Feeds:
Posts
Comments

स्रोत: कान्तिपुर

 

कहिलेकाहीँ केही खाँदा वा त्यतिकै पनि पेट दुखेर हैरान पार्छ, झाडापखालाले सताउँछ वा रिँगटा लागेजस्तो हुन्छ । यस्तो भए काम छाडी डाक्टरकहाँ दौडिइहाल्नु पर्दैन । अदुवा भान्सामा सजिलै पाइने त्यस्तो औषधि हो जसको प्रयोगले यी पीडाबाट तत्काललाई आराम पाइन्छ । Continue Reading »

स्रोत: नयाँ पत्रिका

 

लन्डन/ धेरै तातो चिया पिउँदा घाँटीको क्यान्सर हुन सक्ने इरानी अनुसन्धानकर्ताले बताएका छन् । चियालाई केही सेलाउन दिएर मात्र पिउन पनि उनीहरूले सल्लाह दिएका छन् । पहिलेका अध्ययनले सुर्ती तथा रक्सीजन्य पदार्थ खानाले घाँटीको क्यान्सरको सम्भावना बढ्ने बताएको थियो । अनुसन्धानमा तातो पेयपर्दाथले पनि घाँटीको क्यान्सरको सम्भावना बढाउने उल्लेख छ । अनुसन्धान बि्रटिस मेडिकल जनरलमा प्रकाशित गरिएको छ । Continue Reading »

स्रोत: कान्तिपुर

-विमल निभा

कुनै आफन्तको बिहेको हार्दिक निमन्त्रणामा छिमेकी मुलुक हिन्दुस्तान पुगेका ज्ञानेन्द्र शाह त्यहाँका राजनेताहरूसँग द्रुतगतिले भेट गर्नथाले । -हेर्नस्, ६ चैत ०६५ को कान्तिपुर)

यस आशयको समाचार पढेर मेरो जिज्ञासु मनमा प्रश्न उत्पन्न भएको छ, के नइदिल्लीको भूमिमा पाइला टेक्नासाथ पूर्वराजाको नातागोता परिवर्तन भएको हो ? Continue Reading »

म सबै जान्दिन

निपूर्ण ठान्दिन

आफ्नो पनले तिखार्छु

मनले निखार्छु

साँचो म के देख्छु

जे देख्छु, त्यही लेख्छु।

**

संसार यो बुझ्दैछु

भिडमा खुल्दैछु

दुखेको ओकल्छु

लुकेको खोतल्छु

सत्य म के देख्छु

जे देख्छु, त्यही लेख्छु।

**

अँगेनोको छेउमा….         (Sajha)

अँगेनोको छेउमा…. (Sajha)

Continue Reading »

स्रोत: कान्तिपुर

अतुल मिश्र

झन्डै आधा नेपालीमा क्षयरोगको किटाणु भएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको केन्द्रका अनुसार दिनहुँ १९ नेपालीले क्षयरोगको कारण ज्यान गुमाउने गरेका छन्

शरीरमा रोग विरुद्घको प्रतिरक्षा क्षमता कमजोर भएमा क्षयरोग लाग्ने जोखिम बढी हुन्छ उपचार नगराएका एक रोगीले बर्सेनि १० देखि १५ लाई संक्रमित गर्ने चिकित्सकहरू बताउँछन् Continue Reading »

स्रोत: कान्तिपुर

दिनेश वाग्ले/योगेश खतिवडा

संसारकै सस्तो भनी भारतमा बनाइएको फुच्चे कारको बिक्री प्रक्रिया दुई सातापछि सुरु हुने भएको टाटा मोटर्सका प्रमुख रतन टाटाले सोमबार मुम्बईमा गरेको घोषणाअनुसार चैत २६ देखि नानोको बुकिङ खुला हुनेछ Continue Reading »

बसन्त आगमनको अवसरमा:

Spring (msn)

Spring (msn)

