Feeds:
Posts
Comments

Archive for the ‘साहित्य बारे’ Category

स्रोत: कान्तिपुर               

-फूलमान वल

पोखराअन्नपूर्ण पदयात्रामा जाँदै हुनुहुन्छ भने अब तपाईंले लुम्ले गाउँलाई फरक पाउनुहुनेछ । ढुंगाले छाएका सुन्दर घर, दलानको भित्तामा चर्चित देशीविदेशी स्रष्टाहरूको तस्बिर अनि स्थानीय संस्कृतिसहितको प्रेमिल स्वागत ।

आन्तरिक र बाह्य पर्यटक लोभ्याउन शनिबार (चैत १५, २०६५ ?) गाउँलेले नयाँ घोषणा गरेका छन्- कविता गाउँ । नौमती बाजा, भजन, चुड्का, रत्यौली, गुरुङ समुदायको ट्हो त्हे नृत्यसाथ गाउँ परिक्रमा गर्दै स्थानीयले लुम्लेलाई कविता गाउँमा बदलेका हुन् ।

लुम्ले         (स्रोत:canr.msu.edu)

लुम्ले (स्रोत:canr.msu.edu)

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

अम्बर गुरुङ

निकै वर्षअगाडि सुनेको यो गजलको अर्थभन्दा पनि मर्म आजको यो निस्सासिँदो अन्धकारमा बुझ्दा मनमा आत्मग्लानि सोच आउँछ र छटपटी हुन्छ । र, सोच्न थाल्छु-किन हामी आवश्यक परेको बेला मात्र अनावश्यक भनेर फालेका कुराहरूको सम्झना गर्दै पछुतो गर्छौं ? किन हामीले भोगिसकेका भइपरि आउने त्यस्ता संकटहरूका समाधान अघिबाटै गर्ने पहल गर्दैनौं ? आज हामी असह्य भएर भोगिरहेको यो अन्धकार यसै वर्षबाट सुरु भएको समस्या होइन । हामीले यो संकेत अघिबाट पाइसकेका थियौं । तर के गर्ने ?

एउटा स्विच थिचेर उज्यालो र अँध्यारो पार्नु हाम्रो हातमा भए पनि उज्यालोको स्रोत फेला पार्नु हाम्रो हातमा हुँदैन रहेछ । त्यसैले मलाई अँध्यारो र अन्धकारमा फरक लाग्छ । अँधेरो क्षणिक र सीमित हुन्छ भने अन्धकार व्यापक हुन्छ । अब फेरि के गर्ने ? हामी सबैलाई थाहा भएकै कुरा हो कि बीसौं शताब्दीको मध्यअवधिसम्म पनि अपि|mकालाई डार्क कन्टिनेन्टअर्थात् अँध्यारो महादेश भनिने गरिन्थ्यो । हिजोआज त्यसो भनिंदैन । किनभने धेरैजसो अपि|mकी मुलुकहरू आज अन्धकारबाट उज्यालोतर्फ उन्मुख हुँदै छन् अर्थात् भइसकेका छन् । हामी भने उज्यालोदेखि अन्धकारतर्फ जाने तत्परताको उल्टो परिधिमा छौं । डर लाग्छ, कतै यो शताब्दीको अँध्यारो मुलुकको उपाधि हामीलाई मिल्ने त होइन !

यतिखेर मलाई एउटा सान्दर्भिक भएकै घटना सुनाउन मन लागेको छ । त्यसबेलाको कोलकोतामा एउटा साह्रै संगीत अनुरागी दाइ थिए जसले मलाई औधि नै माया गर्थे । उनी अत्यन्तै मिलनसार र सहयोगी भावनाको व्यक्ति भएर होला, त्यो थलोमा उत्तिकै लोकपि्रय पनि थिए । तर उनको एउटै अवगुण के थियो भने उनी औधि नै रक्सी खान्थे । कुन घटना-उपघटना, कारण-अकारणले हो, बुझ्नै नपाई दाइले एक्कासि रक्सी खान छाडेकाले हामी झन्डै आश्चर्यचकित भएका थियौं । तर पनि किन उनले रक्सीलाई परित्याग गरे भनेर सोध्ने साहस हामीले गर्न सकेनौं । सम्भवतः हामीलाई डर थियो कि हाम्रो सोधाइले बिच्किएर उनले फेरि रक्सी खान सुरु नगरून् !

