Feeds:
Posts
Comments

स्रोत: कान्तिपुर

-अलका आत्रेय चुडाल

‘इन्टरनेट छाडेर लुगा धुन जा भन्ने आमाको ढाडमा छुरी प्रहार गरी हत्या’ -यो अष्ट्रियाको भियनामा घटेको एउटा घटनाबारे त्यहाँका पत्रिकामा प्रकाशित खबरको शीर्ष हो । सन् २०१० अपि्रल महिनामा एउटी १४ वर्षे छोरीले आफ्नी आमालाई ढाडमा सातपटक छुरी रोपेर मारिन् । दिउसो स्कुलबाट घर फर्किनासाथ ल्यापटपमा इन्टरनेटको सञ्जाल खोलेर बसेकी छोरीसँग उनकी आमाको भनाभन भयो । आमाले छोरीलाई इन्टरनेट बन्द गर्न भनेपछि तातेको यो बहस केही बेरमा शान्त भयो र छोरीलाई लुगा धुन जा भनेर आमा आफू नुहाउने कोठामा गइन् । यो लुगा धुनु पनि हाम्रो नेपाली गाउँ-सहरमा जस्तो बाटामा साबुन धसेर घन्टौं लगाएर धुने धुवाइ थिएन, मात्र लुगा धुने यन्त्रमा लुगा हालिदिने र समय भएपछि झिकेर ल्याउने थियो । रिसको झोँकमा आँखा नदेखेकी छोरीले आमा कोठाबाट निस्केपछि भान्साबाट तरकारी काट्ने धारिलो चक्कु लगेर नुहाउने कोठामा रहेकी आमाको ढाडमा सातपटक रोपिन् । हुन त यो उनीहरूको पहिलो भनाभन थिएन । आमा-छोरीबीच योभन्दा अघि पनि धेरैपटक कम्प्युटर, इन्टरनेट र फेसबुक लगायतका कुरामा गलफत्ती भइरहन्थ्यो ।ती किशोरीले फेसबुकमा र आफ्नो दैनिकीमा आमासँग रिस उठेको र भनाभन भएको कुराहरू लेखेकी पनि रहिछन् । कुनै बेला उनले ‘आज मसँग चक्कु थिएन, नत्र म त्यसको घाँटी रेटिदिन्थेँ र यो झगडा सधैंका लागि सकिन्थ्यो’ भनेर  पनि लेखेकी रहिछन् ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

सरकारले महिलालाई रोजगारीका लागि जान प्रतिबन्ध लगाए पनि दलालले गैरकानुनी बाटोबाट उनीहरूलाई तिनै प्रतिबन्धित देशतिर उडाइरहेका छन्।

वैदेशिक रोजगारीको आकर्षण बढ्दै गएपछि सिन्धुपाल्चोकका अधिकांश गाउँ महिलाविहीन हुन थालेको समाचार प्रकाशमा आएको छ । यस समाचारले नेपाली महिलालाई वैदेशिक रोजगारीको आकर्षणले कति तानेको रहेछ, प्रस्ट पारेको छ । देशमा बढ्दो बेरोजगारी, असुरक्षा, कमजोर आर्थिक स्थिति आदिका कारण घरखेत बन्धकी राखेरै पनि लाखौँ युवा बिदेसिन बाध्य बनिरहेको पछिल्लो समयमा नेपाली महिला पनि रोजगारीका लागि छिमेकी मुलुक भारतमात्र नभई खाडी मुलुकहरू कतार, कुवेत, साउदी अरब, इजरायललगायतका देशसम्म पुगिरहेका छन् । कोही छिटै धनी बन्ने सपना पालेर, कोही अरूको देखासिकी गरेर त कोही घरको गरिबीबाट उन्मुक्ति खोज्दै विदेश जाने क्रम बढिरहेको छ । सरकारले कतिपय देशमा महिलालाई रोजगारीका लागि जान प्रतिबन्ध लगाएको छ । तैपनि, दलालहरूले गैरकानुनी बाटोबाटै भए पनि उनीहरूलाई तिनै प्रतिबन्धित देशतिर उडाइरहेकै छन् । नेपाली महिला हरेक दिन कानुनी वा गैरकानुनी बाटो जताबाट भए पनि बिदेसिइरहेका छन् । यसमा न सरकारले नै केही गर्न सकिरहेको छ, न त यस क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाले नै केही गर्नै सकेका छन् ।

Continue Reading »

स्रोत: कान्तिपुर

-श्याम श्रेष्ठ

देश भयावह राजनीतिक संकटमा जेलिएको बेला आमजनताको अपेक्षापूर्ण आँखा अब फेरि पहिलेकै जस्तो सशक्त नागरिक खबरदारीको खाँचो तर्फ केन्द्रित देखिएको छ । दस वर्षे सशस्त्र द्वन्द्वको समयमा र ०६२/६३ सालको राजाको प्रत्यक्ष शासनबाट सिर्जित राजनीतिक संकटको बेला जब दलहरू ज्यादै कमजोर र अलोकप्रिय थिए, त्यतिबेला समस्या समाधानका लागि नागरिक आन्दोलनले खेलेको ऐतिहासिक भूमिकाका कारणले पनि जनताको नागरिक आन्दोलनप्रति ज्यादा आशा र अपेक्षा रहेको हो ।

Continue Reading »

आउला भन्दाभन्दै

यसपाली त

अघाउञ्जेल

मनाउँला भन्दाभन्दै

परदेशमा

पुरानै पस्केर

उही

परार झैं

सन्नाटा चिरेर एकदिन

सुटुक्क

आएर गयो दशैं।

**

Continue Reading »

