स्रोत: अनलाइन खबर
-हरिबहादुर सारुमगर
पाल्पा । प्राकृतिक स्रोत र साधनको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने स्तनधारी पंक्षी चमेराको नेपालमै पहिलो पटक पाल्पाका एक युवक शोधकर्ताले अध्ययन थालेका छन् ।
वन विज्ञानमा स्नातक अध्यायनरत तानसेन नगरपालिका काजीपौवाका २८ बर्षीय हरि अधिकारीले बिगत एक बर्ष देखि पाल्पाको विभिन्न स्थानमा चमेराको बारेमा अध्यायन गर्दै आएका छन् । अधिकारीले पाल्पाको अर्गली, मदनपोखरा, तानसेन नगरपालिका, बौघागुम्बा, राम्दी, सिलुवा लगायतका स्थानमा अध्ययन गर्दा सात थरि प्रजातीका चमेराहरु फेला परेको बताएका छन् ।
नेपालीहरूको महान् पर्व तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । यसपालिको यमपञ्चक अक्टोबर १६ देखि १९ सम्म चारदिनमात्रै परेको छ । अक्टोबर १६ मा कागतिहार, १७ मा एकै दिन ककुर तिहार र दीपावली (लक्ष्मीपूजा), १८ तारेखमा गाईतिहार र १९ तारेखमा गोवर्धन पूजाका साथै भाइटीका परेको छ । यसपालिको तिहारमा एकादशी तिथि लोप भएकाले यमपञ्चक चार दिनमै समाप्त हुन्छ । प्रतिपदाकै दिन द्वीतिया तिथि लाग्ने भएकाले २० तारेखमा पर्नुपर्ने भाइटीका १९ तारेखमै परेको हो ।
दीप प्रज्ज्वलनलगत्तै गजल वाचन भएको थियो। त्यतिवेला गजल सुन्नेहरूमा सार्क मुलुकका तत्कालीन राष्ट्रप्रमुखहरू बेनजीर भुट्टो, वीरेन्द्र शाह, रणसिंघे प्रेमदासा,जिग्मेसिंगे वाङचुक, मोहम्मद अब्दुल गच्चयुम आदि थिए र, गजल वाचक कुनै गायक वा कवि नभएर भारतका प्रधानमन्त्री राजीव गान्धी थिए। उनले पाकिस्तानका शायर इकवालको गजलसँगै आफ्नो मन्तव्य दिएका थिए।