Feeds:
Posts
Comments

स्रोत: नयाँ पत्रिका

-बच्चु विक

कञ्चनपुर। सीमा सुरक्षा बल (एसएसबी) ले ज्यादती गरेको भन्दै नेपालीले गुनासो गरिरहेका वेला भारतले करिब दस गुणा बढी चौकी थपेको छ । यसअघि नेपालको सीमावर्ती क्षेत्रमा ५० सुरक्षाचौकी रहेकोमा भारतले बढाएर चार सय ५० पुर्‍याएको छ ।

भारतले नेपाल र भुटानको सीमाक्षेत्रमा जम्माजम्मी पाँच सय ७८ चौकी स्थापना गरेको छ, जसमा चार सय ५० नेपालको सीमावर्ती क्षेत्रमा छन् । नेपाल र भारतबीच एक हजार सात सय ५१ किलोमिटर र भारत र भुटानबीच ६ सय ९९ किलोमिटर लामो सिमाना छ ।

Continue Reading »

स्रोत: नागरिक

-खगेन्द्र संग्रौला

सरकारको खोपीमा गन्दे झार रोपेर अत्तरको वास्ना सुँघ्न चाहनेहरु मूर्ख हुन्। बाँदरलाई काँधमा बोकेर अनुरागमय चुम्बनको चाहना गर्ने त झन् बज्रस्वाँठै हुन्। बाँदरले बन्दरु स्वभाव देखाउँछ। बाँदर सुवासमय हुँदैन त्यो गन्हाउँछ। त्यसले चुम्दैन चिथोर्छ। त्यसले मुसार्दैन झम्टा मार्छ । यो मूखर्तापूर्ण क्रीडामा दोष गन्दे झार र बाँदरको होइन। दोष त गन्दे झार रोप्ने र बाँदरलाई बोक्नेको पो हो। राजिसंहासनमा शिशु सम्राटलाई विराजमान गराउने भगिरथ प्रयास विफल भएपछि आफैँ शिशु साम्राज्ञी बन्न हत्ते हालिरहेकी सुजाता कोइरालाको मति र कर्मले साचार गरेको शिक्षा यही हो।

Continue Reading »

स्रोत: नागरिक

-खगेन्द्र संग्रौला

छट्टु सिकारी तित्राको स्वरको दुरुस्तै नक्कल गर्छ। हुस्सु तित्रो सजातीय पन्छीको स्वर सुनेको भ्रममा पर्छ। र जोडजोडले कराउँदै सिकारीछेउ आएर ऊ सजिलै मारिन्छ।त्यसैले तित्राको मुख उसको काल लुकी बस्ने दूलो हो। शीर्षस्थ माओवादी कमरेडका चाचल मुख तित्राको मुखसँग तुलनीय छन् भन्नु भयङ्कर धृष्टता होला। तर यो सुनिजानेको सत्य हो। माओवादीको छवि स्खलन सत्ताबाट उसको बहिर्गमन उसमाथिको चौतर्फी घेराउ र उसको अनिश्चित नियतिका पछिल्तिर कारण अनेक छन्। तीमध्ये एउटा जब्बर कारण उसको खुकुलो मुख हो।

मुख नम्बर एकबाटै कुरा थालुँ। यो माओवादी शिखर पुरुष कमरेड प्रचण्डको मुख हो। बाह्र बुँदे लहरो समातेर पहिलो पटक जब उनी बालुवाटारमा प्रकट भए त्यो क्षणमा उनी राजनीतिको कम्पन केन्द्र थिए। पत्रकारसामु उनी बोल्दा अनुरागले होस् वा द्वेषले आशले होस् वा त्रासले इष्र्याले होस् वा कुण्ठाले वरिपरिका सबैका अपलक दृष्टि उनीमाथि स्थिर भएका थिए। वागमतीको पुलमुनि धेरै पानी बगिसकेको छ र अहिले प्रचण्डको कद निकै होचो उनको छवि निकै धूमिल र उनको वचन निकै निस्प्रभावी भएको छ । यसो हुनुको एउटा प्रत्यक्ष कारण उनको खुकुलो मुख हो। आहान भन्छ – थुतुनो र मुतुनो अदपमा राख्नुमा नै मानिसको इज्जत र इमान भर पर्छ। राजनीतिक नेताको त झन् कुरै भएन।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

