स्रोत: ई नेपाली खबर
-त्रिचन्द्र प्रतीक्षा
प्राचीनकाल देखि बेथेको सागसँग प्रायः हामी सबै परिचित छौं। यो साग प्रायः गरेर जाडोको मौसमपछि खेतबारी जताततै नरोपीकन पनि आफै उम्रिने एक वनस्पति हो, जसलाई गुण प्रधानताका कारण साग राज या सागको राजा नै मानिन्छ।
बेथेको साग दुई जातिमा पाइन्छ गौड्वस्तुक र यवशाह ।
गौड्वस्तुक जातको बेथे प्रायः गरेर गहुँ तथा सस्यूँ आदिका खेतीमा उम्रन्छ, यो जातका बेथेको पात अर्को भन्दा केही ठूलो र भेट्नो तथा पातहरुमा हल्का रातोपन हुन्छ।
यवशाहलाई जौं भनेर चिनिन्छ। यवशाह भन्नाले जौको खेतीमा उम्रने बेथेको साग भनेर जाने हुन्छ। छोटकरीमा भन्नुपर्दा बेथेको साग गहुँ, जौं, तोरी तथा सस्यूँको खेतीमा जाडोको महिनामा सप्रिएको पाइन्छ।
यी दुवैमा गौड्वस्तुक (रातो बेथे) विशेष लाभदायक मानिन्छ।
संस्कृतमा क्षारपत्र, शाकनी र वास्तुक आदि नामबाट चिनिने यो सागलाईनेपालीमा बेथे, हिन्दीमा बधुआ, अंग्रेजीमा All Good, ल्याटिनमा Chenopodium भनिन्छ ।
यो साग प्रायः सबैजसो मुलुकमा पाइन्छ । यसमा खनिज तत्वको मात्रा अमलामा भन्दा पनि बढी हुन्छ।बेथेको साग दिनहुँ खाँदा शरीरमा आइरनको कमी हुँदैन । अनि आइरनको कमीले हुने रक्त अल्पता लगायतका थुप्रै रोगबाट बच्न सकिन्छ ।
आधुनिक पोषण विश्लेषणमा बेथेको १०० ग्राम सागमा जल ८९.६ प्रतिशत, प्रोटिन ३.७ प्रतिशत, क्याल्सियम १५० प्रतिशत हुन्छ भने चिल्लो ०.४प्रतिशत, खनिज पदार्थ २.३ प्रतिशत, फास्फोरस ८० प्रतिशत रहेको हुन्छ।यस्तै बेथेको सागमा भिटामिन ‘ए’ र ‘डी’ पनि प्रचुर मात्रामा पाइन्छ । प्रति १०० ग्राममा फलाम ४.२ मिलिग्राम, भिटामिन ‘ए’ २९०० मिलिग्राग, भिटामिन ‘डी’ ३५ मिलिग्राम साथै क्यालोरी ३० रहेको हुन्छ।
आयुर्वेद अनुसार बेथेले आमाशयलाई बलियो बनाउँछ । यसको उपयोगले मृगौलामा पत्थरी समेत हुँदैन।युनानी मत अनुसार बेथे गर्मीको खोकी र क्षयरोगमा लाभदायक, छिटो पच्ने, जलदाररोगमा लाभदायक, स्वस्थ्य रक्त कोषहरूलाई विकास गर्ने, कमलपित्त एवंकलेजोको गर्मीलाई शान्त गर्ने गुणयुक्त छ।
विशेष निम्न लिखित औषधीय रुपमा बेथेलाई उपयोग गर्न सकिन्छ :
पिसाब नलीमा पत्थरी जमेका बेला बेथेको एक मुठी सागको पातलाई डेढ गिलासपानीमा उमालेर उक्त पानी एक गिलास भएपछि, त्यसको पानीमा सख्खर मिसाएर पिउने गरे राम्रो लाभ पुर्याउँछ ।
बेथेको पातको रसमा थोरै नुन मिसाएर ५०–८० ग्रामसम्म पिएमा पेटको जुका तथा चुर्ना मर्छन् ।
नियमित रूपमा बिहान खाली पेटमा बेथेको सर एक÷एक गिलास १०/१५ दिनसम्मनियमित पिएको खण्डमा पुरानो कब्जियत पनि हटेर जाने मात्र नभइ आन्द्रामाअल्झेका दूषित फोहोरहरू सहजै बाहिर निस्किन्छन् ।
आँखाको ज्योती कमजोर हुनेले बिहान बेलुका बेथेको तरकारी खानु राम्रोहुन्छ । किनभने बेथेको सागमा फलाम र भिटामिन ‘ए’ को मात्रा निकै बढी हुन्छ ।
रगतको खराबीले एलर्जी आएको छ भने बेथेको काँचो सागलाई सलादका रूपमाखाँदा प्रत्यक्ष फाइदा पु¥याउँछ । साथै रगत खराबीलाई हटाउन पनि सहयोग गर्दछ।
रगतको कमी हुने तथा पहेँलो रोग (जण्डिस) ले सताएकाहरूले सकेसम्म बेथेकोसाग खानु आवश्यक मानिन्छ । बेथेका सागमा छिट्टै नयाँ, ताजा रगत उत्पादनगर्ने क्षमता भएकाले उक्त रोगीका लागि बेथे ज्यादै लाभकारी हुन्छ ।
टाउकोमा चाँया र लिखा परेको छ भने बेथेलाई उमालेर सो उम्लेको पानीलाई मनतातो पारेर कपाल धुने गर्नाले चाँया र लिखा निर्मूल हुन्छ ।
बेथेको साग काँचै चपाउँदा मुखमा आएको खटिरा र घाउ (अल्सर) लगायत सास गन्हाउने समस्या तत्कालै हटेर जान्छ ।
बेथेको बीउ ५/१० ग्राम चुर्ण (धुलो) मा थोरै नुन र मह मिलाएर खाने गरेमा पेटमा संकलित दूषित पित्त बाहिर निस्कन्छ ।
यस्तो बहुउपयोगी बेथेको सागलाई उमारेर या उसिनेर त्यसको पानी फ्याँक्नाले त्यसमा रहेको अति हितकर पौष्टिक तत्व नाश भएर जान्छ। त्यसैले बेथे सही सदूपयोग गरेर खानु स्वास्थ्यका लागि अति आभदायक मात्र नभै अमृत समान हुनेमा कुनै दुई मत छैन।
२०७१, आषाढ २५ गते बुधवार।
Leave a Reply