Feeds:
Posts
Comments

स्रोत: नागरिक

-लेखनाथ पाण्डे

राहदानी विज्ञले नेपाल सोझै अत्याधुनिक इ-पासपोर्टमा प्रवेश गर्नु प्रावधिकरुपले कम झन्झटिलो र आर्थिकरुपमा सहज हुने सुझाव दिएका छन्। अहिले प्रयोगमा ल्याउन लागिएको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) केही वर्षभित्रै विस्थापित गर्नुपर्ने भएकाले एकैचोटि इ-पासपोर्टमा जाँदा दोहोरो आर्थिक भारबाट बच्न सकिने उनीहरुको तर्क छ।

परराष्ट्र मन्त्रालयका केही अधिकारीले भने चार महिनामात्र समय रहेकाले तत्काल इ-पासपोर्टमा जान सम्भव नभएको बताएका छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (इकाओ)को बाध्यकारी प्रावधानअनुसार विश्वका सबै मुलुकले आउँदो १ अप्रिल २०१० बाट मेसिनले पढ्न सक्ने राहदानी एमआरपी जारी गर्नुपर्छ। यो पूरा गर्न नसके नेपालीले विदेश यात्रा गर्न पाउने छैनन्। त्यसअघि नै लिइसकेका व्यक्तिले भने २०१४ सम्म अहिलेकै साधारण राहदानी प्रयोग गर्न सक्नेछन्।

Continue Reading »

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

भ्रष्टाचारमा नयाँ कीर्तिमान कायम गर्न थालेको नेपालमा पश्चिम नेपालका पूर्वप्रधानमन्त्रीका पुत्रको ४० करोड ऋण मिनाहा गरी सत्ताको संकट टार्न प्रधानमन्त्री भरमग्दुर लागिपरेका बेला पश्चिम नेपालकै बाजुरामा खाद्यसंकट देखिएको छ । हुन त, वर्तमान सरकारका लागि सत्ताको संकट टार्ने कार्यभार जति महत्त्वको छ, त्यति बिहान-बेलुकाको छाक टार्न नसकेका बाजुरावासीको खाद्यान्न-संकटको महत्त्व छैन । यो तथ्य सरकारले चामल माग्ने जनतालाई पुलिसको लाठी खुवाउने हदसम्मको दमनकारी व्यवहारबाट देखाइदिएको छ ।

नेता, नेता-पुत्र र धनीमानीलाई पोस्न र त्यसकै आडमा सत्ताको आयु लम्ब्याउन अनेक कसरत गरिरहेको सरकारसँग बाजुरावासीले चामल माग्ने धृष्टता गरे, अनि चामलको साटो तिनले दमन र यातना पाए । सरकारले भोकानांगा जनतालाई भात खुवाउन नसक्नु कुनै राज्य-अपराध होइन । अतः उसले भातको सट्टा लाठी खुवाएको छ र आफ्नो सरकारी दायित्व पूरा गरेको छ । आफ्नो दायित्व भोकानांगालाई भात खुवाउने होइन, लाठीमार्फत राज्यको उपस्थिति देखाउने हो भन्ने सत्य यस सरकारलाई राम्ररी ज्ञान छ । त्यही ज्ञान बाजुरावासीका बीचमा चामलको सट्टा निःशुल्क बाँडेर सरकारले सन्देश दिएको छ, सरकारको काम सिंगो देशका लागि बजेट बनाउनु हो । त्यस्तो बजेटमा भोक, भोकमरी र भोकानांगाको कुनै स्थान छैन ।

Continue Reading »

