Feeds:
Posts
Comments

Archive for the ‘स्वास्थ्य’ Category

स्रोत: कान्तिपुर

यो राम्रो तरकारी त हो नै, औषधीय गुणसमेत यसमा भरपूर हुन्छ । आयुर्वेदाचार्यहरू लौकालाई सबै रोगको औषधि भन्छन् । यसमा बिटा क्यारोटिन तत्त्व पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधी क्षमता बढाउँछ । यो शक्तिदायक र वीर्यवर्धक मानिन्छ । हृदयरोग, मानसिक तनाव, उच्च रक्तचाप, मूत्ररोग, जन्डिस, पाइल्स, दाँत/कान/आँखा दुखाइ, हिस्टिरिया, पागलपन, क्षयरोग, डिहाइड्रेसन, अनिद्रा, मासिक स्रावका पिडा, स्तन विकार, यौनजन्य बिमारीलगायत निर्मूल गर्न लौका अचुक औषधि मानिन्छ ।

लौकाको नियमपूर्वक एवं पर्याप्त मात्रामा सेवन गर्दा रोग प्रतिरोधक प्रणाली -इम्युन सिस्टम) कति बलियो हुन्छ भने क्षयरोग लाग्दैन । गर्भवती महिलाले लौका खाने गरे गर्भस्थ शिशुलाई समेत फाइदा पुग्छ ।

आयुर्वेदाचार्यहरू लौकालाई बोक्रासहित खान सुझाउँछन् । उनीहरूका अनुसार लौकाको रस सेवन गर्नाले मुटुको धमनीको अवरोध खुल्छ, कोलेस्ट्रोल कम हुन्छ तथा हृदयाघातको जोखिम घट्छ ।

Read Full Post »

स्रोत: कान्तिपुर

जुन उमेरमा आफू बढी सुन्दर देखिने चाहना हुन्छ त्यसै उमेरदेखि अनुहार डन्डिफोर -पिम्पल) ले ढाक्न थाल्छ । तर आत्तिनुपर्दैन, उच्च प्रोटिनयुक्त आहारा नियमित खाने गरे पिम्पलको समस्यामा ५० प्रतिशतभन्दा बढीले कमी आउँछ ।

अमेरिकन एकेडेमी अफ डर्मेटोलजीको जर्नलमा प्रकाशित अनुसन्धानअनुसार पिम्पल समस्यासँग जुझ्न उच्च प्रोटिनयुक्त आहारा सेवन सबैभन्दा उपयुक्त हतियार हो ।

उक्त अनुसन्धानका क्रममा पिम्पल भएका ५० किशोरकिशोरीलाई दुई समूहमा विभाजन गरिएको थियो । पहिलो समूहलाई हाई प्रोसेस्ड कार्बोहाइड्रेट र दोस्रो समूहलाई प्रोटिनयुक्त लो जीआई -ग्लिसिमेक इन्डेक्स) युक्त खाना दिइयो । आहाराको यो तालिका १२ सातासम्म चलाएपछि अनुसन्धाताहरूले के पाए भने निकै प्रोटिन खानेहरूको अनुहारमा पिम्पल पचास प्रतिशत घट्यो ।

उक्त अध्ययनबाट पिम्पल रोक्ने आहारासमेत तय गरिएको छ । यो समस्याबाट मुक्ति चाहनेले रिफाइन्ड कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थ, ताजा फलफूल, सागसब्जी, बोसो नभएको माछामासु खानुपर्छ ।

Read Full Post »

स्रोत: नयाँ पत्रिका

डा. सुधांशु केसी

धारामा पानी नआउने, लोडसेडिङबाट ग्रसित काठमाडौंवासीहरू सदाझैं सरकारको भन्दा बढी वर्षाको मुख ताकिरहेका छन् । काठमाडौंवासीहरू अहिले वर्षाको आगमनले हर्षित भएका छन् । तर, वर्षाको आगमनसँगै विभिन्न रोग पनि देखा पर्छन् । विशेष गरी झाडापखाला, टाइफाइड, भाइरल-हेपाटाइटिस आदि । वर्षायामको आगमनसहित हाम्रो हस्पिटलमा जन्डिस भएर आउने बिरामी बढ्न थाल्छन् । वर्षाको आगमनसँगै फैलिने जन्डिस  फोहर पानीबाट सर्ने हेपाटाइटिस को कारणले हुने संभावना बढी छ ।