एक साँझ रेकर्डिङ् सिध्याएर म घर र्फकने तरखरमा थिएँ । त्यही बेला एक साँझ मलाई दाइले एउटा यस्तो क्लबमा लगेर गए जुन क्लब हरेक आइतबार रक्सी खान छाडेका भूतपूर्व पियक्कडहरूले सञ्चालन गर्दा रहेछन् । उनीहरूको मूल उद्देश्य के रहेछ भने रक्सी नखानेहरूले रक्सी छुँदै नछोउन् र खानेहरूले रक्सीलाई तत्कालै परत्याग गरून् । हरेक आइतबार त्यहाँ त्यस्ता पात्रको उपस्थिति हुने गर्दो रहेछ जसले भर्खरै रक्सी खान छाडेका छन् र उसले डायसमा उभिएर आफूले रक्सीको बेहोसीमा गरेका गल्ती तथा कुकृत्यहरूको आत्मस्वीकृति -कन्फेसन) मात्र होइन, अबदेखि कहिले पनि रक्सी नखाने प्रतिज्ञासमेत गर्नुपर्दो रहेछ ।

त्यस्ता पात्रहरूले रक्सी खाँदा गरेका गल्तीहरू, झैझगडा, असामाजिक तथा अमर्यादित वृत्तान्तहरू, कोही अनौठो अथवा कोही घीनलाग्दो, कोही अमानुसिक र कोहीकोही मार्मिक पनि हुने गर्दोरहेछ । ती सबै त्यहाँ त्यतिबेला देख्न नपाइए पनि पछिबाट केही घटनाहरूबारे भने सुन्न पाइयो । त्यहाँ रमाइलो कुरा के रहेछ भने त्यस्ता पात्रहरूलाई त्यहाँ ल्याउने अभिभावकहरू धेरैजसो आफ्नै परिवारमध्येका हुँदा रहेछन् । कसैको मातापिता, दाइदिदी, कसैका अन्तरंग मित्र, धेरैजसोका पत्नी र कसै-कसैका त प्रेमिकासमेत हुने गर्दा रहेछन् । अझ रमाइलो कुरा त के रहेछ भने कसैकसैले आत्मस्वीकृति गर्दै प्रतिज्ञा गरेर पनि फेरि रक्सी खान सुरु गर्दा रहेछन् ।

त्यही क्लबमा भएको र पछिबाट मात्र मैले सुनेको एउटा पात्र वृत्तान्तको कुरा मैले आजसम्म बिर्सन सकेको छैन । उक्त घटनाको पात्र एक नम्बरका रक्स्याहा मात्र नभएर जुवाडे पनि रहेछ र, आफ्नी स्वास्नीलाई अत्यन्त निर्ममतापूर्वक व्यवहार गर्दो रहेछ । त्यस्तै झोंकमा एकरात उसले स्वास्नीलाई घरबाट निकालिदिएछ । त्यसको केही दिनपछाडि ऊ मरणासन्न हुनेगरी बिरामी भएछ । र, त्यही क्रममा उसको रक्सी खाने लत छुटेछ । त्यसपछाडि उसलाई आफूले रक्सी खाएकोमा भन्दा बढ्ता पश्चात्ताप स्वास्नीलाई घरबाट निकालेकोमा भएछ । धेरै समयसम्म घरबाट निकालिएकी स्वास्नी खोज्दा पनि नभेट्टाएपछि अन्तमा ऊ त्यो क्लबमा आत्मस्वीकृति र पश्चात्ताप गर्न आएको रहेछ । पश्चात्ताप गर्दै उसले भनेको रहेछ, ‘हो, मलाई रक्सी खाएकोमा एकदमै ठूलो पश्चात्ताप छ तर त्योभन्दा पनि धेरै ठूलो पश्चात्ताप मैले आफ्नी निर्दोष पत्नीलाई घरबाट निकालिदिएकोमा छ र, यहाँ पश्चात्ताप मात्रै होइन, माफी माग्नलाई पनि आएको हुँ । उनले त मलाई माफी दिन्छिन् कि दिन्नन्, त्यो त थाहा छैन…।

