Feeds:
Posts
Comments

स्रोत: कान्तिपुर

-केदार ओझा/सरोजराज अधिकारी

काठमाडौं । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सीमा जोडिएका तराईका २० मध्ये १८ जिल्लाका १ हजार १ सय ७१ सीमास्तम्भ जोखिममा छन् । यीमध्ये खोलाले बगाएको समेत गरी ४ सय ७४ सीमास्तम्भ गायब छन् ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभागको तथ्यांकअनुसार २ सय ४४ सीमास्तम्भ नाम मात्रका छन् ।  यीसहित ६ सय ९७ सीमास्तम्भ तत्काल पुनर्निर्माण नगरिए हराएर जाने अवस्थामा छन् । कुल ३ हजार ५ सय २९ सीमास्तम्भमध्ये २ हजार ३ सय ५८ मात्र सामान्य अवस्थामा रहेको जानकारी विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक किशोरकुमार लामाले दिए । यो विवरण सीमा सुरक्षा बलका रूपमा खटिएका सशस्त्र प्रहरीले करिब एक वर्ष लगाएर तयार पारेको हो ।

तथ्यांकअनुसार सबैभन्दा बढी सीमास्तम्भ गायब भएका जिल्लामा पर्सा र बारा छन् । यी दुई जिल्लामा क्रमशः १ सय ९० र १ सय ८३ सीमास्तम्भ गायब छन् । पर्सामै ८९ सीमास्तम्भ अत्यन्त जीर्ण अर्थात् ससाना ठुटामा मात्र सीमित छन् ।

Continue Reading »

स्रोत: कान्तिपुर

-तोयनाथ बराल

मुलुकको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा विवाद छन् । ती तत्काल उब्जिएका होइनन् । इतिहासमा जुनबेला सीमाको रेखाङ्कन भएको थियो । त्यसबेलाको प्रविधि अप्ठयारा थिए । हाम्रा अग्रजमा प्राविधिक ज्ञान पर्याप्त थिएन । नेपाल-भारत सीमामा सुगौली सन्धिमा कमजोरीहरू थिए । त्यो सन्धि कुन हुँदाको अवस्था र नक्साको शुद्धताको कुरा आउँछ । हामीले त्यसलाई हाम्रो पक्षमा ल्याउन सकिएन । त्यसैले नदीलाई पनि सीमा मानियो । समथर जमिनमा नदीलाई सीमा मानिदिँदा नदी जता बग्यो, त्यहीलाई स्थानीय जनताले सिमाना मान्नथाले ।

सन् १९८१ पछि आएर सीमाको वैज्ञानिक नक्साङ्कनको काम सुरु भयो । नेपाल-भारत दुवै पक्षको प्राविधिकको समितिसमेत बन्यो । यसले हेर्दा सीमामा विवाद आउनुमा नदीलाई सीमा मान्दा उत्पन्न भएको हो । हामीले नदी सीमा छाडेर फिक्स सीमा प्रणालीमा जाने निर्णय गर्‍यौं । त्यसरी जाँदा कुनै-कुनै नदीमा सीमा स्तम्भहरू स्थापित गरिए । तर कतिमा गरिएन । अहिले जहाँ समस्या देखापरेको छ, त्यहाँ सीमा स्तम्भहरू छैनन् ।

उदाहरणका लागि गण्डक नदीमा त्रिवेणी घाटदेखि सखरदिनीसम्म २४ किमि गण्डक नदीलाई सीमा मानियो । तर स्थायी स्तम्भ बनाइएन । त्यसैगरी कालापानीको २१ किलोमिटर गरी कुल ४५ किलोमिटर विवादमा छ । मेचीमा सीमा स्तम्भ राखियो । तर गण्डकमा पनि बनाएको भए, सुस्ताको समस्या आउँदैन्थ्यो । काम गर्न सजिलो हुन्थ्यो । नदीलाई सीमा बनायो र परियोजना सञ्चालन गर्दा नदीको बहाव परिवर्तन भयो । त्यसबेला नक्सा पनि चित्रजस्तो राम्रो तर भूभाग पत्ता लगाउन नसक्ने खालका थिए ।

Continue Reading »

आत्मकथा

कन्दरा संझेर

विगतलाई जोख्दिन,

सहारा खोजेर

शिखर म चढ्दीन,

सयपत्री छटाको

म एक थुँगा फूल।

**

जवानीले मदहोश

ईर्ष्या केही साँच्दिन,

स्वार्थ बीच भुलेर

द्वेष म छर्दिन,

विशुध्द बान्कीको

म एक थुँगा फूल।

**

Continue Reading »

