स्रोत: अनलाईन खबर
दाङ, बाँके लगायतका सीमाक्षेत्रमा नेपाली भूमि र सर्वसाधारणमाथि भइरहेको ज्यादतीको बिरोधमा आज बिश्वभरका नेपालीहरुले अनलाइनमार्फत बिरोध प्रदर्शन गरिरहेका छन् ।
न्यूज पोर्टल, ब्लग तथा फेसबुकजस्ता संजाहरुमार्फत भारतीय अतिक्रमण र हस्तक्षेपको बिरोधमा बिभिन्न सामाग्री तथा बिचार प्रकाशन भइरहेका छन् (यो लिंकमा गएर आफ्ना मत राख्न सकिन्छ) ।
भारतीय सीमा सुरक्षा बल एसएसवीको प्रत्यक्ष सहभागीतामा सीमाक्षेत्रका नेपाली चेलीहरुमाथि बलात्कार र बेपत्ता बनाउन थालेपछि दाङ लगायतका जिल्लाका सीमाक्षेत्रवाट हजारौं नागरिक बिस्थापित भएका छन् ।
भारतीय राजदुत राकेश सुद र नेपालका परराष्ट्रमन्त्री सुजाता कोइरालाले सीमामा ज्यादती नभएको भनेपनि अध्ययनका लागि गएको संसदीय टोलीले भारतीय पक्षबाट ज्यादती भएको पुष्टी गरेको छ ।
संसदीय टोलीले सीमा क्षेत्रबाट एकै परिवारका दुई भन्दा बढी नेपाली चेली हराइरहेको, बिवाहित महिलालाई समेत उनकै श्रीमानका अगाडी बलात्कार गरिएको र गाउँ छाडेर भाग्न बाध्य बनाइएको प्रतिवेदन दिएको छ ।
Leave a Reply