काठमाडौं। एकीकृत नेपाल राष्ट्रिय मोर्चाले सुगौली सन्धिमा गुमेका भू-भाग फिर्ता गर्न माग गर्दै शनिबार भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ । भारतीय स्वतन्त्रता दिवसका अवसरमा मोर्चाले कालो कपडामा लेखिएको मागपत्र दूतावासमा बुझाएको हो ।

सो अवसरमा मोर्चाको नेतृत्वमा पुगेको एक टोलीले ग्रेटर नेपालको पक्षमा चर्का नाराबाजी गरेको थियो । भारत अंग्रेजबाट स्वतन्त्र भएपछि टिस्टादेखि सतलजसम्मका सबै भू-भाग नेपालको हुनुपर्ने मोर्चाको माग छ ।

Continue Reading »

स्रोत: नागरिक दैनिक

जोआना लुम्ले, बेलायती अभिनेत्री
लिबरल डेमोक्र्याटिक पार्टीका नेता पिटर क्यारोल, काउन्सिलर धन गुरूङ, गोर्खा वकिल मार्टिन होवे, डेभिड इन्राइट र किरण ओरूर्केसहित आइपुगेकी थिइन्, बेलायती अभिनेत्री जोआना लुम्ले। गोर्खाली न्यायिक अभियानकारीका रुपमा परिचित ६३ वर्षीया लुम्लेले पाँचदिने नेपाल यात्रामा काठमाडौं, धरान, दमक, पोखरा, स्याङ्जा पुगिन् र गोर्खा सैनिकका परिवारसँग भलाकुसारी गर्न भ्याइन्। त्यसै क्रममा पोखराको मट्टीखान भ्यू टावर लुम्ले परिवारका नाममा घोषणा गरिएको छ। लन्डन फर्कनुअघि पोखरामा लुम्लेसँग नागरिकन्युजका भोजराज भाटले गरेको संवाद।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

मध्य तथा सुदूरपश्चिमका जाजरकोट, दैलेख, रुकुम र डडेलधुरामा फैलिएको हैजाको महामारी र मृत्युको ताण्डवनृत्य हेर्दा अब त्यहाँका मानिस दिनदिनै मरेकामा भन्दा बाँचिरहेकामा आश्चर्य मान्नुपर्ने अवस्था आएको छ । हैजाको महामारीका बीचमा त्यहाँका मानिसहरू कसरी बाँचिरहेका होलान् ? खाद्यान्न, औषधी, उपचार, स्वास्थ्यकर्मी र राज्यको खडेरीका बीचमा कसरी जीवन धानिरहेका होलान् ? बाँचिरहेका मानिसको जिजीविषा देखेर प्रश्न उठन थालेको छ: मध्य तथा सुदूरपश्चिमका जनताको जीवन आफैँ विश्वका लागि आठौँ आश्चर्य त भएन ?

Continue Reading »

स्रोत: राष्ट्रिय साप्ताहिक

-विजय पौडेल / न्युयोर्क

प्रकृतिले सिंगारिएका छङ्छङ् बग्ने  खोलानालाहरु, बिहान उठ्नासाथ सिरानीबाटै देखिने  चाँदीझै टल्कने हिमशृङ्खलाहरु, हरियाडाँडाकाँडाहरु अनि चिरबिर चिरबिर गर्ने चराचुरुङ्गीहरुको साथमा आफूले जन्मेदेखि लडिबुडी गरेको घरआँगन करेसाबारी अनि आफ्नो परिवार, नातागोता, आफ्ना साथीसंगीहरुसँगै दिल खोलेर मनाइने चाडबाड र रीतिरिवाज सबैलाई छाडेर नयाँ सृष्टि गर्ने नयाँ ससार  बसाउने धन कमाउने अनी समृद्धशाली जीवन बिताउने सपना बोकेर परदेसिन बाध्य भएका छन् धेरैभन्दा धेरै नेपालीहरु। आफ्नो मातृभूमिले खुट्टा टेक्न सिकायो, दुई हात जोडेर अभिवादन गर्न सिकायो, मिलेर बस्न सिकायो, संस्कार सिकायो तर त्यही मातृभूमिलाई केही योगदान दिने समय जब आयो, जब मातृभूमिलाई ऋण तिर्ने समय आयो तब मातृभुमीप्रति बिमुख भएर विभिन्न पेसा र व्यवसायमा नेपालीहरु परदेसिने क्रम बढेको छ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-अर्जुन पौडेल

काठमाडौं। शिक्षण अस्पतालले ४० हजार रुपैयाँ शुल्कमै मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराएपछि प्रत्यारोण गराउने बिरामीको चाप अत्यधिक बढेको छ ।