स्रोत: कान्तिपुर

-कृष्णप्रसाद गौतम

रुकुम। विद्यार्थी र शिक्षकहरू यार्चागुम्बा टिप्न गएपछि जिल्लाका पूर्वी गाविसका सबै विद्यालय बन्द भएका छन् । यार्चागुम्बाको सिजन सुरु भएपछि पाँच दर्जनभन्दा बढी विद्यालय दुई महिनादेखि बन्द भएका हुन् ।

‘विद्यार्थीहरू यार्चा टिप्न गएका छन्,’ हुकामका वीरमान विकले भने, ‘स्कुल बन्द भएका छन् ।’ उनका अनुसार दुई महिनादेखि गाउँको विद्यालय बन्द भएको हो ।

मैकोटस्थित पुथा हिमालय माध्यमिक विद्यालय पनि डेढ महिनादेखि बन्द छ । प्रधानाध्यापक टोपबहादुर हमालका अनुसार विद्यार्थी यार्चा टिप्न जान थालेपछि विद्यालय बन्द गर्नुपरेको हो । ‘विद्यार्थी यार्चा टिप्न पुपालतिर गए । कसलाई पढाउनु ?’ हमालले भने, ‘दुई महिनाका लागि स्कुल बन्द गरेका छौँ ।’ उनका अनुसार उक्त विद्यालयका तीनसयभन्दा बढी विद्यार्थी यार्चा टिप्न गएका छन् ।

Continue Reading »

स्रोत: कान्तिपुर

-कृष्ण आचार्य

मनकामना –गोरखा। धार्मिक तथा पर्यटकीय केन्द्र मनकामना मन्दिर ६ इन्च ढल्केको छ । बर्सेनि ढल्कने क्रम बढेपछि तत्काल पुनर्निमाणका लागि सरकारी समितिले गरेको सिफारिस डेढ वर्ष बितिसक्दा पनि कार्यन्वयन भएको छैन । ९० सालको भूकम्पपछि हरेक वर्ष मन्दिर ढल्कँदै गएको बताइन्छ ।

यसबारे मनकामना क्षेत्र विकास समितिले पर्यटन मन्त्रालयमा जनकारी गराएपछि तत्कालीन पर्यटन सचिव लीलामणि पौडेल नेतृत्वको टोलीले अनुगमन गरी २०६४ मंसिरमा तत्काल पुनर्निर्माणका लागि सरकारलाई प्रतिवेदन बुझाएको थियो । हरेक वषर्ामा ढल्किँदै मन्दिर हालसम्म छ इन्च पश्चिम नुहिसकेको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनमा जग कमजोर भई मन्दिर ढल्किँदै गएको र तत्काल पुनर्निर्माण गर्नुपर्ने सुझाब छ । तर प्रतिवेदन बुझाएको डेढ वर्ष बितिसक्दा पनि उक्त विषयमा कसैले ध्यान दिएको छैन । जग कमजोर भएकाले मन्दिर ढल्किएको निचोडसहित टोली राजधानी फर्किएपछि धेरैले मनकामनाको जीर्णोद्धार हुने आशा गरेका थिए । ‘तर त्यसो अहिलेसम्म हुन सकेन,’ मनकामना गविसका सचिव नारायण सापकोटाले भने, ‘न त पर्यटन बोर्डले हेर्‍यो न पुरातत्त्व विभागले नै ।’

Continue Reading »

स्रोत: अनलाईन खबर

काठमाडौं । सीमाबिद् बुद्धिनारायण श्रेष्ठले नेपाल भारतको सीमा पुनः सिमाङ्कन गरिनुपर्ने बताउनुभएको छ ।

जनसञ्चार अभियान नेपालद्धारा शुक्रवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाले ब्रिटिश इन्डियासंग ‘फिल्ड बुक’ मागेर पुन सिमाङकन गरिनुपर्ने बताउनुभयो ।

‘अहिलेको सीमालाई हामी मान्दैनौ ।’ सिमाबिद श्रेठले भन्नुभयो-’अहिले लालपुर्जा नेपालीसँग छ, तर जमिन भारतले कब्जा गरेको छ ।’