कसरी सर्छ?
यस रोगका जिवाणुहरू दूषित खानेकुरा अथवा पानीबाट सर्छन् । जिवाणुहरू संक्रमित व्यक्तिको दिशामा पाइन्छ । उक्त जिवाणुहरू पानीमा मिसिएर हाम्रो शरीरभित्र पस्छन् । चर्पी गइसकेपछि साबुन-पानीले हात नधोएमा पनि उक्त हातबाट खाना अथवा पानी संक्रमित हुन सक्छ । बिग्रिएका ढलसँगै रहेका पानीका पाइपहरू, अपर्याप्त शुद्धीकरणका प्रक्रियाहरू आदि यसका मुख्य कारण हुन् । एउटै कोठामा सँगै बस्नाले यो रोग सर्दैन । हाम्रो परिप्रेक्षमा १५ वर्ष र सोभन्दा माथिकालाई हेपाटाइटिस ले संक्रमण गरेको पाइएको छ । (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

 

कहिलेकाहीँ केही खाँदा वा त्यतिकै पनि पेट दुखेर हैरान पार्छ, झाडापखालाले सताउँछ वा रिँगटा लागेजस्तो हुन्छ । यस्तो भए काम छाडी डाक्टरकहाँ दौडिइहाल्नु पर्दैन । अदुवा भान्सामा सजिलै पाइने त्यस्तो औषधि हो जसको प्रयोगले यी पीडाबाट तत्काललाई आराम पाइन्छ । (more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

 

लन्डन/ धेरै तातो चिया पिउँदा घाँटीको क्यान्सर हुन सक्ने इरानी अनुसन्धानकर्ताले बताएका छन् । चियालाई केही सेलाउन दिएर मात्र पिउन पनि उनीहरूले सल्लाह दिएका छन् । पहिलेका अध्ययनले सुर्ती तथा रक्सीजन्य पदार्थ खानाले घाँटीको क्यान्सरको सम्भावना बढ्ने बताएको थियो । अनुसन्धानमा तातो पेयपर्दाथले पनि घाँटीको क्यान्सरको सम्भावना बढाउने उल्लेख छ । अनुसन्धान बि्रटिस मेडिकल जनरलमा प्रकाशित गरिएको छ । (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

अतुल मिश्र

झन्डै आधा नेपालीमा क्षयरोगको किटाणु भएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको केन्द्रका अनुसार दिनहुँ १९ नेपालीले क्षयरोगको कारण ज्यान गुमाउने गरेका छन्

शरीरमा रोग विरुद्घको प्रतिरक्षा क्षमता कमजोर भएमा क्षयरोग लाग्ने जोखिम बढी हुन्छ उपचार नगराएका एक रोगीले बर्सेनि १० देखि १५ लाई संक्रमित गर्ने चिकित्सकहरू बताउँछन् (more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

डा. सुधांशु केसी

नेपालमा जन्डिसको प्रकोप वर्षभरि नै रहे पनि वर्षायामको सुरुवातसँगै एक प्रकारको जन्डिस देखा पर्छ जन्डिसको शंका लाग्नेबित्तिकै खाना बार्ने काम सुरु हुन्छ यो प्रक्रिया महिनादेखि वर्ष दिनसम्म जारी रहन्छ समाजमा जन्डिसबारे सयजना मानिसले पाँच सयथरीका कुरा सुनाउने गर्छन् अत्तालिएर अनेक किसिमका उपचार पद्धति अपनाउँदा गलत उपचार गरेर बिरामीको अवस्था झन् बिग्रन पनि सक्छ तसर्थ, यस सम्बन्धी सही गलत धारणा बारे जानकारी राख्नु सबैका लागि अत्यन्त जरुरी देखिन्छ

