Feeds:
Posts
Comments

स्रोत: ई-कान्तिपुर

-घनश्याम खडका

म्याग्दी।बेलायती सेनाको सर्वोच्च बहादुरी पदक भिक्टोरिया क्रस (भिसी) विजेता तुलबहादुर पुनको ८९ बर्षको उमेरमा आपनै घरमा देहवसान भएको छ ।

पुनको पार्थिव शरिरलाई बेलायतमा रहेका छोरा, छोरीहरु तथा आफन्त आएपछि भोली बैशाख ९ गते शुक्रवार कालिगण्डकी नदी किनारामा हिन्दु धार्मिक विधी अनुसार सद्गत गरिने भएको छ । भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको मृत्यु पछि अव भिसी विजेता कोही पनि रहेनन् ।

पुनको बुधवार राती ११ बजे जन्मस्थान बेगखोला गाविस-९ तिप्ल्याङमा मृत्यु भएको हो । तुलबहादुर पुनको जन्म विसं २१ फागुन १९६९ -२३ मार्च १९२३) मा म्याग्दी जिल्लाको बेगखोला गाविस-८ बान्दुकमा भएको थियो ।

छोरा विकास पुनका अनुसार जन्म थलो मै मर्ने इच्छा अनुसार बेलायतमा बस्दै आएका पुन गत फागुन अन्तिमसाता जन्मथलो फर्केका थिए । पुनका एक श्रीमति, ३ छोरा र ८ छोरी छन् । घर फर्केपछि चैत महिनाभरी घार गाविस स्थित तातोपानीमा डुबेर बाथको उपचार गराएका पुन नयाँ बर्षसंगै घर फर्केका थिए ।

Continue Reading »

स्रोत: कान्तिपुर

-झलक सुवेदी

नेपालका हरेक बस्तीका छेउछाउमा, वनपाखा या भीरखोलाका डिलहरूमा अलिकति अलगथलग, हेर्दैमा सीमान्तकृतजस्ता लाग्ने, सुविधाका दृष्टिले, सडक, खानेपानी या विद्यालयको पहुँचका दृष्टिले समेत किनारामा पर्ने बस्तीहरू देखिन्छन् । विकासोन्मुख देशका सहरप्रवेशका छेउछाउमा देखिने काँठजस्ता यी नेपाली बस्तीहरू नेपाली समाजको बनोटका, सामाजिक बहिष्करण र पुस्तैनी थिचोमिचोका जीवित प्रमाणहरू हुन् । यी बस्तीहरू मुख्यतः दलितहरूका बस्ती हुन् । त्यहाँ गएर हेर्नुस् पहाड भए पनि तराई भए पनि, सहर भए पनि गाउँ भए पनि, पूर्व भए पनि पश्चिम भए पनि नेपालमा दोस्रो दर्जामा राखिएका मान्छेहरू अर्थात् कामी, दमाई या सार्कीहरू, नेवार दलितहरू या मुसहर डोम र चमारहरू भेटिनेछन् ।

Continue Reading »

गजल

कुन्नि केल्ले नायक् भा’छौ, ठोकुवा गर्ने ठाँट देख्दिन

बिंडै थाम्न आ’का र’छौ, सबको बन्ने आँट देख्दिन

**

अनपढ् त अन्धै भन्लाऊ, पढ्नेलाई नि ढाँटी खायौ

सदाबहार् खराब् खेती, राहत् फल्ने फाँट देख्दिन

**

Continue Reading »

स्रोत: नागरिक दैनिक

-श्याम भट्ट

लोपोन्मुख प्रजातिका गिद्दका गतिविधि अब कम्प्युटरबाटै अवलोकन गर्न पाइने भएको छ। उड्नै लागेका गिद्दका चल्लामा भूउपग्रह (जिपिएस सिस्टम) जडान गरी यस्तो व्यवस्था मिलाउन लागिएको हो। सरकार र पन्छी संरक्षण संघको संयुक्त पहलमा दुई दसकयता अस्तित्व संकटमा रहेका डंगर प्रजातिका गिद्दका गतिविधि अध्ययन गर्न आइतबार रूपन्देही र कपिलवस्तुका गुँडबाटै छवटा चल्ला ल्याएर तिनका पखेटामा जिपिएस ट्रान्समिटर जडान गरिएको हो। बेलायतको ‘रोयल सोसाइटी फर प्रोटेक्सन अफ बर्डस’ले प्रयोग गरिरहेको स्याटलाइटले गिद्दका पलपलका सूचना प्रवाह गर्नेछ।

