स्रोत: ई-कान्तिपुर
-घनश्याम खड्का
म्याग्दी। बाटोको किनारा, खेतबारी र जंगलभरी खेर गइरहेको च्वास्स पोल्ने झार (सिस्नु) बेचेर यस वर्ष यहाँका महिलाहरुले झोलीभरी लाखौं रुपैयाँ जम्मा पारेका छन् ।
जिल्लाको दाना, घार, घतानका महिलाहरुले सिस्नुको मुन्टा र फुलको धुलो बनाई ‘सिस्नु पाउडर’ विक्री गरेर यो वर्ष ५ लाख ५० हजार रुपैया आम्दानी गरेका हुन् । यहाँका महिलाले यस वर्ष १३ क्वीन्टल सिस्नुको धुलो उत्पादन गरि जिल्लाबाहिर पुर्याएर विक्रि गरी यो आम्दानी गरेका हुन् । सिस्नु बेचेर यस वर्ष दानाकी मैती तामाङ्गले ३० हजार र घतान नेप्टेचौरकी गंगा खत्रीले २५ हजार आम्दानी गरे । ‘यो वर्ष सिस्नुको धुलो बेचेर २५ हजार र टिमुर बेचेर ६० हजार आम्दानी गरें’ नेप्टेचौरकी अगुवा गंगा खत्रीले भनिन् ।
असोज देखि फागुनसम्म सिस्नु टिप्ने, धुलो बनाई विक्री गर्ने र प्रयोग गर्ने ‘पिक सिजन’ हो । सादा सुपको रुपमा तथा मास, सिमी लगाएतका दालमा मिलाएर प्रयोग गर्न सकिने सिस्नु पाउडर मधुमेहका विरामीले खोजी-खोजी प्रयोग गर्ने गरेका छन् । सिस्नुको सुपले शरिरमा गर्मी बनाउने भएकोले गर्मी मौषममा खानु उपयुक्त हुंदैन् । Continue Reading »
