Feeds:
Posts
Comments

Archive for the ‘साहित्य बारे’ Category

स्रोत: कान्तिपुर

-शेखर खरेल

महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि उनको जन्मको एक शताब्दीपछि केही लेख्नु एक अर्थले उपभोक्तावादी समाजमा चुर्लुम्म डुबेर महात्मा गान्धीमाथि लेख्नुजस्तै हो । शंका छैन, देवकोटा नेपाली साहित्याकाशका महान् कवि हुन् र उनमाथि राष्ट्र र जनता दुवैले ‘महाकवि’ को दोसल्ला ओढाएका छन् । हुन पनि विरलै फोटो खिचिने देवकोटाकालीन युगमा उनको छविलाई स्मरण गर्दा ती एकाध तस्बिरहरू मानसपटलमा आइपुग्छन्, दोसल्ला -वा दोलाइ) ओढेको वा अर्नेस्टो चे ग्वेभाराले क्युबन सिगार तानेझैं उनले फूलमार चुरोटको सर्को लिँदै गरेको । मैले देवकोटाका लगभग सबै नभए पनि अधिकांश र त्यसमा पनि उनका ‘भयंकर कर्महरू’ -म्याग्नम ओपस) पढेको छु । उनका ‘पागल’, ‘यात्री’ जस्ता कविता, अनि खण्डकाव्य ‘मुनामदन’ का केही हरफ मलाई मुखाग्र छन् । तैपनि देवकोटा भन्नासाथ मलाई उनी कविभन्दा पनि मिथक ज्यादा लाग्छ र यस लेखमा पनि म उनको काव्यिकभन्दा पनि मानवीय वा मिथकीय पाटाहरूबारे नै चर्चा गर्नेछु । महाकविका काव्यिक देन र तिनका आयामहरूबारे समालोचक र विद्वान् लेखकहरूले चर्चा गरेका छन् र गर्ने नै छन् ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-डा.कुमारबहादुर जोशी

काठमाडौ। प्रत्येक वर्ष लक्ष्मीपूजा नजिक आउँदा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झन पुग्छौं । यो दिन उनको जन्म दिन हो । विसं १९६६ कात्तिक २७ गतेको यही दिन अर्थात् लक्ष्मीपूजाको दिन उनको जन्म भएको थियो, काठमाडौंको डिल्लीबजारमा । त्यसैले यो दिन हामी धनसम्पत्तिको अधिष्ठात्रीदेवी लक्ष्मीको पूजाआराधनाका साथसाथ लक्ष्मीजयन्ती वा देवकोटा जयन्ती पनि मनाउँछौं । गत ०६६ साल महाकविको जन्मशताब्दी वर्ष थियो र वर्षभरि नै स्वदेश र विदेशमा पनि अनेक कार्यक्रमहरू गरी नेपालीहरूले उनको शतवाषिर्की मनाए । तीमध्ये त्रिमूर्ति निकेतनको तत्त्वावधानमा देवकोटा शतवाषिर्की समारोह समितिको आयोजनामा काठमाडौंमा सम्पन्न पञ्चदिवसीय अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन र समितिद्वारा प्रकाशित महाकवि देवकोटा विषयक प्रकाशनहरू उल्लेखनीय रहे ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-फूलमान वल

महाकवि लक्ष्मीप्रसाद देवकोटा यही बस्थें, भौतारिँदै कविता लेख्थे अनि एक पैसामा बेच्थे,’ झन्डै चार वर्षअघि बनारसको दुर्गाघाटमा भेट हुँदा सह-प्राध्यापक डा.दुर्गाप्रसाद अर्यालले भनेका थिए, ‘सम्भव भएसम्म यता (बनारसमा) महाकविको सालिक बनाउने कोसिस गरिरहेका छौं ।’

बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) को नेपाली विभागका अतिथि प्राध्यापक तथा नेपाल चेयर भएर सात वर्ष काम गरेपछि दुर्गाप्रसाद मुलुक फिरिसकेका छन्, तैपनि उनी त्यही सालिक र देवकोटाको बनारस बसाइ क्रमका ऐतिहासिक सन्दर्भ र सामग्री संरक्षण हुनुपर्छ भनिरहेका छन् ।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