Continue Reading »

स्रोत: गोरखापत्र

किशोर पहाडी

‘सिजो’ कोरियाली काव्य लेखनको एउटा शैली हो । कविताको जापानी शैली ‘हाइकु’ भएझैं कोरियामा धेरै वर्षअघिदेखि ‘सिजो’ लेखिँदै आएको रहेछ । धेरै वर्षको अर्थ करिब करिब ७०० वर्षअघिदेखि ।

‘सिजो’ विशेषतः तीन हरफमा रचना हुन्छ । यसका ६ वटा वाक्यपद्धति हुने गर्दछन् । हरेक शब्द २ देखि ७ अक्षरका हुने गर्दछन् । यसलाई सरल रूपमा भन्ने हो भने ‘सिजो’ तीन हरफ तथा १४ देखि १६ अक्षरमा लेखिन्छ । यसमा जम्माजम्मी ४४ देखि ४६ अक्षर हुने गर्दछन् ।

Continue Reading »

स्रोत: गोरखापत्र

-नारायण ढकाल

यती (हिममानव) का बारेमा विभिन्न लेख एवं पुस्तकहरू पाइन्छन् । यतीकै नाम राखेर नेपालमा विभिन्न होटलहरू देखि लिएर वायु सेवा कम्पनीहरू सञ्चालन भइरहेको पाइन्छ । यहाँ यतीका बारेमा रोचक जानकारी दिने प्रयत्न गरिएको छ । तिब्बती भाषामा घृणित हिममानव भनेर चिनिने यसलाई हिमालय क्षेत्रमा ‘यति’ भनेर चिनिन्छ । एसियामा उत्तरमा गोवी मरुभूमि र दक्षिणमा आसाम सम्म यसलाई मेटी, सुकपा, मिगो, कामी र यस्तै अन्य नामबाट चिनिन्छ । त्यस्तै अमेरिकामा यसलाई बिगफुट (Big Foot) र क्यानाडामा यसलाई सास्क्वाच (Sasquatch; mythical giant apes?) भनेर चिनिन्छ । हिमालमा अर्थात् हिउँमा बस्ने यो जीव नेपाल, भारत र तिब्बतमा रहेको विश्वास गरिन्छ । यतीले याक र भेडा खान्छ भन्ने विश्वास गरिन्छ । यस क्षेत्रका स्थानीयहरूका अनुसार दक्षिण एसियाको उच्च हिमाली क्षेत्रमा यो बस्दछ । नेपाली शेर्पा र तिव्वतीहरूका अनुसार यती विभिन्न प्रकारका हुन्छन् । ठुलो जातको यती मानिस र लामो पुच्छर भएको बाँदरको वर्णसंका जस्तो हुन्छ । यो राम्रोसँग उभिन सक्दछ । यो दुई मिटरभन्दा अग्लो हुन्छ र यसको गाढा-खैरो, कालो रौँ हुन्छ । त्यस्तै अर्को प्रकारको यती औसत मानिस भन्दा सानो हुन्छ र रातो-खैरो छाला हुन्छ । यी यतीहरूमा दुई कुरामा समानता पाइन्छ । त्यो के भने यिनीहरू राम्रो सँग दुई खुट्टामा उभिन सक्छन् र यिनीहरू सबै रहस्यमय छन् ।

Continue Reading »

