Feeds:
Posts
Comments

गजल

आफ्नै जस्तो अरुको नि, दिल जल्ने देखोस् संसार

बाँच्नु पर्ने विवशतामा, दिन ढल्ने देखोस् संसार

**

दु:खको धन आफ्नै मात्रै, अरु सित्तै ठान्छन् यहाँ

पसिनाको पोखरी बीच, सुख फल्ने देखोस् संसार

**

Continue Reading »

स्रोत: ई-कान्तिपुर

-झमक घिमिरे

यतिबेला मलाई प्रजातन्त्र स्वतन्त्रताको कुरो गर्दा हिमालसँग सोध्न मन लाग्छ- तँ कहिले कुण्ठित थिइस् ?’ पहाडसँग सोध्न मन लाग्छ- तँ कहिले बन्धनभित्र थिइस् ?’ अनि तराई मधेससँग सोध्न मन लाग्छ- तँ पनि कुन सीमाभित्र बाँधिएको थिइस् । कुनै बन्धन र सीमाभित्र छैनन्, कुनै कुण्ठाभित्र पनि छैनन् । तर बन्धन केको ? कुण्ठा केको ? सीमा केको ? र विवाद केको ? उही मान्छेको ? त्यसो भए सबै कुराको जड मान्छे हो । यो समयमा पनि हिमालको भारी बोकेर पेट पाल्ने लाक्पाले प्रजातन्त्रको अनुभूति गर्नपर्‍यो । उसको जीवनशैलीमा के परिवर्तन ैल्यायो ? पहाडको दिनभरि मजदुरी गरेर आफ्ना बचेरा पाल्ने भुन्टे दाइको दिनचर्यामा के फरकपना देखियो ? अनि तराई, मधेसको दिनरात नभनी पसिना बगाएर खाने रामझिगान पासवानको जिन्दगीमा के उपलब्धि भयो ? तलका मान्छेहरूका लागि हिजो पनि उस्तै थियो, आज पनि उस्तै छ । सायद भोलि पनि उस्तै हुनेछ । यहाँ काम गरेर बाँच्ने मान्छेहरूको श्रमसँग सरोकार होइन, तर प्रजातन्त्र र स्वतन्त्रताले उनीहरूको जिन्दगीलाई के कतिको सकारात्मक प्रभाव पार्‍यो भन्ने सवाल उठाउन खोजिएको हो ।

Continue Reading »

स्रोत: नेपाल साप्ताहिक

-मनबहादुर बस्नेत

“रेस्टुराँमा छिर्नासाथै नेपालीहरू आधा घन्टा जति मेनु पल्टाउँछन्। अन्त्यमा चाहिँ मःम अर्डर गर्छन्,” कांग्रेस सभासद् गगन थापालाई एक वर्षअघि ‘नेपालीको स्वभाव’ शीर्षकमा यस्तै इमेल आयो। सुन्दा उट्पट्याङजस्तो लागे पनि इमेलमा लेखिएको कुराले गगनको मन छोएछ। “यसो सोच्दा त म पनि यही स्वभावको पो रहेछु,” आफ्नो खानपिन स्वभावबारे उनी निचोड सुनाउँछन्, “रेस्टुराँ पुग्दा कसो कसो मःम नै अर्डर गरिंदो रहेछ। अब त मःम जीवनको एक अंग नै भइसक्यो।”

गगनको जस्तै धेरै सहरयिाको अभिन्न खाना बनेको छ, मःम। २०३८ सालदेखि वसन्तपुरको प्याफलमा सोखका रूपमा मःम बेच्न थालेका अशोक विनायक मःम पसलका सञ्चालक गंगाराम श्रेष्ठको अनुभवमा उतिबेला फाट्टफुट्ट मानिसले मात्रै मःमको स्वाद लिने गर्थे। “त्यतिबेला कसैकसैले मात्र खान्थे,” श्रेष्ठ ती दिन सम्झन्छन्, “कतिपय त लुकेर खान्थे। औँसी, पूणिर्माका दिन मःमको बिक्री शून्य हुन्थ्यो।”

Continue Reading »

