Feeds:
Posts
Comments

स्रोत: कान्तिपुर

-डा सुवेद घिमिरे

अमेरिकन भौगर्भिक सर्भे (USGS) को तथ्यांक अनुसार पृथ्वीमा हरेक वर्ष एउटा महाभूकम्प (म्याग्निच्युड ८ भन्दा ठूलो), हरेक २० दिनमा एउट ठूलो भूकम्प (म्याग्निच्युड ७.९), हरेक महिना १२ वटा तीव्र भूकम्प (म्याग्निच्युड  ६-६.९), हरेक दिन चारवटा मध्यम भूकम्प (म्याग्निट्युड ५-५.९), हरेक दिन ११० वटा हल्का भूकम्प (म्याग्निट्युड ४-४.९), हरेक दिन चार हजार जति स-साना भूकम्प (म्याग्निट्युड ४ भन्दा साना) जाने गर्छन् । विश्व मानचित्रमा यस्ता भूकम्पहरू मुख्यतया टेक्टोनिक प्लेटहरूका सीमा क्षेत्रमा जाने गर्छन्, जहाँ टेक्टोनिक प्लेटहरू बन्ने वा नष्ट हुने प्रक्रिया भइरहेको हुन्छ । भूकम्प विज्ञानको विकासले भूकम्पीय स्रोत, प्रक्रिया, तरंगहरूको प्रसारण विधि र असर सम्बन्धमा ठूलै फड्को मारिसकेको भए तापनि पूर्वानुमान गर्न भने असम्भव छ । भूकम्पलाई नियमित प्राकृतिक प्रक्रियाका रूपमा बुझ्दै यसका असरहरूलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सोच्नु श्रेयस्कर हुन्छ ।

Continue Reading »

गजल

कोसँग, खोल्यौ के बुझिन

बैंशमा पोल्यौ के बुझिन

**

सार्थें कि सपनी तिमीलाई

घमण्ड घोल्यौ के बुझिन

**

Continue Reading »

स्रोत: नेपाली पोष्ट

-यमुना अर्याल

बाबूः           “टक टू ओन्ली इङ्लिस, आर यू रेडी ? ”
छोराः          ” ओ के आइ एम रेडी ड्याडी ” ।
बाबूः            छोरा,  ” ओ के स्टार्ट ” ।

नेपाली विषयका  लेक्चर पिता र अग्रेजी लवजमा बोल्न सिक्दै गरेको छोराबिच दिनहुँ हुने संवाद हो यो । राजधानीको मध्य बानेश्वरमा बसोबास गर्ने रिजाल दम्पति र उनको एक्लो छोरा अंग्रेजीममै सबै काम कुरा गर्छन । घरमा पर-पाहूना आएको बेला बाहेक अरु बेला अग्रेजीमै कुराकानी गर्नुपर्छ । यसो आक्कल-झुक्कल बोल्दाबोल्दै नेपाली भाषा मिसियो भने अग्रेजी भाषाको शिकारु छोरालाई ड्याडीले बाथरुममा थुनिदिऊ भन्नुहुन्छ यही डरले पनि ऊ बडो होसियारी भइकन अंग्रेजीमा कुराकानी गर्छ । ठूलो भएपछि ऊ पाइलट बन्नुपर्छ , -ऊ जे सुकै बन्थ्यो होला तर परिवारले पाइलटको सपना देखाएको छ उसलाई ) त्यसका लागि अंग्रेजी त जान्नै पर्छ  ऊ अग्रेजीमै भन्छ । उसका ड्याडी मम्मीले यही कुरा उसको बालमष्तिष्कमा भर्दिसकेका छन । “मेरो त मम्मी पनि अग्रेजीमै बोल्नुहुन्छ उसले साथीभाइको मासमा अग्रेजी भाषामै भन्छ । साथीभाई पनि अग्रजीमै बोल्छन उसका अधिकाश साथीको घरमा पनि नेपाली भाषालाई ‘अलाऊ’ छैन “उसकै शब्दमा भन्नुपर्दा ।

Continue Reading »

स्रोत: ई-कान्तिपुर

-रासस

रत्ननगर, चितवन। चितवनको सीमा क्षेत्रको सुरक्षाका लागि जिल्लामा सीमा  सुरक्षा  कार्यालय स्थापना गरिएको छ । दुईसय ३७ जना सशस्त्र प्रहरी रहने गरी पहिलोपटक सीमा सुरक्षा कार्यालय स्थापना गरिएको हो ।

कार्यालयले यही फागुनबाट आफ्नो नियमित कार्य सञ्चालन गरेको सशस्त्र प्रहरी उपरीक्षक गजेन्द्र शाहीले जानकारी दिए । चितवनको भरतपुरस्थित आँपटारीमा मुख्य कार्यालय स्थापनाको तयारी भइरहेको भए पनि तत्कालीन समयमा स्थान अभावको कारण पूर्वी चितवनको भण्डारामा रहेको सशस्त्र प्रहरी बल गढीमाई गण भण्डाराबाट दैनिक कार्य सञ्चालन गर्ने गरी कार्यालय स्थापना भएको उनले बताए ।

Continue Reading »

