Feeds:
Posts
Comments

स्रोत: अनलाईन खबर

-अरुण बराल

बत्तिसपुतलीस्थित एक पसलमा दुध किन्न आएकी एक गृहिणीले ख्याती श्रेष्ठको हत्यारा पक्राउ परेको समाचार सुनेपछि एकाबिहानै प्रतिक्रिया दिइन- ‘यस्ता अपराधीलाई त खुलामञ्चमा लगेर त्यसैगरी हातखुट्टा गिँडेर मारिदिनुपर्छ ।’

लोकतन्त्र स्थापनासँगै देशमा अपराधको स्तर समेत हृवातै बढेको छ । तराईमा दिनहुँ जसो अपहरण गर्ने, फिरौति माग्ने र हत्या गर्ने क्रम बढ्दो छ । राजधानीबाटै बालबालिका अपहरण गर्ने र फिरौति माग्ने स्तरसम्म अपराधको विकाश भएको छ । समाजमा अपराध बढ्दै गएपनि त्यसलाई नियन्त्रण गर्ने कानून भने पुरानै छ । बुधबार प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले समेत एक सार्वजनिक कार्यक्रममा कानून फितलो भएको बताएका छन् । यसरी अपराधको प्रकृति परिवर्तन हुने क्रमसँगै कानूनमा समेत समयानुकुल परिवर्तन गरिरहनु जरुरी छ । त्यस्ता अपराधीलाई मृत्युदण्ड वा कमसेकम आजीवन कारावासको सजायँ तोक्न सके मात्रै यस्तो अपराधमा कमी आउन सक्छ ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका (संपादकीय)

नेपाल भ्रमणका क्रममा अघिल्लो दिनसम्म ‘सीमासम्बन्धी समस्याको केन्द्रीय तहबाट र सीमाक्षेत्रका ज्यादतीबारे सुरक्षाकर्मीका तर्फबाट छानबिन गर्ने’ आश्वासन दिएका भारतीय विदेशसचिव शिवशंकर मेननले भोलिपल्ट भारतीय दूतावासमा भएको पत्रकार–सम्मेलनमा भने भारतबाट नेपाली सीमाको अतिक्रमण अफवाह मात्र भएको दाबी गरे। संसदीय समितिले स्थलगत अध्ययनपछि सीमा मिचिएको र सीमाक्षेत्रका नेपालीमाथि भारतीय सीमा सुरक्षाबलबाट ज्यादती भएको प्रतिवेदन नै बुझाइसकेको अवस्थामा भारतीय विदेशसचिवको यस्तो ‘फैसला’ले अतिक्रमण र ज्यादती दुवैलाई भारतीय सरकारका तर्फबाट अनुमोदन गरेको छ। मेननका अभिव्यक्तिलाई नै भारतको आधिकारिक धारणा मान्ने हो भने सीमाविवादबारे भारत छलफल गर्नसमेत तयार नभएको निष्कर्षमा पुग्नुपर्ने हुन्छ।

Continue Reading »

कविता

वि. सं. २०६६ साल जेठ २२ गतेको निर्मम अपहरणपछि पाशविक तवरले हत्या गरिएकी जुबिलियन्ट कलेज, कालिमाटी, काठमाडौंकी बहिनी ‘ख्याति श्रेष्ठ प्रति समर्पित (२३ जुन, २००९ मा “नेपालीपोष्ट डट कम” मा प्रकाशित) सिर्जना।

सलाम

अस्ति, हिंजो र आज

तिम्रो र हाम्रो आफ्नै गाउँमा

संवेदना नासिएको ठाउँमा

मानवता मासिएको घाऊमा

अकल्पनीय अपशकुन्

सल्किएको यो क्षण

सलाम, ख्याति तिमीलाई।

**

Continue Reading »

स्रोत: ई-कान्तिपुर

-बुद्धिनारायण श्रेष्ठ

नेपाल र भारतबीच तयार भएका १ सय ८२ थान सीमानक्सामा दुई देशका पदाधिकारीले चाँडै हस्ताक्षर गर्न लागेका छन् । केही समयपछि हुने प्रधानमन्त्रीको भारत भ्रमणका समय दुई परराष्ट्र सचिवले संयुक्त दस्तखत गर्नेछन् । वास्तवमा यस्ता तयारी नक्सा (स्टि्रप म्याप) मा कतिपय क्षेत्रको स्थलगत विवरण नमिलेको पनि देखिन सक्छ । यस्ता नमिलेका विवरण यथार्थरूपमा सुधार गरिएपछि मात्र संयुक्त हस्ताक्षरको काम गरिनुपर्छ । सुधार नगरी हतारमा हस्ताक्षर गरिए नेपाली नागरिक विदेशी बासिन्दामा परिणत हुन जाने र सीमा संकुचन भई नेपाल पछुताउनुपर्ने सम्भावना रहन्छ । यस्ता सीमानक्सा कुन हदसम्म शुद्ध तरिकाले बनाइएका छन् भन्ने कुरा भारतका विदेशमन्त्री प्रणव मुखर्जीको नेपाल भ्रमणका अवसरमा ०६५ मंसिर १० गते उनले दिएको अभिव्यक्तिबाट पनि केही बुझ्न सकिन्छ । उनले भनेका थिए, ‘करिब ९८ प्रतिशत सीमाक्षेत्र रेखांकन भइसकेको छ र तिनलाई नक्सामा समेत राखिएको छ । ती नक्सामा केही निश्चित सुधारपछि सम्बद्ध अधिकारसम्पन्न अधिकारीले हस्ताक्षर गर्नेछन्’ (-कान्तिपुर, ०६५ मंसिर ११) ।

