Feeds:
Posts
Comments

Archive for the ‘साहित्य बारे’ Category

स्रोत: अनलाइन खबर

नेपालीहरूको महान् पर्व तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । यसपालिको यमपञ्चक अक्टोबर १६ देखि १९ सम्म चारदिनमात्रै परेको छ । अक्टोबर १६ मा कागतिहार, १७ मा एकै दिन ककुर तिहार र दीपावली (लक्ष्मीपूजा), १८ तारेखमा गाईतिहार र १९ तारेखमा गोवर्धन पूजाका साथै भाइटीका परेको छ । यसपालिको तिहारमा एकादशी तिथि लोप भएकाले यमपञ्चक चार दिनमै समाप्त हुन्छ । प्रतिपदाकै दिन द्वीतिया तिथि लाग्ने भएकाले २० तारेखमा पर्नुपर्ने भाइटीका १९ तारेखमै परेको हो ।

काग तिहार

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वीतीयासम्म पाँच दिन मनाइने यो पर्वको आरम्भ कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजाबाट गरिन्छ । काग अत्यन्त चलाख पक्षी हो । काग सर्वक्षी प्राणी हो । यसको पूजा गर्नका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त पि्रय भक्त भएकाले यमपञ्चकमा यसको पूजा गरिएको हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काक गवेषण, काक न्याय, काकबली आदि विविध शब्द पनि कागसँगै सम्बन्धित छन् ।

(more…)

Read Full Post »

स्रोत: हिमाल

-प्रकाश साय्मि

दक्षिण एसियाली मुलुकहरूको तेस्रो सार्क सम्मेलन नेपालमा आयोजना हुँदा कार्यक्रमको थालनीमा दीप प्रज्ज्वलनलगत्तै गजल वाचन भएको थियो। त्यतिवेला गजल सुन्नेहरूमा सार्क मुलुकका तत्कालीन राष्ट्रप्रमुखहरू बेनजीर भुट्टो, वीरेन्द्र शाह, रणसिंघे प्रेमदासा,जिग्मेसिंगे वाङचुक, मोहम्मद अब्दुल गच्चयुम आदि थिए र, गजल वाचक कुनै गायक वा कवि नभएर भारतका प्रधानमन्त्री राजीव गान्धी थिए। उनले पाकिस्तानका शायर इकवालको गजलसँगै आफ्नो मन्तव्य दिएका थिए।

गान्धीले गजल वाचन गरेको आठ दशकअघि नै नेपालमा गजलको जन्म भइसकेको थियो भने करिब एक दशकअघि कविज्ञानुवाकर पौडेलको सक्रियतामा गजलको पुनर्जागरण भएको थियो। आज नेपालमा गजल लेख्न र गाउन थालिएको एक शताब्दीभन्दा बढी भइसकेको छ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-भोगीराज चाम्लिङ

संयुक्त राष्ट्रसंघले नेपालको राष्ट्रिय झन्डाका बारेमा लेखेको छ— ‘नेपालको राष्ट्रिय झन्डा विलक्षण छ । त्यसको कारण हो यसको परम्परागत हिन्दु रूपरंग ।’ राष्ट्रसंघले नेपालको राष्ट्रिय झन्डाको ‘हिन्दुत्व’का बारेमा गरेको यस व्याख्यालाई सजिलै पन्छाउन सकिन्न, न त यसलाई नेपाल एकात्मक हिन्दु अधिराज्य हुँदाको बखतको अधिनायकवादी व्याख्या भनेर नै बेवास्ता गर्न सकिन्छ । त्यसो गर्न नसकिने केही ठोस ऐतिहासिक आधार छन् ।

यस राष्ट्रिय झन्डामा हिन्दुहरूको विशाल योगदान छ । यसमा प्रयोग भएका रंग, रेखा र अर्थहरूमा हिन्दुहरूको अमिट छाप र सभ्यताको प्रतिविम्ब छ । तर, यसमा जनताभन्दा शासकहरूको स्वार्थकै पदचिह्न बढी परेका छन् । शासकले यसको व्याख्या त्यसरी नै गर्दै आएका छन् । यसका बारेमा गरिएका केही उल्लेखनीय व्याख्या यस्ता छन्— सिमि्रक राजतन्त्रबोधक रंग हो, चन्द्रमा चन्द्रवंशी शाह राजतन्त्र र सूर्य सूर्यवंशी लिच्छवि-मल्ल शासकहरूको प्रतीक हो, सूर्यवंशी भएकाले लिच्छवि-मल्लकालमा सूर्य माथि र चन्द्रमा तल थियो, तर चन्द्रवंशी पृथ्वीनारायण शाहको पालादेखि यता चन्द्रमा माथि र सूर्य तल पारियो, यसमा प्रयोग भएको एउटा त्रिकोणले हिन्दु मान्यताअन्तर्गतको त्रिशक्ति र अर्को त्रिकोणले त्रिगुणको प्रतिनिधित्व गर्छ आदि इत्यादि ।

