Feeds:
Posts
Comments

स्रोत: कान्तिपुर

 

कहिलेकाहीँ केही खाँदा वा त्यतिकै पनि पेट दुखेर हैरान पार्छ, झाडापखालाले सताउँछ वा रिँगटा लागेजस्तो हुन्छ । यस्तो भए काम छाडी डाक्टरकहाँ दौडिइहाल्नु पर्दैन । अदुवा भान्सामा सजिलै पाइने त्यस्तो औषधि हो जसको प्रयोगले यी पीडाबाट तत्काललाई आराम पाइन्छ । Continue Reading »

स्रोत: नयाँ पत्रिका

 

लन्डन/ धेरै तातो चिया पिउँदा घाँटीको क्यान्सर हुन सक्ने इरानी अनुसन्धानकर्ताले बताएका छन् । चियालाई केही सेलाउन दिएर मात्र पिउन पनि उनीहरूले सल्लाह दिएका छन् । पहिलेका अध्ययनले सुर्ती तथा रक्सीजन्य पदार्थ खानाले घाँटीको क्यान्सरको सम्भावना बढ्ने बताएको थियो । अनुसन्धानमा तातो पेयपर्दाथले पनि घाँटीको क्यान्सरको सम्भावना बढाउने उल्लेख छ । अनुसन्धान बि्रटिस मेडिकल जनरलमा प्रकाशित गरिएको छ । Continue Reading »

स्रोत: कान्तिपुर

-विमल निभा

कुनै आफन्तको बिहेको हार्दिक निमन्त्रणामा छिमेकी मुलुक हिन्दुस्तान पुगेका ज्ञानेन्द्र शाह त्यहाँका राजनेताहरूसँग द्रुतगतिले भेट गर्नथाले । -हेर्नोस्, ६ चैत ०६५ को कान्तिपुर)

यस आशयको समाचार पढेर मेरो जिज्ञासु मनमा प्रश्न उत्पन्न भएको छ, के नइदिल्लीको भूमिमा पाइला टेक्नासाथ पूर्वराजाको नातागोता परिवर्तन भएको हो ? Continue Reading »

म सबै जान्दिन

निपूर्ण ठान्दिन

आफ्नो पनले तिखार्छु

मनले निखार्छु

साँचो म के देख्छु

जे देख्छु, त्यही लेख्छु।

**

संसार यो बुझ्दैछु

भिडमा खुल्दैछु

दुखेको ओकल्छु

लुकेको खोतल्छु

सत्य म के देख्छु

जे देख्छु, त्यही लेख्छु।

**

अँगेनोको छेउमा….         (Sajha)

अँगेनोको छेउमा…. (Sajha)

Continue Reading »

स्रोत: कान्तिपुर

अतुल मिश्र

झन्डै आधा नेपालीमा क्षयरोगको किटाणु भएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दिनहुँ १९ नेपालीले क्षयरोगको कारण ज्यान गुमाउने गरेका छन् ।

शरीरमा रोग विरुद्घको प्रतिरक्षा क्षमता कमजोर भएमा क्षयरोग लाग्ने जोखिम बढी हुन्छ । उपचार नगराएका एक रोगीले बर्सेनि १० देखि १५ लाई संक्रमित गर्ने चिकित्सकहरू बताउँछन् । Continue Reading »

स्रोत: कान्तिपुर

दिनेश वाग्ले/योगेश खतिवडा

संसारकै सस्तो भनी भारतमा बनाइएको फुच्चे कारको बिक्री प्रक्रिया दुई सातापछि सुरु हुने भएको छ । टाटा मोटर्सका प्रमुख रतन टाटाले सोमबार मुम्बईमा गरेको घोषणाअनुसार चैत २६ देखि ‘नानो‘ को बुकिङ खुला हुनेछ । Continue Reading »

बसन्त आगमनको अवसरमा:

Spring (msn)

Spring (msn)

