Feeds:
Posts
Comments

स्रोत: अनलाईन खबर

प्रधानमन्त्री माधबकुमार नेपालको आसन्न चीन भ्रमणमा भारतले चासो राखेको छ । नेपालका लागि भारतीय राजदूत राकेश सूदले प्रधानमन्त्री नेपाललाई आज विहान बालुवाटारमा भेट्दै आसन्न चीन भ्रमणबारे चासो राख्नु भएको हो ।

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको वातावरण मिलाउन भन्दै चीन जानुभएकी परराष्ट्रमन्त्री सुजाता कोइला नेपाल फर्केपछि प्रधानमन्त्री नेपाल चीन भ्रमणमा जाने कार्यक्रम छ ।

भेटमा राजदूत सूदले नेपालभारत सम्बन्धमा दूरगामी असर पुर्‍याउन सक्ने कुनै पनि सम्झौता नगर्न प्रधानमन्त्री नेपाललाई दवाव दिएको बुझिएको छ ।

Continue Reading »

स्रोत: कान्तिपुर

– राजन राज पन्त

प्रविधिले विकासले धेरैलाई कम्प्युटरसँग नजिक बनाएको छ । इन्टरनेटको तीव्र विकास र प्रयोगले यसलाई अझ छिटो र प्रभावकारी माध्यम बनाइदिएको छ । तर प्रयोगसँगै यससम्बन्धी अपराध पनि बढिरहेका छन् । सुरक्षाका विभिन्न तरिका अपनाइए पनि पनि अझ नयाँ विशेषताको अपराध हुने गरेका छन् ।

त्यसमध्येकै एक ठगी प्रक्रिया हो, फिसिङ । फिसिङ भनेको आपराधिक ठगी प्रक्रिया हो, जसले संवेदनशील सूचनाहरू जस्तै पासवर्ड, क्रेडिट कार्डको विवरण तथा व्यक्तिगत विवरण्ालाई भरपर्दो तथा विश्वसनीय देखाई चोर्ने प्रयास गरिन्छ । प्रायः प्रचलित र इन्टरनेट प्रयोगकर्ताले सजिलै विश्वास गर्ने सामाजिक वेबसाइट, लिलाम तथा ई कमर्सका साइट, बैंकका साइट, अनलाइन-पेमेन्ट, प्रोसेसिङका वेबसाइट यसका लागि प्रयोग गरिन्छ ।

Continue Reading »

स्रोत: कान्तिपुर

टीकापुर। नेपाल भारत सीमाका ९८ देखि १ सय ९ नम्बरसम्म सीमास्तम्भ मोहना नदी कटानले बगाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल भजनी कैलालीले सीमा क्षेत्र निरीक्षणपछि यसबारे थाहा भएको हो ।

सीमा निरीक्षण क्रममा १०२, १०३, १०६, १०७ र १०८ नं.का सीमास्तम्भ नभेटिएको सशस्त्रका निरीक्षक सन्तराम चौधरीले बताए ।

Continue Reading »

स्रोत: कान्तिपुर

संखुवासभा। सुन्दा पत्याउन कठिन । एउटा रुद्राक्षको कर मात्रै ३० हजार रुपैयाँ । हो, भोजपुरको केउरेनीपानी गाविसमा फलेको २१ मुखे रुद्राक्ष संखुवासभामा बिक्री हुँदा जिल्ला विकास समितिले ३० हजार रुपैयाँ कर लिएको छ ।

केउरेनीपानीका राजन कार्कीले फलाएको उक्त दानाको मूल्य १५ लाख रुपैयाँ निर्धारण गर्दै जिविसले कर लिएको हो ।

रुद्राक्ष उत्पादक कार्कीले नै त्यसको मूल्य १५ लाख बताएपछि २ प्रतिशतका दरले ३० हजार रुपैयाँ कर लिएको निमित्त स्थानीय विकास अधिकारी माधवप्रसाद अधिकारीले बताए ।

Continue Reading »

स्रोत: कान्तिपुर

– कृष्ण आचार्य

मकैसिंग, गोरखा। अल्प संख्यक चेपाङ समुदायले तरकारीबाट आएको आम्दानीले गोबरग्याँस स्थापना गरेका छन् ।

सामुदायिक वन उपभोक्ता समितिले सरल ब्याजदरमा उपलब्ध गराएको ऋणले तरकारी खेती गरी बढेको आम्दानीले गोबरग्याँस बनाएका हुन् । समितिबाट लिएको ऋणको किस्ता तरकारीबाटै तिर्दै आएका छन् ।

मकैसिंग कोलडाँडा ३ र ४ वडाका १५ चेपाङ परिवारले यस वर्ष गोबरग्यास बनाएका हुन् । विकास निर्माण र प्रविधि विषयमा कम जानकार चेपाङका घरमा ग्यासबाट खाना पाक्न थालेपछि दंग छन् ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-बच्चु विक