स्रोत: नेपाल साप्ताहिक

-डा. रवीन्द्र पाण्डे

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ। साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ। तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ। त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुनसक्छ। क्यान्सर हुने प्रकृतिका ट्युमरले नजिकका तन्तु तथा अवयवहरू नष्ट गर्छन्। ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन्, शल्यक्रिया गरेर हटाए पनि फेरी  उत्पन्न हुन्छन् र धेरै खतरनाक हुन्छन्। स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ तर कहिलेकाहीँ तन्तुहरूको झुप्पाबाट पनि सुरु हुन्छ। स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ। स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ।

Continue Reading »

स्रोत: कान्तिपुर

-अतुल मिश्र

अध्ययनहरू अनुसार “उच्च रक्तचाप” र “मधुमेह रोग” मृगौला फेल हुने एउटा प्रमुख कारण हो । यस्तै उच्च रक्तचाप मृगौलाले काम गर्न छोड्ने २७ प्रतिशत नयाँ केसका लागि जिम्मेवार समेत छ ।

‘मृगौला रोग भएका रोगीमा मुटु रोगले मर्ने आठगुणा बढी सम्भावना हुन्छ,’ त्रिवि शिक्षण अस्पताल, महाराजगंजकी कन्सलटेन्ट नेफ्रोलजिस्ट र ट्रान्सप्लान्ट फिजिसियन डा. दिव्यासिंह शाह भन्छिन्, ‘यो संख्या क्यान्सरले मृत्यु हुनेहरू भन्दा धेरै बढी हो ।’

Continue Reading »

स्रोत: ई-कान्तिपुर

-एजेन्सीहरु

टोकियो, जापान। जापानमा शुक्रबार (२०६७, फागुन २७ गते) शताब्दीकै शक्तिशाली भूकम्प गएको छ । भूकम्प र त्यसका कारण लगत्तै आएको सुनामीबाट कम्तीमा ३ सयको मृत्यु भएको छ । स्थानीय समय अनुसार दिउँसो पौने ३ बजे राजधानी टोकियोबाट ३ सय ७३ किलोमिटर उत्तरपूर्वी भागमा केन्द्रविन्दु भएको ८ दशमलव ९ रेक्टर स्केलको भुइँचालो गएको हो ।

प्रहरीका अनुसार सेन्डाई सहरमा मात्रै २ सयदेखि ३ सय शव फेला परेका छन् । अरू धेरै हराइरहेका छन् । जेनेभास्थित रेडक्रसले भूकम्पका कारण प्रशान्त क्षेत्रमा उठेको सुनामी त्यस क्षेत्रका टापुहरूभन्दा पनि अग्लो हुन सक्ने चेतावनी दिएको छ ।

Continue Reading »

बाथ

स्रोत: कान्तिपुर

-अतुल मिश्र

आधा रातमा खुट्टाको बुढीऔंलामा अचानक पीडा अनुभव हुन्छ ? जोर्नी रातो हुन्छ, थिच्दा खाडल बन्छ वा ज्वरो आउँछ ? बुढीऔंलाको जोर्नीमा एकतिर वा दुईतिर सुन्निन्छ ? कहिलेकाहीँ नमज्जाले दुख्छ कि ? यस्तो भए तुरुन्त चिकित्सकको सल्लाह लिनोस् । तपाईंलाई अर्थ्राइटिस अर्थात् बाथ रोग हुन सक्छ।

हाडजोर्नी विशेषज्ञकहाँ पुग्ने गरेका बाथ रोगीको तथ्यांक विश्लेषण गर्दा नेपालको करिब पाँच प्रतिशत जनसंख्या बाथ रोगबाट प्रभावित छ । ‘हाम्रो मुलुकमा मुख्यतः रुम्याटाइड अर्थ्राइटिस र गाउट अर्थ्राइटिसका रोगी बढी छन्,’ – नेपाल मेडिकल कलेज, अत्तरखेलका हाडजोर्नी शल्यचिकित्सक प्रा.डा. रामकेवल साह भन्छन् । गाउट अर्थ्राइटिसलाई नेपालीले बाथ रोग (गठिया) का रूपमा बुझ्ने गरेका छन् ।

Continue Reading »