Continue Reading »

स्रोत: अनलाईन खबर

धनगढी । कैलालीको दक्षिण पूर्वीक्षेत्रका बासिन्दा डल्फिन महोत्सवको तयारीमा जुटेका छन् । खास गरेर नारायणपुर, थापापुर, टीकापुर र भजनीका स्थानीय बासिन्दा महोत्सवका लागि जुटेका हुन् ।

टीकापुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज रावलका अनुसार- दुर्लभ डल्फिनको संरक्षण र पर्यटन विकासका लागि महोत्सवका विषयमा छलफल भइरहको छ । नेपाल-भारत सीमाको कैलाली जिल्ला भएर बग्ने मोहना, काढा र पथरैया नदीमा वर्षायाममा जलस्तर बढेपछि एक सयभन्दा बढी डल्फिन कर्णाली र गेरुवा नदीबाट अस्थायीरूपमा आउने गरेको डल्फिन संरक्षण केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ बताउनुहुन्छ ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-भोला पासवान

सप्तरीस्थित नेपाल-भारत सीमा क्षेत्रबाट एक सय सातवटा सीमास्तम्भ हराएका छन् । सो क्षेत्रमा रहेका २८ वटा जंगेपिलर (ठूला स्तम्भ) मध्ये नौवटा र तीन सय ५५ साना स्तम्भमध्ये ९९ वटा गायब भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

भारतसँग सीमा जोडिएको गोबरगाढा गाविसमा रहेका तीनवटा ठूला र एक सय ६३ वटा साना सीमास्तम्भमध्ये ३० वटा साना स्तम्भ हराएको प्रशासनले बताएको छ । पूर्वमा कोसीदेखि पश्चिममा बलान नदीसम्मको ७८ किलोमिटरको दूरीमा एक सय सातवटा सीमास्तम्भ हराएका छन् । लालापट्टी गाविसमा मात्रै २२६ नम्बरको ठूलो सीमास्तम्भ र तीनवटा सानो स्तम्भ हराइरहेको जिप्रका सप्तरीले जनाएको छ ।

Continue Reading »

स्रोत: अनलाईन खबर

दाङ, बाँके लगायतका सीमाक्षेत्रमा नेपाली भूमि र सर्वसाधारणमाथि भइरहेको ज्यादतीको बिरोधमा आज बिश्वभरका नेपालीहरुले अनलाइनमार्फत बिरोध प्रदर्शन गरिरहेका छन् ।

न्यूज पोर्टल, ब्लग तथा फेसबुकजस्ता संजाहरुमार्फत भारतीय अतिक्रमण र हस्तक्षेपको बिरोधमा बिभिन्न सामाग्री तथा बिचार प्रकाशन भइरहेका छन् (यो लिंकमा गएर आफ्ना मत राख्न सकिन्छ) ।

भारतीय सीमा सुरक्षा बल एसएसवीको प्रत्यक्ष सहभागीतामा सीमाक्षेत्रका नेपाली चेलीहरुमाथि बलात्कार र बेपत्ता बनाउन थालेपछि दाङ लगायतका जिल्लाका सीमाक्षेत्रवाट हजारौं नागरिक बिस्थापित भएका छन् ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-पर्शुराम काफ्ले

तीन महिनाअघि पुग्दा पनि सुस्तावासीले त्यस्तै स्वागत गरेका थिए, जस्तो स्वागत र आत्मीय आतिथ्यता यसपालि जाँदा देखाए । सुस्ताको नाम लिएर यहाँ आउने-जानेको कुनै कमी छैन । नवलपरासीको दक्षिणपूर्वी भागमा रहेको सुस्ता ‘राष्ट्रियताको खेती’ गर्ने मलिलो राजनीतिक जमिन बनेको छ । र, भारतीय पक्षको कब्जामा रहेको करिब १४ हजार हेक्टर नेपाली जमिनका बासिन्दा भने भारतीयहरूको ज्यादतीको सिकार भएर पनि त्यहाँ आउने टोलीलाई स्वागत र बिदाइ गर्न व्यस्त छन् ।

भारतीयहरूले सुस्तावारि पक्लिहवास्थित नारायणी नदीमा दुईवटा तटबन्ध बनाइरहेका छन् । गत चैतबाट सुरु भएको तटबन्ध साउनमा सकिनेछ । ‘भारतीयहरूको लगानीमा तटबन्ध बन्न लागेको छ, साउनमा काम सकिन्छ,’ तटबन्ध निर्माणमा खटिएका नेपाली मजदुर होमबहादुर दर्लाहीले पक्लिहवा पुगेको यो पक्तिकारसँग बताए ।