स्रोत: ई-कान्तिपुर

-जनार्दन आचार्य

स न् १९२६ नोभेम्बर २३ तारिख सोमबारको दिन भगवान् श्री सत्य साई बाबाले यस धर्तीमा जन्म लिनुभयो । ८४ वर्षको उमेरसम्म अलौकिक अवतारी पुरुष श्री सत्य साई बाबा विश्व कल्याणको अभियानमा निरन्तर लागि रहनुभएको छ । विश्वभरिका करोडौं भक्तहरूले उहाँलाई भगवान्को रूपमा श्रद्धा एवं भक्तिपूर्वक पुज्दै आएका छन् । उहाँको अलौकिक शक्ति स्पर्सबाट बोल्न नसक्नेहरू बोल्न सक्ने भएका छन्, हिँड्न नसक्नेहरू दगुर्न सक्ने भएका छन्, अन्धाहरू देख्न सक्ने भएका छन्, अज्ञानीहरू ज्ञानी बनेका छ्न् । उहाँको दर्शन मात्रले कयौं मानिसहरू पूर्ण रूपान्तरित भएका छ्न् । उहाँ एक हातमा सांसारिक ज्ञान देखाएर हामीलाई आफूतिर आकषिर्त गर्नुहुन्छ भने अर्को हातमा आध्यात्मिक ज्ञान लिएर बस्नुभएको छ । मानिस परिमार्जित हुँदै सभ्य, सुसंस्कृत, समझदार र ज्ञानि बन्न पुग्दछ, ऊ पूर्ण रूपमा रूपान्तरित हुने गर्दछ ।

Continue Reading »

स्रोत: नागरिक

-लेखनाथ पाण्डे

सरकारले गद्दी च्यूत भएको डेढ वर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई कूटनीतिक राहदानी उपलब्ध गराएको छ। परराष्ट्र मन्त्रालयले मन्त्रालयस्तरीय निर्णय गरी शाहका नाममा मंगलबार रातो पासपोर्ट जारी गरेको हो।

‘पूर्वराजाका हैसियतले उनलाई कूटनीतिक राहदानी उपलब्ध गराइएको हो,’ परराष्ट्रका एक वरिष्ठ अधिकारीले नागरिकलाई भने, ‘पूर्व राष्ट्राध्यक्षलाई कूटनीतिक राहदानी दिइनु सामान्य हो।’ ती अधिकारीका अनुसार पूर्वराजाका नाममा एक वर्षका लागि यस्तो राहदानी जारी गरिएको छ।

पूर्वराजाले राजदरबारका पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जनमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयमा कूटनीतिक राहदानीका लागि औपचारिक निवेदन दिएका थिए।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-जीवन बिसी

Fare

तपाईं रुकुमको चौरजहारीबाट नेपालगन्जसम्मको हवाईयात्रा गर्दै हुनुहुन्छ ? मध्यपश्चिम पहाडी क्षेत्रको व्यापारिक केन्द्र चौरजहारीबाट नेपालगन्जसम्म यात्रा गर्न हवाईजहाज र बससेवा दुवै पाउनुहुनेछ । तर, बस र जहाजको भाडामा भने तीन सय रुपैयाँको मात्र अन्तर पाउनुहुनेछ ।

यस क्षेत्रमा सञ्चालित यातायात व्यवसायी समितिले महँगो भाडा लिने र चौरजहारीबाट गाडी सञ्चालन हुनासाथ नेपाल वायुसेवा निगमले भाडादर घटाएपछि बस र जहाजको भाडा एउटै पर्न गएको हो ।

Continue Reading »

स्रोत: नागरिक

-किरण पुन

Flag

प्रमुख प्रतिपक्ष एकीकृत माओवादीले ‘नेपाल र नेपाली जनताको भावनालाई समेट्न नसकेको’ तर्क गर्दै औपचारिक रुपमा राष्ट्रिय झण्डा फेर्ने प्रस्ताव संवैधानिक समितिमा लैजाने भएको छ। यसअघि उसले झण्डा फेर्ने कुरा बहसको रुपमा मात्र चलाएको थियो। संवैधानिक समितिमा रहेका माओवादी सभासद्हरुको मंगलबार सम्पन्न बैठकले यस्तो प्रस्ताव लैजाने निर्णय गरेको हो।

Continue Reading »

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

 

