Feeds:
Posts
Comments

स्रोत: नेपाल साप्ताहिक

-कृष्ण आचार्य

बारपाक, गोरखा। घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउँ हो, गोरखाको बारपाक। जिल्लाकै प्रमुख पर्यटकीय गाउँको पहिचान कमाएको बारपाक, गोरखा सदरमुकामदेखि एकदिनको पैदल दूरीमा पर्छ। सार्वजनिक सवारीसाधन प्रयोग गरेर जानेहरूका लागि छ देखि आठ घन्टा लाग्छ। निजी सवारी लिएर जानेहरू चारदेखि छ घन्टामै पुग्न सक्छन् बारपाक।

गोरखा सदरमुकाम वा काठमाडौँका सार्वजनिक सवारी साधनमा जानेहरूले बालुवा गाविसमा पुगेर सवारी फेर्नुपर्ने हुन्छ। कच्ची मोटरबाटो भएकाले टाटासुमो चढेपछि मात्र पुगिन्छ। बालुवामा राङराङु खोलाको स्वादिलो असला माछासमेत खान पाइन्छ। दरौदी नदीको किनारैकिनार पुगिने बारपाक जाँदा प्रसिद्ध स्वतीलगायतका दर्जनौँ झरना र धेरै हिमश्रृङ्खला देख्न सकिन्छ।

Continue Reading »

स्रोत: ई-कान्तिपुर

-शिव शर्मा

सोहृ वर्षै उमेरमा म पनि झिल्के हुँदो हो

अहिले पो वुढो भएर

यो कालजयी गीत गाउने स्रष्टा अव सम्झनामा मात्रै रहेका छन्  ।  लोकभाका  हस्ती तथा संकलक कल्याण शेरचनको आइतबार राति उपचारको क्रममा पोखराको मणिपाल अस्पतालमा मुत्यु भएको छ ।

एक महिना देखि अस्पालतमा जन्डिस बिग्रिएर उपचार गराइरहेका  उनले  ६४ वर्षको उमेर संसारबाट विदा लिएका छन् ।  उनको पार्थिव शरीरलाई साहित्यकार कलाकारहरुले पुष्पगुच्छा अर्पण गरी पोखराको रामघाटमा दाहासंस्कार गर्ने तयारी भइरहेको छ । ०३६ साल तिर रेकर्ड भएको उनको सोहृ वर्षे उमेरैमा गीत सबैको मुखमा झुन्डिने गर्छ ।

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-डा.तारालाल श्रेष्ठ

आदर्श अभिव्यक्तिमा झन्डै सत्प्रतिशत यी कविहरूले सहरलाई निकै निन्दा गरेका छन् भने गाउँको खुला कण्ठले तारिफ गरेका छन् । त्यसो भए मोफसलका वकालत गर्दै आएका कवि/लेखकसमेत किन केन्द्रमै कोचिन आएका छन्, बुझिसक्नु छैन ।

अमेरिकामा सात वर्ष बसेर, विद्यावारिधि सकेर, नेपाल फर्किएका एक प्राध्यापकले एमफिल अंग्रेजीको एक गेस्ट लेक्चर्सका क्रममा भने, ‘अमेरिकाबारे नेपालमा बसेर जे सोच्ने गरिन्छ, त्यस्तो छैन, अमेरिका । अमेरिकाभित्रबाट अमेरिकालाई हेर्दा अमेरिका अर्कै देखिन्छ । त्यहाँ पनि जीवन कष्टकर छ । त्यसैले, म स्वदेश फर्कें ।’

Continue Reading »

स्रोत: नयाँ पत्रिका

राजेन्द्र महर्जन

राजनीतिक दल इमानदार हुने हो भने, सरकारले जिम्मेवारीबोध गर्ने र चुस्त हुने हो भने सामाजिक लोकतान्त्रिक पुँजीवादको जग आगामी १० वर्षभित्र हाल्न सकिने देखिन्छ

