Feeds:
Posts
Comments

स्रोत: ई-कान्तिपुर

-घनश्याम खड्का

म्याग्दी। बाटोको किनारा, खेतबारी र जंगलभरी खेर गइरहेको च्वास्स पोल्ने झार (सिस्नु) बेचेर यस वर्ष यहाँका महिलाहरुले झोलीभरी लाखौं रुपैयाँ जम्मा पारेका छन् ।

जिल्लाको दाना, घार, घतानका महिलाहरुले सिस्नुको मुन्टा र फुलको धुलो बनाई ‘सिस्नु पाउडर’ विक्री गरेर यो वर्ष ५ लाख ५० हजार रुपैया आम्दानी गरेका हुन् । यहाँका महिलाले यस वर्ष १३ क्वीन्टल सिस्नुको धुलो उत्पादन गरि जिल्लाबाहिर पुर्‍याएर विक्रि गरी यो आम्दानी गरेका हुन् । सिस्नु बेचेर यस वर्ष दानाकी मैती तामाङ्गले ३० हजार र घतान नेप्टेचौरकी गंगा खत्रीले २५ हजार आम्दानी गरे । ‘यो वर्ष सिस्नुको धुलो बेचेर २५ हजार र टिमुर बेचेर ६० हजार आम्दानी गरें’ नेप्टेचौरकी अगुवा गंगा खत्रीले भनिन् ।

असोज देखि फागुनसम्म सिस्नु टिप्ने, धुलो बनाई विक्री गर्ने र प्रयोग गर्ने ‘पिक सिजन’ हो । सादा सुपको रुपमा तथा मास, सिमी लगाएतका दालमा मिलाएर प्रयोग गर्न सकिने सिस्नु पाउडर मधुमेहका विरामीले खोजी-खोजी प्रयोग गर्ने गरेका छन् । सिस्नुको सुपले शरिरमा गर्मी बनाउने भएकोले गर्मी मौषममा खानु उपयुक्त हुंदैन् । Continue Reading »

फूल

फक्रेको वैंश

भरिलो सुवास

मदमस्त यौवन

जिउभरी बसन्त

आहा!

अतुलनीय

ए फूल,

Continue Reading »

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

मेघालय र आसामको सीमाबाट नेपालीहरूको सामूहिक विस्थापन अझै जारी छ । त्यहाँ नेपाली जिउँदै जलाइएका छन्, पिटिएका र लखेटिएका छन् । तर, नेपाल सरकारले तिनको सुरक्षाका लागि औपचारिक वक्तव्यको औपचारिकताबाहेक क्रियात्मक र परिणाममुखी दबाब दिन सकेको छैन । दिल्लीको नजिक भनिएको सरकारले त्यो सम्पर्क र समर्थनलाई आसामका नेपालीको जीवनहरण र विस्थापन रोक्न प्रयोग गर्न सके थोरै भए पनि ‘पाप’ काटिने थियो ।

जिम्बाबेका गोराहरूका लागि युरोपले रोबर्ट मुगाबेमाथि प्रतिबन्ध लगाउँछ । फिजीका भारतीयका लागि भारतीय विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय मञ्चमा आक्रोशको घन्टी बजाउँछ । बेलायतको एउटा अपहरित नागरिक अन्तर्राष्ट्रिय समाचार बन्छ । पाकिस्तानको बलुचिस्तानमा कुटिएको एउटा अमेरिकी संसारभरि ँब्रेकिङ न्युज’ हुन्छ । तर, नेपालीका दुःखले संसार त के नेपालकै सरकारको पनि संवेदनालाई जगाउन सक्दैनन् । हतियारधारी सुरक्षाकर्मीको लावालस्करसहित अवैध ढंगले नेपाल छिर्ने उत्तरप्रदेशकी मन्त्रीलाई नियन्त्रणमा लिने नेपाली सुरक्षाकर्मीलाई पुरस्कृत गर्नुको साटो निलम्बन गरेर दिल्लीलाई खुसी पार्ने नेपालको सरकारले मेघालयका नेपालीका लागि दिल्लीलाई दबाब दिने हैसियत कसरी राख्छ ?

