Feeds:
Posts
Comments

विश्वमै दुर्लभ सफलता: चिकित्सक

स्रोत: ई-कान्तिपुर

-अतुल मिश्र

काठमाडौ। लट्ठीले मुटु, फोक्सो, डायफ्राम छेंड्दै वारपार भएका एक व्यक्तिको दुर्लभ शल्यक्रिया सफल भएको छ । मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा मुटु तथा फोक्सो शल्यक्रिया विभागका प्रमुख प्रा.डा. भगवान कोइरालाको नेतृत्वमा यस्तो शल्यक्रिया भएको हो ।

‘एकदमै दुर्लभ शल्यक्रिया सफल भयो,’ केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. प्रकाश सायमीले भने, ‘यसअघि यस्तो केस नेपालमा देखिएको छैन, विश्वमा समेत दुर्लभ हो ।’ यो केन्द्र चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत छ ।

Continue Reading »

स्रोत: नागरिक दैनिक

भूमध्यरेखा सार्वजनिक गर्दै माओवादी नेता भट्टराई तथा एनआरएन संस्थापक अध्यक्ष महतो। बीचमा लेखक मिश्र। तस्विरः चन्द्रशेखर

काठमाडौं। स्तम्भकार तथा बीबीसी नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रको पुस्तक भूमध्यरेखा आइतबार सार्वजनिक भएको छ। माओवादी नेता बाबुराम भट्टराई र एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संयुक्त रुपमा सार्वजनिक गरेको पुस्तकमाथि पत्रकार विजयकुमार र सुधिर शर्माले टिप्पणी गरेका थिए। ‘यो वातावरण देख्दा मलाई जेएनयु पढ्दाको सम्झना भइरहेछ’, मिडियाकर्मी तथा लेखकहरुको उल्लेख्य उपस्थिति तर्फ संकेत गर्दै माओवादी नेता भट्टराईले भने- ‘राजनीतिमा नलागेको भए म पनि अहिले यही समूहमा हुन्थेँ होला।’

Continue Reading »

गजल

दिन् दुगुना रात् चौगुना, विवश लाज् ढाक्दो छ मेरो देश

विश्वास् मरेर जन् माथि, भगवान् भाक्दो छ मेरो देश

**

कलङ्क कैयन् भरेर, आमाको छाती चर्काएपछि

अचाक्ली व्याथा बोकेर, भत्भती पाक्दो छ मेरो देश

**

Continue Reading »

स्रोत: कान्तिपुर

-श्यामदास वैष्णव

मुनामदन छापिएको चार-पाँच वर्ष भएको थियो होला, मैले लक्ष्मीप्रसाद देवकोटाजीलाई पहिलोपल्ट भेट्दा । उहाँ तीस वर्षको हुनुहुन्थ्यो, म भने १४-१५ वर्षको थिएँ । डिल्लीबजार नाटकमण्डलीले उहाँलाई नाटक लेख्न भनेको रहेछ । उहाँले भरत मिलन नाटकको एक अध्याय लेखेर दिनु पनि भएको रहेछ । त्यसलाई सफासँग सारेर म अरू अध्यायका लागि ताकेता गर्न धोबीधारा गएको थिएँ । नाटक सञ्चालकले देवकोटाजी नरम मान्छे छन् भनेका थिए । म पुग्दा उहाँ विद्यार्थीहरूलाई पढाइरहनुभएको थियो । उहाँले पढाउनसकेपछि आफूले सारेको उहाँको नाटक देखाएँ । यसो हेर्नुभयो, अक्षर त साह्रैै राम्रो रहेछ । यस्तो अक्षर लेख्ने मान्छे म खोजिरहेको थिएँ, भन्नुभयो । अनि के खोज्छस् कानो आँखो भनेजस्तो भयो मलाई । म सारिहाल्छु नि भनेँ । मेरो अक्षरको नाताले उहाँसँग घनिष्टता भयो । अक्षरको पनि विशेषता हुँदोरहेछ । त्यसैले उहाँको संगतमा पर्न पाएँ । Continue Reading »

स्रोत: कान्तिपुर

-पद्मप्रसाद देवकोटा

महाकविको जीवनकालमा आफू आठ वर्ष जतिको मात्र हुनाले कवि भन्या के हो बुझ्ने उमेर भएको थिएन । दिनहुँ पद्मोदय स्कुलको सरस्वती प्रार्थनामा उहाँले रचेको “सरस्वतीका कुमार हामी सरस्वतीको पुकार गर्छौं” भन्ने रचना भट्याउँथे । तर त्यसका रचनाकार उहाँ नै हो भन्ने हेक्का त्यति बेला रहेन, गर्व महसुस हुने कुरै भएन ।

२०११ सालमा कोपिला नामक बालपत्रिकामा फूल भन्ने कविता मेरो नाममा छापिएको छ । माथिल्लो तलामा बुवा घोप्टो परेर केही लेखिरहनुभाथ्यो । तलको बगैंचा हेर्दै झ्यालको डन्डी समाएर म आफ्नै सुरमा केही गुगुनाउँदैरहेछु । बुवाले त्यही टिपेर कविता बनाइदिनुभएछ ।

Continue Reading »

