Feeds:
Posts
Comments

स्रोत: नागरिक दैनिक

-सामीप्य तिमल्सेना

Imageगायक उदितनारायण झालाई चिनाउन ‘उनको नामै काफी छ’ भन्ने जस्ता ‘क्लिसे’ विशेषणको जरुरी छैन। लता मंगेशकरले गाएको ‘मेरी आवाज ही मेरी पहचान है’ भने झैं उदितको आवाज नै उनको परिचयको पर्याय बनेको छ। भारत वर्षमा सर्वाधिक रुचाइएका गायकको लोकप्रियता कति छ भन्ने कुरा गुगलमा उनको नाममा देखाउने १४ लाखभन्दा ज्यादा नतिजाले पनि बताउँछन्।

Continue Reading »

स्रोत: कान्तिपुर

-झमक घिमिरे

हावाको स्पर्शले रूखपात हल्लिएका छन् । नजिकैका सल्लाहरू सुसाएर के के साउती गर्छन् । सायद भन्दा हुन्- हामीले कति हिउँद काट्यौं, कति झरी, बादल, असिना पानी थेग्यौं । भो जिन्दगी पनि दिक्क लाग्न थालिसक्यो । अब नयाँ पालुवाले पालो दिए हुन्थ्यो । साँच्चै जिन्दगी लामो भएपछि दिक्क लाग्छ क्यारे । त्यसैले त बूढापाकाहरू भन्छन्, सार गइदिइहाले आनन्दै हुन्थ्यो । यो कलिकति त जन्म, ज्युनु र जीउमा पनि भर पर्ने कुरा होला । कसैलाई उमेरले धेरै फाल हानेपछि भर्खरको जवानीले छोड्न सक्दैन । कसैलाई भने असमयमै जिन्दगी झुसिलो लाग्छ, अशान्त, अपि्रय र अनाम लाग्छ । र धर्तीबाट जिन्दगीलाई अनाम यात्रातिर धकेल्न खोज्छन् । यस लोकको अनाम यात्रा गर्न खोज्छन् । कमसेकम सल्लाहरू त एउटै ठाउँमा स्थिर रहन्छन् । जिन्दगी पनि स्थिर छ, जिन्दगीसँग दिक्क लागे पनि उनीहरू त्यही जिन्दगीलाई टेकेर उभिइरहन्छन् । उनीहरू आफैंमा स्थिर छन् अचल र अटल रहनुसँग पनि जिन्दगीको एउटा खासाकै मज्जा हुँदोरहेछ क्यारे । आफैंमा अशान्त, अपि्रय, अनाम बनेर नबाँच्नु पनि आनन्द नै हो । तर मान्छेसँग एउटा मन हुन्छ त्योसँग कैयौं धमिलोपन हुन्छ सङ्लोपन पनि त्यहीँ हुन्छ । मान्छे अस्थिर छ, ऊ अचल र अटल छैन । छिनछिनमा रूप रंग फेर्छ, आकार फेर्छ, विचार फेर्छ । त्यही मान्छेको अस्थिरपनसँग कताकता निराशाका गुजुल्टासँगै मान्छे आफैं हराउँछ र जिन्दगी त्यसै हराउँछ ।

Continue Reading »

स्रोत: कान्तिपुर

-घिमिरे युवराज

संकटमा परेको पन्क्षी गिद्धको संरक्षणमा सिरहाका एकजना शिक्षक लागिपरेका रहेछन् । गिद्धको बासस्थान र आहारा संकटमा छ । त्यसका लागि उनले एउटा उपाय निकालेछन् । मरेका गाईगोरु बटुलेर गिद्धलाई खुवाउने । अभियानमा केही राजनीतिक कार्यकर्ताले रोक लगाए । ती कार्यकर्ताको राष्ट्रियतासँग जोडिएको तर्क बढो बलियो थियो- ‘अमेरिकाको राष्ट्रिय पन्क्षी गिद्ध हो । अमेरिकाको राष्ट्रिय पन्क्षी गिद्धलाई गाई खुवाउने ? यो राष्ट्रघाती काम हो ।’ सोचमग्न भएँ, हामी युवाको राजनीतिक चेतना कहाँ छ ? राजनीतिक प्रशिक्षण चलाउने हाम्रा नेताहरू आफ्ना कार्यकर्तालाई के सिकाउँछन् ? यस्ता धेरै राजनीतिक अन्धविश्वास र अज्ञानता जोडिएर हामी यो बेथिति भोग्दैछौं । रंगकर्म गर्ने म उकुस-मुकुस भएर यो लेख लेख्दैछु । गिद्ध, अमेरिका, गाई र राष्ट्रियताको ‘आइरनी’ नेपाली राजनीतिक चेतनाको मुटु हो भन्ने मलाई लाग्छ । धेरै हप्तादेखि यो ‘आइरनी’ सजिलो र अप्ठ्यारो अर्थमा म गम्दो छु ।