Continue Reading »

स्रोत: कान्तिपुर

-बुद्धिनारायण श्रेष्ठ

धेरै पहिलेदेखि सीमा मिचिने क्रम सुरु भएको हो । त्यतिबेला भादानाला, बिरानालाको पुरानो धार कुन हो, नयाँ धार कुन हो भन्नेमा विवाद भयो । पञ्चायती व्यवस्थामा झन्-झन् सीमा समस्या चर्कियो । कालापानी लिम्पियाधुरामा भारतीय सशस्त्र सेना बसेको छ । कालापानीको भूभाग मिचिएको छ । ०४६ पछि पनि यसमा परिवर्तन भएन । कोशी ब्यारेजदेखि सुनसरीको भन्टाबारीसम्मको पूर्व-पश्चिम राजमार्गको डेढ किलोमिटर भाग भारतले दाबा गर्‍यो । लोकतन्त्र र गणतन्त्र आएपछि पनि सीमा सुरक्षा भएको छैन ।

दाङ सीमा मिचिएका ताजा उदाहरण हो, जहाँ भारतीय सीमा सुरक्षाबल घुसपैठ भएको छ । भैसाही नाकादेखि कोइलाबास क्षेत्रको विभिन्न ठाउँमा नेपाली भूभाग मिच्ने, नेपालीलाई दुःख दिने, छाप्रा जलाउने काम भए । राजनीतिक दलका प्रतिनिध र सभासद निरीक्षण गर्न गएका छन् । उनीहरूले त्यहाँ सीमा खम्बा भत्केको मात्र देख्नेछन् । भारतीय सेनाको उपस्थिति देखिँदैन । भत्केका र आगो लगाइएका घरमात्र देख्न सकिन्छ ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-श्याम श्रेष्ठ

लोकतान्त्रिक मूल्यको ह्रास

नेपाली संसदीय राजनीति फेरि एकचोटि ०५२/५७ सालको त्यो बिन्दुमा पुगेको छ जहाँ राजनीतिमा व्यक्तिगत स्वार्थवश भएका फोहोरी खेलहरूले आमजनतामा नेताहरूप्रति, दलहरूप्रति र समग्र राजनीतिप्रति नै वैराग्य र घृणा पैदा हुन्थ्यो । विगतबाट पाठ सिकेर यस्तो कदापि हुन दिनु हुने थिएन, तर पनि कुनै पनि संसदीय दलहरू, तिनका नेताहरू चेतेको देखिएन, तिनको चरित्र र मती फेरिएको देखिएन । घुमिफिरी रुम्जाटार भनेझैँ नेपाली राजनीति अहिले यतिखेर पहिलेकै पतनशील प्रवृत्तिहरूको प्रदर्शनको अवस्थामा पुगेको छ । इतिहास दोहोरिएको छ । विश्व नै चकित पार्ने उचाइको जनआन्दोलन र गौरव गर्नलायकको शान्तिप्रक्रियाले गर्दा राज्यप्रणाली पूरापुर फेरिएको छ । त/m दुखान्त के भएको छ भने अहिले आएर तिनलाई सञ्चालन गर्ने पात्र पनि उही भएका छन् र तिनका प्रवृत्ति पनि उही भएका छन् ।

पहिलेझैँ कसैको व्यक्तिगत सत्ता-महत्त्वाकांक्षाका लागि सांसदहरूको खुलेआम किनबेच फेरि सुरु भएको छ । सत्ताकै लागि पार्टी फोड्ने र सबै पार्टीमा दलको नेतृत्व कमजोर पार्ने खेल पुनः थालनी भएको छ । लोकतान्त्रिक दलहरू सबै कमजोर हुने, परन्तु जंगी अड्डा धेरै बलियो हुने प्रक्रिया फेरि सुरु भएको छ । निर्वाचित सरकार र संसद्को अधिकारक्षेत्र फेरि निकै खुम्चिएको छ । श्रीपेच भएका राजाहरूलाई जनताले धपाइसकेका छन्, तर श्रीपेच नभएका राजाहरू सर्वत्र देखापरेका छन् । संविधानले राजनीतिक अधिकारविहीन संरक्षकको भूमिका तोकेर राष्ट्रको अभिभावकत्वको दायित्व खेल्न दिइएकाहरू पनि सत्ता-महत्त्वाकांक्षाकै कारणले, १८ दलको उत्प्रेरक आग्रहका कारणले संविधानलाई नै ठाड्ठाडो मिचेर कार्यकारी राजनीतिक भूमिकामा पुनः देखापरेका छन् । स्वदेशी राजनीतिक दलको निजी स्वार्थगत बाझो चरमचुलीमा पुग्नाले विदेशीहरूको चलखेल र हस्तक्षेप ज्यादै धेरै बढेको छ ।

Continue Reading »