Continue Reading »

स्रोत: कान्तिपुर

विशेष सम्पादकीय

संविधानसभाको आयु अब केही घन्टा मात्र बाँकी छ । यसबीच राजनीतिक दलहरू बीच कुनै सहमति भएन भने मुलुकको यो एकमात्र निर्वाचित जननिकाय नयाँ संविधान जारी गर्ने जिम्मेवारी पूरा नगरी भंग हुनेछ । त्यो क्षण दुर्भाग्यपूर्णमात्र हुने छैन, त्यसका थुप्रै दुरगामी दुष्परिणामसमेत मुलुकले भोग्नुपर्ने हुन्छ । त्यसैले तत्कालको राष्ट्रिय आवश्यकता भनेको न्यूनतम अवधिका निम्ति संविधानसभाको म्याद थप्नु हो ।

संविधानसभाको म्याद थप्नुको अर्थ नयाँ संविधान निर्माणको सुनिश्चितता गर्नु हो, जुन काम विगत दुई वर्षमा हुन सकेन । त्यो असफलताको मूलकारण संविधानसभा स्वयंचाहिँ होइन, संविधानसभा बाहिर उब्जेको राजनीतिक विवाद हो । खासगरी प्रमुख तीन दलहरू, माओवादी, कांग्रेस र एमालेबीच शान्ति प्रक्रिया, सत्ता-साझेदारीलगायतका मुद्दामा उत्पन्न गम्भीर मतभेदको असर संविधानसभा भित्र परेको हो । त्यसैले यी बाहिरिया विवादमा न्यूनतम समझदारी कायम नभएसम्म दुईतिहाइ बहुमतको अनुमोदनसहित नयाँ संविधान जारी गर्न सम्भव छैन, न त शान्ति प्रक्रियाको व्यवस्थापन सहज देखिन्छ । त्यसैले त्यसका निम्ति आजै, अहिल्यै गर्नुपर्ने काम भनेको अन्तरिम संविधान संशोधन गरी संविधानसभाको आयु बढाउनु हो ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

व्यवस्था गणतन्त्र, सोच सामन्ती, जनता गणतन्त्र, नेता एकतन्त्री, प्रणाली गणतन्त्र, व्यवहार हुकुमी, अनि नारा गणतन्त्र, प्रक्रिया निरंकुश रहेसम्म गणतन्त्र संस्थागत हुन सक्दैन

देश गणतन्त्र भएको भोलि जेठ १५ गते ठीक दुई वर्ष पुग्दै छ । तर, यस अवधिमा देशले गणतन्त्रलाई आफ्ना अवयवमा कति प्रसार गर्न सक्यो, यो भने अत्यन्तै कठिन प्रश्न बनेर खडा भएको छ । विभिन्न समयमा भएका जनसंघर्षका बलिदानी शृंखलाको संयुक्त स्वरूप ०६२/६३ को जनआन्दोलनले राजतन्त्र फालेर गणतन्त्र त स्थापना गर्‍यो, तर त्यसको प्रत्याभूति जनताले आजसम्म गर्न पाएका छैनन् । व्यक्ति फेरिए पनि प्रवृत्ति फेरिन सकेको छैन । एउटा राजा फालिए पनि नयाँनयाँ थुप्रै राजा सतहमा आएका छन् । सामन्ती सोच, संस्कार र व्यवहारसमेत कुनै न कुनै रूपमा देखिइरहेका छन् । यो गणतन्त्र कार्यान्वयनको असफलताको परिणाम हो । गणतन्त्रनिम्ति तिर्खाएका जनतासम्म गणतन्त्र पुग्न नसक्नुको प्रतिफल हो । अनि, गणतन्त्रले वास्तविक स्वभाव र स्वरूपमा संस्थागत हुन नपाएको अवस्थाको परिणति पनि हो । गणतन्त्र दिवस मनाउनुअघि सबैले टाउकामा हात राखेर सोच्नु जरुरी छ, आफैँलाई समीक्षा गर्नु जरुरी छ र पहिले आफूलाई गणतन्त्र बनाएर संस्थागत गणतन्त्रको अभ्यास आरम्भ गर्नु जरुरी छ । तब मात्र गणतन्त्र संस्थागत बन्न सक्छ, यसको भविष्य सुनिश्चित हुन सक्छ ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-राजेन्द्र महर्जन

निरो दरबारको अट्टालिकामा बसेर बाँसुरी बजाउँदै थिए रोम सहर जल्दै गर्दा । महान् संगीतप्रेमी निरोको बाँसुरीवादन निरन्तर जारी थियो आफ्नो देश डढेलोका कारण ध्वस्त हुँदै गर्दा पनि । सहरबाट उठ्दै गरेका आगोका लप्काका बीच पनि बाँसुरीवादनको आनन्द कस्तो थियो होला ? आफ्नै राज्य जलाएर, त्यसको राप-तापका बीच संगीतमा मग्न हुने निरोलाई बाहेक अरू कसलाई त्यसको सही अनुभव र तथ्य ज्ञान होला ?