यो घटना दुःखान्तमा नभएर सुखान्तमा टुङ्गएिछ । कुनै दुर्लभ संयोगले होला, त्यस दिन त्यही क्लबमा उसकी प्यारी पत्नी उसको बिलाप सुनेर सारीको फेरले आँसु पुछ्दै एक कुनामा उभिएर मर्माहत भइरहेकी रहिछ । कुरा टुङ्गनिेबित्तिकै त्यो अबला दौडिएर आफ्नो पतिको चरणमा परिछ । हाम्रो जीवनमा जस्तै त्यस क्लबाट पनि कोही हाँस्दै र कोही रुँदै बाहिरिँदा रहेछन् । यहाँनेर यो कथाको नाटकीय अन्त्य भए पनि कुराको अन्त्य भएको छैन

त्यहाँ आत्मविवेचना गर्नेहरूका कथा र घटना आ-आफ्नै भए पनि आत्मस्वीकृतिको पश्चात्ताप एउटै खाले थियो- हामीले रक्सी खाने गल्ती अज्ञानताबस गरेका थियौं । यहाँनेर मलाई के आभास हुन्छ भने अज्ञानता नै अन्धकार र अन्धकार नै अज्ञानताको समस्या हो । सुरुमा हामी अज्ञान नै थियौं, अन्धकारमै थियौं । त्यसबेला टुकीको उज्यालो हामीलाई पर्याप्त थियो । बिजुली भनेको धेरै पछिको आविस्कार हो, यो आविस्कार ज्ञानबाट भएको हो । हो, यो संसारभरका सारा विज्ञ विद्वान्हरू भन्छन् कि यो संसारमा कुनै पनि त्यस्तो समस्या छैन जसको समाधान हुँदैन । अहिलेको लोडसेडिङ हाम्रा लागि समस्या होइन, अज्ञानता हो । तपाईहरू सहमत हुनुहुन्छ ?

हुनुहुन्छ भने लौ त अब कुरा मात्र होइन, काम पनि गरौं । र, अहिलेको काम भनेको यही हो-चिराग तो जलाओ, बडा अन्धेरा है…!

[संगीतज्ञ गुरुङ कहाँ गए ती दिनहरूपुस्तकका लेखक हुन् । ]

http://www.ekantipur.com/kolnepalinews.php?&nid=184463

Read Full Post »

स्रोत: कान्तिपुर

फूलमान वल

जमाना प्रविधिकै भयो । आइपोड, एमपी थ्री या पेनड्राइभ- मध्ये केही छ भने पुस्तक पढिरहनुपर्दैन । आनन्दले एयरफोन लाउनुस् र काम गर्दै पुस्तक

सुन्नुस् । बीपी कोइरालाको आत्मवृत्तान्तअडियो संस्करणपछि डायमन्ड शमशेर राणाको चर्चित कृति सेतो बाघको सुन्ने रूप बजारमा आएको छ ।

अबका मानिसलाई ठूल्ठूला ठेली पढिरहने फुर्सद नहुन सक्छ,’ सुन्ने पुस्तक सार्वजनिक गर्न लन्डनदेखि आइपुगेका रेडियोकर्मी खगेन्द्र नेपालीले भने, ‘यस्तोमा आइपोड र पेनड्राइभमा भरेको पुस्तक सुन्दै काम गर्दाको आनन्द बेग्लै हुन सक्छ ।जगिङ जाँदा, परिवारसँगै होलिडे मनाउँदादेखि भान्साको काम गर्दासमेत सुन्ने पुस्तक उपयोगी हुने बताउँदै उनले पश्चिमको अनुभव सुनाए, ‘जिम जाँदासमेत आइपोडमा पुस्तक सुन्ने जमात देखेको छु ।