स्रोत: नागरिक

-लेखनाथ पाण्डे

सरकारले विश्वभर छरिएर रहेका दशौं लाख गैरआवसीय नेपालीलाई विशेष सुविधायुक्त परिचय पत्र वितरण सुरु गरेको छ। परराष्ट्रमन्त्री सुजाता कोइरालाले गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष देवमान हिराचनलाई सोमबार ‘गैरआवसीय नेपाली परिचय पत्र’ दिएर यसको औपचारिक थालनी गरिन्।

मुख्यतः एनआरएन समुदाय मार्फत् स्वदेशमा लगानी, सिप र प्रविधि आकर्षित गर्न सरकारले सुविधायुक्त परिचय पत्र दिएको हो। परिचय पत्र प्राप्त गर्नेलाई नेपालमा कम्पनी खोली प्रत्यक्ष लगानी गर्न सहुलियत दिइएको छ।

Continue Reading »

स्रोत: कान्तिपुर

-लोकमणि राई

काठमाडौं। परराष्ट्र मन्त्रालयले मेसिन रिडेबल पासपोर्ट (MRP) जारी हुन नसके नेपालीलाई विदेश भ्रमणमा अवरोध भई राष्ट्रिय संकट आउन सक्ने चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को बाध्यकारी प्रावधान अनुसार चैत १९ गतेपछि जारी गरिने हस्तलिखित राहदानीले अन्तर्राष्ट्रिय यात्राका लागि वैधानिक मान्यता पाउँदैन । आईकाओको निर्देशन अनुसार सरकारले पाँच वर्षअघि नै एमआरपी जारी गर्ने निर्णय गरेको हो । तर सरकारी उदासीनताका कारण आईकाओले तय गरेको बाध्यकारी समयसीमाभित्र  जारी नहुने निश्चित भएको छ ।

Continue Reading »

स्रोत: नागरिक

-मिथिलेश यादव

लहान। प्रत्येक वर्ष ५० हजारभन्दा बढी आँखा रोगीको शल्यक्रिया गरेर लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल शल्यक्रियाको आधारमा विश्वकै दोस्रो ठूलो आँखा अस्पताल बनेको छ। सन् २००९ मा अस्पतालले ३ लाख ३८ हजार ४ सय ३४ बिरामीको आँखाको उपचार गरेको छ।

बिहीबार २७ औं वार्षिकोत्सव कार्यक्रममा अस्पतालका कार्यक्रम निर्देशक डा. अल्बे्रच्ट हेनिङले प्रतिवेदन प्रस्तुत गर्दै यो अस्पताल सात वर्षदेखि विश्वको दोस्रो ठूलो आँखा अस्पताल बन्न सफल भएको बताए।

Continue Reading »

स्रोत: नागरिक

-दीपक दाहाल

नियन्त्रण गर्न एकसाता लाग्ने, स्वाइन् फ्लुभन्दा खतरा

पोखरा उपमहानगरपालिका घारीपाटन भन्ने स्थानमा बर्ड-फ्लु (H5N1) भेटिएको छ। उपमहानगरपालिकाको वार्ड नं ७ स्थित कृषक ज्ञानबहादुर खड्काको घरमा पालिएको हाँस र कुखुराको नमूनामा H5N1 भेटिएको पुष्टी सरकारले गरेको हो।

कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा.हरि दाहालले बेलायतस्थित वेलव्रिज ल्याब्रोटोरिज नामक प्रशोगशालामा परीक्षणका लागि पठाएका ६ वटा नमूना मध्ये ६ वटामा नै H5N1  भेटिएको रिपोर्ट बुधबार आइपुगेको जानकारी दिए।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-लक्ष्मण खड्का

दोलखा। खुला सिमानाको फाइदा उठाउँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको लामाबगर नाकाबाट तिब्बती शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको छ । गत साउन महिनायता दोलखामा मात्र १९ जना तिब्बती शरणार्थी पक्राउ परेका छन् ।

जिल्लाको बराङ गाविसबाट १० जना पक्राउ परेको एक साता नबित्दै थप दुई तिब्बती शरणार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । टि्रपर चढेर दोलखा सदरमुकाम चरिकोटतर्फ आउँदै गरेका दुई शरणार्थीलाई प्रहरीले जिल्लाको लामिडाँडा-६ स्थित बन्चरे भन्ने स्थानबाट पक्राउ गरेको हो । एक साताअघि मात्र प्रहरीले बराङ गाविसबाट दुई महिलासहित १० जना तिब्बती शरणार्थीलाई पक्राउ गरी अध्यागमन विभागमा बुझाएको थियो ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-प्रकाश लम्साल

बारा। बारामा सुरक्षा स्थिति नाजुक हुँदा अवैध हातहतियार बोकेर हिँड्ने क्रमले व्यापकता पाएको छ । अपराधीहरूले मात्र होइन, आमनागरिकले समेत आत्मसुरक्षाका लागि अवैध हतियार बोक्न थालेका छन् ।

अपहरण, धम्की, चन्दा असुली र हत्याको शृंखला बढ्दै गएपछि सुरक्षा स्थिति नाजुक बनेको हो । सशस्त्र भूमिगत संगठन र आपराधिक कार्यमा संलग्नबाहेक आमनागरिक, राजनीतिक दलका नेता-कार्यकर्ता तथा व्यापारीले घरमा हतियार राख्न र बोकेर हिँड्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पछिल्लो समय जिल्लामा धमाधम हातहतियार सहित थु्रपै व्यक्ति पक्राउ पनि परेका छन् ।

Continue Reading »