Feeds:
Posts
Comments

स्रोत: कान्तिपुर

जनक नेपाल

क्षत्रिक बच्चा, छुवत है पउवाँ,

घिन से छुवत है ना

बडा मनैवा, होत है दिल से,

जतियस् होत है ना…

अनौठो नमान्नुस्, यी पंक्ति मुनामदनखण्डकाव्यका सूक्तितुल्य पद्य क्षेत्रीको छोरो… मानिस ठूलो दिलले हुन्छ जातले हुँदैननै हुन् । लोक झ्याउरेका पारखी लोकनाथ बर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृतिलाई अवधी भाषामा अनुवाद गरेर बजारमा ल्याएका छन् ।

झ्याउरेको मिठास अवधी भाषामा पनि उस्तै छ,’ अवधी मुनामदनले पनि उत्तिकै जनपि्रयता पाउने विश्वाससाथ नेपालगन्जवासी बर्माले भने, ‘यही लोभले अनुवाद

गरंे ।पूर्वशिक्षक बर्मा अवधी भाषाको साप्ताहिक ग्रामदीपका सम्पादक र टेलिफिल्म निर्देशक पनि हुन् ।

दुई दशकभन्दा बढी अंग्रेजी पढाएर रिटायर उनी पछिल्लो समय अवधी भाषाका टेलिभिजन रिपोर्ट, डकुमेन्ट्री र टेलिफिल्म निर्माणमा सक्रिय छन् । अवधीभाषी समुदायलाई केही नयाँ दिन मुनामदनअनुवाद गरेको उनले बताए ।

त्यो खण्डकाव्यका ठेट नेपाली उखान र शब्द अनुवाद गर्न भने हम्मेहम्मे पर्‍यो,’ उनले भने, ‘कतै नेपालीसट्टा अवधी उखान राखेको

छु ।साग र सिस्नोको सट्टा माडी-गोलाथी राखेर उनले हातका मैला, सुनका थैला के गर्नु धनले…लाई यस रूपमा अनुवाद गरेका छन्- 

हथवक् मैली, सोनवक् थैली,

का होई धनवा से

माडी-गोलाथी, खाब् है बढिया,

प्रसन्न मनवा से…      

पूरै कृति अनुवादमा उनलाई तीन महिना लागेको थियो ।

टाइपिङ र छपाइ ढिलो हुँदा खण्डकाव्य बजारमा ल्याउन एक वर्षजति लाग्यो,’ अवधी भाषामा म्युजिक भिडियो बनाउने तयारीमा लागिरहेका उनले भने ।

देवकोटालाई समेत सर्वाधिक मन परेको मुनामदनका हिन्दी, मैथिली, भोजपुरी, अंग्रेजी, जर्मन लगायत अनुवाद आइसकेका छन् । 