नचिने नि

आज चिनेर तिमीलाई

नबुझे नि

आज बुझे झैं तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

बिर्सिए नि

आज संझेर तिमीलाई

ओइलिए नि

आज सजल तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

हिंजै भेटे नि

बिगत संझाउन तिमीलाई

पराई देखे नि

मैत्री गाँसेर तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

नजाँचे नि

शालिन देखेर तिमीलाई

नजाने नि

माया साँचेर तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

कौटिल्य लुके नि

मानवी देखेर तिमीलाई

यथार्थ छिपे नि

पौरखी बुझेर तिमीलाई

शुभ-कामना’को

यो एक शब्द फूल।

**

भावुक भए नि

रसिक ठानेर तिमीलाई

सामान्य देखे नि

विशाल जानेर तिमीलाई

शुभ-कामना’को

यो एक शब्द फूल।

**

साईत नैं छुटे नि

शुभ, यो सोचेर तिमीलाई

बोली यो दुखे नि

कामना साँधेर तिमीलाई

शुभेच्छा’को

यो एक शब्द फूल।

**  **

स्रोत: नयाँ पत्रिका

डा. सुधांशु केसी

नेपालमा जन्डिसको प्रकोप वर्षभरि नै रहे पनि वर्षायामको सुरुवातसँगै एक प्रकारको जन्डिस देखा पर्छ । जन्डिसको शंका लाग्नेबित्तिकै खाना बार्ने काम सुरु हुन्छ र यो प्रक्रिया ६ महिनादेखि वर्ष दिनसम्म जारी रहन्छ । समाजमा जन्डिसबारे सयजना मानिसले पाँच सयथरीका कुरा सुनाउने गर्छन् । अत्तालिएर अनेक किसिमका उपचार पद्धति अपनाउँदा गलत उपचार गरेर बिरामीको अवस्था झन् बिग्रन पनि सक्छ । तसर्थ, यस सम्बन्धी सही र गलत धारणा बारे जानकारी राख्नु सबैका लागि अत्यन्त जरुरी देखिन्छ ।

जन्डिसका लक्षण
जन्डिस कुनै रोग नभई विभिन्न रोगमा देख्न सकिने लक्षण मात्र हो । जन्डिस कलेजोको रोग भन्ने अवधारणा जनमानसमा पाइएको छ । रगतमा विलिरुविनको मात्रा बढेर आँखा पहेँलो हुनु, शरीर पहेँलो हुनुलाई जन्डिस भनिन्छ । वयस्कमा विलिरुविन “एक” हुनु र “पाँच” हुनुमा कुनै फरक पर्दैन । विलिरुविन बढ्दै गएमा विलिरुविन बढाउने रोग बढ्दै गइरहेको हुन सक्छ ।

जन्डिस र कलेजो
जन्डिस कलेजोको मात्र रोग होइन । कलेजोका विभिन्न रोगहरूमा जन्डिस लक्षणको रूपमा देखिन्छ । कलेजोको रोग बाहेक केही रगतको रोगमा, पित्तको नलीमा पत्थरी भएमा, पित्त–नलीको क्यान्सर भएमा, प्यान्क्रियाज ग्रन्थीको क्यान्सरमा, अरू अंगको क्यान्सर कलेजोमा फैलिएमा हुन सक्छ ।

जन्डिस र आयुर्वेद
धेरै मानिसमा के भ्रम छ भने, जन्डिस आयुर्वेदले ठीक पार्ने रोग हो । अरू सबै रोगमा एलोप्याथीलाई विश्वास गरे पनि आँखा पहेँलो देख्नेबित्तिकै त्यो विश्वास डग्मगाउँछ र आयुर्वेद शरणमा जाने गर्छन् । जन्डिसको कुनै उपचार गर्नु पर्दैन । उपचार त जन्डिस गराउने रोगको गर्नुपर्छ । रोग निको भएमा जन्डिस आफैं निको हुँदै जान्छ । त्यसैले Bilirubin एकभन्दा माथि देखिने बित्तिकै उपचारका लागि दौडिनु र उपचार गरिदिनु दुवै गलत कुरा हो । जन्मजात रोग गिलबर्ट सिन्ड्रोम, क्रिगलर नाजार सिन्ड्रोम, डुबिन जोनसन सिन्ड्रोम, आदिमा Bilirubin बढी भए पनि कुनै उपचार गर्नुपर्दैन । अन्यथा जन्डिस गराउने सबै किसिमका रोगको उपचार एलोप्याथिक उपचारमा छ ।

