Feeds:
Posts
Comments

स्रोत: कान्तिपुर

-डा. केदार कर्माचार्य

जन्डिस अर्थात् कमलपित्त एउटा यस्तो अवस्था हो जसबाट ग्रसित व्यक्तिको रगत परीक्षण गर्दा बिलिरुविनको मात्रा १ मि.ग्रा. प्रतिशत भन्दा बढी हुन्छ । परिणामस्वरूप रगत पित्तमय भएर अनुहार, आँखा, ओठ, नङ आदि हलेदो रंगको तथा पिसाब गाढा पहेँलो देखिन्छ । यस अवस्थामा पित्त आन्द्रामा नगएर रगतमा जाने भएकाले शरीरका विभिन्न भाग पहेँला देखिन थाल्छन् ।

यो समस्या हाम्रो मुलुकमा वर्षभरि नै रहे तापनि विशेष गरी गर्मी र वर्षायाममा नवजात शिशुदेखि वृद्धवृद्धाहरूलाई समेत पिरोलेको पाइन्छ । वास्तवमा जन्डिस आफैं कुनै रोग नभई कलेजो, पित्ताशय, पित्तवाहकनलीको साथै शरीरका अन्य कतिपय अंगमा नकारात्मक समस्या आइपर्दा उत्पन्न हुने लाक्षणिक अवस्था मात्र हो ।

Continue Reading »

स्रोत: नागरिक दैनिक

-डा. भारत रावत, डा. अभिनव वैद्य

नेपालमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ। दुई दशकमा यो समस्या तीन गुणा बढेको हालैको एक अध्ययनले देखाएको छ। नेपालमा प्रत्येक पाँचजना प्रौढमध्ये एकजनामा उच्च रक्तचापको समस्या रहेको पटक-पटक गरिएको अध्ययनले देखाएको छ। नेपालका करिब ४० लाख प्रौढहरूमा उच्च रक्तचापको समस्या छ।

दुर्भाग्य भनूँ, उच्च रक्तचापका अधिकांश बिरामी आफ्नो अवस्थाबारे सचेत छैनन्। सचेत हुनेमध्ये पनि थोरैले मात्र उचित रूपमा रक्तचाप नियन्त्रण गरेको पाइन्छ। विकसित मुलुकमा पनि करिब ४० प्रतिशत जतिले मात्र यसको उपचार गराउँछन्। १४ वर्षदेखि नर्भिक हस्पिटलले मुलुकका विभिन्न भागमा यससम्बन्धी शिविर आयोजना गर्दै आएको छ। नेपालका सहरी क्षेत्रका मानिसहरू मध्ये १८ देखि २० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ।

Continue Reading »

स्रोत: ई-कान्तिपुर

-डा. खगेन्द्रप्रसाद लुइटेल

अन्तर्राष्ट्रियकरण भइसकेको र लगभग मानक रूप धारण गरिसकेको अवस्थामा नेपाली भाषामाथि चलखेल सुरु गरिएको छ र यसले विशेषतः शिक्षक-विद्यार्थीलाई अन्योलग्रस्त तुल्याएको छ । पठनपाठनमा भइरहेको एकरूपता पनि भङ्ग भएको छ । नेपाली भाषा नेपाली जातिको अस्तित्वसँग गाँसिएको हुँदा व्यक्तिगत स्वार्थभन्दा निकै माथि उठेर यसको विकासतर्फ अग्रसर हुनु आवश्यक छ ।

यसबेला भाषासम्बन्धी दुई खाले दृष्टिकोण बढी चर्चामा छन् । तिनमा एउटा पश्चगमनतर्फ उन्मुख छ भने अर्को अग्रगमनका नाममा अराजकता निम्त्याउनेतर्फ उन्मुख छ । यी दुवै अतिवादी दृष्टिकोण भएकाले यिनले अन्ततः भाषालाई खति नै पुर्‍याउँछन् । नेपाली भाषामा अहिले उठाइएको मुख्य समस्या वर्णविन्याससँग सम्बद्घ छ । वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठीक रखाइ वा नियमबमोजिमको लेखन हो । ठीक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हुँदा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ । नेपाली भाषाको विशेषता नै वर्णविन्यासमा केन्दि्रत छ । ह्रस्व, दीर्घ, श, ष, स, चन्द्रबिन्दु, सिरबिन्दु, पदयोग, पदवियोग आदिलाई नेपाली वर्णविन्यासअन्तर्गत समेटिन्छ । नेपाली वर्णविन्याससम्बन्धी प्रयोगबाटै स्थापित विभिन्न नियमहरू छन् र धेरजसोले मानक रूपधारण गरिसकेको स्थिति छ भने कतिपय नियम विज्ञहरूको बौद्धिक बहसबाट संशोधन, परिमार्जन गर्न सकिन्छ र बेलाबखत भइरहेका पनि छन् । भाषा परिवर्तनशील भएकाले यससम्बन्धी नियम पनि समय, परिस्थिति, प्रयोग र आवश्यकताअनुरूप बेलाबेला परिवर्तन भइरहन्छन् । यो भाषाको नैसर्गिक गुण हो तर परिवर्तनका नाममा स्थापित मूल्यमान्यतालाई पूरै भत्काउने काम उपयुक्त हुँदैन । यतिखेर कतिपय गतिविधि त्यस्तै देखिन थालेका छन् ।