नचिने नि

आज चिनेर तिमीलाई

नबुझे नि

आज बुझे झैं तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

बिर्सिए नि

आज संझेर तिमीलाई

ओइलिए नि

आज सजल तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

हिंजै भेटे नि

बिगत संझाउन तिमीलाई

पराई देखे नि

मैत्री गाँसेर तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

नजाँचे नि

शालिन देखेर तिमीलाई

नजाने नि

माया साँचेर तिमीलाई

स्वागतको

यो एक शब्द फूल।

**

कौटिल्य लुके नि

मानवी देखेर तिमीलाई

यथार्थ छिपे नि

पौरखी बुझेर तिमीलाई

शुभ-कामनाको

यो एक शब्द फूल।

**

भावुक भए नि

रसिक ठानेर तिमीलाई

सामान्य देखे नि

विशाल जानेर तिमीलाई

शुभ-कामनाको

यो एक शब्द फूल।

**

साईत नैं छुटे नि

शुभ, यो सोचेर तिमीलाई

बोली यो दुखे नि

कामना साँधेर तिमीलाई

शुभेच्छाको

यो एक शब्द फूल।

**  **

स्रोत: नयाँ पत्रिका

डा. सुधांशु केसी

नेपालमा जन्डिसको प्रकोप वर्षभरि नै रहे पनि वर्षायामको सुरुवातसँगै एक प्रकारको जन्डिस देखा पर्छ जन्डिसको शंका लाग्नेबित्तिकै खाना बार्ने काम सुरु हुन्छ यो प्रक्रिया महिनादेखि वर्ष दिनसम्म जारी रहन्छ समाजमा जन्डिसबारे सयजना मानिसले पाँच सयथरीका कुरा सुनाउने गर्छन् अत्तालिएर अनेक किसिमका उपचार पद्धति अपनाउँदा गलत उपचार गरेर बिरामीको अवस्था झन् बिग्रन पनि सक्छ तसर्थ, यस सम्बन्धी सही गलत धारणा बारे जानकारी राख्नु सबैका लागि अत्यन्त जरुरी देखिन्छ

जन्डिसका लक्षण
जन्डिस कुनै रोग नभई विभिन्न रोगमा देख्न सकिने लक्षण मात्र हो जन्डिस कलेजोको रोग भन्ने अवधारणा जनमानसमा पाइएको रगतमा विलिरुविनको मात्रा बढेर आँखा पहेँलो हुनु, शरीर पहेँलो हुनुलाई जन्डिस भनिन्छ वयस्कमा विलिरुविन एकहुनु पाँचहुनुमा कुनै फरक पर्दैन विलिरुविन बढ्दै गएमा विलिरुविन बढाउने रोग बढ्दै गइरहेको हुन सक्छ

जन्डिस र कलेजो
जन्डिस कलेजोको मात्र रोग होइन कलेजोका विभिन्न रोगहरूमा जन्डिस लक्षणको रूपमा देखिन्छ कलेजोको रोग बाहेक केही रगतको रोगमा, पित्तको नलीमा पत्थरी भएमा, पित्तनलीको क्यान्सर भएमा, प्यान्क्रियाज ग्रन्थीको क्यान्सरमा, अरू अंगको क्यान्सर कलेजोमा फैलिएमा हुन सक्छ

जन्डिस र आयुर्वेद
धेरै मानिसमा के भ्रम भने, जन्डिस आयुर्वेदले ठीक पार्ने रोग हो अरू सबै रोगमा एलोप्याथीलाई विश्वास गरे पनि आँखा पहेँलो देख्नेबित्तिकै त्यो विश्वास डग्मगाउँछ आयुर्वेद शरणमा जाने गर्छन् जन्डिसको कुनै उपचार गर्नु पर्दैन उपचार जन्डिस गराउने रोगको गर्नुपर्छ रोग निको भएमा जन्डिस आफैं निको हुँदै जान्छ त्यसैले Bilirubin एकभन्दा माथि देखिने बित्तिकै उपचारका लागि दौडिनु उपचार गरिदिनु दुवै गलत कुरा हो जन्मजात रोग गिलबर्ट सिन्ड्रोम, क्रिगलर नाजार सिन्ड्रोम, डुबिन जोनसन सिन्ड्रोम, आदिमा Bilirubin बढी भए पनि कुनै उपचार गर्नुपर्दैन अन्यथा जन्डिस गराउने सबै किसिमका रोगको उपचार एलोप्याथिक उपचारमा

