ठाम्-ठामै अचेल बोल्नेको जमाना आ’छ भगवान
जानेरै सम्बन्ध पोल्नेको जमाना आ’छ भगवान।
**
नाफाकै याँ खेलो आ’छ, आफ्ना सब् पराई भा’छ
समय र स्वार्थ घोल्नेको जमाना आ’छ भगवान।
**
छिनमै नाता जोड्ने आ’छ, दिनमै बाचा तोडे भा’छ
टोल्-टोल् मै विश्वास् ढोल्नेको जमाना आ’छ भगवान।
**
बेसारेको बजार आ’छ, सिधा बाँच्न गाह्रो भा’छ
बेढंग जोखिम मोल्नेको जमाना आ’छ भगवान।
**
बल् हुनेले हुकुम् ला’छ, नियम-कानून बिक्री भा’छ
मनलागी व्यापार् खोल्नेको जमाना आ’छ भगवान।
** **
बल् हुनेले हुकुम् ला’छ, नियम-कानून बिक्री भा’छ
मनलागी व्यापार् खोल्नेको जमाना आ’छ