  Continue Reading »

स्रोत: कान्तिपुर

प्रा. कुमारबहादुर जोशी

नेपाली साहित्याकाशका तीन तारा (-लेखनाथ, सम र देवकोटा) मध्येका एक नाट्यसम्राट् बालकृष्ण समले भन्नुभएको छ:

भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति

जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी ।

‘शब्द’ नामको ज्योति अर्थात् भाषा-भास्कर नहुने हो भने यो सारा संसार प्रगाढ अन्धकारमा विलीन बन्ने थियो भन्ने उक्ति संस्कृतमा पनि पाइन्छ:

इदमन्धतमः कृत्स्नं जायेत भुवनत्रयम्

यति शब्दाऽवयं ज्योतिरासंसारं न दीप्यते ।

हुन पनि हेर्ने आँखा छन्, दृश्य पदार्थ वा प्राणीहरू पनि आँखा सामु नै छन् अनि उज्यालो अर्थात् सूर्य वा बत्तीको प्रकाश पनि प्राप्त नै छ भने पनि यदि ती दृश्य पदार्थ वा प्राणीलाई अथवा तिनका रूपाकृति वा गतिविधि आदिलाई बुझाउने शब्द वा भाषा हामीसँग छैन भने ती सबै गाढा अन्धकारमा विलीन भएसरह नै हुन्छन् । यस्ता उक्ति-उदाहरणबाट हामी भाषाको अपरिमित महिमाको आकलन सहजै गर्न सक्तछौं ।

Continue Reading »

स्रोत: ई-कान्तिपुर

-डा. मनप्रसाद वाग्ले

विद्यालय पुनर्संरचनाको प्रस्तावले एसएलसीलाई क्षेत्रीय स्तरमा र १२ कक्षालाई अहिलेको एसएलसी जस्तो राष्ट्रिय परीक्षाको रुपमा लिने प्रावधान गरेको छ ।”

यस वर्षको एसएलसी परीक्षाको अन्तसँगै ७८ वर्ष लामो इतिहास बोकेको राष्ट्रिय एसएलसी परीक्षाको आयु अब एक वर्ष मात्र बाँकी छ । एसएलसीलाई नेपालमा सबैभन्दा बढी महत्त्व दिइएको परीक्षाका रूपमा लिइन्छ । पहाडी ग्रामीण भेग देखि तराई भेगसम्म एसएलसी एउटा यस्तो मापन विन्दु बनेको छ, जसलाई आधार बनाएर व्यक्तिको पहिचान गरिन्छ । बजारमा जागिर खोज्न होस् वा केटीहरूको विवाहको न्यूनतम योग्यता होस्, एसएलसी उत्तीर्ण भए वा नभएको कुरा बढी चासोको विषय बन्छ । सरकारी जागिरमा राजपत्र अनङ्कति द्वितीय श्रेणीको पद वा प्राथमिक तहको शिक्षकको न्यूनतम योग्यता नै एसएलसी उत्तीर्ण राखिएको छ । घरको आर्थिक अवस्थामा सहयोग गर्नुपर्ने कैयौं युवा एसएलसी उत्तीर्ण गरे लगत्तै खरदार पदमा लोकसेवा दिने तयारी गर्छन् । एसएलसी पनि गर्न नसकी पियन पदमा हल्लिनु पर्ने बाध्यतामा हजारौं युवा परेका छन् । यसरी एसएलसी एउटा यस्तो सन्दर्भ विन्दु बनेको छ, जसबाट जीवनका विभिन्न पाटोमा प्रभाव पर्न गएको छ ।

Continue Reading »

स्रोत: नागरिक दैनिक

-दयानन्द बज्राचार्य

ईश्वरको अस्तित्वमा विश्वास गर्नु युक्तिहीन, अतार्किक वा अवैज्ञानिक हो? हुनत, अहिलेका धेरैजसा प्रसिद्ध वैज्ञानिक निरीश्वरवादका समर्थक छन् तर विगतमा, र आज पनि, धेरै वैज्ञानिक ईश्वरको अस्तित्वमा विश्वास गर्छन् ।

