Posted in स्वास्थ्य on 01/06/2011|
Leave a Comment »
स्रोत: नेपाल साप्ताहिक
-डा. रवीन्द्र पाण्डे
दुवै कोखाको करङमुनि हुने सिमीको बियाँ आकारका मिर्गौलाले हाम्रो शरीरबाट अनावश्यक पदार्थ, बढी भएको पानी तथा विषाक्त पदार्थ निष्कासन गर्ने, शारीरिक लवण, पोटासियम, क्याल्सियम नियमित गर्ने, हर्मोनको उत्पादन गरेर रक्तकोषिका बनाउने, रक्तचाप नियन्त्रण गर्ने आदि काम गर्छन्। यदि मिर्गौलाले आंशिक वा पूर्ण रूपमा पानी तथा अनावश्यक पदार्थ छान्न सक्दैन, त्यस अवस्थालाई ‘किड्नी फेलर’ भनिन्छ। कुनै कारणले अचानक मिर्गौलाले काम गर्न छाडेमा त्यसलाई तीव्र मिर्गौला फेलर भनिन्छ भने दीर्घरोगका कारण विस्तारै मिर्गौला नष्ट भई मिर्गौलाले काम गर्न छाडेमा त्यसलाई दीर्घ मिर्गौला फेलर भनिन्छ।
वान्ता, पखाला, रक्तश्राप, पिसाब लगाउने औषधीको प्रयोग, शल्यक्रिया, चोटपटक वा संक्रमणबाट एक्कासि रक्तचाप कम भएमा, मिर्गौलामा जाने रक्तनली साँघुरो वा अवरुद्ध भएमा तथा मुटु वा कलेजो फेलर भएमा मिर्गौलालाई आवश्यक रक्तसञ्चार नपुगेर पनि मिर्गौला फेलर हुन्छ। यो अवस्था मिर्गौला फेलरको ६०-७० प्रतिशत कारक तत्त्व हो। समयमै उपचार गरेमा मिर्गौलाले पुनः काम गर्न थाल्छ अन्यथा मिर्गौलाका तन्तुहरू नष्ट हुन्छन्।
(more…)
Read Full Post »