Continue Reading »

स्रोत: ई-कान्तिपुर

-नविन पोखरेल

पिस् प्यालेसले परिचित नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (इन्टरनेशनल कोर्ट अफ जस्टिस्) भवनमा बुद्ध प्रतिमा स्थापना भएको छ । सोमबार दिउसो एक Image.phpऔपचारिक कार्यक्रमबीच न्यायालयको तेश्रो तल्लामा प्रतिमा अनावरण गरिएको हो । चार लाख असी हजार रुपैयांमा खरिद भएको २.५ फिट अग्लो उक्त प्रतिमा बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलले अनावरण गरे । बुद्ध प्रतिमामा ‘बुद्ध वाज बर्न इन लुम्बिनी, नेपाल ६२३ बीसी’ अंकित छ ।

गैर आवासीय नेपाली संघ, बेलायतका सल्लाहकार एवं कपिलवस्तु दिवस अभियानका यूके संयोजक सुरेन्द्र श्रेष्ठको पहल र गैर आवासीय नेपाली संघ (एनआरएनए) को सिफारिसमा प्रतिमा प्रतिस्थापन कार्यले सफलता पाएको हो । नेपाल सरकारका तर्फबाट राजदूत पोखरेल र इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस्का रजिष्टार फिलिप डि कोभरिअरबीच १७ जनवरी, २०१३ मा छलफलपछि ध्यान मुद्रामा बसेको बुद्ध प्रतिमा प्रतिस्थापन गर्ने सहमति भएको थियो ।

Continue Reading »

स्रोत: ई-कान्तिपुर

-नविन पोखरेल

पिस प्यालेसले समेत चिनिने नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालत (इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस्) रहेको भवनमा बुद्ध प्रतिमा राख्ने तयारी अन्तिम चरणमा पुगेको छ । पिस प्यालेसको स्वामित्व लिएको कर्नेगी फाउण्डेशनले अनुमति दिएपछि आगामी जुन तेश्रो साता स्वीट्जरल्याण्डमा हुने एनआरएनए युरोपियन क्षेत्रीय सम्मेलन अघि १९ जुनमा प्रतिमा राख्ने तय भएको एनआरएन आइसीसी, बुद्ध प्रतिमा प्रतिस्थापन समितिका संयोजक सुरेन्द्र श्रेष्ठले जनाए । त्यहां राख्न २.५ फिट अग्लो प्रतिमा चार लाख असी हजार रुपैयांमा खरिद भइसकेको जनाउंदै श्रेष्ठले बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेल मार्फत् बुद्धको प्रतिमा हस्तान्तरण गरिने बताए । प्रतिमा न्यायाधीशहरु रहेको भवनको तेश्रो तल्लामा राखिने छ ।

Continue Reading »

स्रोत: कान्तिपुर

-बुद्धिनारायण श्रेष्ठ

बुद्ध नेपालमा जन्मेका थिए । आजभन्दा २ हजार ५ सय ५७ वर्षअघि बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । बुद्धको आमा मायादेवी तिलौराकोटबाट माइती देवदेह जाँदा लुम्बिनी पुगेको बेला प्रसव वेदनाले च्यापी बुद्धको जन्म त्यहीं भएको थियो । पौराणिक वृत्तान्तअनुसार बुद्ध जन्मने बित्तिकै उत्तरतर्फ सात पाइला हिंडेका थिए । उनलाई राजा शुद्धोदनको छोरा राजकुमारका हैंसियतमा ‘सिद्धार्थ’ अनिे भिक्षुका रूपमा ‘गौतम’ र ज्ञान प्राप्तकर्ताका हैसियतमा ‘बुद्ध’ भन्ने गरिन्छ । उनलाई शाक्य वंशका प्राज्ञ (सिद्ध) का कोटिमा ‘शाक्यमुनि’ भन्ने चलन पनि रहेको छ । ज्ञानोपार्जनका लागि २९ वर्षको उमेरमा बुद्धले तिलौराकोट दरबार छाडी भारतमा बुद्धत्व प्राप्तिपछि उपदेशकका रूपमा नेपाल फर्केका थिए । शान्ति, अहिंसा, परमोधर्म जस्ता उनको उपदेश विश्वभर प्रख्यात रहेको छ । उनको जन्म पूणिर्मा तिथिमा भएको थियो भने असी वर्षको उमेरमा पूणिर्मा तिथिकै दिन देहान्त भएको थियो । शाक्यमुनि सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अनेक प्रमाण छन् । त्यस्ता प्रमाणहरूमध्ये बुद्ध जन्मेको ३५० वर्षपछि भारतका सम्राट अशोकले बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण गरेको साढे ६ मिटर अग्लो ‘अशोक स्तम्भ’मा लेखिएको ‘हितबुधे जाते सक्यमुनिति’ अर्थात ‘यहाँ बुद्ध शाक्यमुनिको जन्म भएको’ नै ज्वलन्त प्रमाणका रूपमा रहेको पाइन्छ ।

Continue Reading »

मन

नव वर्ष २०७० का अवसरमा…..