जन्डिस र खानपिन
हाम्रो समाजमा जन्डिस भन्ने बित्तिकै गाजर, मुला, काँक्रो, उखुको रस मेवा पर्यायवाची नै भइसके उसिनेको खाना, नुन नहालेको वा कम हालेको बेसार नहालेको खाना प्रायः जन्डिस भएका व्यक्तिको खाना भइसकेको जुनसुकै कारणले जन्डिस भए पनि यो क्रम प्रायः महिना वा त्यसभन्दा बढी चलेको पाइन्छ खाना बार्नाले हानी हुन सक्छ क्यान्सरको कारणले जन्डिस भएमा त्यसमा खाना बारेर ठीक होला ? जुनसुकै कारणले जन्डिस भए पनि बार्नुपर्ने एउटै कुरा हुन्छरक्सी रक्सीजन्य पदार्थ अनि, कम गर्नुपर्ने कुरा चिल्लो पदार्थ हो किनभने चिल्लो पदार्थ पचाउन पित्तले मद्दत गर्छ जन्डिस भएको अवस्थामा चिल्लो पदार्थको पाचन समस्या केही हदसम्म देखिन्छ जन्मजात जन्डिस रगतको रोगको कारणले भएको जन्डिस (हेमोलाइटिक जन्डिस) मा कुनै किसिमको खाना बार्न जरुरी हुँदैन पिरो अमिलो खानेकुराको जन्डिससँग कुनै सम्बन्ध छैन

जन्डिस र हेपाटाइटिस
जन्डिस लामो भयो भने हेपाटाइटिस, त्यसमा पनि हेपाटाइटिस बीहुन्छ भन्ने अवधारणा जनमानसमा पाइन्छ हेपाटाइटिस भनेको कलेजोको रोग हो यस अवस्थामा जन्डिस देखिन सक्छ तर, जन्डिसको कारणले हेपाटाइटिस भने हुँदैन क्यान्सर अथवा पत्थरीको कारणले पित्तको नली लामो समयसम्म बन्द भएमा त्यसले कलेजोको रोग निम्त्याउन सक्छ

जन्डिस र पानी
सामान्य अवस्थामा भन्दा जन्डिस भएको वेलामा बढी पानी अथवा झोल पदार्थको जरुरत पर्न सक्छ तर, यो सबै रोगमा लागू हुँदैन जस्तैकलोजोको सिरोसिस भएको वेलामा देखिने जन्डिसमा पानी धेरै पिउनाले पेटमा पानी जम्ने, खुट्टा सुनिने हुन सक्छ मुटुको रोगको कारणले कलेजो सुन्निएर जन्डिस देखापरेको अवस्थामा पनि धेरै पानी हानिकारक हुन सक्छ यदि पानीबाट सर्ने हेपाटाइटिस को कारणले गर्दा जन्डिस भएमा दिनको लिटरसम्म पानी अथवा झोल पदार्थ पिउँदा राम्रो हुन्छ थप १० लिटर पिएर अधिक फाइदा पक्का हुँदैन

जन्डिस र यौनसम्पर्क
जन्डिस यौनसम्पर्कको कुनै सम्बन्ध छैन यदि हिपाटाइटिस बी सीको कारणले जन्डिस भएको भने पुरुषले कन्डोम प्रयोग गर्दा सर्ने समस्या न्यूनीकरण हुन्छ

[लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।]

http://www.nayapatrika.com/newsdetail.php?id=903190117264925&n_id=25

स्रोत: नयाँ पत्रिका

 

बेइजिङ/ तिनीहरू, जो अति मोटा छन्, उनीहरू बाँच्नुपर्ने आयुभन्दा दस वर्षअघि नै मर्ने गरेको बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको संयुक्त राज्य अमेरिका युरोपका नौ लाख जवानमा ५७ फरकफरक अध्ययन गरिएको थियो १० देखि १५ वर्ष लगाएर गरिएको अध्ययन अवधिमै ७० हजार सहभागीको मृत्यु भएको थियो शरीर मापनयन्त्रबिएमआई) प्रयोग गरी गरिएको अध्ययनमा ४० पाउन्ड वा आवश्यकताभन्दा १८ पाउन्ड भन्दा बढी तौल हुनेको जीवन तीन वर्ष छोटो हुने देखिएको मुटुको रोग हृदयाघातका कारण उनीहरूको निधन भएको देखिएको त्यस्तै, धेरै मोटाहरू बाँच्नुपर्ने अवधिभन्दा दस वर्ष छिटो मर्ने गरेको अध्ययनप्रतिवेदनमा उल्लेख

 