-अमृत भादगाउँले

काठमाडौं। देउसीभैलो खेल्नेहरु ‘हामी त्यसै आएनौं, बली राजाले पठाए’ भन्दै घरघर पुगेर चन्दा माग्छन्। लोकसंस्कृतिविद रामप्रसाद कँडेलका अनुसार देउसी-भैलोको सुरुवात असुर राजा बलीले गरेका होइनन्। त्यो त खस राज्य कर्नालीका बालराजा काशीरामले गरेका हुन्। भेरी अञ्चलमा सुनिने ‘बालराजा काशिराम भारत’ (मौखिक महाकाव्य)मा यसको वर्णन पाइन्छ। तर हाम्रो इतिहास तोडमोड गरेर ‘बलि राजाले पठाको’ भनिन्छ।

इतिहास अनुसार तिहारताका खस राजा काशिरामले मोरंग राज्यका राजा हिन्दपति सेनलाई पराजित गरे। लडाईमा धेरै सिपाही मारिए। तिनका विधवा र छोरीलाई केही आर्जन होस् भनेर काशिरामले ‘स्वेच्छिक कर’ बुझाउन भैलि खेल्ने थिति बसाए भने अपांग सिपाहीका लागि देउसी। घर-घरमा मकै र धान भित्रिसकेको सिजन हुने भएकाले उनीहरुलाई अन्न दान दिन थालियो। पछि मात्रै सबै महिला/पुरुषले देउसीभैलो खेल्न थालेका हुन्।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

काठमाडौं। चर्चित स्तम्भकार तथा बीबीसी नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रको पुस्तक भूमध्यरेखा प्रकाशनको अन्तिम तयारीमा पुगेको छ। पुस्तक सार्वजनिक मिति नजिकिँदै जाँदा मिश्रले भूमध्यरेखा बिक्रीबाट प्राप्त सबै लेखकस्व चितवन कान्दाको चेपाङ समुदायलाई प्रदान गर्ने निर्णय गरेका छन्।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-यमबहादुर दुरा

मेरा जीवनका आयामहरुसंग मितेरी गाँस्ने थुप्रै अनुभूतिहरुका महासागरमा एउटा पक्ष संधैजसो छाल बनेर मनको अन्तरकुन्तरलाई छुन आउँछ । त्यो हो, मेरो बाल्यकाल र हाम्रो सामाजिक परिवेशसंग नाता गास्ने तुर्लुङकोटको लाँकुरी बोट । कुरा यहीनेरबाट शुरु गरौं । लमजुङ दुराडाँडाको सिरानतिर ऐतिहासिक महत्व बोकेको एउटा लाँकुरीको बोट छ । परैबाट सजिलै देखिने फिरिक्क परेको । शाहवंशीय राज्य स्थापनाको सुदूर इतिहासदेखि हलो क्रान्ति र शैक्षिक क्रान्तिको निकटतम् इतिहासलाई काखीमा च्यापेर र्सलक्क बसेको दुराडाँडामा त्यो लाँकुरीको बोट स्थानीय जीवनशैलीको विम्ब बनेको छ । त्यो लाँकुरीको बोट वनपात गर्ने र बाटोघाटो हिंड्नेहरुको मन मनको भारी बिसाउने मनको चौतारी हो, भारी बोक्नेहरु सुस्ताउने र भारी बिसाउने थलो हो ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-फूलमान वल

समालोचक तथा साहित्यकार कृष्णचन्द्रसिंह प्रधानको बिहीबार साँझ निधन भएको छ । ताहाचल स्थित निवासमा एकाएक असहज महसुस भएको भन्दै सामान्य वान्ता गरेपछि ८५ वर्षे प्रधानलाई अपराह्ण ५ बजे त्रिपुरेश्वरस्थित काठमाडौं नर्सिङहोम लगिएको थियो । बाटैमा उनको निधन भएको बताइएको छ । डाक्टरले साँझ साढे पाँच बजे मृत घोषणा गरेका थिए ।

‘सालिक’ (२०२६), ‘अनाम सत्य’ (२०४६), ‘पाइला आगतमा टेकेर’ (२०४७), ‘बागमतीको हरफ’ (२०५७), ‘समय सुनामी’ (२०६३) लगायत चर्चित निबन्धकृतिका स्रष्टा प्रधानले कविताबाट लेखन थालेका थिए । २००४ मा पहिलोपटक ‘भञ्ज्याङनेरी’ कविता संग्रह निकालेका उनले १०१५ मा समालोचनात्मक कृति ‘कवि व्यथित र काव्य साधना’ का लागि मदन पुरस्कार पाएका थिए । ‘नेपाली उपन्यास र उपन्यासकार,’ ‘सिर्जनाको सेरोफेरो’ र ‘कृतिको अवलोकन’ समालोचनात्मक कृति लेखेका उनका ‘नफर्किने ती दिनहरू’ -२०५९) र ‘जिन्दगीका टिप्पणीहरू’ -२०६३) आत्मालाप कृति पनि प्रकाशित छन् ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-प्रा.डा. बद्री विशाल भट्टराई