जन्डिसका लक्षण
जन्डिस कुनै रोग नभई विभिन्न रोगमा देख्न सकिने लक्षण मात्र हो जन्डिस कलेजोको रोग भन्ने अवधारणा जनमानसमा पाइएको रगतमा विलिरुविनको मात्रा बढेर आँखा पहेँलो हुनु, शरीर पहेँलो हुनुलाई जन्डिस भनिन्छ वयस्कमा विलिरुविन एकहुनु पाँचहुनुमा कुनै फरक पर्दैन विलिरुविन बढ्दै गएमा विलिरुविन बढाउने रोग बढ्दै गइरहेको हुन सक्छ

जन्डिस र कलेजो
जन्डिस कलेजोको मात्र रोग होइन कलेजोका विभिन्न रोगहरूमा जन्डिस लक्षणको रूपमा देखिन्छ कलेजोको रोग बाहेक केही रगतको रोगमा, पित्तको नलीमा पत्थरी भएमा, पित्तनलीको क्यान्सर भएमा, प्यान्क्रियाज ग्रन्थीको क्यान्सरमा, अरू अंगको क्यान्सर कलेजोमा फैलिएमा हुन सक्छ

जन्डिस र आयुर्वेद
धेरै मानिसमा के भ्रम भने, जन्डिस आयुर्वेदले ठीक पार्ने रोग हो अरू सबै रोगमा एलोप्याथीलाई विश्वास गरे पनि आँखा पहेँलो देख्नेबित्तिकै त्यो विश्वास डग्मगाउँछ आयुर्वेद शरणमा जाने गर्छन् जन्डिसको कुनै उपचार गर्नु पर्दैन उपचार जन्डिस गराउने रोगको गर्नुपर्छ रोग निको भएमा जन्डिस आफैं निको हुँदै जान्छ त्यसैले Bilirubin एकभन्दा माथि देखिने बित्तिकै उपचारका लागि दौडिनु उपचार गरिदिनु दुवै गलत कुरा हो जन्मजात रोग गिलबर्ट सिन्ड्रोम, क्रिगलर नाजार सिन्ड्रोम, डुबिन जोनसन सिन्ड्रोम, आदिमा Bilirubin बढी भए पनि कुनै उपचार गर्नुपर्दैन अन्यथा जन्डिस गराउने सबै किसिमका रोगको उपचार एलोप्याथिक उपचारमा

जन्डिस र खानपिन
हाम्रो समाजमा जन्डिस भन्ने बित्तिकै गाजर, मुला, काँक्रो, उखुको रस मेवा पर्यायवाची नै भइसके उसिनेको खाना, नुन नहालेको वा कम हालेको बेसार नहालेको खाना प्रायः जन्डिस भएका व्यक्तिको खाना भइसकेको जुनसुकै कारणले जन्डिस भए पनि यो क्रम प्रायः महिना वा त्यसभन्दा बढी चलेको पाइन्छ खाना बार्नाले हानी हुन सक्छ क्यान्सरको कारणले जन्डिस भएमा त्यसमा खाना बारेर ठीक होला ? जुनसुकै कारणले जन्डिस भए पनि बार्नुपर्ने एउटै कुरा हुन्छरक्सी रक्सीजन्य पदार्थ अनि, कम गर्नुपर्ने कुरा चिल्लो पदार्थ हो किनभने चिल्लो पदार्थ पचाउन पित्तले मद्दत गर्छ जन्डिस भएको अवस्थामा चिल्लो पदार्थको पाचन समस्या केही हदसम्म देखिन्छ जन्मजात जन्डिस रगतको रोगको कारणले भएको जन्डिस (हेमोलाइटिक जन्डिस) मा कुनै किसिमको खाना बार्न जरुरी हुँदैन पिरो अमिलो खानेकुराको जन्डिससँग कुनै सम्बन्ध छैन

जन्डिस र हेपाटाइटिस
जन्डिस लामो भयो भने हेपाटाइटिस, त्यसमा पनि हेपाटाइटिस बीहुन्छ भन्ने अवधारणा जनमानसमा पाइन्छ हेपाटाइटिस भनेको कलेजोको रोग हो यस अवस्थामा जन्डिस देखिन सक्छ तर, जन्डिसको कारणले हेपाटाइटिस भने हुँदैन क्यान्सर अथवा पत्थरीको कारणले पित्तको नली लामो समयसम्म बन्द भएमा त्यसले कलेजोको रोग निम्त्याउन सक्छ