सीमा संबेदनशिल क्षेत्र भएको चर्चा गर्दै उहाँले सम्पुर्ण नेपालीहरुले भारतको मिचाहा प्रबृतिको प्रतिरोध गर्ने हो भने भारत पछि हट्ने बताउनुभयो । उहाँले सिमा समस्या दुई देश बीचका सिमाबिज्ञहरु बसेर समाधान गर्नुपर्ने तर्क गर्दै भन्नुभयो ‘नेपालको भुमी जोगाउन सिमामा काँडेतार लगाउनुपर्छ , आउने जाने निश्चित मार्ग बनाउनुपर्छ ।’ उहाँले नेपाल भारत सिमामा परिचय पत्रको ब्यवस्था गरिनपर्ने माग पनि राख्नुभयो ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

काठमाडौंका सत्ता-समीकरणका सबैजसो कोठेबैठकमा भारतीय राजदूत राकेश सुदमहोदयको उपस्थिति अनिवार्यजस्तै बन्छ । प्रधानमन्त्रीका रूपमा आफ्नो अन्तिम भाषणमा प्रचण्डले नाम उल्लेख नगरीकनै भारतले आफ्नो सरकार ढालेको र आफू भारतसामु नझुकेको दाबी पेस गरेका थिए । त्यस दाबीको जवाफमा नयाँ प्रधानमन्त्री माधव नेपालले छिमेकी राष्ट्र भारतलगायतका विदेशी शक्तिराष्ट्र होइन, माओवादीका आँखा नै दोषी भएको बताएका थिए । तर, कामरेड नेपालको कार्यकालको सुरुमै भारतले नेपालका सम्बन्धमा लिएका गलत नीतिको सिकार नेपाली भएका छन् । पहिलो त भारतले अपूरो र अधुरो कोसी बाँध मर्मत योजनालाई सम्पन्न भैसकेको दाबी गरेर हैरान पारेको छ । दोस्रोमा चाहिँ भारतको सीमा सुरक्षाबलको अत्याचार बढेका कारण दाङको दक्षिणी सीमाका बासिन्दाले यो गर्मी र वर्षाको याममा, खेतीपातीको समयमा आफ्नो थातथलो छाडेर भाग्नुपरेको छ । यसमा माओवादीका आँखा र माधव नेपालको दृष्टिमा कुन दोषी छ भन्ने कुरा त पछि तय हुँदै गर्ला । तर, सतबरियाको छेउछाउका जंगलमा सामान्य ओत पनि नलाग्ने पाल टाँगेर लालाबाला थन्क्याएका र खुला आकाशमुनि जीवन जोखिममा पारेर बसेका सीमावर्ती क्षेत्रका नेपालीका शरणार्थी पीडाहरू अहिलेका नांगा सत्य हुन् । अनि, यसमा भारतीय सुरक्षा अधिकारीहरूको व्यवहारको प्रश्न जब गाँसिन्छ, तब यस सत्तामा भारतीय चासोको असलियत बनेर हाम्रा सामु उभिन्छ ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-श्याम श्रेष्ठ

अझै जंगबहादुर मानसिकता ?
दाङमा हालै मात्र ६ हजारभन्दा ज्यादा नेपालीलाई भारतीय सीमा सुरक्षाबलले लखेटेर आफ्नो घरवासबाट विस्थापित गर्नुका साथै नेपाली चेलीहरूलाई बेपत्ता बनाएको र बारामा नेपाली भूमि भारतले अतिक्रमण गरेको खबरले सारा नेपालीलाई आक्रोशित बनाएको छ । नेपाली भूमिमा प्रवेश गरेर यति धेरै नेपालीलाई अत्याचार गरेको र सीमा मिचेको घटना प्रकाशित भइसक्दा पनि स्थानीय प्रजिअलाई वास्तविकता बुझ्ने निर्देशन दिनुसिवाय सरकारले भारतीय राजदूतलाई डाकेर स्पष्टीकरण सोध्ने र भारतीय सरकारसमक्ष कडा विरोध जनाउने सामान्य कार्यसमेत नगरेको घटनाबाट नेपालीहरू त्यत्तिकै अचम्मित भएका छन् ।

अर्को दुःखद पक्ष त के छ भने कुनै पनि प्रमुख राजनीतिक दलले यो अन्याय र नांगो विदेशी हस्तक्षेपको विरोध गरिरहेको देखिँदैन । न त विदेशी हस्तक्षेपको यति चर्को विरोध गर्ने माओवादीले यसमा आवाज उठाइरहेको छ, न कांग्रेस एमाले र फोरमले नै । बरु केही साना वामपन्थी दलले मात्र यसका विरुद्ध सडक-आन्दोलन थालेका छन् । के नेपालमा राष्ट्र र जनतामाथि कतैबाट पनि अन्याय वा हस्तक्षेप हुँदा त्यसको अभिभावकत्व लिने जिम्मेवार सरकार र राज्यकै लोप हुनलागेको हो ? के नेपालका मुख्य राजनीतिक दलमा राष्ट्रियता भन्ने कुरा नै सिद्धिएको हो ? नत्र किन यो अचम्मलाग्दो मौनता र अकर्मण्यता ?