नेपालमा राष्ट्रिय सरकार आवश्यक रहेको राष्ट्रसंघीय महासचिव बान कि मुनको विश्लेषणबाट सरकार असन्तुष्ट भएको र त्यसलाई हस्तक्षेपका रूपमा गम्भीर ढंगले लिएको भन्दै प्रधानमन्त्रीका एक सल्लाहकारको सार्वजनिक टिप्पणी आएकै दिन नेपालका लागि भारतीय राजदूतले प्रधानमन्त्री माधवकुमार नेपाल स्वयं उपस्थित कार्यक्रममा वर्तमान सरकारप्रति भारतको समर्थन मात्र दोहर्‍याएनन्, यही सरकारले संविधान बनाउने भविष्यवाणी पनि गरे । मुनभन्दा निकै कदम अघि बढेर सुदले गरेको टिप्पणीबारे भने सरकारको मौनताले विदेशी हस्तक्षेपबारे उसको दोहोरो मापदन्ड नै उजागर भएको छ ।

राजनीतिक नेतृत्वको परमुखापेक्षी सत्तालिप्सा र राष्ट्रिय इच्छाशक्तिको अभावका कारण नेपालमा कूटनीतिक नियोगहरू सुरुमा रेफ्री र बिस्तारै खेलाडी भएर नेपाली राजनीतिको मैदानमै ओर्लिसकेका छन् । आफूलाई फाइदा हुँदा त्यसलाई अन्तर्राष्ट्रिय समर्थन र बेफाइदा हुँदा भने हस्तक्षेप ठान्ने नेपाली राजनीतिज्ञहरूको दोहोरो चरित्रले विदेशीहरूलाई नेपालमा खेल्न धेरै सजिलो भएको छ । मुन र सुद प्रकरणमा सरकारको दोहोरो मापदन्ड त्यसका पछिल्ला उदाहरण हुन् । सरकार मात्र होइन, नेपाली राजनीतिका अरु खेलाडी पनि यसका अपवाद छैनन्, केवल मात्रात्मक अन्तर मात्र हो ।

Continue Reading »

गजल

संझनाको डिलमा खुनी, तिम्रै छायाँ लुकेर गो

रञ्जनाको राग थुनी, थुप्रै आँसु सुकेर गो

**

अचाक्ली यो पीरको पिरो, रसादीले मेट्ला के र

प्रतिक्षाको पाल मुनि, थुप्रै वाचा झुकेर गो

**

Continue Reading »

स्रोत: कान्तिपुर

-जितेन्द्र साह

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले सात वर्षको अवधिमा एक महिलासहित २९ नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार तीमध्ये १५ जनाविरुद्ध यो दुई वर्षको अवधिमा विभिन्न मुलुकका सुरक्षा निकायले यो नोटिस जारी गरेको हो । सन् १९६७ मा नेपाल ‘इन्टरपोल’ को सदस्य भएको हो ।

‘यसले अन्य मुलुकमा गम्भीर प्रकृतिका अपराधमा नेपाली सहभागिता बढ्दै गएको देखिएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहले कान्तिपुरसँग भने । उनका  अनुसार सबभन्दा बढी भारतीय सुरक्षा निकायले २० जना नेपालीलाई ‘मोस्ट वान्टेड’ को सूचीमा राखेर खोजी दिन आग्रह गरेका छन् ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-बच्चु विक

नेपालको राष्ट्रिय सम्प्रभुता अपमानित हुने गरी भारतले दार्चुलाको सदरमुकाम खलंगामा दिउँसै युद्धविमान उडाएको छ

महेन्द्रनगर। भारतीय वायुसेनाले लगातार दुई दिन नेपाली आकाशमा सुपरसोनिक जहाज उडाएपछि सर्वसाधारण त्रसित भएका छन् । सुपरसोनिक जहाज मंगलबार र बुधबार पटक-पटक नेपाली आकाशमा प्रवेश गरे पनि नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।

मंगलबार पहिलोपटक बिहान १० बजे ठूलो आवाज र धुवाँको मुस्लोसहित सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाशमा देखिएको थियो । केही क्षणमै विमान भारतीय सीमाक्षेत्र धार्चुलातिर हान्निएर दृश्यबाट हराएको थियो ।

स्रोतका अनुसार वायुसेनाको जहाजले भारतको पिथौरागढबाट उडान भरेको थियो । जहाज महाकाली नदीको किनारैकिनार कहिले नेपाली आकाशमा त कहिले भारतीय आकाश हुँदै उडिरहेको थियो ।

Continue Reading »