जन्डिस र पानी
सामान्य अवस्थामा भन्दा जन्डिस भएको वेलामा बढी पानी अथवा झोल पदार्थको जरुरत पर्न सक्छ तर, यो सबै रोगमा लागू हुँदैन जस्तैकलोजोको सिरोसिस भएको वेलामा देखिने जन्डिसमा पानी धेरै पिउनाले पेटमा पानी जम्ने, खुट्टा सुनिने हुन सक्छ मुटुको रोगको कारणले कलेजो सुन्निएर जन्डिस देखापरेको अवस्थामा पनि धेरै पानी हानिकारक हुन सक्छ यदि पानीबाट सर्ने हेपाटाइटिस को कारणले गर्दा जन्डिस भएमा दिनको लिटरसम्म पानी अथवा झोल पदार्थ पिउँदा राम्रो हुन्छ थप १० लिटर पिएर अधिक फाइदा पक्का हुँदैन

जन्डिस र यौनसम्पर्क
जन्डिस यौनसम्पर्कको कुनै सम्बन्ध छैन यदि हिपाटाइटिस बी सीको कारणले जन्डिस भएको भने पुरुषले कन्डोम प्रयोग गर्दा सर्ने समस्या न्यूनीकरण हुन्छ

[लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।]

http://www.nayapatrika.com/newsdetail.php?id=903190117264925&n_id=25

Read Full Post »

स्रोत: नयाँ पत्रिका

 

बेइजिङ/ तिनीहरू, जो अति मोटा छन्, उनीहरू बाँच्नुपर्ने आयुभन्दा दस वर्षअघि नै मर्ने गरेको बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको संयुक्त राज्य अमेरिका युरोपका नौ लाख जवानमा ५७ फरकफरक अध्ययन गरिएको थियो १० देखि १५ वर्ष लगाएर गरिएको अध्ययन अवधिमै ७० हजार सहभागीको मृत्यु भएको थियो शरीर मापनयन्त्रबिएमआई) प्रयोग गरी गरिएको अध्ययनमा ४० पाउन्ड वा आवश्यकताभन्दा १८ पाउन्ड भन्दा बढी तौल हुनेको जीवन तीन वर्ष छोटो हुने देखिएको मुटुको रोग हृदयाघातका कारण उनीहरूको निधन भएको देखिएको त्यस्तै, धेरै मोटाहरू बाँच्नुपर्ने अवधिभन्दा दस वर्ष छिटो मर्ने गरेको अध्ययनप्रतिवेदनमा उल्लेख

 

धेरै मोटो हुनु भनेको जीवनभरि चुरोट पिउनु जत्तिकै हो, भन्छन् एक प्रमुख अनुसन्धानकर्ता तथा इंग्ल्यान्डस्थित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक रिचार्ज पेटो आवश्यक तौलभन्दा माथि शरीर मापनयन्त्र बढ्ने हरेक पाँच प्वाइन्टले ३० प्रतिशत छिटो मृत्युको जोखिमलाई बढाउने बताइएको यन्त्रमा २५ देखि २९. भएकाहरू तौल बढी हुनेमा पर्छन्, तर उनीहरू मोटा होइनन् उनीहरू सामान्य जीवनभन्दा एक वर्षअघि मर्न सक्ने बताइएको यसले बढी तौल भएका विभिन्न समूहका मानिसमा हुने जोखिमबारे स्पष्ट पार्दछ,’ अमेरिकी क्यान्सर सोसाइटी, रोग नियन्त्रण अध्ययन केन्द्रका उपाध्यक्ष माइकल थुनले भने एकपटक तौल बढेपछि घटाउन कठिन हुन्छ झन्झन् बढ्दै जान्छ, त्यसैले तौल घटाउनभन्दा बढ्न नदिनु नै राम्रो,’ थुन भन्छन्

 

http://www.nayapatrika.com/newsdetail.php?id=903191210048918%20&n_id=27

Read Full Post »