http://www.ekantipur.com/kolnepalinews.php?&nid=182874

स्रोत: कान्तिपुर

डा केदार कर्माचार्य

अपचको समस्याले अधिकांश नेपालीलाई पिरोलिरहेको पाइन्छ । यो समस्याले स्वास्थ्यमा नकारात्मक असर पर्ने निर्विवाद छ । हाम्रो भोजनमा प्रोटिन, भिटामिन, कार्बोहाइड्रेड र खनिज तथा चिल्लो पदार्थ आदि समाविष्ट रहेको हुन्छ ।
पेटभित्र स्टोम्याक -आमाशय), डुयोडेनम -पाकस्थली), इन्टेस्टाइन -आन्द्रा) ले उत्पादन गरेको सम्बन्धित पाचनरस तथा मुखभित्र रहेको सेलेभरी ग्लेन्ड -र्‍याल ग्रन्थि) बाट उत्पादित र्‍यालमा ‘टायलिन’ नामक पाचन द्रव्यले हामीले चपाएर मसिनो भएका कार्बाेहाइड्रेडलाई पचाउने प्रक्रिया शुभारम्भ गर्छ । खाएको पदार्थ आमाशयमा पुगेपछि ग्याष्ट्रिक जुस -आमाशयिक रस) का साथ पेटमा रहेका मांसपेशी तथा स्नायु प्रणालीसमेतको संयुक्त प्रक्रियाले पचाउने काम हुनथाल्छ । आमाशयिक रसमा रहेको हाइड्रोक्लोरिक एसिड -उदर अम्ल) ले खानासँग रहेको हानिकारक जीवाणुलाई नष्ट गर्नुका साथ गाल्ने काम पनि गर्छ भने पेप्सिन नामक तत्त्वले प्रोटिनको प्रथम चरणको तथा ‘रेनिन’ तत्त्वले दूधको पाचन प्रक्रियामा भूमिका खेल्छ । पानी, भिटामिन र खनिज पदार्थ आदिलाई आमाशय र आन्द्राको विशेष कोषहरूले अवचुषण गर्छ । हामीले प्रयोग गरेको खानाबाट पोषण यसरी हाम्रो शरीरले प्राप्त गर्छ भने पाचन प्रक्रिया पश्च्ाातको फोहोर तत्त्व लार्ज इन्टेस्टाइन -ठूलो आन्द्रा) र एनल ओपनिङ -मलद्वार) भएर बाहिर निस्कन्छ । स्मल इन्टेस्टाइन -सानो आन्द्रा) को पहिलो भाग भनिने पाकस्थलीमा प्यान्त्रिmयाज ग्रन्थिले उत्पादन गरेको पाचनरसमा रहेको ‘टि्रप्सिन’ तथा क्रिमोटि्रप्सिन’ तत्त्वहरूले प्रोटिनको दोस्राे चरणको पाचन, ‘आमाइलेज’ तत्त्वले कार्बाेहाइड्रेटको दोस्राे चरणको र ‘लाइपेज’ तत्त्वले चिल्लो पदार्थको अन्तिम चरणको पाचन गर्छ । लिभर -कलेजो) सँग रहेको पित्ताशयबाट नलीको माध्यमबाट पाकस्थलीमा निष्काशन हुने बाइल -पित्त) ले खानामा समाविष्ट रहेको चिल्लो पदार्थलाई पचाउने गर्छ । स्मरणीय छ, विशेष कारणवश शल्यक्रियाद्वारा पित्ताशयलाई यथास्थानबाट निकालिएको अवस्थामा पित्त पाकस्थलीमा प्रवाहित नहुने भएकाले सम्बन्धित व्यक्तिले खाएको चिल्लो पदार्थमा प्रभाव नपर्ने भएकोले अपचको समस्याले ग्रसित हुने हुन्छ ।

अपच हुने कारण
आफ्नो पाचन क्ष्ामताभन्दा बढी खाना राम्राेसँग नचपाएर हतारिएर खानु, धेरै अमिलो, पिरो, चिल्लो र मसला भएको खाना खानु, नपाकेको -काँचो) वा सडेगलेको खाना खानु, प्रदूषित पानी पिउनु, बढी धूमपान तथा मदिरापान गर्नु, मानसिक तनावको अवस्थामा खानु, खाना खानु केही समय अगावै, खाना खाइरहँदा तथा खाना खानेबित्तिकै पानी बढी पिउनु आदि ।

अपचका लक्ष्ाण
खानामा अरुचि हुने, थोरै खाए पनि वायु बढेर पेट फुल्ने, पेटभित्र विभिन्न भागमा वायु घुमिरहेको अनुभूति हुने, पेट कराउने, घोच्ने, दुख्ने, पोल्ने, वाकवाकी लाग्ने, डकार पटक-पटक आउने, मुखमा अमिलोपना आउने, कब्जियत वा पखाला लाग्ने, जिब्रोमा सेतो बाक्लो लेउ टाँसिएको जस्तो देखिने, श्वास गन्हाउने आदि समस्याले गर्दा शरीरमा शिथिलता उत्पन्न हुने, कुपोषण, रक्तअल्पता आदि पनि देखापर्छ ।

उपचार
अल्पाहारबाट पाचन अङ्गमा बोझ कम पर्ने भएकोले छिटो पच्ने खालको खाना उचित मात्रामा धेरैपटक चपाएर खाने, बढी अमिलो, पिरो, चिल्लो, तारे-भुटेको खाना नखाने, माछा, मासु, अन्डा आदि बढी नखाने, मैदाबाट तयार पारिएका चाउचाउ, पाउरोटी तथा अन्य परिकार नखाने, चिया, कफी, जाँड-रक्सी तथा सुर्तीजन्य पदार्थ नखाने, खाना खाइरहँदा र खाइसकेपछि पनि लगभग आधा घन्टासम्म बढी पानी नपिउने, अन्यथा पाचनरसलाई पातलो बनाएर पाचनक्रियामा नकारात्मक असर पर्छ । झोलिलो सागसब्जी तथा मौसम अनुसारको फलफूल सेवन गर्नु हितकर हुन्छ । हलुका शारीरिक व्यायाम, योगासन, प्राणायम तथा ध्यानजस्ता विभिन्न सरल उपाय अपनाउँदा पनि पाचनक्रियामा सकारात्मक असर पर्ने विषयमा दुईमत छैन ।