लन्डनस्थित श्रव्यदृश्य उत्पादक कम्पनी वेभ्स ईटीसीले दोस्रो अडियो बुकका रूपमा ऐतिहासिक उपन्यास सेतो बाघचुनेको हो । कुनै समय म यो उपन्यास लुकीछिपी बोक्थें, प्रतिबन्धित भएकाले सेतो बाघभन्नेबित्तिकै सबै तर्सिन्थे,’ उनले यो सेतो बाघलाई अडियो बुकका रूपमा छान्नुको कारण खुलाए, ‘यस्तो ऐतिहासिक किताब नयाँ पुस्ताले प्रविधिको स्वादसँगै ग्रहण गरून् भन्ने ध्येय हो ।

सोल्टी क्राउन प्लाजाको मेघ मल्हार हलमा ९१ वर्षे उपन्यासकारकै हातबाट पुस्तक मंगलबार सार्वजनिक गरियो । अडियो अन गरिरहँदा राणाका हात छिटोछिटो चलिरहेका थिए र अनुहार उज्यालो । जेलमा लेखिएको पुस्तकको नयाँ अवतारले निकै खुसी छु,’ उनले भने, ‘जीवनभरकै उपलब्धि पाएजस्तो ।

सेनामा मेजर रहँदा २००५ मै विद्रोह गरी प्रजातन्त्रका पक्षमा लागेका राणालाई पञ्चायती व्यवस्थाले २०१७ मा जेल हाल्यो । ६ वर्ष लामो जेलबसाइमा राणाकालीन ऐतिहासिक तथ्य समातेर लेखिएको कृति साझा प्रकाशनले २०२५ मा छापेको थियो ।

यो किताबले गर्दा म पनि झन्डै जेल परेको,’ साहित्यकार कमलमणि दीक्ष्ाितले उक्त उपन्यास छापिँदाको घटना सुनाए, ‘त्यतिबेला साझाको अध्यक्ष म थिएँ । पछि निकै समस्या भयो ।

साझाका तत्कालीन महाप्रबन्धक नरेन्द्रविक्रम पन्त सेतो बाघको पहिलो पाठक भएको उल्लेख गर्दै दीक्षितले सम्झे, ‘पन्तजीले पुस्तकको भूमिका पनि मैले नै लेख्नुपर्छ भन्नुभयो । पछि भूमिकाका शब्दशब्दमाथि अनुसन्धान भएछ । धन्य, संयोगले वकिल शब्द  लेखिएकाले मात्रै बचेछु ।

उपन्यासमा राणाकालीन राजनीतिक चालबाजी, पारिवारिक षड्यन्त्र, शक्तिको छिनाझपटी देखि दरबारभित्रका रहस्य छन् ।

मेरै बाउबाजेका कथा भएकाले मलाई जेलमा लेख्न सजिलो भो,’ राणाले सम्झे, ‘अहिले यसको नयाँ अवतार आयो । जस र आर्थिक लाभ दुवै मिल्ने भयो ।

यस्तो भएपछि उपन्यास किनेर पढ्लान त पाठकले ? अटोग्राफ लिन धुइरिएका फ्यानले घेरिएका राणालाई सोधियो । घाम ताप्दा शरीरलाई फाइदा गरे पनि अनुहारलाई त कालो बनाउँछ नि,’ उनले गम्भीर ठट्टा गरे, ‘यसको पनि सकारात्मक र नकारात्मक फाइदा दुवै छ, प्रविधिलाई रोक्न सकिन्न ।

यहीबेला अटोग्राफ लिने पंक्तिमा थिइन् गृहिणी कविता राणा । पेन्टिङ समेत गर्ने उनी धेरै अघिदेखि सेतो बाघपढ्न चाहिरहेकी रहिछन् । अब गज्ज्ाब भो,’ उनले भनिन्, ‘सजिलो र इन्ट्रेस्टिङ पनि ।

अडियो संस्करणमा स्वर तीन दशकजति बीबीसी नेपाली सेवामा संलग्न नेपालीकै छ ।

यसको म अर्को ठूलो उपलब्धि पनि देखिरहेको छु,’ लेखक खगेन्द्र संग्रौलाले भने, ‘धेरै नेपाली निरक्षर छन् । त्यो विशाल समूहमा अब इतिहासको साँचो कथा पुग्ने छ । सीडीको अडियो संस्करण बेलायतस्थित नेपाली साहित्य परिषद्, भण्डारी बुक्स र सूर्य नेपाल प्रालिको सहयोगमा ल्याइएको हो ।

http://www.ekantipur.com/kolnepalinews.php?&nid=184005

Read Full Post »