अस्पतालले एक वर्षयता ३६ जनालाई सफल प्रत्यारोपण सेवा उपलब्ध गराएको छ । सुरुका केही बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराएको अस्पतालले ४० हजारमा अन्य बिरामीलाई नियमित सेवा उपलब्ध गराउँदै आएको हो ।

‘४० हजार रुपैयाँ मात्रै अपरेसन शुल्क लिन्छौं, मिर्गौला दिने र लिने दुईजनाको बेडशुल्क छुट्टै तिर्नुपर्छ,’ अस्पतालका नेफ्रोलोजी विभागप्रमुख दिव्या सिंहले नयाँ पत्रिकासँग भनिन् । स्वदेशमै सस्तो सेवा उपलब्ध भएपछि प्रत्यारोपण गराउनेको चाप बढेको सिंहले जानकारी दिइन् । ‘हामीकहाँ एक सय आठजनाले प्रत्यारोपणका लागि नाम लेखाएका छन्, मंसिर-पुससम्म प्याक भइसक्यो, नयाँलाई पालो नै छैन ।’

Continue Reading »

स्रोत: कान्तिपुर

माधवकुमार बस्नेत

बीसौं शताब्दीका प्रख्यात अमेरिकी कानुनी दार्शनिक लोन लुभिस फुलरले कानुनको शासनको अभाव भएमा -जसले तदर्थतातर्फ उन्मुख गराउँछ), कानुनको बारेमा जनतामा पर्याप्त जानकारी नदिलाइएमा, कानुनहरू अस्पष्ट र दुर्बोध्य भएमा, पश्चातदर्शी कानुन बनाइएमा, कानुनको बीचमा अन्तरविरोध भएमा कानुनहरू चाँडचाँडो परिवर्तन भई अस्थिर भइरहेमा र कानुन, न्याय र प्रशासनमा भिन्नता भएमा जुनसुकै कानुन प्रणाली पनि असफल हुन्छ भनेका थिए । फुलरले यी कुरा नेपालको परिस्थितिलाई लामो समयदेखि अध्ययन गरेर नेपालकै लागि लेखेका हुन् कि जस्तो लाग्छ । अर्थात् यी कुरा नेपालका सन्दर्भमा हुबहु लागू हुन्छन् ।

देश अनिश्चित भविष्यतिर डोरिइरहेको भए पनि ‘नयाँ नेपालमा सुखद भविष्यको मधुरो आशा चित्रित गर्दै’ सर्वसाधारण नेपाली बाँचिरहेछन् । तर जुन ‘नयाँ नेपाल’को नारा छ, त्यो पनि नारामा सीमित हुने सम्भावनाले घनत्व प्राप्त गरिरहेको छ । सिंहदरबारभित्र जोसुकै जुनसुकै बेलामा प्रवेश गरे पनि सबै चन्द्रशमशेरकै नयाँ-नयाँ संस्करणको रूपमा देखिएका छन् । कानुन जनतालाई मात्र लाग्ने शासकलाई नलाग्ने भएर नै नेपालमा पटक-पटक आन्दोलन र क्रान्ति भए । तर तिनीहरूले जनताको मान्छे जन्माउन असफल भए । अहिले पनि त्यहींदेखिन सुरु भएको छ । जत्रोसुकै क्रान्ति भए पनि शासकलाई कानुनले बाँध्न सकेन भने र शासकको व्यवहार परिवर्तन गर्न सकेन भने त्यो क्रान्ति असफल क्रान्ति हो । अहिले नेपालमा देखिएको स्थिति पनि यही हो ।

Continue Reading »

स्रोत: कान्तिपुर

काठमाडौं। संसदीय टोलीले भारतीय पक्षबाट दाङमा सीमा अतिक्रमण र नेपालीमाथि ज्यादती भएको निष्कर्ष निकालेको छ । दाङ सीमा समस्याको स्थलगत अध्ययनपछि टोलीले संसद्मा पेस गरेको प्रतिवेदनमा नेपाली भूभागको रक्षा तथा सीमावासीको हक सुनिश्चित गर्ने दायित्वबाट राज्य विमुख भएको उल्लेख छ ।

टोलीले प्रतिवेदन प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि बुझाएको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिका सभापति पद्मलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले स्थलगत अध्ययन सम्पन्न गरी प्रतिवेदन तयार पारेको हो ।

Continue Reading »