सतर्कता
रोगग्रस्त व्यक्तिहरूले आ-आफ्नो स्वास्थ्य समस्याअनुरूप नै प्राकृतिक भोजन मध्येबाट छनोट गर्नुपर्छ । मन्दाग्नि तथा पाचनक्रियासँग सम्बन्धित अन्य समस्याबाट पीडित व्यक्तिले आ-आफ्नो समस्याअनुरूप नै प्राकृतिक भोजनहरू मध्येबाट भोजनको छनोट गर्नुपर्छ । अपच समस्याबाट ग्रसित व्यक्तिले उकुसमुकुस हुनेगरी नखाई उचित परिमाणभन्दा बढी नखानु नै हितकर हुन्छ । खानालाई मुखमा राखेपछि नहतारिएर पटक-पटक राम्ररी चपाउनाले मुखको र्‍यालमा रहेका ‘टायलिन’ नामक पाचनतत्त्व उचित परिमाणमा खानासँग मिसिन पाएर खानालाई सजिलोसँग पचाउनयोग्य बनाउँछ । स्मरणीय छ, अल्पाहारबाट पाचन अङ्गमा कम बोझ पर्छ । खाना पचाउनका लागि इन्जाम तथा अन्य औषधीहरू लामो समयसम्म प्रयोग गरिरहनुभन्दा खानपानमा उचित ध्यान पुर्‍याएर त्यसलाई सुरुदेखि नै नियन्त्रण गर्दा पाचनसँग सम्बन्धित अनेकौं समस्याबाट जोगिन सकिन्छ ।

पेटमा जुका, कृमी तथा जीवाणुहरूले संक्रमण हुँदा मन्दाग्नि, झाडापखाला, आउँ कोलाइटिस आदि समस्याबाट ग्रस्त व्यक्तिको दिसामा खाएपछि नपचेको खाना देखिने तथा कुपोषण भई रक्तअल्पता, कमजोरी आदिको निदानका लागि चिकित्सकको सल्लाहअनुसार दिसा र रगतको जाँच गराई यथासमयमै उपचार गराउनु आवश्यक हुन्छ ।

लेखक साढे पाँच दशकभन्दा बढी समयदेखि स्वास्थ्योपचार क्ष्ाेत्रमा संलग्न छन् ।

http://www.ekantipur.com/kolnepalinews.php?&nid=182735

स्रोत: कान्तिपुर

अब्दुल्लाह मियाँ

राष्ट्रिय विधि-विज्ञान प्रयोगशालामा पहिलोपटक मानिस एवं वन्यजन्तुको वंशाणुगत गुण -डीएनए) परीक्षण हुने भएको छ ।
व्यक्ति र उसको आनिबानी पहिचान तथा अपराधसम्बद्ध अनुसन्धानका लागि डीएनए परीक्षण गरिन्छ । प्रयोगशालाका वैज्ञानिक जीवन रिजालका अनुसार एक सातामा अस्टे्रलियाबाट ‘रियल टाइम पीसीआर’ मेसिन भित्रिने भएको छ । करिब ३२ लाख रुपैयाँमा मेसिन ल्याउन लागिएको हो ।
अहिले ताजा रगतबाट मात्र प्रयोगशालाले डीएनए परीक्षण गर्छ । हड्डीबाट डीएनए परीक्षण गर्न प्रयोग हुने ‘लिक्विड नाइट्रोजन पि|mजर मिल’ र ‘हाइबि्रडाइजन ओभन’ नामका दुई मेसिन ल्याइसकिएको रिजालले बताए । करिब १२ लाख रुपैयाँको लागतमा ती मेसिन दुई महिनाअघि ल्याइएको हो । विश्व बैंकको अनुदान कार्यक्रममार्फत प्राप्त ६० लाख रुपैयाँ सहयोगबाट प्रयोगशालाले हड्डीबाट डीएनए परीक्षण सुरु गर्न लागेको हो ।
‘रियल टाइम पीसीआर’ मेसिनबाट डीएनए परीक्षणका लागि मानिस र वन्यजन्तुका हड्डी पिन्न सकिनेे रिजालले बताए । ‘हड्डीमा डीएनए भए/नभएको पत्ता लगाउन तीनवटै मेसिन प्रयोग गरिनेछ,’ विशेषज्ञ रिजालले भने, ‘यसरी डीएनए परीक्षण हुन लागेको पहिलोपटक हो ।’ तर हड्डीभित्रको डीएनए सूक्ष्म हुने भएकाले परीक्षण जटिल हुने उनले बताए ।
‘रियल टाइम पीसीआर’ मेसिनबाट हवाईजहाज दुर्घटना, बम विस्फोट, आगलागीजस्ता घटनाबाट ज्यान गएका व्यक्ति र विभिन्न वन्यजन्तुका हड्डीको डीएनए परीक्षण गर्न सकिनेछ । त्यस्तै बाघको हाड, हात्तीको दाह्रा, गैंडाको खाग, सिंहलगायतका वन्यजन्तुका अंग-प्रत्यङग सक्कली भए/नभएको पत्ता लगाउन पनि यो प्रविधि प्रयोग गरिनेछ ।
‘अन्य अंगजस्तो छिटो नसड्ने र नगल्ने भएकाले हड्डीबाट डीएनए परीक्षण गर्न उपयुक्त हुनेछ,’ रिजालले कान्तिपुरसित भने, ‘मेसिनको अभावमा रोकिएका धेरै वन्यजन्तुका हड्डीको पनि डीएनए परीक्षण हुनेछ ।’

