स्रोत: नेपाल साप्ताहिक
-ब्रजेश
भर्खर एउटा अर्को नयाँ वर्ष सुरु भएको छ । अनि, सँगै सुरु भएको छ, नयाँ उत्साह, नयाँ उमंग र नयाँ संकल्प । तर, यो उमंग कति समयसम्मका लागि भन्नेचाहिँ आफ्नै ठाउँमा छ । एउटा मान्छेको उत्साहलाई कायम राख्न अथवा लामो समयसम्म टिकाउनका लागि अर्को मान्छेको व्यवहार, उसको वरीपरीको परिवेश र समग्र देशको अवस् थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । साधारणतया प्रत्येक मान्छेले नयाँ वर्षका लागि भनेर केही न केही संकल्प गरेको हुन्छ । ती संकल्पलाई उसले अघिल्लो वर्ष भोगेको नियतिले निर्देशित र निर्धारित गरेको हुन्छ । मानिसका यी संकल्पहरू अधुरा इच्छा र अपूरा सपनाहरू पनि हुने गर्छन् । राम्रो वर्ष भोगेकाहरूले अझै राम्रो र नराम्रो वर्ष भोगेकाहरूले कम नराम्रो नयाँ वर्षको अपेक्षा गर्नु मानवीय स् वभाव नै हो । Continue Reading »