निकोलस कोपर्निकस (१४७३-१५४३) पोल्यान्डका खगोलशास्त्री थिए। उनले पहिलोपल्ट ग्रहहरू सूर्यको वरिपरि घुम्छन् भन्ने गणितमा आधारित सिद्धान्त प्रस्तुत गरेका थिए। उनी सन् १४९७ मा क्याथलिक चर्चको पादरी बनेका थिए। कोपर्निकसले आफ्नो नयाँ सिद्धान्त पहिलोपल्ट सन् १५३३ मा इसाई धर्मगुरु पोप क्लिमेन्ट सातौँको उपस्थितिमा पोपको निवास भाटिकनको उद्यानमा प्रस्तुत गरेका थिए। पोपले कोपर्निकसको सिद्धान्तलाई स्वीकृति प्रदान गरेका थिए। कोपर्निकसले आफ्नो प्रस्तुतिमा ईश्वरको बारम्बार उल्लेख गरेका थिए। उनी आफ्नो सिद्धान्त र बाइबलबीच कुनै असहमति नभएको बताउँथे।

Continue Reading »

स्रोत: ई-कान्तिपुर

डा. सुरेशराज शर्मा

शिक्षा क्षेत्रमा लाग्नेहरूले सिक्नैपर्ने र अरूलाई पनि सिकाउनै पर्ने केही कुरा छन् । जस्तैः बालक पन्ध्र वर्ष नपुगुन्जेल उसलाई जबरजस्ती शारीरिक श्रम पर्ने काममा लगाउनु हुँदैन, घरमा बाबुआमाका काममा सामान्य रूपले सघाउने सम्मको काममा चाहिँ लगाउन सकिन्छ ।

६ वर्षको विद्यार्थी १ कक्षामा पढ्न थाल्यो भने ८ कक्षा पूरा गर्दा १४-१५ वर्षको हुन्छ । तसर्थ कक्षा ८ सम्म अनिवार्य शिक्षा हुनुपर्छ । बढी परीक्षा लिई फेल गर्ने शिक्षा भन्दा विद्यार्थीलाई पढाइमा लगाउन नसक्ने शिक्षक पहिले फेल भई उसको जागिर गुम्छ भनी मिहिनेत गर्न लगाउने व्यवस्था हुनुपर्छ । त्यसो गर्न निजीले सक्ने तर सामुदायिक विद्यालयहरूले किन नसक्ने ? यसतर्फ गम्भीर भई सोच्नुपर्छ ।

Continue Reading »

उन्मत्त

सुर हराएको

विवेकशुन्य

मानव परिसर,

दण्डहीनता फुल्दैको

बद्नामी

निरीह नाम-राज्य,

Continue Reading »

स्रोत: ई-कान्तिपुर

-खगेन्द्र संग्रौला

दुर्भाग्यवश, युवा वयमा कवि हुनलाई अलि दिन कनेर पनि म कवि हुन सकिन । भएको भए शोकको यो उत्ताल भावना म काइदाले कविताको भाकामा लेख्दो हुँ । त्यसको शीर्षक ‘बाबुरामको छवि अवसानमा शोकगीत’ हुन्थ्यो । र सायद मेरो मनमा उर्लिएको आक्रोशयुक्त शोकको तीव्रता कविताको संक्षिप्त, सूत्रबद्ध र सघन संरचनामा गजपले अभिव्यक्त हुन्थ्यो । तर के लाग्छ, आफूले जानेको जम्मा यही नाथे रूखो गद्य छ । त्यसैले गद्यमै सही, सक्कली बाबुराम हराएको सूचना जगत्छेउ सञ्चार गर्न उदास मुद्रामा म आफ्नो अभिन्न मित्र ल्यापटपसामु बसेको छु ।

Continue Reading »

स्रोत: नेपाल साप्ताहिक

-विकल्प अधिकारी

नेपालमा हेलाँ गरिने गुन्द्रुकमा तौल अनुसार ४५ प्रतिशतसम्म आइरन पाइन्छ भन्दा अचम्म लाग्न सक्छ। तयारी खानेकुराका बट्टामा क्लोरिन, आइरन, कार्बाहाइड्रेट र प्रोटिनको मात्रा लेखेको हेर्ने हामीलाई गुन्द्रुकमा पाइने आइरनको मात्रा बारे थाहा हुँदैन। सन् २००३ मा इन्डियन जर्नल अफ माइक्रोबायोलोजीमा प्रकाशित जेपी तामाङको अनुसन्धानले प्रतिसय ग्राम सुक्खा गुन्द्रुकमा ४ सय ४३ दशमलव १ मिलिग्राम आइरन, १ सय २० दशमलव ५ मिलिग्राम क्याल्सियम, १४ दशमलव ६ मिलिग्राम प्रोटिन र २ दशमलव ५ ग्राम धूलो जस्ता पदार्थ हुने देखाएको छ। उच्च मात्रामा अर्गानिक एसिड र कम पीएच हुनाले यसले अत्यधिक भोक जगाउँछ र यसलाई धेरै समय सम्म सुरक्षित राखेर उपयोग गर्न पनि सकिन्छ।

Continue Reading »