देश र जेलमा के फरक हुन्छ ? देशलाई जेलका रूपमा विस्तार गरियो भने कस्तो हुन्छ ? यस्ता प्रश्नको जवाफ हो, होस्नी मुबारकको देश । हिजो धेरैलाई अरबी जनतालाई गौरव थियो, इजिप्ट कुनै जमानामा देश थियो, स्वतन्त्र, स्वाधीन, सार्वभौम मुलुक थियो भनेर । तर, होस्नी मुबारकले इजिप्टलाई जेल बनाए, अरबी गौरवगाथालाई इतिहासमै कैद गरे । देशको स्वाधीनतालाई खुम्च्याइएपछि देश राष्ट्रका रूपमा कहाँ रहन्छ र ? जनताको स्वतन्त्रतालाई थुनिएपछि, सार्वभौमसत्तालाई छाउनीमा फेरिएपछि राष्ट्र सिंगै कैदखाना भन्दा कहाँ भिन्न  हुन्छ र ?

Continue Reading »

गजल

दिउँसै राती गर्दै भाँती, बोलेरै याँ खायौ जेठा

भित्र के थ्यो बाहिर जे थ्यो, खोलेरै याँ खायौ जेठा

**

गुलियो गाँस्दै झुठो बाँड्ने, बर्षौं भयो देख्दै आ’को

संग्राम बेरी रंग फेरी, टोलेरै याँ खायौ जेठा

**

Continue Reading »

स्रोत: नागरिक दैनिक

-मनोज अधिकारी/सन्तोष पोखरेल

पोखरा।मध्यरात घना जंगलमा यात्रुबाहक रेलभित्र दर्जनौं डाँकासँग एक्लै भिडेर एक गोर्खा सैनिकले देखाएको बहादुरीलाई भारत सरकारले उच्च सम्मान दिने भएको छ।

चार महिनाअघि कैयौंको जिउधन जोगाएर बहादुरी देखाउने ती सिपाहीलाई भारत सरकारले उच्च कदरस्वरूप तीन सर्वोत्कृष्ट अवार्डले सम्मान गर्दैछ।

पोखरा-६ बैदामका ३५ वर्षीय विष्णु श्रेष्ठ त्यस्ता बहादुर हुन्, जो भदौ १७ गते मध्यरात राँची-गोरखपुर रेलयात्राका क्रममा डाँका समूहसँग एक्लै भिडे, एउटै खुकुरीको भरमा। तीन डाँका मारिए, लुटिएका लाखौं मूल्यको धनमाल फिर्ता भयो।

Continue Reading »

स्रोत: नेपाल साप्ताहिक

-डा. रवीन्द्र पाण्डे

दुवै कोखाको करङमुनि हुने सिमीको बियाँ आकारका मिर्गौलाले हाम्रो शरीरबाट अनावश्यक पदार्थ, बढी भएको पानी तथा विषाक्त पदार्थ निष्कासन गर्ने, शारीरिक लवण, पोटासियम, क्याल्सियम नियमित गर्ने, हर्मोनको उत्पादन गरेर रक्तकोषिका बनाउने, रक्तचाप नियन्त्रण गर्ने आदि काम गर्छन्। यदि मिर्गौलाले आंशिक वा पूर्ण रूपमा पानी तथा अनावश्यक पदार्थ छान्न सक्दैन, त्यस अवस्थालाई ‘किड्नी फेलर’ भनिन्छ। कुनै कारणले अचानक मिर्गौलाले काम गर्न छाडेमा त्यसलाई तीव्र मिर्गौला फेलर भनिन्छ भने दीर्घरोगका कारण विस्तारै मिर्गौला नष्ट भई मिर्गौलाले काम गर्न छाडेमा त्यसलाई दीर्घ मिर्गौला फेलर भनिन्छ।