Continue Reading »

स्रोत: कान्तिपुर

भारतको सशस्त्र सीमा बल (एसएसबी) को ज्यादतीका कारण दाङको सीमावर्ती क्षेत्रबाट छ हजारभन्दा बढी नेपाली नागरिक विस्थापित हुनुपरेको गम्भीर घटना प्रकाशमा आएको छ । तीमध्ये १८ सय बासिन्दा घरबार छाडेर सुरक्षा माग गर्दै दुई दिन पैदल हिँडी देउखुरीको सामुदायिक वनमा शरण लिएर बसेका छन् । पीडितका अनुसार भारतीय सुरक्षाकर्मीहरूले नेपाल प्रवेश गरेर स्थानीय बासिन्दाका घरमा लुटपाट गर्ने, आगो लगाइदिने, पिट्ने, धपाउनेलगायतका अमानवीय ज्यादती गरेका छन् । त्यस क्रममा कतिपय महिला एवं युवतीहरू यौनदुव्र्यवहार र बलात्कारको सिकारसमेत भएको पीडित पक्षको दाबी छ । भाग्ने क्रममा थुप्रै परिवारको बिचल्ली भएको छ । एउटै परिवारका सदस्यहरू छिन्नभिन्न भएको, बालबच्चा बिरामी परेको र खाने रासन केही नभएको पीडादायी क्षणबाट उनीहरू गुजि्ररहेका छन् । राज्यको ध्यान तत्काल यसतर्फ केन्दि्रत हुन जरुरी छ ।

दाङको राजपुर गाविसका भैसाही, सुनपथ्री, खाङ्ग्रा, बेला गाविसका बरुवा, पटौली, सिरिया, सुकौली, गुरुङ, कोइलाबासलगायत २२ नाकाका बासिन्दा विस्थापित भएका हुन् । त्यहाँ एसएसबीले सीमास्तम्भ ३५ मिटरसम्म सारेको, केही स्तम्भ हराएको र त्यससँगै अतिक्रमण गरेर नेपाली नागरिकलाई धपाइएको छ । भारतले ०५८ सालबाट सीमावर्ती क्षेत्रमा तैनाथ गर्न थालेको एसएसबीले नेपाली भूमिमा प्रवेश गरी ज्यादती गरेका घटना थुप्रै जिल्लामा भएका छन् ।

Continue Reading »

स्रोत: कान्तिपुर

-दुर्गालाल केसी

दाङ। भारतीय सीमा सुरक्षा बलले लखेट्दा जिल्लाका छ हजारभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । उनीहरूमध्ये १ हजार ८ सय जना सुरक्षा माग गर्दै दुई दिन पैदल हिँडेर देउखुरी आइपुगेका छन् । जिल्लाको सीमावर्ती क्षेत्रमा बस्दै आएका हजारभन्दा बढी घरपरिवार गाउँ छाडेर हिँडेका हुन् ।

‘तिमीहरू यहाँ बस्न पाउँदैनौं भनेर हाम्रा घरहरूमा आगो लगाइदिए,’ राजपुर ७, खङग्रा नाकाकी ७० वषर्ीया पूर्णकुमारी बिष्टले भनिन्, ‘जीउ बचाउन नसकिने भएपछि परिवारै उठाएर हिँड्नुपर्‍यो ।’

उनका अनुसार भारतीय सुरक्षा बल ‘एसएसबी’ ले सीमा स्तम्भ ३५ मिटरसम्म सारेको छ । कति ठाउँमा ती स्तम्भ हराउँदै पनि गएका छन् ।

राजपुर गाविसका भैसाही, सुनपथ्री, खाङग्रा, बेला गाविसका बरुवा, पटौली, सिरिया, सुकौली, गुरुङ, कोइलाबास लगायत जिल्लाका २२ नाकाका बासिन्दा विस्थापित भएका हुन् । उक्त क्षेत्रमा भारतका बलरामपुर, श्राबस्ती र गोन्डा जिल्ला पर्छन् ।

Continue Reading »