धेरै मोटो हुनु भनेको जीवनभरि चुरोट पिउनु जत्तिकै हो, भन्छन् एक प्रमुख अनुसन्धानकर्ता तथा इंग्ल्यान्डस्थित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक रिचार्ज पेटो आवश्यक तौलभन्दा माथि शरीर मापनयन्त्र बढ्ने हरेक पाँच प्वाइन्टले ३० प्रतिशत छिटो मृत्युको जोखिमलाई बढाउने बताइएको यन्त्रमा २५ देखि २९. भएकाहरू तौल बढी हुनेमा पर्छन्, तर उनीहरू मोटा होइनन् उनीहरू सामान्य जीवनभन्दा एक वर्षअघि मर्न सक्ने बताइएको यसले बढी तौल भएका विभिन्न समूहका मानिसमा हुने जोखिमबारे स्पष्ट पार्दछ,’ अमेरिकी क्यान्सर सोसाइटी, रोग नियन्त्रण अध्ययन केन्द्रका उपाध्यक्ष माइकल थुनले भने एकपटक तौल बढेपछि घटाउन कठिन हुन्छ झन्झन् बढ्दै जान्छ, त्यसैले तौल घटाउनभन्दा बढ्न नदिनु नै राम्रो,’ थुन भन्छन्

 

http://www.nayapatrika.com/newsdetail.php?id=903191210048918%20&n_id=27

स्रोत: कान्तिपुर

 

सुमनकुमार रेग्मी

 

फागुन अन्तिम साता देशभर होलि पर्व सकिए पनि प्रकृतिले आकाशमा खैरो अनि पहेँलो मिसिएको रंगमा होलि खेलिनै रहयो फागुन ३०, चैत गते यस्तो गतिविधिले व्यापक रूप लियो आकाश धुम्मिएर धूलो धूवाँको रंगले दिनभरजसो छायो मौसममा देखिएको यस किसिमको परिवर्तनले दैनिक जीवनसमेत कष्टपूर्ण बनाइदियो काठमाडौं लगायत देशका थुप्रै ठाउँमा मानिसहरू अप्रत्याशित रूपले आँखा तथा श्वासप्रश्वासका समस्याले ग्रस्त भए आँखा पोल्ने, बिझाउने, रातो हुने, रूघाखोकी लाग्ने, घाँटी खसखस हुने जस्ता विविध रोगबाट अस्पतालहरूमा बिरामीको चाप बढेको देखियो

 

फागुन तेस्रो सातादेखि नै जंगलहरूमा आगलागी भइरहेका खबर आएका थिए फागुन २९ का दिन अमेरिकाको वैज्ञानिक संस्था नासाको मोडिस भूउपग्रहबाट लिइएको नेपालको जंगलमा आगलागी भएको तस्वीर सार्वजनिक भएको थियो यसैलाई आधार मान्ने हो भने नेपालमा यति व्यापक रूपमा जंगलमा आगलागी भएको सम्भवतः यो पहिलोपटक हो

 

वायुमण्डलमा देखिएको यसप्रकारको विशेष मौसमी अवस्थालाई मौसम विज्ञानको भाषामा तुवाँलोे भन्ने गरिन्छ जल तथा मौसम विज्ञान विभागको त्रिभुवन विमानस्थल, काठमाडौंमा लिइएको आँकडाअनुसार फागुन ३०, चैत गते वायुमण्डलको दृश्य दिनभर देखि किलोमिटरभन्दा माथि उक्लन सकेन देशभर न्यूनतम तापक्रममा केही वृद्धि भयो भने अधिकतम तापक्रम केही खस्कियो गएको सातादेखि यसप्रकारको मौसमी अवस्थाको सम्बन्धमा जनमानसमा निकै तर्कवितर्क चले कसैले यसलाई विश्वव्यापी उष्णता, अनि कसैले यसलाई मौसम परिवर्तनको संज्ञा पनि दिए आजको विश्वमा विश्वव्यापी उष्णता अनि मौसम परिवर्तनको लहरलाई सजिलै नकार्न नसकिने स्थिति तैपनि यसप्रकारको तुवाँलोको चपेटामा देश एकाएक आक्रान्त हुनुमा भने विशिष्ट मौसमी अवस्था सिर्जना हुनु हो भनेर ठोकुवा गर्न सकिन्छ

 