वान्ता, पखाला, रक्तश्राप, पिसाब लगाउने औषधीको प्रयोग, शल्यक्रिया, चोटपटक वा संक्रमणबाट एक्कासि रक्तचाप कम भएमा, मिर्गौलामा जाने रक्तनली साँघुरो वा अवरुद्ध भएमा तथा मुटु वा कलेजो फेलर भएमा मिर्गौलालाई आवश्यक रक्तसञ्चार नपुगेर पनि मिर्गौला फेलर हुन्छ। यो अवस्था मिर्गौला फेलरको ६०-७० प्रतिशत कारक तत्त्व हो। समयमै उपचार गरेमा मिर्गौलाले पुनः काम गर्न थाल्छ अन्यथा मिर्गौलाका तन्तुहरू नष्ट हुन्छन्।

Continue Reading »

स्रोत: ई-कान्तिपुर

-डा. मनप्रसाद वाग्ले

विद्यालय शिक्षा सुधारका लागि गएको २० वर्षमा दस खर्बभन्दा बढी रकम खर्च भइसकेको छ । प्रति वर्ष शिक्षामा लगानी बढ्दै गएको तथ्य अर्थमन्त्रालयको रातो किताबबाट प्रस्ट देखिन्छ । दातृराष्ट्रहरूले शिक्षामा लगानी गर्ने क्रम घटेको छैन । गत वर्षभन्दा यस वर्ष राष्ट्रिय बजेटभित्रै झन्डै १७ अर्ब रुपैयाँले शिक्षामा लगानी बढेको छ तर विडम्बना क्षेत्रीय स्तरमा सबभन्दा कमजोर शिक्षा व्यवस्था अफगानिस्तानलाई छोडेर नेपालमै छ । यसका धेरै कारक तत्त्वहरू छन्ः तीमध्ये सबभन्दा बलियो कारक भनेको शिक्षामन्त्रालय र यससँग सम्बद्ध निकाय र तिनमा काम गर्ने प्रबुद्ध अधिकारीहरू नै हुन् । दोस्रो कारकमा तिनलाई सल्लाह दिने र बाटो देखाउने नाममा विदेशीको सहयोगबाट डलर आर्जन गर्ने सल्लाहकारहरू हुन् । तेस्रो कारक, राष्ट्रिय राजनीतिलाई लिन सकिन्छ भने चौथोमा राज्यको शिक्षा प्रतिको उदासीनता पर्दछ ।

Continue Reading »

अनौठो देखेर आएँ

असह्य लेखेर आएँ

आगामी, उघ्रेको देखुँ म

शिष्टता सुध्रेको लेखुँ म।

**

Continue Reading »

स्रोत: नयाँ पत्रिका

-डा.गोविन्दबहादुर थापा

विश्वमा सम्भवतः नेपाल मात्रै यस्तो मुलुक देखिएको छ, जहाँका मान्छे आफ्नो देशको माटो अरूलाई सुम्पेर आफ्नो निजी स्वार्थ पूर्ति गर्न हिचकिचाउँदैनन्।

नेपालको पूर्व, पश्चिम तथा दक्षिणतर्फको सीमा सुरक्षित भएन । नेपाल र भारतबीच औपचारिक र आधिकारिक रूपमा सीमा छुट्टयाई दुवै पक्षको सहमतिमा गाडिएका सीमास्तम्भहरूमध्ये सयौँ स्तम्भहरू बेपत्ता भएका छन्, हिजोसम्मको नेपालको भूभागमा आज विदेशीले घर, टहरा बनाएका छन्, हिजोसम्म नेपालभित्रको बस्ती आज भारततिर परेको छ, सीमास्तम्भहरू ग्ााडिएकै अवस्थामा भारतले केही समयअघिदेखि भोगचलन गर्दै आएको जंगल र भूमिमा भेटिएका छन्, भारतीय नागरिकहरू हुलका हुल भएर नेपालभित्र सीमा सारिरहेका छन्, र तिनलाई भारतीय सुरक्षाकर्मीहरूले सुरक्षा दिइरहेका छन् । अस्ति भर्खरै प्याराताल समेत नेपालकै भएको तथ्य उजागर भएको छ । किनभने प्याराताल भन्दा दक्षिणतर्फ गाडिएकै अवस्थामा सीमास्तम्भहरू भेटिएका छन् ।

Continue Reading »