स्रोत: ई-कान्तिपुर
-का.स.
काठमाडौं। उपन्यासकार डायमनशमशेर राणाको उपचारको क्रममा शुक्रबार साँझ निधन भएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका ९३ वर्षीय राणाको साँझ निधन भएको हो । डाइबिजीजबाट समेत पीडित राणा हेमोग्लोबिनको मात्रा कम भएपछि मंगलबार बिहान अचेत भएका थिए । राणा लामो समयदेखि घुँडा दुख्ने, अनुहार सुनिने र उच्च रक्तचापलेसमेत पीडित थिए ।
राणाले लेखेका सेतो बाघ, बसन्ती, सत्प्रयास, अनिता लगायतका उपन्यास चर्चित छन् ।
संक्षेपमा डायमनशमशेर
जन्म – वि.स. १९७५, आषाढ २१ गते, पाल्पा,
सेवा – साहित्य, शिक्षा – स्वाध्याय,
भ्रमण – नेपाल, भारत, चीन, पोर्चुगल
विधा – उपन्यास, अन्य……….
पहिलो रचना – वि.स. २००६ मा “वसन्ती” ऐतिहासिक उपन्यास प्रकाशित।
मौलिक कृति
१) वसन्ती – ऐतिहासिक उपन्यास-वि.स. २००६
२) सेतोबाघ – ऐतिहासिक उपन्यास-वि.स.२०३०
३) सत्प्रयास – ऐतिहासिक उपन्यास-वि.स. २०३८
४) प्रतिबद्ध-ऐतिहासिक उपन्यास-वि.स.२०३४
५) अनिता – ऐतिहासिक उपन्यास-वि.स. २०४५
मान पदक – शुभ समूहद्वारा अभिनन्दन
ठेगाना – निवास – कुपोण्डोल, ललितपुर
२०६७ साल फागुन २० गते शुक्रवार।
Leave a Reply