सूर्यबाट पृथ्वीले ताप प्राप्त गर्छ त्यहाँबाट आउने ताप वायुमण्डललाई नतताई सबभन्दा पहिले पृथ्वीमा प्रवेश गर्छ यसलाई हामी विकिरण भन्ने गर्छौं त्यो तापले सर्वप्रथम पृथ्वीको सतह तताउने काम गर्छ त्यसपछि त्यो पृथ्वीबाट वायुमण्डलतिरै फर्किएर वायुमण्डल तताउँदै जान्छ त्यसैकारण पृथ्वीको सतहभन्दा जति माथि गयो, तापक्रम उति घट्दै जाने हुन्छ तर कहिलेकाहीं उपयुक्त मौसमी अवस्था सिर्जना भएर पृथ्वीको सतहको कुनै निश्चित उचाइसम्म तापक्रम बढ्दै जाने अनि त्यसपछि मात्र घट्न जाने हुन्छ यस्तो विशिष्ट अवस्थालाई मौसम विज्ञानको भाषामा इन्भर्जनभन्ने गरिन्छ साधारणतया यस्तो अवस्था पृथ्वीको सतहबाट करिब .. किमिसम्मको उचाइमा रहने हुन्छ यस परिस्थितिमा वायुमण्डलको .. किमिसम्मको तल्लो तह त्यसभन्दा माथिको तहबीच एकप्रकारको सम्बन्धविच्छेदजस्तै अवस्था आउँछ

 

वायुमण्डलमा जहिले पनि ताप आद्रता तेर्सो ठाडो तरिकाले स्थानान्तरण भइरहन्छ तर यसप्रकारको अवस्थामा भने वायुमण्डलमा ठाडो तरिकाले ताप आद्रता स्थानान्तरण नहुने अवस्था सिर्जना हुन्छ यसैकारण हावा चलिरहे पनि त्यसको गति ज्यादै न्यून हुने हुन्छ यस अवस्थामा वायुमण्डलमा भएको धूलो धूवाँ पृथ्वीको सतह नजिकै खुम्चिएर बस्न आउँछ, अनि वायुमण्डलको दृश्यमा समेत निकै कमी आउँछ अहिले यस्तै भएको हो

 

तुवाँलोको अवस्थामा यसलाई बढावा दिने काम वायुमण्डलको उच्च तहको बादलले पनि गर्छ यसप्रकारका बादलहरू वायुमण्डलको देखि १३ किमि माथिसम्म फैलन्छन् विविध कारणले गर्दा बन्ने यी बादलले पातलो कपास फिँजाएजस्तो देखिन्छ यिनीहरू धेरै माथि हुनाले यसले वषर्ा भने गराउन सक्दैन यस्ता बादलको उपस्थितिले सूर्यको किरण छेकेर तापक्रम केही घटाउने काम गर्छ, जसले आकाश धुम्म राख्न पनि मद्दत गर्छ अहिलेसम्मकै वैज्ञानिक खोजले हाम्रो देशको वायुमण्डलमा धूलोको ठूलो मात्रा स्थानान्तरण भएको देखिँदैन त्यसो कुनै न्यून तहमा भने यसप्रकारको गतिविधि पृथ्वीभर नै भइरहेको हुन्छ मूलतः हावाको बहावसँगै यसप्रकारको गतिविधि हुने हुन्छ

 

मौसममा सुख्खापन रहने खासगरी मनसुनपूर्वको फागुन, चैत वैशाख महिनामा तुवाँलोेले प्रश्रय पाउँछ हावामा आद्रता बढ्न गए पनि तुवाँलोको समस्या न्यून हुन्छ भने बेलाबेलामा वषर्ा भइरहने हो भने तुवाँलोको समस्या रहने गर्दैन वर्तमान स्थितिमा एकातिर सूर्य कर्कटरेखातिर लाग्ने सूर्यको तापमा वृद्धि हुने क्रम भइरहेको भने अर्कोतिर पश्चिमी मौसम प्रणाली शिथिल हुनगई स्थानीय मौसम प्रणाली सक्रिय हुनथालिसकेको यस्तो बेलामा यदि वषर्ा शून्य रही सुख्खाको स्थिति अझ कायम रहने हो भने यसप्रकारको तुवाँलोले बेलाबेलामा गाँजिरहने निश्चित

 

[लेखक जल तथा मौसम विज्ञान विभागमा कार्यरत छन् ]

 

http://www.ekantipur.com/kolnepalinews.php?&nid=185100