चार हजारभन्दा बढी गाउँ छन् नेपालमा। तर यो ‘कविता गाउँ’ भनेको तपाईँले कहिले सुन्नुभएको छैन होला। कविता नामकी केटी बस्ने भएर कविता गाउँ भनिएको हैन नि फेरि। कविले सिर्जना गर्ने कविता कै नाममा कविता गाउँ भन्न लागिएको हो। अनि गाउँ छानिएको छ- लुम्ले। विश्व प्रसिद्ध ट्रेकिङ रुट अन्नपूर्ण बेसक्याम्पको ट्रेकिङ सुरु हुने कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ हो लुम्ले। जानुभएको छैन भने पनि गीत त सुन्नुभएकै होला- मुटु छुने लुम्लेको हावाले…


Lumle, Nepal by wilhelmus.

लुम्ले यस्तो देखिन्छ। फोटो सौजन्यः विल्हेल्मस


यही लुम्लेलाई नेपाल कै पहिलो कविता गाउँ (poetry village) को रुपमा विकास गर्ने अवधारणासहित गाउँलेहरु कै पहलमा यो अभियान केही महिनाअघिदेखि सुरु भएको हो। अब यो अभियानलाई साकार रुप दिन आउने चैत महिनाभित्रै लुम्लेलाई कविता गाउँको रुपमा औपचारिक घोषणा गर्ने कार्यक्रम रहेछ।

कविता गाउँका परिकल्पनाकारले यो अवधारणाका उद्देश्यहरु यस्तो रहेको बताएका छन्-

• समग्र लुम्लेलाई कविता गाउँको रुपमा विकास गर्ने।
• साहित्य, संगीत र कलामा अभिरुचि राख्‍ने तथा सिर्जना गर्ने स्थानीय वासिन्दाहरुलाई तत्सम्वन्धी विषयहरुमा सक्रिय तुल्याउने।
• साहित्य, संगीत र कला सम्वन्धी अन्तर्क्रिया गर्ने।
• त्यससम्वन्धी कार्यक्रमहरु सञ्चालन गर्ने।
• साहित्य, संगीत र कलाको माध्यमबाट जनचेतना विस्तार गर्ने।
• देश विदेशका स्रष्टाहरुको सिर्जना-गन्तव्यको रुपमा लुम्लेलाई विकास गराउने।
• कविता गाउँको माध्यमबाट समग्र लुम्लेलाई परिचित गराई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने।

भनिन्छ, सबैले जीवनमा एक पटक जानेर वा नजानेर कविता लेखेकै हुन्छ रे। त्यसै पनि नेपालमा कविता र मुक्तक लेख्‍नेहरुको संख्या सबैभन्दा बढी छँदैछ। कविताका पुस्तक सबैभन्दा बढी छापिन्छन्, कसैले पढोस् कि नपढोस्। यी कवि ह्रदयहरुलाई पक्कै पनि ‘कविता गाउँ’ ले तान्छ नै होला। बाँकी कुरा चैत महिनाभित्र यसको घोषणा भएपछि हेर्न पाइनेछ- आखिर के के हुने रहेछ त यो नेपालमा कतै नभएको कविता गाउँमा।

स्रोत: मेरो संसार

http://www.mysansar.com/2009/03/4719.html#more-4719

Read Full Post »

स्रोत: दौतरी

हुनत नेपाली भाषामा गजल भनेको कुनै नौलो बिधा त रहेको छैन तर राम्ररी हेर्ने हो भने अंग पुर्‍याएर र यसका संरचनाका निश्चित नियम र परिधि भीत्र बसेर लेख्‍नेको संख्या भने निकै कम छ।