स्रोत: कान्तिपुर

डा केदार कर्माचार्य

अपचको समस्याले अधिकांश नेपालीलाई पिरोलिरहेको पाइन्छ । यो समस्याले स्वास्थ्यमा नकारात्मक असर पर्ने निर्विवाद छ । हाम्रो भोजनमा प्रोटिन, भिटामिन, कार्बोहाइड्रेड र खनिज तथा चिल्लो पदार्थ आदि समाविष्ट रहेको हुन्छ ।
पेटभित्र स्टोम्याक -आमाशय), डुयोडेनम -पाकस्थली), इन्टेस्टाइन -आन्द्रा) ले उत्पादन गरेको सम्बन्धित पाचनरस तथा मुखभित्र रहेको सेलेभरी ग्लेन्ड -र्‍याल ग्रन्थि) बाट उत्पादित र्‍यालमा ‘टायलिन’ नामक पाचन द्रव्यले हामीले चपाएर मसिनो भएका कार्बाेहाइड्रेडलाई पचाउने प्रक्रिया शुभारम्भ गर्छ । खाएको पदार्थ आमाशयमा पुगेपछि ग्याष्ट्रिक जुस -आमाशयिक रस) का साथ पेटमा रहेका मांसपेशी तथा स्नायु प्रणालीसमेतको संयुक्त प्रक्रियाले पचाउने काम हुनथाल्छ । आमाशयिक रसमा रहेको हाइड्रोक्लोरिक एसिड -उदर अम्ल) ले खानासँग रहेको हानिकारक जीवाणुलाई नष्ट गर्नुका साथ गाल्ने काम पनि गर्छ भने पेप्सिन नामक तत्त्वले प्रोटिनको प्रथम चरणको तथा ‘रेनिन’ तत्त्वले दूधको पाचन प्रक्रियामा भूमिका खेल्छ । पानी, भिटामिन र खनिज पदार्थ आदिलाई आमाशय र आन्द्राको विशेष कोषहरूले अवचुषण गर्छ । हामीले प्रयोग गरेको खानाबाट पोषण यसरी हाम्रो शरीरले प्राप्त गर्छ भने पाचन प्रक्रिया पश्च्ाातको फोहोर तत्त्व लार्ज इन्टेस्टाइन -ठूलो आन्द्रा) र एनल ओपनिङ -मलद्वार) भएर बाहिर निस्कन्छ । स्मल इन्टेस्टाइन -सानो आन्द्रा) को पहिलो भाग भनिने पाकस्थलीमा प्यान्त्रिmयाज ग्रन्थिले उत्पादन गरेको पाचनरसमा रहेको ‘टि्रप्सिन’ तथा क्रिमोटि्रप्सिन’ तत्त्वहरूले प्रोटिनको दोस्राे चरणको पाचन, ‘आमाइलेज’ तत्त्वले कार्बाेहाइड्रेटको दोस्राे चरणको र ‘लाइपेज’ तत्त्वले चिल्लो पदार्थको अन्तिम चरणको पाचन गर्छ । लिभर -कलेजो) सँग रहेको पित्ताशयबाट नलीको माध्यमबाट पाकस्थलीमा निष्काशन हुने बाइल -पित्त) ले खानामा समाविष्ट रहेको चिल्लो पदार्थलाई पचाउने गर्छ । स्मरणीय छ, विशेष कारणवश शल्यक्रियाद्वारा पित्ताशयलाई यथास्थानबाट निकालिएको अवस्थामा पित्त पाकस्थलीमा प्रवाहित नहुने भएकाले सम्बन्धित व्यक्तिले खाएको चिल्लो पदार्थमा प्रभाव नपर्ने भएकोले अपचको समस्याले ग्रसित हुने हुन्छ ।

अपच हुने कारण
आफ्नो पाचन क्ष्ामताभन्दा बढी खाना राम्राेसँग नचपाएर हतारिएर खानु, धेरै अमिलो, पिरो, चिल्लो र मसला भएको खाना खानु, नपाकेको -काँचो) वा सडेगलेको खाना खानु, प्रदूषित पानी पिउनु, बढी धूमपान तथा मदिरापान गर्नु, मानसिक तनावको अवस्थामा खानु, खाना खानु केही समय अगावै, खाना खाइरहँदा तथा खाना खानेबित्तिकै पानी बढी पिउनु आदि ।

