Feeds:
Posts
Comments

धुम्रपानले लिन्छ ज्यान,

एउटा चुरोट पारखी

गाँउले माड्साब

कक्षामा चिच्याइरहेछ।

पथभ्रष्ट, पथप्रदर्शक बनिरहेछ,

पथभ्रष्ट, दिशानिर्देश गरिरहेछ।।

**

भ्रष्टाचारमुक्त प्रशासन,

एउटा घुस्याहा हाकिम

जुँगा मुसार्दै

साखिलो बन्छ।

नैतिकता नामेट छ,

अनुशासन रड्डीमा मिल्किइरहेछ।।

** Continue Reading »

स्रोत: कान्तिपुर

-कास

काठमाडौं। अमेरिकाका लागि प्रस्तावित राजदूत डा. सुकदेव साहले आफूसँग अमेरिकी ग्रिनकार्ड रहेको स्वीकार गरेका छन् । उनले अमेरिकाको हवाई विश्वविद्यालयबाट सन् १९७३ मा पीएचडी गरी ३० वर्षसम्म अन्तर्राष्ट्रिय मुद्रा कोषमा जागिर खाएका थिए ।

संसदीय सुनुवाइ विशेष समितिमा मंगलबार आफूमाथि लागेका उजुरीमा स्पष्टीकरण दिँदै उनले भने, ‘मुद्रा कोषको कूटनीतिक पासपोर्ट नरहेपछि फिजी-अमेरिका आवतजावत सजिलो होस् भनी अमेरिकी गि्रनकार्ड लिएको हुँ। तर अमेरिकाको नागरिक हुने सोचाइले होइन ।मुद्राकोषबाट अवकाश पाएपछि उनी फिजीमा प्राध्यापन गर्न गएका थिए । Continue Reading »

स्रोत: कान्तिपुर

कृष्ण आचार्य

गोरखा जंगलमा जीवन कष्टकर भएपछि हर पसेका यहाँको कुसुन्डाको परिवार झन् बिचल्लीमा परेको छ । सरकारले लोपोन्मुख जातिमा राखेको कुसुन्डाको सात सदस्यीय परिवार गोरखा नगरपालिका तेह्र किलोमा १८ वर्षदेखि कोठा भाडामा बस्दै आएको छ ।

तनहँमा मात्र रहेको बताइएको कुसुन्डा जाति यहाँ पनि फेला परेको हो । मासिक चार सय भाडा तिरेर कोठामा बस्दै आएको उक्त परिवारकी सुमित्रा कुसुन्डाले बताइन् । Continue Reading »

स्रोत: अनलाईन खबर

बिष्णु तारुके

रसुवा। जैविक विविधताले समेत महत्वपूर्ण मानिएको रसुवा जिल्लाको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका वनमा १२ प्रजातिका लालीगुराँस फेला परेको छ । अहिले लालीगुराँस फूलेर यहाँको जङ्गल राताम्य बनेका छन् । जिल्लाको दक्षिणी मध्यपहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म विभिन्न रङका फूलहरू फुलेर पासाङल्यामु सडक मार्गमा पर्ने ग्राङ, राम्चे, ठाडे, सदरमुकाम धुन्चे, स्याफ्रुलगायतका ठाउँमा गाडीबाटै राताम्य लालीगुराँसले काठमाडौँ जाँदा होस् वा स्याफ्रु धुन्चे आउँदा ठाउँ ठाउँमा यात्रुहरूलाई स्वागत गरिरहेको भानहुन्छ । यहाँका वनमा रातो, सेतो, फिक्का, गुलावी, फिक्का रातोलगायतका एक दर्जन रङका लालीगुराँस लटरम्मै फूलेको देख्न सकिन्छ । यहाँका फूलको व्यापार नभए तापनि परम्परागतरूपमा विभिन्न स्थानमा गुराँस फूलका पत्रहरू जडीबुटी औषधिको रूपमा निर्यात गरिन्छ । भने फूललाई स्थानीय गाउँमा घरेलु औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ । Continue Reading »

स्रोत: कान्तिपुर

अतुल मिश्र

विराटनगरघर, कार्यालय वा कुनै भवन सफा गर्नु परे के गर्नुहुन्छ ? पक्कै पनि आफैंले कुचो समाउनुहुन्छ वा कसैलाई लगाउनुहुन्छ । तर कोसी अञ्चल अस्पताल सफा पार्न भगवानको शरण लिइएको छ ।

किन यस्तो ?