(more…)

Read Full Post »

स्रोत: नागरिक

-खगेन्द्र संग्रौला

दुई थरी अवाञ्छित घटनाले यसपालाको दसैँ दशाग्रस्त भयो। नेपाल धर्मनिरपेक्ष भयो भनी अन्तरिम संविधानमा हामीलाई सुनाइएको थियो, दसैँमा राष्ट्रपति यादव र प्रधानमन्त्री माधवले त्यो उद्घोषको हाकाहाकी खिल्ली उडाए। ती हिन्दू राजा र तिनका टीके प्रधानमन्त्रीझै ‘दसै’कालीन हिन्दू अनुष्ठानहरुमा हिन्दू धर्मका झन्डा बोकेर यत्रतत्र हाजिर भए। सलामी खान, टीका थाप्न, शक्तिका लागि भगवतीको भक्ति गर्न र दुनिया’लाई का’चका पर्दामा आफ्ना धर्मभीरु अनुहार देखाउन। उता धरानमा टहरो भत्कि’दा थुप्रै यशुभक्तको एकबारको जुनी शेष भयो र अरु थुप्रै घाइते भए। त्यो थोक मृत्यु, त्यो जघन्य त्रासदी र त्यसबाट उत्पन्न भयावह वियोग एवं शोकका लापर्वाह रचनाकार यशुभक्त भनिने टाठाबाठाहरु नै थिए। ती इसाई सम्मेलनका आयोजक थिए। तिनले भत्तजनहरुले ध्यान गर्ने र सुत्ने टहरो बा’सको बनाए। त्यो पनि तलामाथि तला उठाएर। त्यो धराप टहरोमा तिनले गुन्द्रुक खा’देझै’ सयौ’ भक्त-भक्तिनीहरुलाई कोचेर राखे। मध्यरातमा जब पानी पर्‍यो, त्यो फुकीढल छाप्रो गर्ल्याम्मै ढल्यो र पलभरमै सब चौपट भयो।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

उनी हुन् लक्ष्मीप्रसाद देवकोटाका छोरा । महाकविपुत्र अर्थात् डा. पद्मप्रसाद देवकोटा । केटाकेटी भेला पारेर बालकविता सुनाउने साहिलाबाजेका यी साहिलै छोरा । जन्मक्रमले मात्रै उनी महाकविका साहिला छोरा हुन् । तर, उनका जेठा र माहिला दाइको ज्यान नियतिले बच्चैमा खाइसकेको थियो । त्यसपछि उनी नै जेठो । ‘जेठो दाजु २०११ सालमा खस्नुभयो,’ पद्मले भने, ‘माहिला दाजु झन् ००६ सालमै बित्नुभयो, अनि परिवारमा म एक्लो छोरो भएँ ।’ त्यसपछि ०१४ सालमा कान्छो भाइ नजन्मिउन्जेल पद्म त्यो वेलाको पुत्रप्रधान परिवारका एक्ला पुत्र रहे । सायद, त्यसैले परिवारको र स्वयं महाकविको पनि उनी अति प्यारा थिए । दुई-दुईवटा छोराहरू खसेपछि देवकोटा-परिवार त्यसै पनि अत्तालिएको थियो- कतै यो कलिलो बालखा पनि उसरी नै जाने हो कि !