महेन्द्रनगर। भारतीय सीमासुरक्षा बल (एसएसबी) को ज्यादतीका विषयमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले कञ्चनपुर प्रशासन तथा सुरक्षा निकाय प्रमुखहरूसित पीडा पोखेका छन् । उनीहरूले नेपाली मजदुरदेखि बिरामीसम्म एसएसबीको आतंकबाट पीडित भइरहेकोतर्फ ध्यानाकर्षण गराए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूलाई शुक्रबार एकै ठाउँमा राखेर उनीहरूले पीडा पोखेका हुन् । उद्योगी, व्यवसायी, नागरिक समाज अगुवा, राजनीतिक दलका नेताकार्यकर्ता तथा स्थानीय बासिन्दाले सीमा नाकामा एसएसबीको आतंकबारे सुनाएका थिए । सामान्य पैदल हिँड्ने नेपाली मजदुरदेखि उपचारका लागि एम्बुलेन्समा जाने बिरामी, दाहसंस्कार गर्न महाकाली किनार जाने मलामीलाई समेत एसएसबीले सताउने गरेको उनीहरूले पीडा पोखे ।

Continue Reading »

स्रोत: नागरिक

-उपेन्द्र लामिछाने

मलाई केही थाहा छैन : प्रमुख जिल्ला अधिकारी

वीरगन्ज। अत्याधुनिक हतियारसहित पक्राउ परेका भारतीय प्रहरीको एक समूह  वडा प्रहरी कार्यलय वीरगन्जबाट ‘गुपचुप’ रिहा भएका छन्। युपी ६४–१६४१ नं. को स्कारपिओ गाडीमा आएका उनीहरुलाई वडा प्रहरी कार्यालय विर्ताले बिहीबार बिहान ९ बजे हतियारसहित घन्टाघरबाट पक्राउ  गरेको थियो। भारतीय महावाणिज्य दूताबास वीरगन्जका अधिकारी जोन सिल्सी र जिल्ला प्रहरी कार्यालय  पर्साका नायव प्रहरी उपरीक्षक मसाउद अलि खानबीचको आधा घन्टाको ‘गोप्य’ कुराकानीपछि उनीहरु आफैंले गाडी चढाएर पौने १२ बजे सीमावर्ती भारतीय सहर रक्सौलतर्फ  लगेका हुन्।

उनीहरुको तस्बिर लिन सञ्चारकर्मीले अनुमति पाएका थिएनन्। प्रहरीले हतियारसमेत सञ्चारकर्मीलाई देखाएन।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

वासिङ्टन । अमेरिकाका वरिष्ठ सिनेटर तथा पूर्वराष्ट्रपति जोन एफ केनेडीका भाइ एडवर्ड केनेडीको मस्तिष्कको ट्युमरका कारण ७७ वर्षको उमेरमा निधन भएको छ । आफ्ना दाजुले सन् १९६२ मा राष्ट्रपति पदका लागि सिनेटबाट राजीनामा दिएपछि एडवर्ड केनेडी डेमोक्रेटिक पार्टीका तर्फबाट म्यासाचुसेटस् राज्यको सिनेटर भएका थिए र सातपटकसम्म सिनेटरमा निर्वाचित भएका थिए । अचेल उनी राष्ट्रपति ओबामाको सक्रिय समर्थक रहेका थिए । उनी स्वास्थ्य तथा शिक्षाजस्ता मामलाका विज्ञ मानिन्थे ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

उनी हुन् लक्ष्मीप्रसाद देवकोटाका छोरा । महाकविपुत्र अर्थात् डा. पद्मप्रसाद देवकोटा । केटाकेटी भेला पारेर बालकविता सुनाउने साहिलाबाजेका यी साहिलै छोरा । जन्मक्रमले मात्रै उनी महाकविका साहिला छोरा हुन् । तर, उनका जेठा र माहिला दाइको ज्यान नियतिले बच्चैमा खाइसकेको थियो । त्यसपछि उनी नै जेठो । ‘जेठो दाजु २०११ सालमा खस्नुभयो,’ पद्मले भने, ‘माहिला दाजु झन् ००६ सालमै बित्नुभयो, अनि परिवारमा म एक्लो छोरो भएँ ।’ त्यसपछि ०१४ सालमा कान्छो भाइ नजन्मिउन्जेल पद्म त्यो वेलाको पुत्रप्रधान परिवारका एक्ला पुत्र रहे । सायद, त्यसैले परिवारको र स्वयं महाकविको पनि उनी अति प्यारा थिए । दुई-दुईवटा छोराहरू खसेपछि देवकोटा-परिवार त्यसै पनि अत्तालिएको थियो- कतै यो कलिलो बालखा पनि उसरी नै जाने हो कि !

यी अनेक कारणले पनि पद्मले अलि बेसी स्नेह पाए । बा जहाँ जान्थे, पद्मलाई सँगै हात समातेर लैजान्थे । काठमाडौंकै सेरोफेरोमा घुम्न निस्कँदा पनि पद्म महाकविको पाखुरामा झुन्डिएका हुन्थे । ०११ सालमा दार्जिलिङतिर घुम्न जाँदा पनि तीनवर्षे फुच्चे पद्म छुटेनन् । ‘बाले अकालमा खसेका दाजुहरू सम्झेर हो कि, मलाई छोडेर जान सक्नुभएन,’ पद्म अलिकति भावुक देखिए ।

Continue Reading »

गजल

२०६६ तीजका अवसरमा

हँसिलो त्यो मुहारसित, भित्र ब्याथा थुन्छ्यौ के थाहा

भेट्दा मुस्कान ओठभरी, निदमा एक्लै रुन्छ्यौ के थाहा

**

कहिले गाउँमा, कहिले बेसी, मौका सर्दै टर्दै आयो

सौहार्दता बाहिर छरी, दिलमा कालो बुन्छ्यौ के थाहा

**

Continue Reading »