कर्मचारीले नसकेपछि भगवान् गुहारेका हौं,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चतुर्भुजप्रसाद उपाध्यायले भने, ‘कुनै उपाय काम नलागेपछि हार खाएर भगवानको शरण लिइएका हौं ।Continue Reading »

स्रोत: कान्तिपुर

अभि सुवेदी

साहित्य लेख्ने अनि पढाउने मानिस भएकोले नेपालको राजनीतिक डढेलोभित्र पनि मुना र पात खोज्दै हिँड्ने प्रवृत्ति मेरो पनि रहेछ । म डढेलोपछिको समयमा पनि पातहरूको कल्पना गर्छु । लहलह जङ्गलको चिन्ता गर्छु । सपना देख्ने सबैको अधिकार छ । अनि निकै महिनादेखि साहित्यकार, कलाकार र रङ्गमञ्चकर्मीले केही खोजिरहेको देखेँ । उनीहरूले सबैभन्दा धेरै खोजेको कुरा स्थान स्पेसरहेछ । समय परिवर्तन भयो । त्यसभित्र साहित्यकार, कलाकारले स्पेस खोज्नैपर्छ, मनमनै भन्छु । उनीहरूले स्पेसको नाउँमा रूपकहरूका खोजी गरेका छन् । एउटा परिचित रूपक एकेडेमी वा प्रज्ञा-प्रतिष्ठान रहेछ । हिजो पनि थियो, आज पनि रहेछ र भोलि पनि हुनेछ । यो एकेडेमी भन्ने वस्तु महेन्द्रले सोचेर चौध सालमा सुरु गरेका थिए । यसको संरचनाकै धारणा परिवर्तन नहुने देखेर एक निरञ्जन, निर्विकार र शाश्वत रचना पो गरेछन् यो त भन्ने लागेर झस्किन्छु । Continue Reading »

ग ज ल

तिम्रो गुणगान सुन्दा धेरै, आज मुहार हेर्न आएँ

धोको मेट्ने माया रोज्दा, खानु गोता फेर्न पाएँ

**

मैले सोच्ने सुख मात्रै, के हुन्थ्यो र जिन्दगी यो

नौजालभित्र लड्दै बढ्दै, तिम्रो बखान केर्न आएँ

** Continue Reading »

स्रोत: कान्तिपुर               

-फूलमान वल

पोखराअन्नपूर्ण पदयात्रामा जाँदै हुनुहुन्छ भने अब तपाईंले लुम्ले गाउँलाई फरक पाउनुहुनेछ । ढुंगाले छाएका सुन्दर घर, दलानको भित्तामा चर्चित देशीविदेशी स्रष्टाहरूको तस्बिर अनि स्थानीय संस्कृतिसहितको प्रेमिल स्वागत ।

आन्तरिक र बाह्य पर्यटक लोभ्याउन शनिबार (चैत १५, २०६५ ?) गाउँलेले नयाँ घोषणा गरेका छन्- कविता गाउँ । नौमती बाजा, भजन, चुड्का, रत्यौली, गुरुङ समुदायको ट्हो त्हे नृत्यसाथ गाउँ परिक्रमा गर्दै स्थानीयले लुम्लेलाई कविता गाउँमा बदलेका हुन् ।

लुम्ले         (स्रोत:canr.msu.edu)

लुम्ले (स्रोत:canr.msu.edu)

Continue Reading »

स्रोत: अनलाईन खबर

-विष्णु शर्मा

मुस्ताङ । निजी भ्रमणभन्दै पश्चिमा मुलुकका राजदूतहरु धमाधम उपल्लो मुस्ताङतिर लागेका छन्, जसको सूचिमा छ पूर्व राजालाई भेटनु ।

नेपालका लागि अमेरिकी राजदुत न्यान्सी जे पावेल मंगलबार जोमसोम आइपुग्नुभएको छ जसले केही दिनमै पूर्व मुस्ताङी राजा जिग्मे परवल विष्टलाई समेत भेटदै हुनुहुन्छ । Continue Reading »

स्रोत: अनलाईन खबर

पूर्व युवराज पारसले हतियार कमिसनमा कुरा नमिल्दा दीपेन्द्रलेनै पूर्व राजा बीरेन्द्रको हत्या गरेको दावी गरेका छन् ।

सिंगापुरको द न्यू पेपर अन सन्डेलाई दिएको अन्तर्वार्तामा पारस साहले हतियारको कमिसन, असफल प्रेम र प्रत्यक्ष सासन त्याग्ने निर्णयको बिरोधमा दीपेन्द्रले बाबुको हत्या गरेको दावी गरेका छन् । Continue Reading »