यी अनेक कारणले पनि पद्मले अलि बेसी स्नेह पाए । बा जहाँ जान्थे, पद्मलाई सँगै हात समातेर लैजान्थे । काठमाडौंकै सेरोफेरोमा घुम्न निस्कँदा पनि पद्म महाकविको पाखुरामा झुन्डिएका हुन्थे । ०११ सालमा दार्जिलिङतिर घुम्न जाँदा पनि तीनवर्षे फुच्चे पद्म छुटेनन् । ‘बाले अकालमा खसेका दाजुहरू सम्झेर हो कि, मलाई छोडेर जान सक्नुभएन,’ पद्म अलिकति भावुक देखिए ।

(more…)

Read Full Post »

स्रोत: नागरिक

-खगेन्द्र संग्रौला

सरकारको खोपीमा गन्दे झार रोपेर अत्तरको वास्ना सुँघ्न चाहनेहरु मूर्ख हुन्। बाँदरलाई काँधमा बोकेर अनुरागमय चुम्बनको चाहना गर्ने त झन् बज्रस्वाँठै हुन्। बाँदरले बन्दरु स्वभाव देखाउँछ। बाँदर सुवासमय हुँदैन त्यो गन्हाउँछ। त्यसले चुम्दैन चिथोर्छ। त्यसले मुसार्दैन झम्टा मार्छ । यो मूखर्तापूर्ण क्रीडामा दोष गन्दे झार र बाँदरको होइन। दोष त गन्दे झार रोप्ने र बाँदरलाई बोक्नेको पो हो। राजिसंहासनमा शिशु सम्राटलाई विराजमान गराउने भगिरथ प्रयास विफल भएपछि आफैँ शिशु साम्राज्ञी बन्न हत्ते हालिरहेकी सुजाता कोइरालाको मति र कर्मले साचार गरेको शिक्षा यही हो।

(more…)

Read Full Post »

स्रोत: नागरिक

-खगेन्द्र संग्रौला

छट्टु सिकारी तित्राको स्वरको दुरुस्तै नक्कल गर्छ। हुस्सु तित्रो सजातीय पन्छीको स्वर सुनेको भ्रममा पर्छ। र जोडजोडले कराउँदै सिकारीछेउ आएर ऊ सजिलै मारिन्छ।त्यसैले तित्राको मुख उसको काल लुकी बस्ने दूलो हो। शीर्षस्थ माओवादी कमरेडका चाचल मुख तित्राको मुखसँग तुलनीय छन् भन्नु भयङ्कर धृष्टता होला। तर यो सुनिजानेको सत्य हो। माओवादीको छवि स्खलन सत्ताबाट उसको बहिर्गमन उसमाथिको चौतर्फी घेराउ र उसको अनिश्चित नियतिका पछिल्तिर कारण अनेक छन्। तीमध्ये एउटा जब्बर कारण उसको खुकुलो मुख हो।

मुख नम्बर एकबाटै कुरा थालुँ। यो माओवादी शिखर पुरुष कमरेड प्रचण्डको मुख हो। बाह्र बुँदे लहरो समातेर पहिलो पटक जब उनी बालुवाटारमा प्रकट भए त्यो क्षणमा उनी राजनीतिको कम्पन केन्द्र थिए। पत्रकारसामु उनी बोल्दा अनुरागले होस् वा द्वेषले आशले होस् वा त्रासले इष्र्याले होस् वा कुण्ठाले वरिपरिका सबैका अपलक दृष्टि उनीमाथि स्थिर भएका थिए। वागमतीको पुलमुनि धेरै पानी बगिसकेको छ र अहिले प्रचण्डको कद निकै होचो उनको छवि निकै धूमिल र उनको वचन निकै निस्प्रभावी भएको छ । यसो हुनुको एउटा प्रत्यक्ष कारण उनको खुकुलो मुख हो। आहान भन्छ – थुतुनो र मुतुनो अदपमा राख्नुमा नै मानिसको इज्जत र इमान भर पर्छ। राजनीतिक नेताको त झन् कुरै भएन।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-कृष्णज्वाला देवकोटा

