भनिन्छ । जुन शेर पिच्छे बदल्न मिल्दैन र गजलको अन्त सम्म अपरिवर्तित रहन्छ। जस्तै माथिको गजलमा: “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ, कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” मा ‘भएछ’ रदिफ हो, जुन अन्तसम्म एउटै छ ।

मत्ला: मत्लाको शाब्दिक अर्थ “आरम्भ” वा शुरुवात भन्ने हुन्छ, अत:कुनै पनि गजलको पहिलो शेरलाई मतला भनिन्छ । जस्तै माथिको शेरमा: “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ , कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” भन्ने शेर यो गजलको मतला हो। यहा याद गर्नु पर्ने कुरा के छ भने मतलाका दुबै मिसरामा काफियाको प्रयोग भएको हुन्छ। तर गजलका अन्य शेरमा भने मिसरा सानिमा मात्रै काफिया हुन्छ ।

मक्ता: मक्ताको अर्थ समाप्त हुनु हो, अर्थात जुन शेरबाट गजल अन्तहुन्छ गजलको त्यहि अन्तिम शेरलाई मक्ता भनिन्छ।

तखल्‍लुस: प्राय गजलकारहरु गजलको मक्तामा आफ्नो नाम, उपनाम वा टाईटलको प्रयोग गर्छन। अर्थात अन्तिम शेरमा आफनो नाम पनि गजल भित्र हाल्छन, यसैलाई लखल्लुस भनिन्छ । यसले त्यो गजल कस्को हो भन्ने कुरा सुन्ने बित्तिकै थाहा हुन्छ भने आर्को कुरा तखल्लुसको प्रयोग कहिले काहि द्विअर्थि समेत हुँदा यसले सिधै गजलकारको नाम मात्रै नभई अरुनै कुनै संकेत वा ईशारा पनि गर्न सक्छ । अनी कतिपयले भने तखल्लुस सहितको अन्तिम शेरलाई मात्रै मकताको दर्जा दिने गरेको पनि पाईन्छ ।

यो गजलको बारेमा एकदमै साधारण जानकारि मात्रै हो यसका मानक र संयोजनका अन्य पक्ष जस्तै: बहर, रुक्‍न, वज्‍न आदि बारेमा पनि यथेष्ट ज्ञान भएमा सोहि अनुरुप लेखीए मात्रै गजलमा उत्कृष्टता आउन सक्छ, नत्र बेजोड भाव, समानान्तर तुक र गेय भएपनि काव्य, गजल नबनी कबिता मात्र हुने वा कहिले काहि न कबिता न गजल भै बिचमै लटकिन पनि सक्छ ।

समयले साथ दिएमा त्यस बारेमा आगामी पोष्टमा लेख्‍ने प्रयास गर्ने छु । आजलाई भने जाँदा जाँदै गजल सम्बन्धमा केहि रमाईला तथ्य र किम्बदन्तिहरु:

  • यौटा किम्बदन्ति अनुशार अरबमा एकजना ‘गजल’ नाम गरेका शायर थिए जसले प्रेमको गित बनाउनमै आफ्नो जिवन बिताए। शुरु शुरुमा गजल केवल प्रेमको बारेमा मात्रै लिखिन्थ्यो त्यसैले पछिका दिनमा यस प्रकारको प्रेमको गित नै उसैको नामले चिनिन थाल्यो ।
  • दसौं शताब्दिमा ईरानमा जन्मेका ‘रौदकी’ नामका शायर (जो जन्मजात अन्धो रहेको बिश्वास गरिन्छ) लाई नै गजलको जन्मदाता पनि मानिन्छ ।
  • उर्दूका प्रशीद्ध शायर जानिसारले गजललाई:

         “हमसे पूछो कि ग़ज़ल क्या है ? ग़ज़ल का फन क्या है ?
          चंद लफ्जों में कोई आग छुपा दी जाए ।” भनेर परिभाषित गरेका छन ।

  • गजल अरबि शब्द हो र यसको माने नारि शौन्दर्यको वर्णन वा प्रेयसीसंग प्रेमालाम भन्ने हुन्छ ।
  • मतला बाहेकका बिचका कुनै शेरमा पनि दुबै मिसरामा काफिया राखेर लेखीएको शेरलाई ‘हुस्‍न‍-ए-मतला’ भनिन्छ
  • केहि साल यता अंग्रेजिमा पनि गजल लेखन थालीएको छ (भाषा फरक रहे पनि केहि अंग्रेजी गजल पढदा मलाई भने समान आकर्षक र रोचक लाग्यो)।

http://dautari.org/2008/12/blog-post_7009.html