जन्डिस र खानपिन
हाम्रो समाजमा जन्डिस भन्ने बित्तिकै गाजर, मुला, काँक्रो, उखुको रस र मेवा पर्यायवाची नै भइसके । उसिनेको खाना, नुन नहालेको वा कम हालेको र बेसार नहालेको खाना प्रायः जन्डिस भएका व्यक्तिको खाना भइसकेको छ । जुनसुकै कारणले जन्डिस भए पनि यो क्रम प्रायः ६ महिना वा त्यसभन्दा बढी चलेको पाइन्छ । खाना बार्नाले हानी हुन सक्छ । क्यान्सरको कारणले जन्डिस भएमा त्यसमा खाना बारेर ठीक होला त ? जुनसुकै कारणले जन्डिस भए पनि बार्नुपर्ने एउटै कुरा हुन्छ– रक्सी र रक्सीजन्य पदार्थ । अनि, कम गर्नुपर्ने कुरा चिल्लो पदार्थ हो । किनभने चिल्लो पदार्थ पचाउन पित्तले मद्दत गर्छ र जन्डिस भएको अवस्थामा चिल्लो पदार्थको पाचन समस्या केही हदसम्म देखिन्छ । जन्मजात जन्डिस र रगतको रोगको कारणले भएको जन्डिस (हेमोलाइटिक जन्डिस) मा कुनै किसिमको खाना बार्न जरुरी हुँदैन । पिरो र अमिलो खानेकुराको जन्डिससँग कुनै सम्बन्ध छैन ।

जन्डिस र हेपाटाइटिस
जन्डिस लामो भयो भने हेपाटाइटिस, त्यसमा पनि हेपाटाइटिस ‘बी‘ हुन्छ भन्ने अवधारणा जनमानसमा पाइन्छ । हेपाटाइटिस भनेको कलेजोको रोग हो । यस अवस्थामा जन्डिस देखिन सक्छ । तर, जन्डिसको कारणले हेपाटाइटिस भने हुँदैन । क्यान्सर अथवा पत्थरीको कारणले पित्तको नली लामो समयसम्म बन्द भएमा त्यसले कलेजोको रोग निम्त्याउन सक्छ ।

जन्डिस र पानी
सामान्य अवस्थामा भन्दा जन्डिस भएको वेलामा बढी पानी अथवा झोल पदार्थको जरुरत पर्न सक्छ । तर, यो सबै रोगमा लागू हुँदैन । जस्तै– कलोजोको सिरोसिस भएको वेलामा देखिने जन्डिसमा पानी धेरै पिउनाले पेटमा पानी जम्ने, खुट्टा सुनिने हुन सक्छ । मुटुको रोगको कारणले कलेजो सुन्निएर जन्डिस देखापरेको अवस्थामा पनि धेरै पानी हानिकारक हुन सक्छ । यदि पानीबाट सर्ने हेपाटाइटिस ‘ए‘ र ‘ई‘ को कारणले गर्दा जन्डिस भएमा दिनको २–३ लिटरसम्म पानी अथवा झोल पदार्थ पिउँदा राम्रो हुन्छ । थप १० लिटर पिएर अधिक फाइदा पक्का हुँदैन ।

जन्डिस र यौनसम्पर्क
जन्डिस र यौनसम्पर्कको कुनै सम्बन्ध छैन । यदि हिपाटाइटिस ‘बी‘ र ‘सी‘ को कारणले जन्डिस भएको छ भने पुरुषले कन्डोम प्रयोग गर्दा सर्ने समस्या न्यूनीकरण हुन्छ ।

[लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।]

http://www.nayapatrika.com/newsdetail.php?id=903190117264925&n_id=25

स्रोत: नयाँ पत्रिका

 

बेइजिङ/ तिनीहरू, जो अति मोटा छन्, उनीहरू बाँच्नुपर्ने आयुभन्दा दस वर्षअघि नै मर्ने गरेको बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको छ । संयुक्त राज्य अमेरिका र युरोपका नौ लाख जवानमा ५७ फरक–फरक अध्ययन गरिएको थियो । १० देखि १५ वर्ष लगाएर गरिएको अध्ययन अवधिमै ७० हजार सहभागीको मृत्यु भएको थियो । शरीर मापनयन्त्र –बिएमआई) प्रयोग गरी गरिएको अध्ययनमा ४० पाउन्ड वा आवश्यकताभन्दा १८ पाउन्ड भन्दा बढी तौल हुनेको जीवन तीन वर्ष छोटो हुने देखिएको छ । मुटुको रोग र हृदयाघातका कारण उनीहरूको निधन भएको देखिएको छ । त्यस्तै, धेरै मोटाहरू बाँच्नुपर्ने अवधिभन्दा दस वर्ष छिटो मर्ने गरेको अध्ययन–प्रतिवेदनमा उल्लेख छ ।

 