गजल पढन र सुन्न जत्ती मनोरन्जक, रोमान्चक र कर्णप्रिय हुन्छ बास्तबमा लेख्‍न त्यत्तीकै जटिल, मुश्किल र दूरुह । दौंतरीमा केहि समय यता यसको बारेमा निक्कै बहस शुरु भएको र म आफू पनि गजल प्रेमी (जानकार हैन भन्ने कुरा पहिलै खुलस्त गरौं) भएको नाताले यो हप्ताको फुर्सदको समयलाई यहि बिधाको सामान्य संरचनाको अध्ययनमा लगाएँ। केहि समय यता दुई-दुई लाईनका तुक मिलाएर लेखिएका भावनाहरुलाई ‘गजल’ भनेर लेखीन र छापिन थालिएका छन । दौंतरी मात्रै हैन, धेरै अनलाईन र सहित्यिक पत्रिकाहरुमा समेत गजलको नाममा कविताहरु धेरै पटक प्रकाशीत भएका छन ।

गजलको उद्गम र परिभाषा बारेमा भिन्न भिन्न मत भएपनि गजल अरबबाट शुरु भएको अनी बिस्तारै काव्यको यो विधा फारसी, उर्दू हुँदै हिन्दी, नेपाली र अन्य भषामा पुगेको कुरामा धेरै शोधकर्ताहरुको एक मत छ ।

यो सानो पोष्टमा गजलसंग सम्बन्धित केहि आधारभूत शब्दावलिको चर्चा गर्ने कोशीस गरिने छ।

साधारणतया गजलका यि शब्दाबलीलाई अर्थ्याउन गालिब वा जफर गोरखपुरी वा त्यस्तै कोहि प्रख्यात गजलकारका गजललाई प्रस्तुत गरिन्छन। तर ति सबै उर्दू वा अन्य कुनै भषामा हुने भएकोले म हाम्रै दौंतरी वाकाजीले भर्खरै पोष्ट गर्नु भएको यौटा सरल गजल यहा राख्दैछु:

Gajal

शेर: गजल शेरहरुको समुह हो र गजलमा प्रयुक्त दुई हरफकको यौटा श्‍लोक लाई शेर भनिन्छ। गजलको बनोटको हिसाबले एउटा गजलमा कममा पाँच र बढिमा एघार ओटा सम्म शेर रहेको पाईएको छ। जहाँ कविताका १०-१२ हरफसम्म यौटै विषयको बारेमा व्याख्या हुनसक्छ, तर गजलमा भने हरेक शेरले भीन्दा भीन्दै कुरा बयान गर्छ। यसैले हरेक शेर आफैमा पूर्ण हुनु पर्छ, यौटा शेरमा पुरा गर्न नसकिएको विषयबस्तुलाई अर्को शेरमा हाल्नु वा तान्नु हुँदैन।

मिसरा: शेरको प्रत्यक लाईनलाई मिसरा भनिन्छ। त्यसमा पनि पहिलो लाईन, जुन पूर्ण स्वतन्त्र हुन्छ लाई मिसरा उला (मिसरा ए उला) भनिन्छ भने दोस्रो लाईन, जसमा तुक मिलाउने मात्रै नभई गजलकारले आफ्नो अधुरो कुरालाई दमदार तरिकाले पुरा गर्छन लाई मिसरा सानि (मिसरा ए सानी) भनिन्छ ।

जस्तै माथिको गजलको पहिलो शेर:

कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ , कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ मा “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ ” भन्ने हरफ मिसरा उला हो भने “कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” भन्ने दोस्रो लाईन मिसरा सानि हो।

काफिया: यो गजलको एकदमै महत्वपूर्ण अंग हो। यदाकदा यसलाई गलको मुटु वा ज्यान पनि भनेर परिभाषित गरिन्छ। काफियाको शाब्दिक अर्थ पछि पछि आउनु भन्ने हुन्छ । माथिको गजल हेर्दा ‘सुरा’, ‘छुरा’, ‘पुरा’ आदि शब्द, जुन हरेक मिसरा सानिमा पछिल्तिर आएका छन र फरक-फरक छन, लाई काफिया भनिन्छ । गजलमा साधारणतया अर्थ फरक आउने शब्द अपबाद हुने बाहेक उहि अर्थ आउने काफियाको प्रयोग गरिदैन। हुनत केहि नाम चलेका गजलकारहरुले पनि काफिया दोहर्‍याएर गजल लेखेका छन, तर हरेक शेरमा भिन्न भिन्न काफियाको प्रयोगले नै कुनै पनि गजलकारको भषीक ज्ञान, प्रखरता, र प्रतिभाको पूर्ण प्रदर्शन गर्छ । अनी दोहोरिएको काफियाले गजलकारको मात्रै हैन, जुन भाषामा गजल लेखिएको छ त्यो भाषाको शब्दकोषको समेत गरिवि पनि झल्कयाउँछ । त्यसैले काफियालाई तुक मिलाउने मेसोको मात्र उपयोगीतामा हेर्नु गल्ति हुनेछ ।