अपचका लक्ष्ाण
खानामा अरुचि हुने, थोरै खाए पनि वायु बढेर पेट फुल्ने, पेटभित्र विभिन्न भागमा वायु घुमिरहेको अनुभूति हुने, पेट कराउने, घोच्ने, दुख्ने, पोल्ने, वाकवाकी लाग्ने, डकार पटक-पटक आउने, मुखमा अमिलोपना आउने, कब्जियत वा पखाला लाग्ने, जिब्रोमा सेतो बाक्लो लेउ टाँसिएको जस्तो देखिने, श्वास गन्हाउने आदि समस्याले गर्दा शरीरमा शिथिलता उत्पन्न हुने, कुपोषण, रक्तअल्पता आदि पनि देखापर्छ ।

उपचार
अल्पाहारबाट पाचन अङ्गमा बोझ कम पर्ने भएकोले छिटो पच्ने खालको खाना उचित मात्रामा धेरैपटक चपाएर खाने, बढी अमिलो, पिरो, चिल्लो, तारे-भुटेको खाना नखाने, माछा, मासु, अन्डा आदि बढी नखाने, मैदाबाट तयार पारिएका चाउचाउ, पाउरोटी तथा अन्य परिकार नखाने, चिया, कफी, जाँड-रक्सी तथा सुर्तीजन्य पदार्थ नखाने, खाना खाइरहँदा र खाइसकेपछि पनि लगभग आधा घन्टासम्म बढी पानी नपिउने, अन्यथा पाचनरसलाई पातलो बनाएर पाचनक्रियामा नकारात्मक असर पर्छ । झोलिलो सागसब्जी तथा मौसम अनुसारको फलफूल सेवन गर्नु हितकर हुन्छ । हलुका शारीरिक व्यायाम, योगासन, प्राणायम तथा ध्यानजस्ता विभिन्न सरल उपाय अपनाउँदा पनि पाचनक्रियामा सकारात्मक असर पर्ने विषयमा दुईमत छैन ।

सतर्कता
रोगग्रस्त व्यक्तिहरूले आ-आफ्नो स्वास्थ्य समस्याअनुरूप नै प्राकृतिक भोजन मध्येबाट छनोट गर्नुपर्छ । मन्दाग्नि तथा पाचनक्रियासँग सम्बन्धित अन्य समस्याबाट पीडित व्यक्तिले आ-आफ्नो समस्याअनुरूप नै प्राकृतिक भोजनहरू मध्येबाट भोजनको छनोट गर्नुपर्छ । अपच समस्याबाट ग्रसित व्यक्तिले उकुसमुकुस हुनेगरी नखाई उचित परिमाणभन्दा बढी नखानु नै हितकर हुन्छ । खानालाई मुखमा राखेपछि नहतारिएर पटक-पटक राम्ररी चपाउनाले मुखको र्‍यालमा रहेका ‘टायलिन’ नामक पाचनतत्त्व उचित परिमाणमा खानासँग मिसिन पाएर खानालाई सजिलोसँग पचाउनयोग्य बनाउँछ । स्मरणीय छ, अल्पाहारबाट पाचन अङ्गमा कम बोझ पर्छ । खाना पचाउनका लागि इन्जाम तथा अन्य औषधीहरू लामो समयसम्म प्रयोग गरिरहनुभन्दा खानपानमा उचित ध्यान पुर्‍याएर त्यसलाई सुरुदेखि नै नियन्त्रण गर्दा पाचनसँग सम्बन्धित अनेकौं समस्याबाट जोगिन सकिन्छ ।

पेटमा जुका, कृमी तथा जीवाणुहरूले संक्रमण हुँदा मन्दाग्नि, झाडापखाला, आउँ कोलाइटिस आदि समस्याबाट ग्रस्त व्यक्तिको दिसामा खाएपछि नपचेको खाना देखिने तथा कुपोषण भई रक्तअल्पता, कमजोरी आदिको निदानका लागि चिकित्सकको सल्लाहअनुसार दिसा र रगतको जाँच गराई यथासमयमै उपचार गराउनु आवश्यक हुन्छ ।

लेखक साढे पाँच दशकभन्दा बढी समयदेखि स्वास्थ्योपचार क्ष्ाेत्रमा संलग्न छन् ।

http://www.ekantipur.com/kolnepalinews.php?&nid=182735

Read Full Post »

« Newer Posts