लेख्य नेपाली भाषालाई सरल र वैज्ञानिक ढङ्गले व्यवस्थित गर्न वर्ण विन्यासका क्षेत्रमा विगतदेखि वर्तमानसम्म धेरै पटक सुधारका प्रयासहरू भएका छन् । भरखरै नेपाली वर्ण विन्यासमा सुधार गरिएको छ । सुधारका नयाँ स्थापनाबारे यहाँ सामान्य चर्चा गरिएको छ ।

नेपाली वर्ण विन्यासका नयाँ स्थापना

नेपाली वर्ण विन्यास सम्बन्धी नयाँ स्थापनाहरू दुई वर्गमा विभाजित छन् :

क. तत्सम शब्दको वर्ण विन्यास

ख. तद्भव र आगन्तुक शब्दको वर्ण विन्यास

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-श्याम श्रेष्ठ

अछाममा दसैँको नवमीका दिन प्रहरी सुन्तली धामीलाई आफ्नै प्रहरी सहकर्मी ६/६ जनाले प्रहरी कार्यालयमै बलात्कार गरे । तर आश्चर्य, पीडित महिला प्रहरीको उजुरी जिल्ला प्रहरी कार्यालय स्वयंले दर्ता गरेन । डिआइजी पार्वती थापाले उनलाई न्याय दिलाउन पहल गरेपछि बल्ल उनको पहलमा उजुरी दर्ता भयो । देशभरिका महिलाअधिकारकर्मी, मानवअधिकारकर्मी, अन्तरपार्टी महिला सञ्जाल र संसद्भित्रका महिलाले अपराधीलाई निलम्बित गरेर सख्त सजाय दिलाउन चर्को आवाज उठाएका छन् । तर, अहिले पनि सुन्तली धामीले न्याय पाएकी छैनन् । जनअपेक्षाको ठीकविपरीत पीडितको किटानी उजुरीका आधारमा सुरुमा पक्राउ परेका र पदबाट निलम्बित भएका तीन/तीनजना आरोपित अपराधीलाई गृह मन्त्रालयले निलम्बन फिर्ता गरेर हिरासतबाट मुक्त मात्र गरेन, न्याय दिलाउन खोज्ने डिआइजी पार्वती थापा स्वयंलाई काजफिर्ताका निहुँमा त्यो ठाउँबाट सरुवा गर्‍यो । नागरिकको माग र खबरदारीविपरीत अपराधीलाई मुक्ति दिलाउने, पीडितलाई चरित्रमै आँच आउने खालका अनेकौँ झुटा आरोप लगाएर झन् पीडित बनाउने र न्याय दिलाउन खोज्नेलाई दण्डित गर्ने सरकारको व्यवहार देखियो । आप\mनै कार्यालयमा बल्ाात्कारमा पर्ने महिला प्रहरीका लागि समेत राज्यको उपस्थिति कतै देखिएन । दुनियाँलाई शान्ति-सुरक्षा दिने जिम्मेवारी बोकेको प्रहरी स्वयं जब प्रहरी कार्यालयमा सुरक्षित हुन्नन्, बाँकी नागरिकले सुरक्षाको अनुभूति कसरी गर्न सक्छन् ?

(more…)

Read Full Post »

स्रोत: ई-कान्तिपुर

-गणेश राई

सरकारले किराँत महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले जानकारी दिए ।

किरात जातिले समाज सुधार र धर्मप्रणेता तथा किराँत धर्मदर्शनदाताका रुपमा राष्ट्रिय विभूति घोषणाको माग गर्दै आएको थियो । सरकारले पछिल्लो पटक “पासाङ ल्हामु शेर्पा” र “शंखधर साख्वाः”लाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्द सहित नेपालको राष्ट्रिय विभूतिको संख्या १७ पुगेको छ ।
(more…)

Read Full Post »

« Newer Posts - Older Posts »