धेरै मोटो हुनु भनेको जीवनभरि चुरोट पिउनु जत्तिकै हो, भन्छन् एक प्रमुख अनुसन्धानकर्ता तथा इंग्ल्यान्डस्थित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक रिचार्ज पेटो । आवश्यक तौलभन्दा माथि शरीर मापनयन्त्र बढ्ने हरेक पाँच प्वाइन्टले ३० प्रतिशत छिटो मृत्युको जोखिमलाई बढाउने बताइएको छ । यन्त्रमा २५ देखि २९.९ भएकाहरू तौल बढी हुनेमा पर्छन्, तर उनीहरू मोटा होइनन् । उनीहरू सामान्य जीवनभन्दा एक वर्षअघि मर्न सक्ने बताइएको छ । ‘यसले बढी तौल भएका विभिन्न समूहका मानिसमा हुने जोखिमबारे स्पष्ट पार्दछ,’ अमेरिकी क्यान्सर सोसाइटी, रोग नियन्त्रण अध्ययन केन्द्रका उपाध्यक्ष माइकल थुनले भने । ‘एकपटक तौल बढेपछि घटाउन कठिन हुन्छ र झन्–झन् बढ्दै जान्छ, त्यसैले तौल घटाउनभन्दा बढ्न नदिनु नै राम्रो,’ थुन भन्छन् ।

 

http://www.nayapatrika.com/newsdetail.php?id=903191210048918%20&n_id=27

स्रोत: कान्तिपुर

 

सुमनकुमार रेग्मी

 

फागुन अन्तिम साता देशभर होलि पर्व सकिए पनि प्रकृतिले आकाशमा खैरो अनि पहेँलो मिसिएको रंगमा होलि खेलिनै रहयो । फागुन ३०, चैत १ र २ गते यस्तो गतिविधिले व्यापक रूप लियो । आकाश धुम्मिएर धूलो र धूवाँको रंगले दिनभरजसो छायो । मौसममा देखिएको यस किसिमको परिवर्तनले दैनिक जीवनसमेत कष्टपूर्ण बनाइदियो । काठमाडौं लगायत देशका थुप्रै ठाउँमा मानिसहरू अप्रत्याशित रूपले आँखा तथा श्वास–प्रश्वासका समस्याले ग्रस्त भए । आँखा पोल्ने, बिझाउने, रातो हुने, रूघाखोकी लाग्ने, घाँटी खसखस हुने जस्ता विविध रोगबाट अस्पतालहरूमा बिरामीको चाप बढेको देखियो ।

 

फागुन तेस्रो सातादेखि नै जंगलहरूमा आगलागी भइरहेका खबर आएका थिए । फागुन २९ का दिन अमेरिकाको वैज्ञानिक संस्था ‘नासा‘को मोडिस भूउपग्रहबाट लिइएको नेपालको जंगलमा आगलागी भएको तस्वीर सार्वजनिक भएको थियो । यसैलाई आधार मान्ने हो भने नेपालमा यति व्यापक रूपमा जंगलमा आगलागी भएको सम्भवतः यो पहिलोपटक हो ।

 

वायुमण्डलमा देखिएको यसप्रकारको विशेष मौसमी अवस्थालाई मौसम विज्ञानको भाषामा तुवाँलोे भन्ने गरिन्छ । जल तथा मौसम विज्ञान विभागको त्रिभुवन विमानस्थल, काठमाडौंमा लिइएको आँकडाअनुसार फागुन ३०, चैत १ र २ गते वायुमण्डलको दृश्य दिनभर ३–५ देखि ४ किलोमिटरभन्दा माथि उक्लन सकेन । देशभर न्यूनतम तापक्रममा केही वृद्धि भयो भने अधिकतम तापक्रम केही खस्कियो । गएको सातादेखि यसप्रकारको मौसमी अवस्थाको सम्बन्धमा जनमानसमा निकै तर्क–वितर्क चले । कसैले यसलाई विश्वव्यापी उष्णता, अनि कसैले यसलाई मौसम परिवर्तनको संज्ञा पनि दिए । आजको विश्वमा विश्वव्यापी उष्णता अनि मौसम परिवर्तनको लहरलाई सजिलै नकार्न नसकिने स्थिति छ । तैपनि यसप्रकारको तुवाँलोको चपेटामा देश एकाएक आक्रान्त हुनुमा भने विशिष्ट मौसमी अवस्था सिर्जना हुनु हो भनेर ठोकुवा गर्न सकिन्छ ।

 