घर जलाएर खरानी घस्ने प्रवृत्तिकै पुनरावृत्ति हो निरोको व्यवहार । रोमका राजा निरोको यस्तो व्यवहार अचेल शासकीय प्रवृत्तिकै रूपमा देखिएको छ । हुन त रोम सहर जलाएर संगीतमा मग्न हुने निरोको उद्देश्य पनि पवित्र थियो, नयाँ सुन्दर रोम बनाउने उनको सपना पनि असुन्दर थिएन । तर, पवित्र वा सुन्दर सपना साकार पार्ने उद्देश्यले गरिएको विनाशले निरोलाई इतिहासका खलपात्र बनायो । हाम्रो युगका निरोका सपना-जपना पनि अपवित्र र असुन्दर छैनन्, किनभने उनले पनि शान्ति र संविधानको माला जपेका छन् । र त उनी संविधानसभा जल्ने सर्तमा पनि सत्ताको बाँसुरी बजाउँदै छन्, र त उनी बढ्दो असहमति, अराजकता र द्वन्द्वको रापतापका बीचमा कुर्सीको राग अलाप्दै छन् । उनी आजभन्दा दुई हजार वर्षअघिका रोमका निरोको नयाँ नेपाली अवतार बनेर देखाउँदै छन्, बहुमतीय शासनको ताण्डवनृत्य ।

Continue Reading »

स्रोत: नागरिक

-पुरनप्रसाद विष्ट

भारतको पूर्वोत्तर मेघालयका आदिवासी (खसिया, गारो, जयन्तीय) ले नेपाली भाषीविरुद्ध चलाएको दंगामा दुई दर्जन बेसीको ज्यान गइसकेको छ। निर्मम साम्प्रदायिक दंगामा मारिएकामध्ये १७ जना नेपाली भाषी छन्। अब डर अरू दंगा भड्केला भन्ने हो। केही दिनसम्म होइन, केही वर्षसम्मै।

दंगा मेघालयका लिङपीबाट सुरु भई जयन्तीया हिल, गारो हिल र राजधानी सिलोङसम्म फैलिएको छ। ती ठाउँमा नेपाली मूलका मानिस निसाना बनिरहेका छन्। सरोकारवाला निकायले बेलैमा पहल नगरे एकपक्षीय आक्रमण छिट्टै मत्थर हुने देखिँदैन।

Continue Reading »

समय

यो त बग्दो समय

विचित्र समय

बिगत खोल्छ समय

बर्तमान बोल्छ समय

विछोड कोर्छ समय

मिलन जोर्छ समय।

**

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-प्रा.डा. बद्री विशाल भट्टराई

लेख्य नेपाली भाषालाई सरल र वैज्ञानिक ढङ्गले व्यवस्थित गर्न वर्ण विन्यासका क्षेत्रमा विगतदेखि वर्तमानसम्म धेरै पटक सुधारका प्रयासहरू भएका छन् । भरखरै नेपाली वर्ण विन्यासमा सुधार गरिएको छ । सुधारका नयाँ स्थापनाबारे यहाँ सामान्य चर्चा गरिएको छ ।

नेपाली वर्ण विन्यासका नयाँ स्थापना

नेपाली वर्ण विन्यास सम्बन्धी नयाँ स्थापनाहरू दुई वर्गमा विभाजित छन् :

क. तत्सम शब्दको वर्ण विन्यास

ख. तद्भव र आगन्तुक शब्दको वर्ण विन्यास

Continue Reading »

स्रोत: कान्तिपुर

-अब्दुल्लाह मियाँ/शिला पाण्डे

काठमाडौ। बीसौंपल्ट सर्वोच्च शिखर सगरमाथा चुमेका ‘सुपर शेर्पा’ आप्पा मंगलबार त्रिभुवन विमानस्थल झर्दा निकै उत्साहित देखिए । आफ्नै कीर्तिमान तोड्दै बनाउँदै आएका उनी फेरि एकपटक चुचुरोमा पुग्न पाएकामा दंग थिए । तर यस्तो हर्ष अब अरूले पनि बाँडुन् भन्ने चाहना उनमा पलाउन थालेछ । भने, ‘युवा आरोहीले मेरो कीर्तिमान तोडुन् भन्ने चाहन्छु तर म थाकेको होइन ।’

आप्पाले चारपल्टको असफल प्रयासपछि सन् १९९० मा सगरमाथामाथि पहिलो सफलता पाएका थिए । सन् १९९२ मा दुईपल्ट शिखरमा पाइला पुर्‍याएका थिए । १९ औं पल्टको आरोहण कीर्तिमानलाई शनिबार फेरि तोडेका हुन् । इको एभरेस्ट एक्सपिडिसनको सगरमाथा सफाइ अभियानमा तीन वर्षदेखि उनी सक्रिय छन् । विश्व वन्यजन्तु कोषका एम्बेसडरका रूपमा रहेका आप्पाले शिखरमा जलवायु परिवर्तनबारे चेतना जगाउने नारा अंकित ब्यानर पनि फहराएका थिए ।

Continue Reading »