http://www.ekantipur.com/kolnepalinews.php?&nid=182763

स्रोत: नेपाली पोष्ट

नयाँ संविधानमा राख्ने सुझाव संकलनका रुकुम पुगेका सभासद्हरुका टोली नेता लोकेन्द्र बिष्टले अन्य दलका सभासद्हरुले ’दुर्गम’ जिल्ला जाँदैनौं भनेर नाम सूचीबाट नाम कटाएको बताउनुभएको छ ।
रुकुम आएका सभासद्हरु माओवादीका मात्रै भएको भन्दै माओवादीबाहेकका दलहरुले विरोध प्रदर्शन गर्दा झडप समेत भएपछि स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै सुझाव संकलन समितिका २८ नम्बर टोली नेता बिष्टले भन्नुभयो- ’रुकुम आउने सूचीमा नाम परेका कांग्रेस सभासद् गोपालमान श्रेष्ठले सूचीबाट नाम कटाएर तनहुँ जानुभयो ।
त्यसैगरी फोरमका सभासद् ओमप्रकाश यादव नाम कटाएर २२ नम्बर टोलीमा जानुभयो । अन्य सभासद्हरुले पनि नाम कटाएपछि हामीले अन्य दलका सभासद्हरु जबरजस्त बोकेर ल्याउन सकेनौं । हामी माओवादीको निर्देशनमा नभएर संविधानसभा सचिवालयको निर्देशनमा यहाँ आएकाले कुन पार्टीका परे कुन पार्टीका परेनन् त्यो संविधानसभा सचिवालयलाई नै सोध्नर्ुपर्छ ।’
सभासद् लोकेन्द्र बिष्टको विष्टको नेतृत्वमा रुकुम आएका सभासद्हरुमा कमला रोका, इन्द्रजीत र्राई, माया चेपाङ, सङप्रसाद थारु र सुदन राइ रहेका छन् ।
संविधानसभा सचिवालयले रुकुम आउन कांग्रेस सभासद् गोपालमान श्रेष्ठलगायत अन्य दलका सभासद्हरु खटाएको भए पनि उनीहरुले ’हामीलाई दुर्गममा पार्ने’ भनेर बिरोध गरेर सूचीबाट नाम कटाएको पनि बिष्टले बताउनुभयो ।
’मेरो नाम ओखलढुंगा जाने सूचीमा थियो । मैले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ समक्ष म ओखलढुंगा नै जान्छु, अन्य दलका साथीहरुलाई रुकुम पठाउनुहोस् भनेर अनुरोध गरेको थिएँ, उहाँले रुकुम जान कोही पनि मानेन्, तपाई नै गइदिनुपर्‍यो भनेर अनुरोध गरेपछि म यहाँ आएको हुँ’- बिष्टले भन्नुभयो ।
आफू जाने नै भएपछि सबै दलकालाई मिलाएर राखिनुदिनुपर्‍यो भनेर संविधानसभा अध्यक्षलाई पुनः अनुरोध गरिएको जानकारी दिंदै बिष्टले भन्नुभयो- ’उहाँले अरु दलका कोही पनि जान मानेनन् यही टोली लिएर गइदिनुपर्‍यो भनेपछि हामी आएको छौं, हामी माओवादी हुनु नै अपराध भयो भने के भनौं होइन भने संविधानसभा सचिवालयकै निर्देशनअनुसार हामी आएका हौं र काम सम्पन्न गरेर फर्कन्छौं ।’