स्रोत: कान्तिपुर

-शेखर खरेल

महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि उनको जन्मको एक शताब्दीपछि केही लेख्नु एक अर्थले उपभोक्तावादी समाजमा चुर्लुम्म डुबेर महात्मा गान्धीमाथि लेख्नुजस्तै हो । शंका छैन, देवकोटा नेपाली साहित्याकाशका महान् कवि हुन् र उनमाथि राष्ट्र र जनता दुवैले ‘महाकवि’ को दोसल्ला ओढाएका छन् । हुन पनि विरलै फोटो खिचिने देवकोटाकालीन युगमा उनको छविलाई स्मरण गर्दा ती एकाध तस्बिरहरू मानसपटलमा आइपुग्छन्, दोसल्ला -वा दोलाइ) ओढेको वा अर्नेस्टो चे ग्वेभाराले क्युबन सिगार तानेझैं उनले फूलमार चुरोटको सर्को लिँदै गरेको । मैले देवकोटाका लगभग सबै नभए पनि अधिकांश र त्यसमा पनि उनका ‘भयंकर कर्महरू’ -म्याग्नम ओपस) पढेको छु । उनका ‘पागल’, ‘यात्री’ जस्ता कविता, अनि खण्डकाव्य ‘मुनामदन’ का केही हरफ मलाई मुखाग्र छन् । तैपनि देवकोटा भन्नासाथ मलाई उनी कविभन्दा पनि मिथक ज्यादा लाग्छ र यस लेखमा पनि म उनको काव्यिकभन्दा पनि मानवीय वा मिथकीय पाटाहरूबारे नै चर्चा गर्नेछु । महाकविका काव्यिक देन र तिनका आयामहरूबारे समालोचक र विद्वान् लेखकहरूले चर्चा गरेका छन् र गर्ने नै छन् ।

Continue Reading »

स्रोत: कान्तिपुर

-डा.कुमारबहादुर जोशी

काठमाडौ। प्रत्येक वर्ष लक्ष्मीपूजा नजिक आउँदा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झन पुग्छौं । यो दिन उनको जन्म दिन हो । विसं १९६६ कात्तिक २७ गतेको यही दिन अर्थात् लक्ष्मीपूजाको दिन उनको जन्म भएको थियो, काठमाडौंको डिल्लीबजारमा । त्यसैले यो दिन हामी धनसम्पत्तिको अधिष्ठात्रीदेवी लक्ष्मीको पूजाआराधनाका साथसाथ लक्ष्मीजयन्ती वा देवकोटा जयन्ती पनि मनाउँछौं । गत ०६६ साल महाकविको जन्मशताब्दी वर्ष थियो र वर्षभरि नै स्वदेश र विदेशमा पनि अनेक कार्यक्रमहरू गरी नेपालीहरूले उनको शतवाषिर्की मनाए । तीमध्ये त्रिमूर्ति निकेतनको तत्त्वावधानमा देवकोटा शतवाषिर्की समारोह समितिको आयोजनामा काठमाडौंमा सम्पन्न पञ्चदिवसीय अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन र समितिद्वारा प्रकाशित महाकवि देवकोटा विषयक प्रकाशनहरू उल्लेखनीय रहे ।

Continue Reading »

स्रोत: कान्तिपुर

-फूलमान वल

महाकवि लक्ष्मीप्रसाद देवकोटा यही बस्थें, भौतारिँदै कविता लेख्थे अनि एक पैसामा बेच्थे,’ झन्डै चार वर्षअघि बनारसको दुर्गाघाटमा भेट हुँदा सह-प्राध्यापक डा.दुर्गाप्रसाद अर्यालले भनेका थिए, ‘सम्भव भएसम्म यता (बनारसमा) महाकविको सालिक बनाउने कोसिस गरिरहेका छौं ।’

बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) को नेपाली विभागका अतिथि प्राध्यापक तथा नेपाल चेयर भएर सात वर्ष काम गरेपछि दुर्गाप्रसाद मुलुक फिरिसकेका छन्, तैपनि उनी त्यही सालिक र देवकोटाको बनारस बसाइ क्रमका ऐतिहासिक सन्दर्भ र सामग्री संरक्षण हुनुपर्छ भनिरहेका छन् ।

Continue Reading »

स्रोत: नागरिक दैनिक

-अमृत भादगाउँले

काठमाडौं। देउसीभैलो खेल्नेहरु ‘हामी त्यसै आएनौं, बली राजाले पठाए’ भन्दै घरघर पुगेर चन्दा माग्छन्। लोकसंस्कृतिविद रामप्रसाद कँडेलका अनुसार देउसी-भैलोको सुरुवात असुर राजा बलीले गरेका होइनन्। त्यो त खस राज्य कर्नालीका बालराजा काशीरामले गरेका हुन्। भेरी अञ्चलमा सुनिने ‘बालराजा काशिराम भारत’ (मौखिक महाकाव्य)मा यसको वर्णन पाइन्छ। तर हाम्रो इतिहास तोडमोड गरेर ‘बलि राजाले पठाको’ भनिन्छ।

इतिहास अनुसार तिहारताका खस राजा काशिरामले मोरंग राज्यका राजा हिन्दपति सेनलाई पराजित गरे। लडाईमा धेरै सिपाही मारिए। तिनका विधवा र छोरीलाई केही आर्जन होस् भनेर काशिरामले ‘स्वेच्छिक कर’ बुझाउन भैलि खेल्ने थिति बसाए भने अपांग सिपाहीका लागि देउसी। घर-घरमा मकै र धान भित्रिसकेको सिजन हुने भएकाले उनीहरुलाई अन्न दान दिन थालियो। पछि मात्रै सबै महिला/पुरुषले देउसीभैलो खेल्न थालेका हुन्।

Continue Reading »

स्रोत: नागरिक दैनिक

काठमाडौं। चर्चित स्तम्भकार तथा बीबीसी नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रको पुस्तक भूमध्यरेखा प्रकाशनको अन्तिम तयारीमा पुगेको छ। पुस्तक सार्वजनिक मिति नजिकिँदै जाँदा मिश्रले भूमध्यरेखा बिक्रीबाट प्राप्त सबै लेखकस्व चितवन कान्दाको चेपाङ समुदायलाई प्रदान गर्ने निर्णय गरेका छन्।

Continue Reading »