स्रोत: कान्तिपुर

-साधना प्रतीक्षा

हरेक वर्ष पुस शुक्लपूणिर्मा देखि माघ शुक्लपूणिर्मा सम्म हिन्दु नारीहरूले अत्यन्त श्रद्धासाथ श्री स्वस्थानीको व्रत गर्ने परम्पराअनुरूप यस वर्ष पनि व्रत गरिरहेका छन् । विगतका तुलनामा हाल व्रतालुको संख्या बढ्दो र व्रत गर्ने तरिका पनि औपचारिक बन्दै गएको देखिन्छ । शाली नदीमा स्नान गर्ने मात्र नभएर त्यहीँ बसेर महिनादिनभरि विधिपूर्वक व्रतको अनुष्ठान गर्ने महिलाहरूको संख्या उल्लेख्य रहेको छ । कति महान् छन्, हिन्दु नारीहरू ! पुस-माघको जाडोमा घरमा आगो तापेर वा वातानुकूलित कोठामा आनन्दसँग नबसेर नदी तटका धर्मशालामा बसेर महिना दिन लामो व्रत गर्छन्, आफ्नो परिवारको मंगल कामना गर्दै । तर विडम्बना ! नारीरूले गर्ने नारीरूपी स्वस्थानी देवीको व्रतकथामा उल्लिखित व्रतविधि अनुसार व्रत पूरा गरेपछि प्रसाद झिक्ने प्रसंगमा एक सय आठ विविध प्रसाद सामग्रीमध्ये आठ-आठ छुट्याएर ‘…पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरो नभए मीत छोरालाई दिनु, मीत छोरो पनि नभए मेरो फलानो कामना सिद्ध होस् भनी गंगामा बगाउनु’ भनेर लेखिएको छ । कति ठूलो विभेद गरिएको छ यहाँ छोरीमाथि । त्यो प्रसाद पति नभए मीत छोराको सट्टा आफ्नै छोरीलाई दिनु भनिएको छैन ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-डा.सरोज ओझा

डिप्रेसन अर्थात् दिग्दारी रोगले यतिवेला नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नो प्रभाव बढाउँदै गएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ । त्यस हिसाबले नेपालमा पनि २६ लाखभन्दा बढी नेपाली डिप्रेसनबाट ग्रसित छन् भनेर बुझ्न गाह्रो पर्दैन । त्यति मात्रै कहाँ हो र, संगठनले डिप्रेसन नियन्त्रणका लागि चामत्कारिक उपाय नगरेमा सन् ०३० सम्ममा संसारकै ‘नम्बर एक’ स्वास्थ्य समस्या बन्ने भविष्यवाणीसमेत गरेको छ । डिप्रेसन अहिले संसारको दोस्रो ठूलो समस्याका रूपमा आएको छ ।

डिप्रेसन मात्रै यस्तो रोग हो, जो विकसित तथा अविकसित राष्ट्रमा समान दरमा फैलिएको छ । कारण फरक हुन सक्लान् तर युरोप तथा अमेरिकी जनतामा जसरी समस्या बढेको छ, त्यसैगरी नेपालीमा पनि समस्या देखिएको छ ।

Continue Reading »

स्रोत: कान्तिपुर

-प्रदीप ज्ञवाली

पुरुष स्वयम्ले आफ्नो सम्मान कसरी गर्न सक्छन्, यदि महिलाका लागि उनीहरूका मनमा कुनै सम्मान छैन भने ?
कमला भासिन

जतिबेला नेपाली महिलाहरू हिंसा विरुद्धको १६ दिने विशेष अभियान सञ्चालन गरिरहेका थिए, त्यति नै बेला महिलामाथिका कहालीलाग्दा हिंसाका शृङ्खलाहरू देखापरे । जिउँदै जलाइएकी किशोरी शिवा हासमी, वैदेशिक रोजगारीबाट फर्किंदा अध्यागमन कर्मचारी र प्रहरीबाट  कार्यालयमै लुट र बलात्कारको सिकार भएकी भोजपुरकी युवती र ट्युसन पढ्न जाने क्रममा रहस्यमम ढङ्गले हत्या गरिएकी विन्दु ठाकुरको हत्याले नेपाली समाज महिलाहरूका लागि कति बिघ्न ‘भल्नरेबल’ भइसकेछ भन्ने डरलाग्दो सङ्केत गर्छ । दुःखद संयोग होला, तर हिंसा विरुद्धको अभियान सञ्चालन भइरहेकै बेला र संसदबाट घरेलु हिंसा लगायत महिला विरुद्धका अपराधविरुद्ध कठोर कानुनहरू निर्माण भएको लगत्तैपछि जस्तो ती सबलाई चुनौती दिंँदै बढ्न थालेका यस्ता घटनाहरूले हाम्रो सामाजिक-सांस्कृतिक संरचना, हाम्रो न्यायप्रणाली र हाम्रो कथित ‘सभ्य’ पहिचान बारेमै गम्भीर प्रश्न खडा गरेका छन् ।

Continue Reading »

स्रोत: नागरीक (शुक्रबार)