सूर्यबाट पृथ्वीले ताप प्राप्त गर्छ । त्यहाँबाट आउने ताप वायुमण्डललाई नतताई सबभन्दा पहिले पृथ्वीमा प्रवेश गर्छ । यसलाई हामी विकिरण भन्ने गर्छौं । त्यो तापले सर्वप्रथम पृथ्वीको सतह तताउने काम गर्छ । त्यसपछि त्यो पृथ्वीबाट वायुमण्डलतिरै फर्किएर वायुमण्डल तताउँदै जान्छ । त्यसैकारण पृथ्वीको सतहभन्दा जति माथि गयो, तापक्रम उति घट्दै जाने हुन्छ । तर कहिलेकाहीं उपयुक्त मौसमी अवस्था सिर्जना भएर पृथ्वीको सतहको कुनै निश्चित उचाइसम्म तापक्रम बढ्दै जाने अनि त्यसपछि मात्र घट्न जाने हुन्छ । यस्तो विशिष्ट अवस्थालाई मौसम विज्ञानको भाषामा ‘इन्भर्जन‘ भन्ने गरिन्छ । साधारणतया यस्तो अवस्था पृथ्वीको सतहबाट करिब १.५–२.५ किमिसम्मको उचाइमा रहने हुन्छ । यस परिस्थितिमा वायुमण्डलको १.५–२.५ किमिसम्मको तल्लो तह र त्यसभन्दा माथिको तहबीच एकप्रकारको सम्बन्धविच्छेदजस्तै अवस्था आउँछ ।

 

वायुमण्डलमा जहिले पनि ताप र आद्रता तेर्सो र ठाडो तरिकाले स्थानान्तरण भइरहन्छ । तर यसप्रकारको अवस्थामा भने वायुमण्डलमा ठाडो तरिकाले ताप र आद्रता स्थानान्तरण नहुने अवस्था सिर्जना हुन्छ । यसैकारण हावा चलिरहे पनि त्यसको गति ज्यादै न्यून हुने हुन्छ । यस अवस्थामा वायुमण्डलमा भएको धूलो र धूवाँ पृथ्वीको सतह नजिकै खुम्चिएर बस्न आउँछ, अनि वायुमण्डलको दृश्यमा समेत निकै कमी आउँछ । अहिले यस्तै भएको हो ।

 

तुवाँलोको अवस्थामा यसलाई बढावा दिने काम वायुमण्डलको उच्च तहको बादलले पनि गर्छ । यसप्रकारका बादलहरू वायुमण्डलको ५ देखि १३ किमि माथिसम्म फैलन्छन् । विविध कारणले गर्दा बन्ने यी बादलले पातलो कपास फिँजाएजस्तो देखिन्छ । यिनीहरू धेरै माथि हुनाले यसले वषर्ा भने गराउन सक्दैन । यस्ता बादलको उपस्थितिले सूर्यको किरण छेकेर तापक्रम केही घटाउने काम गर्छ, जसले आकाश धुम्म राख्न पनि मद्दत गर्छ । अहिलेसम्मकै वैज्ञानिक खोजले हाम्रो देशको वायुमण्डलमा धूलोको ठूलो मात्रा स्थानान्तरण भएको देखिँदैन । त्यसो त कुनै न्यून तहमा भने यसप्रकारको गतिविधि पृथ्वीभर नै भइरहेको हुन्छ । मूलतः हावाको बहावसँगै यसप्रकारको गतिविधि हुने हुन्छ ।

 

मौसममा सुख्खापन रहने खासगरी मनसुनपूर्वको फागुन, चैत र वैशाख महिनामा तुवाँलोेले प्रश्रय पाउँछ । हावामा आद्रता बढ्न गए पनि तुवाँलोको समस्या न्यून हुन्छ भने बेला–बेलामा वषर्ा भइरहने हो भने तुवाँलोको समस्या रहने गर्दैन । वर्तमान स्थितिमा एकातिर सूर्य कर्कटरेखातिर लाग्ने र सूर्यको तापमा वृद्धि हुने क्रम भइरहेको छ भने अर्कोतिर पश्चिमी मौसम प्रणाली शिथिल हुनगई स्थानीय मौसम प्रणाली सक्रिय हुनथालिसकेको छ । यस्तो बेलामा यदि वषर्ा शून्य रही सुख्खाको स्थिति अझ कायम रहने हो भने यसप्रकारको तुवाँलोले बेला–बेलामा गाँजिरहने निश्चित छ ।

 

[लेखक जल तथा मौसम विज्ञान विभागमा कार्यरत छन् ।]

 

http://www.ekantipur.com/kolnepalinews.php?&nid=185100