रदीफ: काफिया संगै आउने शब्द वा शब्द समुहलाई रदिफ भनिन्छ । जुन शेर पिच्छे बदल्न मिल्दैन र गजलको अन्त सम्म अपरिवर्तित रहन्छ। जस्तै माथिको गजलमा: “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ, कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” मा ‘भएछ’ रदिफ हो, जुन अन्तसम्म एउटै छ ।

मत्ला: मत्लाको शाब्दिक अर्थ “आरम्भ” वा शुरुवात भन्ने हुन्छ, अत:कुनै पनि गजलको पहिलो शेरलाई मतला भनिन्छ । जस्तै माथिको शेरमा: “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ , कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” भन्ने शेर यो गजलको मतला हो। यहा याद गर्नु पर्ने कुरा के छ भने मतलाका दुबै मिसरामा काफियाको प्रयोग भएको हुन्छ। तर गजलका अन्य शेरमा भने मिसरा सानिमा मात्रै काफिया हुन्छ ।

मक्ता: मक्ताको अर्थ समाप्त हुनु हो, अर्थात जुन शेरबाट गजल अन्तहुन्छ गजलको त्यहि अन्तिम शेरलाई मक्ता भनिन्छ।

तखल्‍लुस: प्राय गजलकारहरु गजलको मक्तामा आफ्नो नाम, उपनाम वा टाईटलको प्रयोग गर्छन। अर्थात अन्तिम शेरमा आफनो नाम पनि गजल भित्र हाल्छन, यसैलाई लखल्लुस भनिन्छ । यसले त्यो गजल कस्को हो भन्ने कुरा सुन्ने बित्तिकै थाहा हुन्छ भने आर्को कुरा तखल्लुसको प्रयोग कहिले काहि द्विअर्थि समेत हुँदा यसले सिधै गजलकारको नाम मात्रै नभई अरुनै कुनै संकेत वा ईशारा पनि गर्न सक्छ । अनी कतिपयले भने तखल्लुस सहितको अन्तिम शेरलाई मात्रै मकताको दर्जा दिने गरेको पनि पाईन्छ ।

यो गजलको बारेमा एकदमै साधारण जानकारि मात्रै हो यसका मानक र संयोजनका अन्य पक्ष जस्तै: बहर, रुक्‍न, वज्‍न आदि बारेमा पनि यथेष्ट ज्ञान भएमा सोहि अनुरुप लेखीए मात्रै गजलमा उत्कृष्टता आउन सक्छ, नत्र बेजोड भाव, समानान्तर तुक र गेय भएपनि काव्य, गजल नबनी कबिता मात्र हुने वा कहिले काहि न कबिता न गजल भै बिचमै लटकिन पनि सक्छ ।

समयले साथ दिएमा त्यस बारेमा आगामी पोष्टमा लेख्‍ने प्रयास गर्ने छु । आजलाई भने जाँदा जाँदै गजल सम्बन्धमा केहि रमाईला तथ्य र किम्बदन्तिहरु:

  • यौटा किम्बदन्ति अनुशार अरबमा एकजना ‘गजल’ नाम गरेका शायर थिए जसले प्रेमको गित बनाउनमै आफ्नो जिवन बिताए। शुरु शुरुमा गजल केवल प्रेमको बारेमा मात्रै लिखिन्थ्यो त्यसैले पछिका दिनमा यस प्रकारको प्रेमको गित नै उसैको नामले चिनिन थाल्यो ।
  • दसौं शताब्दिमा ईरानमा जन्मेका ‘रौदकी’ नामका शायर (जो जन्मजात अन्धो रहेको बिश्वास गरिन्छ) लाई नै गजलको जन्मदाता पनि मानिन्छ ।
  • उर्दूका प्रशीद्ध शायर जानिसारले गजललाई:

         “हमसे पूछो कि ग़ज़ल क्या है ? ग़ज़ल का फन क्या है ?
          चंद लफ्जों में कोई आग छुपा दी जाए ।” भनेर परिभाषित गरेका छन ।

  • गजल अरबि शब्द हो र यसको माने नारि शौन्दर्यको वर्णन वा प्रेयसीसंग प्रेमालाम भन्ने हुन्छ ।
  • मतला बाहेकका बिचका कुनै शेरमा पनि दुबै मिसरामा काफिया राखेर लेखीएको शेरलाई ‘हुस्‍न‍-ए-मतला’ भनिन्छ
  • केहि साल यता अंग्रेजिमा पनि गजल लेखन थालीएको छ (भाषा फरक रहे पनि केहि अंग्रेजी गजल पढदा मलाई भने समान आकर्षक र रोचक लाग्यो)।

http://dautari.org/2008/12/blog-post_7009.html

Read Full Post »

स्रोत: कान्तिपुर

जनक नेपाल

क्षत्रिक बच्चा, छुवत है पउवाँ,

घिन से छुवत है ना

बडा मनैवा, होत है दिल से,

जतियस् होत है ना…

अनौठो नमान्नुस्, यी पंक्ति मुनामदनखण्डकाव्यका सूक्तितुल्य पद्य क्षेत्रीको छोरो… मानिस ठूलो दिलले हुन्छ जातले हुँदैननै हुन् । लोक झ्याउरेका पारखी लोकनाथ बर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृतिलाई अवधी भाषामा अनुवाद गरेर बजारमा ल्याएका छन् ।

झ्याउरेको मिठास अवधी भाषामा पनि उस्तै छ,’ अवधी मुनामदनले पनि उत्तिकै जनपि्रयता पाउने विश्वाससाथ नेपालगन्जवासी बर्माले भने, ‘यही लोभले अनुवाद

गरंे ।पूर्वशिक्षक बर्मा अवधी भाषाको साप्ताहिक ग्रामदीपका सम्पादक र टेलिफिल्म निर्देशक पनि हुन् ।

दुई दशकभन्दा बढी अंग्रेजी पढाएर रिटायर उनी पछिल्लो समय अवधी भाषाका टेलिभिजन रिपोर्ट, डकुमेन्ट्री र टेलिफिल्म निर्माणमा सक्रिय छन् । अवधीभाषी समुदायलाई केही नयाँ दिन मुनामदनअनुवाद गरेको उनले बताए ।

त्यो खण्डकाव्यका ठेट नेपाली उखान र शब्द अनुवाद गर्न भने हम्मेहम्मे पर्‍यो,’ उनले भने, ‘कतै नेपालीसट्टा अवधी उखान राखेको

छु ।साग र सिस्नोको सट्टा माडी-गोलाथी राखेर उनले हातका मैला, सुनका थैला के गर्नु धनले…लाई यस रूपमा अनुवाद गरेका छन्- 

हथवक् मैली, सोनवक् थैली,

का होई धनवा से

माडी-गोलाथी, खाब् है बढिया,

प्रसन्न मनवा से…      

पूरै कृति अनुवादमा उनलाई तीन महिना लागेको थियो ।

टाइपिङ र छपाइ ढिलो हुँदा खण्डकाव्य बजारमा ल्याउन एक वर्षजति लाग्यो,’ अवधी भाषामा म्युजिक भिडियो बनाउने तयारीमा लागिरहेका उनले भने ।

देवकोटालाई समेत सर्वाधिक मन परेको मुनामदनका हिन्दी, मैथिली, भोजपुरी, अंग्रेजी, जर्मन लगायत अनुवाद आइसकेका छन् । 

http://www.ekantipur.com/kolnepalinews.php?&nid=182874

Read Full Post »

« Newer Posts