-डा. प्रकाशराज रेग्मी

हिजोआज मुटुसम्बन्धी रोग भएका मानिस धेरै छन्। उच्च रक्तचाप, उच्च कोलेस्टरोल, युरिक एसिड, मधुमेह, हृदयाघात आदि घर-घरका समस्या भइसकेका छन्। मुटुका रोगीहरूले अस्पताल खचाखच भरिएका छन्। भर्खरै स्थापना भएको शहीद गंगालाल मुटु रोग अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन। मुटुको अप्रेसन गराउन एक वर्ष लामो लाइनमा कुर्नुपर्ने भइसकेको छ। निजी अस्पतालहरूमा पनि बिरामीको कमी छैन। दैनिक चारपाँच हजार रुपैयाँ पर्ने मेडिकेयर र नर्भिकमा सिसियूका शैयाहरू पनि हृदयाघात भएका रोगीहरूले भरिएका छन्। नयाँ-नयाँ निजी अस्पताल र नर्सिङ होमहरू खुलिरहेका छन्। लगानीकर्ताहरू स्वास्थ्य सेवामा प्रशस्त पैसा लगाउन इच्छुक छन्। स्वास्थ्य सेवाको व्यापार फस्टाइरहेको छ।

Continue Reading »

स्रोत: कान्तिपुर

-डा.वासुदेवकृष्ण कोइराला

शरद् ऋतुको कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाको दिन सम्मका पाँच दिनलाई यमपञ्चक भनिन्छ । न्यायका देवता यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरी दीपावली उत्सव मनाएको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यमपञ्चकको पहिलो दिन बिहान घरलाई शुद्ध र पवित्र रंगीचंगी बनाई वैदिक विधिविधान अनुसार यमदूतका रूपमा कागको पूजा गरी भोजन इत्यादि दिइन्छ । सन्ध्याकालीन समयमा आँगन या तुलसाको मठमा सातवटा दीयो बाल्नुपर्छ । आरोग्यका देवता धन्वन्तरीको पूजा गरेर सदासर्वदा सबैको निरोगिताको कामना गर्नुपर्ने शास्त्रीय मान्यता छ । यमपञ्चकको पाँचै दिन घर-घरमा दीपावली गर्नुपर्छ । वैदिककालीन सभ्यतामा विश्व पन्छी दिवस काग तिहार, विश्व गाई दिवस गाई तिहारका रूपमा निरन्तर चलिरहेको छ । तमसो मा ज्योतिर्गमयको भाव सनातन हिन्दु वैदिक परम्पराको मूलमन्त्र हो । अन्धकारबाट उज्यालोतर्फ जाने पर्व दीपावली हो ।

Continue Reading »

स्रोत: अनलाईन खबर

कृष्ण अविरल

नेपाली समाजमा प्रचलित लोकभाकाहरुमध्ये अति लोकप्रिय भाका हुन् देउसी-भैली । विशेषतः तिहारको लक्ष्मी पूजाको दिन कुमारी केटीहरुले सामुहिक रुपमा भैली गाउने र त्यसको भोलिपल्टदेखि केटाहरुले देउसी खेल्ने परम्परा भए पनि अहिले सामुहिक रुपमा देउसी-भैली गाउन थालिएको छ । खेल्ने दिन पनि काग तिहारदेखि भाइटीकाको भोलिपल्टसम्म जारी रहन्छ । राजनीतिक दलका सांस्कृतिक भातृ संगठन र कतिपय संघसंस्थाहरुले त देउसी भैलीलाई संस्थागत आयआर्जनको माध्यम पनि बनाएका छन् । यसका नाममा कतिपय घरधनीलाई सताउने र चर्को आवाजमा गानबजान गरेर ध्वनि प्रदूषण समेत गर्न थालिएको छ । विकृति बढेकाले सरकारले समेत नियम बनाएर कडाइ गर्नु पर्ने बाध्यता बन्दै गएको छ ।

Continue Reading »

स्रोत: कान्तिपुर

-डा. अंशुमाली जोशी

यदि तपाईंलाई मधुमेह छ भने जीवनयापनको शैली परिवर्तन गर्न आवश्यक हुन्छ । सधैं स्वस्थ खानाका साथै नियमित व्यायाम गर्नु जरुरी हुन्छ । रोग नियन्त्रणका लागि औषधी पनि खानुपर्ने हुनसक्छ र कसैलाई इन्सुलिनको इन्जेक्सन लगाउनुपर्ने हुन सक्छ । साथै नियमित रगतमा सुगरको मात्रा जाँच्नुपर्छ ।

खानपिन: मधुमेहका बिरामीका लागि कुनै विशेष खानाको जरुरत पर्दैन । हामीले हरेक दिन खाने खानाबाट नै स्वस्थ खानाको व्यवस्था गर्न सक्छौं । तर निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ –

Continue Reading »