सरहरू, दर्शन !
सदियौंदेखि पुरोहितको उच्च आसनमा राखेर सम्मान गर्दै आएका यहाँहरूलाई आज ज्ञापनपत्र लेख्नुपर्दा अत्यन्त नरमाइलो लागेको छ । सरहरूलाई धेरै कुरा थाहा छ । राजधानीको कुन तारे होटलको कुन पेय वा परिकारको स्वाद कस्तो छ, यहाँहरू जानिसिन्छ । नेपालस्थित कुन राजदूत गल्फका शौखिन छन्, कसलाई चेस मन पर्छ, को क्रिकेट वा फुटवलका दिवाना छन्, त्यो पनि यहाँहरू थाहा पाइसिन्छ । काठमाडौंस्थित आइएन्जिओका हाकिमहरू र तिनका रुचि पनि सरहरू बुझिसिन्छ । सेना, प्रहरी र प्रशासनका उच्चपदस्थहरूसँग यहाँहरू नियमित संवाद गरिसिन्छ । काठमाडौदेखि लन्डन र ओस्लोदेखि बोस्टनसम्मको मौसमबारे पनि जानकार होइसिन्छ । तर, नेपाली समाजको कम्पास कता घुमिरहेको छ, किन घुमिरहेको छ, सरहरू मेसो पाइसिन्न । सरहरूलाई रोमको इतिहास थाहा छ तर रोल्पाको बढ्दो तापमान थाहा छैन । सरहरूलाई थाक्सिनले किन्न खोजेको फुटबल क्लवको कथा थाहा छ तर थारुले लडिरहेको लडाइँको मूल्य थाहा छैन । सरहरूलाई मस्कोको मौसम थाहा छ, तर मधेशको आवेग थाहा छेन । रिसानी माफ होस्, नेपाल अब कफी सपका बौद्धिक विलास, पाँचतारे होटलका कक्टेल डिनर, सेमिनारका विकासे वहस र टेलिभिजन साक्षात्कारहरूमा सरहरूका मुखारविन्दबाट प्रकट हुने नैतिक उपदेशभन्दा धेरै जटिल भइसकेको छ ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

 

अनन्त वाग्ले

 

नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजना अन्तर्गत नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रतिनिधि आधुनिक नेपाली कविताको पुस्तक सगरमाथाको नृत्यमगन आत्मासार्वजनि गरेको गद्य कविताका प्रथम प्रयोक्ता गोपालप्रसाद रमिाललाई आधुनिक नेपाली कविताको प्रस्थानविन्दु मानी २०२५ सालसम्म जन्मेका ४० को दशकसम्म कविता सिर्जनामा सक्रिय भई कवितासंग्रह प्रकाशित गरेकालाई आधार मान्दै रमिालदेखि श्रवण मुकारुङसम्मका सय ३५ कविका कविता पुस्तकमा संग्रहित छन् रमिालको आमाको सपनादेखि बालकृष्ण समको मृत्युपछिको अभिव्यञ्जना‘, महाकवि देवकोटाको पागल‘, सिद्धिचरण श्रेष्ठको बा आउनुभएको छैन‘, ‘विजय मल्लको छोरीलाई मानचित्र पढाउँदा‘, हरभिक्त कटुवालको यो जिन्दगी, खै के जिन्दगी‘, भूपि शेरचनकोमैनबत्तीको शिखा‘, पारजिातको रामसाइँला‘, शैलेन्द्र साकारको सर्पहरू गीत सुन्दैनन्‘, मीनबहादुर विष्टको गाउँको पाठशालाहुँदै मुकारुङको पुरानो मानिससम्म आइपुग्दा प्रस्तुत पुस्तकबाट अनेक बिम्बबान्कीका कविताको रसास्वादन गर्न सकिन्छ (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

अभि सुवेदी

साहित्य लेख्ने अनि पढाउने मानिस भएकोले नेपालको राजनीतिक डढेलोभित्र पनि मुना र पात खोज्दै हिँड्ने प्रवृत्ति मेरो पनि रहेछ । म डढेलोपछिको समयमा पनि पातहरूको कल्पना गर्छु । लहलह जङ्गलको चिन्ता गर्छु । सपना देख्ने सबैको अधिकार छ । अनि निकै महिनादेखि साहित्यकार, कलाकार र रङ्गमञ्चकर्मीले केही खोजिरहेको देखेँ । उनीहरूले सबैभन्दा धेरै खोजेको कुरा स्थान स्पेसरहेछ । समय परिवर्तन भयो । त्यसभित्र साहित्यकार, कलाकारले स्पेस खोज्नैपर्छ, मनमनै भन्छु । उनीहरूले स्पेसको नाउँमा रूपकहरूका खोजी गरेका छन् । एउटा परिचित रूपक एकेडेमी वा प्रज्ञा-प्रतिष्ठान रहेछ । हिजो पनि थियो, आज पनि रहेछ र भोलि पनि हुनेछ । यो एकेडेमी भन्ने वस्तु महेन्द्रले सोचेर चौध सालमा सुरु गरेका थिए । यसको संरचनाकै धारणा परिवर्तन नहुने देखेर एक निरञ्जन, निर्विकार र शाश्वत रचना पो गरेछन् यो त भन्ने लागेर झस्किन्छु । (more…)

Read Full Post »

« Newer Posts - Older Posts »