स्रोत: नागरिक दैनिक

वि‌.सं. २०६६ को मदन पुरस्कार बैतडीका नरबहादुर साउदलाई प्रदान गरिने भएको छ। उनलाई नेपालका बालीनाली र तिनको दिगो खेती नामक विद्वत् ग्रन्थका लागि यो पुरस्कार दिइने भएको हो। त्यसैगरी जनकपुरका डा. राजेन्द्र विमललाई जगदम्बा श्री पुरस्कार दिइने भएको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले बुधबार यो निर्णय गरेको हो।

विमललाई ४ दशकदेखि मिथिला क्षेत्रमा मैथिलभाषी विद्यार्थीलाई नेपाली भाषामा शिक्षित गराई विद्वान् बनाउने पुनीत कार्यका साथै नेपाली भाषामा अनेकानेक ग्रन्थ रचना गरी नेपाली भाषा वाङमयलाई समृद्ध तुल्याउने कामसमेत गरेवापत उक्त पुरस्कार प्रदान गरिने भएको गुठीले जनाएको छ।

Continue Reading »

स्रोत: नागरिक दैनिक

-माधव ढुङ्गेल

काठमाडौं। सरकारले लवेदा, सुरुवाल, कोट र चोलो-सारीलाई ‘नेपाली पोसाक’ को मान्यता दिएको छ। लोकतन्त्र आएपछि पहिलो पटक नेपाली पोसाक तोकिएको हो। लोकतन्त्रअघि पुरुषलाई दौरा, सुरुवाल, कोट र टोपी, महिलालाई चौबन्दी चोलो र फरिया ‘राष्ट्रिय पोसाक’ थियो। नेपाल राजपत्रमा ‘राष्ट्रिय पोसाक’ नभनी ‘नेपाली पोसाक’ नाम दिइएको छ।

Continue Reading »

फूल-२

बसन्त बहारमा

कलाभरी फूल

आकर्षक फूल

मोहनी फूल

रातो फूल, सेतो फूल

पहेंलो फूल, बैजनी फूल

निलो फूल, कलेजी फूल

सप्तरङ्गी फूल, नौरङ्गी फूल

रङ्गीबिरङ्गी फूल

बहुरङ्गी फूल

Continue Reading »

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

नेपालका प्रत्येक क्रान्ति वा आन्दोलन र जनताको बलिदान राजनीतिक दल र नेताका लागि सत्तारोहण गर्ने भर्‍याङमात्र बनेको देखिन्छ

जनआन्दोलन-२ को सफलतापश्चात् देशमा ठूला परिवर्तन भइसकेका छन् । देशमा १० वर्षदेखि भूमिगत सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी संसदीय प्रणालीमा भित्रियो र संविधानसभाको निर्वाचनपश्चात् सत्ताको नेतृत्वमा पुग्यो । दुई सय ४० वर्षदेखिको सामन्ती राजतन्त्रलाई सदाका लागि बिदा गरी देशमा गणतन्त्र ल्याइयो । झन्डै अढाई वर्षदेखि राज्यको ढुकुटी रित्याउँदै कामनकाज आफ्नो म्याद आफैँ थपेर ६ सय एक सभासद् संविधान बनाउने नाममा संविधानसभाभित्र अनेकौँ नौटंकी देखाइरहेका छन् । तर, देशमा यी सबै परिवर्तन आउनुमा जसको अहम् भूमिका थियो, जसले आफ्नो ज्यानलाई भन्दा देशको सामन्ती राज्यसत्ता परिवर्तनलाई ज्यादा महत्त्व दिए, जनआन्दोलनका तिनै सहिद, तिनका परिवार र घाइतेहरू अहिले सबैभन्दा बढी उपेक्षित जीवन बाँचिरहेका छन् । सहिद हुने त भइहाले, तर घाइते बनेर बाँचिरहेका जनआन्दोलनका योद्धाहरू यतिखेर कति उपेक्षित छन्, त्यसका उदाहरण जनआन्दोलन— २ का घाइते तेजबहादुर रावल र उनको परिवार हुन् ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-यमबहादुर दुरा

मेरा जीवनका आयामहरुसंग मितेरी गाँस्ने थुप्रै अनुभूतिहरुका महासागरमा एउटा पक्ष संधैजसो छाल बनेर मनको अन्तरकुन्तरलाई छुन आउँछ । त्यो हो, मेरो बाल्यकाल र हाम्रो सामाजिक परिवेशसंग नाता गास्ने तुर्लुङकोटको लाँकुरी बोट । कुरा यहीनेरबाट शुरु गरौं । लमजुङ दुराडाँडाको सिरानतिर ऐतिहासिक महत्व बोकेको एउटा लाँकुरीको बोट छ । परैबाट सजिलै देखिने फिरिक्क परेको । शाहवंशीय राज्य स्थापनाको सुदूर इतिहासदेखि हलो क्रान्ति र शैक्षिक क्रान्तिको निकटतम् इतिहासलाई काखीमा च्यापेर र्सलक्क बसेको दुराडाँडामा त्यो लाँकुरीको बोट स्थानीय जीवनशैलीको विम्ब बनेको छ । त्यो लाँकुरीको बोट वनपात गर्ने र बाटोघाटो हिंड्नेहरुको मन मनको भारी बिसाउने मनको चौतारी हो, भारी बोक्नेहरु सुस्ताउने र भारी बिसाउने थलो हो ।

Continue Reading »

गजल

चारै दिशा न्यानो रापले, दिलैभरी कपी आएँ

विपनीकै सपनीमा, तिम्रै नाम जपी आएँ

**

अड्को-पड्को थाँती राखी, मोहनीले माया कस्दा

के थ्यो कुन्नी तिमीभित्र, यत्रो हण्डर् खपी आएँ

**

Continue Reading »