स्रोत: नागरिक
सशस्त्र प्रहरी बलले तीन जिल्लामा सीमा सुरक्षा बल कार्यालय थप गर्ने तयारी गरेको छ। प्रहरी बलका प्रहरी महानिरिक्षक सनतकुमार बस्नेतका अनुसार भारतीय सीमामा २ वटा र चीनको सीमामा एउटा सीमा सुरक्षा बल कार्यालय स्थापना गर्ने तयारी गरेको हो।
शसस्त्र बलद्धारा आयोजित सीमा सुरक्षा कार्यशाला गोष्ठीमा बोल्दै उनले तराईसंग सीमा जोडिएका १८ वटा जिल्लामा सीमा सुरक्षा बल कार्यालय स्थापना भइसकेको बताए। उनले भने- १८ जिल्लामा बलको सीमा सुरक्षा कार्यालय स्थापना भइसकेको तथा अन्य तीन जिल्लामा स्थापना हुने क्रममा छ।’ २०६३ सालबाट दक्षिणी सीमाको सुरक्षामा शसस्त्र प्रहरी बल खटाउदै आएको छ।
चीनसंग जोडिएको सीमाको अनुगमनका लागि सिन्धुपाल्चोकमा कार्यालय थप गर्ने तयारी गरिएको छ भने तराईमा चितवन र दाङमा कार्यालय थप गर्ने तयारी गरिएको छ। बलले तराईका झापा,सुनसरी,रौतहट, रुपन्देही, बांके, बर्दिया, कैलाली, महोत्तरी,सिराहा, सप्तरी, मोरगं, पर्सा, धनुषा,सर्लाही, बारा, कपिलवस्तु, नवलपरासी र कञ्चनपुरमा सीमा सुरक्षा बलको कार्यालय स्थापना गरिसकेको छ।
एक कार्यालयमा २ सय ३७ जना शसस्त्र प्रहरी खटिने गरेका छन। उनीहरुले सिमाको नियमित गस्ती, अन्तरसीमा अपराध नियन्त्रण, सीमास्तम्भको सुरक्षा र अभिलेख राख्ने, अबैध चोरी नियन्त्रण जस्ता काम गर्दै आएको छ।
बुधवार शसस्त्र प्रहरी बलको मुख्यालयमा बुधवारवाट शुरु भएको तीनदिने गोष्ठीमा बोल्दै गृहमन्त्री भिम रावलले सीमा क्षेत्रमा हुने अपराध रोकेर शान्ति सुरक्षा कायम गर्न उच्च मनोबलका साथ अगाडी बढ्न निर्देशन दिए। रावलले तराईका विभिन्न जिल्लामा सक्रिय रहेका सशस्त्र समुहले खुल्ला सिमाको फाइदा लिंदै हतियार ओसारपसार गरिरहेको दावी गर्दै उनले सिमामा हुने जुनसुकै गैर कानुनी कृयाकलाप रोक्ने दायित्व शसस्त्रको रहेको बताए।
मित्रराष्ट्रबाट बेलाबखत सीमाको लक्ष्मण रेखा नाध्ने गरेको सुनिंदै आएको उल्लेख गर्दै उनले निर्देशन दिंदै भने ‘चनाखो भएर बस्नोस हाम्रो सीमा कसैले नाध्न नसकुन्।’ सीमामा बस्ने नागरिकले विभिन्न दुःख पाउने गरेको बताउंदै उनले सिमामा बस्ने नागरिकसंग सहकार्य गरेर उनीहरुलाई सुरक्षाको प्रत्याभुति दिन समेत निर्देशन दिए। उनले उच्च मनोबलका साथ सिमाको सुरक्षामा खटिन निर्देशन दिंदै भने ‘उच्च मनोवलका साथ सिमाको सुरक्षामा खटिनुहोस् मनोबल गिराएर दोमनका काम गर्नेले केही गर्न सक्दैन।’
सशस्त्र प्रहरी बलका महानिरिक्षक बस्नेतले सीमा क्षेत्रमा आवश्यकता अनुसार सशस्त्रको अन्य पोष्टहरु खडागर्दै सीमा स्तम्भहरुको अभिलेख राख्ने, नियमित गस्ती बढाउने बताए।
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल परिचालन भएपछि पहिलो पटक सीमा सम्बन्धी अर्न्तक्रियाको आयोजना भएको हो। गोष्ठीमा परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, भूमि सुधार विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, नापी विभागका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका अवकास प्राप्त उच्च अधिकृतहरु सहभागी छन्।
Leave a Reply