भेलको अनगिन्ती झापड खाए नि

बर्षाको बहुलठ्ठी भोगे नि

मेरो बैखोलोले

मेरो मुरली खोलोले

कहिल्यै बदलाव सोचेन

कहिल्यै बेईमानी गरेन

म त

तिनकै चिसो पानीले पोषिएको मान्छे

Continue Reading »

गजल

मेरो-तिम्रो सम्बन्धको, अमर गीत गाऊ न खुनको

जिउने मेलो थाँती राखी, भेट्ने कसम खाऊ न जुनको

**

एकुन्द्रो भो भेटको बाचा, पैंचो बोली फर्केन खोई

मौनताको मकसद् खोल्न, साक्षात्कारमा आऊ न धुनको

**

Continue Reading »

स्रोत: कान्तिपुर

-डा.पुकारचन्द्र श्रेष्ठ

मृगौला मानव शरीरको जटिल र अनौठो अंग हो । हाम्रो शरीरमा सिमी आकारका मुठ्ठीजत्रा दुइटा मृगौला हुन्छन् जुन मेरुदण्डको दायाँबायाँ पेटमा रहेका हुन्छन् । यिनीहरूले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न कार्य गर्ने गर्छन् । जस्तैः विषाक्त पदार्थ र अनावश्यक पानीलाई बाहिर फ्याँक्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, रातो रक्तकोषिका बन्न मद्दत गर्ने तथा हड्डीहरूलाई स्वस्थ राख्ने । शरीरमा रहेको लवण र खनिज तत्त्वहरू सन्तुलनमा राख्ने तथा अम्ल र क्षारको मात्रा मिलाउनसमेत मृगौलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

विश्वभरी मृगौला रोगीहरूको संख्या नाटकीय रूपमा अकासिँदै गएको पाइन्छ । यसले गर्दा स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक भार थपिँदै गएको छ । विश्वभरि ८-१० प्रतिशत मानिस कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित भएको पाइन्छ । बर्सेनि लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् । नेपालमा ३० लाख व्यक्ति कुनै न कुनै मृगौला रोगबाट पीडित छन् भने बर्सेनि करिब ३००० जनाको मृगौला ‘फेल’ हुने गरेको अनुमान छ । यसबाट प्रत्येक वर्ष करिब ६ अर्ब रुपैयाँ बिदेसिने गरेको विश्वास छ ।

Continue Reading »

स्रोत: नागरीक दैनिक

-स्मृति ढुंगाना

नेपाली संगीतको बजार खस्किँदै गए पनि अञ्जु पन्तको मूल्य बढिरहेको छ। महँगी गायिकाको रुपमा चर्चित छिन् अञ्जुले केही दिनअघि हेटौंडाको एउटा स्टेजमा गाउँदा ५० हजार रुपैयाँ लिइन्। ‘स्वरको माग बढ्न थालेपछि पारिश्रमिक पनि बढाएकी हुँ। निशुल्क गाउनु भनेको पेशाप्रति जिम्मेवार नहुनु हो,’ उनले भनिन्।Anju_ Panta

सांगीतिक क्षेत्रमा पाइला चाल्दै गर्दा उनी दैनिक १४ घन्टा रियाज गर्ने गर्थिन्। हालसम्म ५ हजारभन्दा बढी गीत रेकर्ड भइसकेको उनको भनाइ छ। आधुनिक, लोक र आइटम गीतमा समेत उनी छाएकी छन्। उनी अरुको एल्बममा गीत गाएको १८ देखि २० हजार रुपैयाँ लिने गर्छिन्। कुनैबेला दिनको पाँचवटासम्म गीत रेकर्ड गर्ने उनी अचेल दुइटामात्र रेर्कड गर्ने गर्छिन्। ‘मेरो सम्पति भनेको यही आवाज हो। त्यसैले एक दिनमा दुइटाभन्दा बढी गीत रेकर्ड गर्दिनँ। स्वरलाई आराम दिन्छु। प्राय गीत आधा घन्टामा रेकर्ड गरिसक्छु,’ उनले भनिन्। नेपाली फिल्म र कलेक्सन एल्बममा स्वर दिन उनलाई भ्याइनभ्याइ छ। ‘काममा नयाँ र पुरानो भन्ने हुँदैन। फिल्मको गीत गाउन अप्ठ्यारो हुन्छ। लोकदोहोरी सबैभन्दा सजिलो लाग्छ,’ उनले भनिन्। उनका अधिकांश गीत प्रिज्मा र त्रिवेणी स्टुडियोमा रेकर्ड हुने गरेका छन्।

Continue Reading »