स्रोत: ई-कान्तिपुर
-पूर्ण विके
तनहुँ। काउली भनेको बाघ, ताप भनेको कुखुरा, भालु भनेको शाही, वुक्ता भनेको कपडा आग भनेको
आउनुहोस् …जस्ता कुसुण्डा भाषालाई खस भाषामा उल्था गर्दै राजामामा कुसुण्डाले मंगलवार भने, ‘वोल्ने मान्छे नहुँदा आफ्नै भाषा वोल्न विर्सिसकिएछ ।’
आमा विष्णुमायाको मृत्युपछि दोहोरो कुरा गर्ने अर्का कुसुण्डा नहुँदा कुसुण्डा भाषा वोल्न विर्सिएको राजामामाले वताए । उनी मुलुक कै कुसुण्डा भाषा वोल्ने एक्ला हुन् । उनी हाल व्यास १ तालघरेमा वस्दै आएका छन् । ‘भाषा वोल्न छोडेको पनि करिव २१ वर्ष भै सक्यो । के सम्झन सकिन्थ्यो र ?’ राजामामाले आमा जिवित छँदा कुसुण्डा भाषामा दोहोरो कुरा गर्ने गरेको वताउँदै भने, ‘आमाको मृत्युपछि भाषा वोल्ने मान्छे नै भएनन् । कोसँग वोल्ने ?’