स्रोत: नयाँ पत्रिका

तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले रक्षा मन्त्रालयका लागि एउटा यस्तो व्यक्ति रोजे, जो उनका कट्टर आलोचक थिए । उनका विरुद्ध सधँै केही न केही बोलिरहन्थे । एकदिन राष्ट्रपतिका एक साथी उनलाई भेट्न आए र रक्षामन्त्रीको कुरा गर्दै सोधे, ‘तपाईंले जुन मानिसलाई रक्षा मन्त्रालय सुम्पनुभएको छ, उसका बारेमा के तपाईंलाई राम्रोसँग थाहा छ ?’ ‘हो थाहा छ, किन के भयो ?’ राष्ट्रपतिले आश्चर्य मान्दै सोधे । तब ती सज्जनले भने, ‘हिजो एउटा सभामा उनले तपाइर्ंमाथि व्यंग्य गर्दै भने, तपाइर्ं हेर्दा दुब्लो-पातलो गुरिल्लाजस्तो देखिनुहुन्छ ।’
‘हो, यो सब मैले आज बिहानको समाचारपत्रमा पढिसकँे ।’ ‘योभन्दा पहिलाको सभामा उनले तपाईंलाई भाँडको उपाधि दिएका थिए ।’ ती सज्जनले उनलाई उकास्ने स्वरमा भने । ‘यो पनि मलाई थाहा छ ।’ मुस्काउँदै राष्ट्रपतिले भने । यो सब कुरा सुनेर ती सज्जनले केही दिक्क मान्दै बोले, ‘उनले कैयौँपटक यसरी तपाईंको अपमान गरिसकेका छन् र यो सब तपाइर्ंलाई राम्ररी थाहा भएर पनि तपाईे उनलाई किन यति महत्त्वपूर्ण पद सुम्पिरहनुभएको छ ?’ ‘अरे साथी, महत्त्वपूर्ण पदमा बसाएको न हो, कुनै गलत स्थानमा त हैन नि !’ राष्ट्रपतिले मुस्काउँदै भने । तर, ती सज्जन नराम्रोसँग रिसाए र भने, ‘तर तपाईं किन बुझ्नुहुन्न कि यसले तपाइर्ंको प्रतिष्ठा खराब हुन्छ ।’ ‘मैले केही बुझ्नुअगाडि तपाईं यो किन बुझ्नुहुन्न कि ऊ एउटा योग्य प्रशासक हो, आफ्नो काम पूरा इमानदारी र निष्ठाले गर्छ । रह्यो मेरो प्रतिष्ठाको कुरा, यो त मेरो देशलाई मेरो बारे राम्रोसँगले थाहा छ, म के हुँ । अनि म यस्ता सानातिना कुराको कारणले देशलाई एउटा कुशल रक्षामन्त्रीको सेवाबाट किन वञ्चित गरौँ । मलाई निजी भक्त हैन, देशभक्तको आवश्यकता छ,’ राष्ट्रपतिले ती सज्जनलाई बुझाउँदै भने । यो सुनेर ती सज्जनको मुख बन्द भयो ।

नियति

व्यस्त संसार, खुल्ला निश्वास, पेवा होइन कसैको यो
आनन्दको सर्वोच्चता, सर्वव्यापी फुल्दैन यो,
सजिव इच्छा छेकिंदो छ, रोचक कथा जिन्दगी यो
विवेकको वशभित्र, झुल्दो छैन नियति यो,
**
समस्याको खडेरीमा, अठोटहरु छिपेपछी
पौरखीको मझेरीमा, जिउँदो वाचा झुकेपछी,
फुलेल हुने झिनो आशा, ओईली झर्छ बलेनीमा
उमंगको भित्री संसार, रुझिदिन्छ परेलीमा,
**
बाध्यताको भूमरीले, जिजीविषा च्यापेपछी
सम्पन्नता सिर्जनाको, जन्मशत्रु निस्केपछी,
सास्ती बीच संकल्प यो, चेतनाको चुली भा’छ
मात्र संझे परिवर्तन, जागृतिको गीत गा’छ,
**
शताब्दीको शिखर यो, सुस्तताले भिजेपछी
असमेल यो संभावना, नेपथ्यमा डुबेपछी,
संयमता सँगेलेर, आक्रोश आशा बन्दोरेछ
आवेश छाडी संघर्षले, जिउँदो कर्म बुन्दोरेछ,
**
औकातमुनि निमुखाको, फुल्दो आशा फाटेपछी
मर्स्याङ्दी र कुलेखानी, टाढा नाता गाँसेपछी,
सुकुल माथी धुलो-धुवाँ, मोहको यो मुकाम भा’छ
जल्दो, ज्यूँदो, मैनबत्ती, दिलको मेरो चन्द्र भा’छ,
**
जिउने चोला एकान्तमा, अभ्यस्तता बढेपछी
अभाव नैं दैनिकीको, पर्याय यो भएपछी,
व्यग्रतामा प्रतिक्षा यो, मार्ग स्वयं बन्दोरेछ
संभावना, यथार्थमा, साक्षात्कार यो गर्दोरेछ,
**
व्यस्त संसार, खुल्ला निश्वास, पेवा होइन कसैको यो
आनन्दको सर्वोच्चता, सर्वव्यापी फुल्दैन यो,
सजिव इच्छा छेकिंदो छ, रोचक कथा जिन्दगी यो
विवेकको वशभित्र, झुल्दो छैन नियति यो,
****

ग ज ल

भनौं भने बोली पासो, डर मलाई ‘कुरो’ को भो
नबोलौं त कुरा साँचो, मनको आगो ‘जुरो’ पो भो
**
पर्खी बसें मझेरीमा, मौका आउला फुकाउँला यो
रात बिती अभ्रख जस्तो, नामर्द नि सुरो पो भो
**
सकल यो चर्तिकला, दिनपछी रात छ साक्षी
हाकहाकी मेरो पन त, माछोको यो भुरो पो भो
**
काटी हेर्छु, छाँटी हेर्छु, गुदी यसमा तीतो माथी
खरिएर मेरो खसखस्, सिसा भन्दा झुरो पो भो
**
फल टिप्छु भन्दै म छु, फूलै फुल्ने छाँट छैन
सिंगै बखान पोख्छु भन्दा, मेरै भाग पुरो पो भो
** **

Kantipur Report, KATHMANDU, Feb 20 – With the confirmation of reoccurrence of bird flu disease in Jhapa, the government on Friday declared Sharanamtai VDC and adjoining areas in the district in east Nepal the bird flu emergency area.

The test carried out in the Central Veterinary Laboratory in Kathmandu and OIE Reference Laboratory, Weybridge, in London detected H5N1 strain of the avian influenza virus, the causative agent of the dreaded bird flu disease, in all six chicken samples collected from a poultry farm owned by Sajibur Rehman in Sharamati VDC-2, spokesperson for the Ministry of Agriculture and Cooperatives (MoAC) Dr. Hari Dahal said.

The samples were sent to the laboratories in Kathmandu and London for the detection of the virus following the death of some 150 chickens in Rehman’s poultry farm.

Considering Rehman’s house at Sharanamati-2 the centre, the government has declared Biringkhola in the east; Jagadamba Primary School at Tangandubba VDC-4 in the west; the open field some 500 metres away from Sharanamati VDC-2 in the north; Sharanmati VDC-1, Pathnapada and Mechetole in Nepal-India border in the south the bird flu emergency area.

First bird flu outbreak was confirmed in Kakarbhitta on Jan. 16 and the government had declared emergency in the area that lied within a radius of 10 km from the quarantine office in Kakarbhitta in the district.

The MoAC has said that measures will be taken to control the virus. In the emergency area, all birds, bird products and materials used will the production of poultry will be destroyed.

“The MoAC will start taking action in the emergency area soon to control and eliminate the disease,” said the statement issued by the MoAC today. The MoAC has said that it will take one month to eliminate the disease and virus from the area of outbreak.

According to Dr. Dahal a rapid response team has been sent to Sharanamati and another team will be sent tomorrow.

 

Posted on: 2009-02-20 00:28:45 (Server Time)

:)Source : http://www.kantipuronline.com/kolnews.php?&nid=181252 🙂